काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले फेसन तथा लाइफस्टाइल कम्पनी केटिएम सिटीमा विशेष छुट पाइने भएको छ।
महालक्ष्मी बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्नेगरी उक्त कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटिएम. सिटीका १७ वटै आउटलेटहरुमा सम्पूर्ण पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।
फेसन तथा लाईफस्टाइलको क्षेत्रमा निरन्तर नवीनता, गुणस्तर र ग्राहकहरुको बदलिँदो आवश्यकतालाई प्राथमिकतामा राख्दै आफ्नो पहिचान स्थापित गरेको केटिएम सिटी नेपालमा अग्रणी पहिचान बनाउन सफल ब्रान्ड हो जसले स्र्पोट्सवेयर, ज्याकेटदेखि अन्य पहिरनहरुको बिक्री वितरण गदै आएको छ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।