Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सतर्क रहन परराष्ट्रको आग्रह
इजरायल–लेबनन द्वन्द्व सतर्क रहन परराष्ट्रको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १८, २०८१
बिहीबार इजरायलले रकेट आक्रमण गरेपछि बेरुतको एक सहरमा देखिएको धुवाँको मुस्लो । फोटो– एपी

काठमाडौं– इजरायल–लेबनान द्वन्द्व चर्किएसँगै त्यहाँ रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । इरान र लेबनानसँग आक्रोशित इजरायलले लेबनानमा कडा आक्रमण गरेपछि त्यहाँका नेपालीको सुरक्षा चुनौति बढेको भन्दै परराष्ट्रले सतर्कता अपनाउन आग्रह गरेको हो । 

इरानले मंगलबार अप्रत्यासित रुपमा इजरायली क्षेत्रमा १८० वटा रकेट आक्रमण गरेको थियो । त्यस्तै लेबनानमा हिजबुल्लाहविरुद्ध लडिरहेका आठ जना इजरायली सैनिकको पनि ज्यान गएको थियो । यसको बदलामा इजरायलले लेबनानमा आक्रमण गरेपछि त्रास फैलिएको छ । ती क्षेत्रमा नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाएर मात्र बाहिर हिँडडुल गर्न भनिएको छ । मन्त्रालयले हालसम्म लेबनान तथा इजरायलमा भएका सबै नेपाली सुरक्षित रहेको जनाएको छ । अफ्ठ्यारोमा परेका वा सुरक्षा चुनौति भएका नेपालीलाई नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुतमा सम्पर्क राख्न पनि मन्त्रालयले सूचीत गरेको छ । यसको लागि कर्मचारीको नाम, सम्पर्क नम्बर र इमेल ठेगानासमेत सार्वजनिक गरिएको छ ।  

यस्तै इजरायलस्थित नेपाली राजदूतावासले पनि त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र तोकिएको सुरक्षा मापदण्ड पालना गर्न  सचेत गराएको छ । हाल इजरायलमा ५ हजारको हाराहारीमा नेपाली रहेको बताइन्छ । जसमा पछिल्लो समय ११ सय भन्दा बढी केयर गिभरको रुपमा गएका छन् । इजरायल सरकारले हाईअलर्टमा राख्दै सम्भावित आक्रमणको सबैलाई म्यासेज पठाएकाले बाहिर हिड्नै परे सुरक्षा सतर्कता अपनाउन पनि दूतावासले आग्रह गरेको छ । 

Hardik health

यसैगरी पछिल्लो समय भइरहेका द्वन्द्वका कारण सुरक्षा चुनौति बढेको भन्दै इजरायलको सुरक्षाको मापदण्ड अपनाएर सुरक्षित रहन गैर आवासीय संघ (एनआरएनए एनसीसी) इजरायलले अपिल गरेको छ । ‘इजरायल सरकारले जारी गरेको हरेक सुचनाहरुको ख्याल राखौं, सकेसम्म अनाबश्यक काममा बाहिर नहिंडौ, साइरन बज्दा सेल्टरमा जान अल्छी नगरौं, भिडियो बनाउने तथा बाहिर हिँड्दा मोबाइलमा बढी ब्यस्त हुने काम नगरौं । बस स्टेसन, रेलवे स्टेसन तथा बाहिर हिँड्ने क्रममा आफ्नो वरपर ख्याल गर्दै चनाखो भएर हिडौं,’ एनआरएनए इजरायलले जारी गरेको अपिलमा उल्लेख गरिएको छ । लेबनानसँगै इरानबाटसमेत आक्रमण हुन थालेपछि अलिअलि त्रास देखिएको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको एनआरएनए इजरायलका महासचिव अलि महम्मद मियाले बताए । तत्काल कुनै समस्या आइपरे दूतावास वा एनआरएनए इजरायलमा सम्पर्क गर्न पनि उनले आग्रह गरे । 

यस्तै हिजबुल्लाहविरुद्ध लेबनानी भूमिमै प्रवेश गरेर इजरायली सेनाले आक्रमण गर्न थालेपछि त्यहाँ कार्यरत नेपाली बढी नै त्रसित बनेका छन् । लेबनानमा करिब १२०० को हाराहारीमा नेपालीहरु रहेको बताइन्छ । जसमा आठसय जति नेपाली शान्ति सेना र बाँकी घरेलु कामदार रहेको अनुमान गरिएको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ । अधिकांश नेपालीहरु लेबनानको द्वन्द्वग्रस्त क्षेत्रभन्दा टाढा रहेको भन्दै उनीहरुसँग निरन्तर कुराकानी गरिरहेको र सबैले सुरक्षित रहेको दूतावासका प्रथम सचिव दीपक घिमिरेले बताए । ‘हालसम्म कोही पनि प्रभावित भएको भन्ने जानकारी प्राप्त भएको छैन,’ उनले भने, ‘नेपालीहरुको सुरक्षा चुनौतीका सम्बन्धमा दूतावास र बेरुतस्थित अवैतानिक महावाणिज्यदूतले नजिकबाट नियालिरहेको छ ।’ 

यसैगरी अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुतले त्यहाँ रहेका नेपालीलाई कन्सुलर रजिस्टरमा दर्ता हुन आग्रह गरेको छ । लेबनानमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई वेबसाइटमार्फत रजिस्टरमा दर्ता हुने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । आपतकालीन अवस्थामा तत्कालै प्रभावकारी सहयोग तथा उद्धार गर्ने   उद्देश्यले रजिस्टरमा दर्ताको लागि आग्रह गरिएको वाणिज्यदूतावासले जनाएको छ ।

इजरायलले आक्रमण तिव्र बनाउँदै लान थालेपछि लेबनानको राजधानी बेरुत र दक्षिणी क्षेत्रको सीमा काटेर सिरिया जाने लेबनानीको संख्या बढिरहेको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय नियोग (यूएनएचसीआर)ले जनाएको छ । नियोगका अनुसार इजरायली आक्रमणबाट ९० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमाथि अप्रत्यासित आक्रमण गरेपछि इजरायलले गाजामा व्यापक कारबाही सुरु गरेको थियो । त्यसपछि निरन्तर भइरहेको द्वन्द्वका कारण इजरायलले इरान र लेबनानमा नै हमास र हिजबुल्लाहका शिर्ष नेता तथा सैन्य अधिकारीहरुको हत्या गरेपछि अहिले युद्ध भइरहेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १०:३८
#अक्षयकाेष_कमलराज राई
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन आइतबार, फागुन १७, २०८२
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित आइतबार, फागुन १७, २०८२
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह आइतबार, फागुन १७, २०८२
इपिएससम्बन्धी समझदारी शीघ्र नवीकरण गर्न कोरिया तयार
इपिएससम्बन्धी समझदारी शीघ्र नवीकरण गर्न कोरिया तयार आइतबार, फागुन १७, २०८२
साउदीको श्रम कानुनमा व्यापक संशोधन, उल्लंघन गर्नेमाथि कडा जरिवाना
साउदीको श्रम कानुनमा व्यापक संशोधन, उल्लंघन गर्नेमाथि कडा जरिवाना शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीका आधारविहीन योजना 
चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीका आधारविहीन योजना  बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP