Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तेस्रो संशोधनमा दलहरूका आ–आफ्नै प्रस्ताव 
बहसमा संविधान संशोधन  तेस्रो संशोधनमा दलहरूका आ–आफ्नै प्रस्ताव 
प्रभाव संवाददाता
प्रभाव संवाददाता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन
आइतबार, असोज ६, २०८१

निर्वाचनमा ‘थ्रेस होल्ड’ बढाउने, प्रतिनिधिसभा र प्रदेशसभाबाट समानुपातिक निर्वाचन प्रणाली हटाउने -कांग्रेस–एमाले

काठमाडौं– संविधान कार्यान्वयनको १०औं वर्षमा प्रवेश हुँदा तेस्रोपटक संशोधनको एजेण्डा उठान भएको छ । संविधानमाथि वस्तुनिष्ठ समीक्षाविनै सत्ता गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक स्थायित्वका लागि भन्दै निर्वाचन प्रणालीमा संशोधन गर्न चाहेका छन् ।

संशोधन गर्दा संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा दुईतिहाइ बहुमत आवश्यक हुन्छ । हालको सत्ता गठबन्धनसँग प्रतिनिधिसभामा दुईतिहाइ नजिकको बहुमत छ । राष्ट्रियसभामा भने छैन । त्यही भएर बुधबार सत्ता गठबन्धनले सार्वजनिक गरेको साझा संकल्प र नीतिगत प्रतिबद्धतामा संविधानको संशोधन गर्नु पहिले सरोकारवाला पक्षहरूसँग बृहत् छलफल गरिने उल्लेख छ । तर, कहिले छलफल भन्ने टुंगो छैन ।

संघीय संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमालेले संविधान संशोधनबारे साझा धारणा बनाएका छन् । दुवै दल निर्वाचन प्रणालीमा रहेको ‘थ्रेस होल्ड’ बढाउने पक्षमा छन् । यसलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताको उत्तम विकल्पको रूपमा अथ्र्याए ।

Hardik health


प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, विज्ञताका आधारमा राष्ट्रपतिले संसद्बाहिरबाट मन्त्री बनाउन पाउने, स्थानीय तहको संख्या र राष्ट्रियसभा सदस्य संख्या घटाउने- माओवादी केन्द्र


‘अहिले जसरी शक्तिशाली सरकार बन्यो । यसअघि सरकार बनाउने र गिराउने फोहोरी खेल कति भए ? राजनीति पूरै अस्थिर भयो । सरकार अस्थिर भयो,’ उनले प्रभावसँग भने, ‘अस्थिरताको कारक जे रह्यो, त्यसमा सुधारको खाँचो छ । त्यसका लागि थ्रेस होल्ड बढाउने कि भन्ने छ ।’

संविधानको तेस्रो संशोधनबारे बहसको क्रममा कांग्रेस र एमालेले थ्रेस होल्डसँगै समानुपातिक निर्वाचन प्रणाली प्रतिनिधिसभाबाट हटाउने प्रस्ताव अघि बढाउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभालाई प्रत्यक्ष निर्वाचित सांसदहरूको सदन बनाउने जनाएका छन् । समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता राष्ट्रियसभामा मात्रै कायम राख्ने पनि दुई दलको मत छ । प्रतिनिधिसभा सदस्यको संख्या घटाउन पनि दुई दल चाहन्छन् ।

पूर्णअधिकार सम्पन्न स्वायत्त प्रदेश, प्रदेशको पुनःसीमांकन, भाषिक र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण,  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री - जनमत पार्टीे


प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कांग्रेस–एमालेले गर्ने भनेको संविधान संशोधनको सम्भावित प्रस्तावबारे सशंकित छ । उक्त दलका सचिव लिलामणि पोखरेलका अनुसार कांग्रेस–एमालेको संशोधन प्रस्ताव ‘प्यान्डोरा बक्स’जस्तो छ । उक्त बक्स नखोलुञ्जेलसम्म के–के मा संविधान संशोधन गर्ने भन्ने टुंगोमा पुग्न आवश्यक नभएको बताउँछन् । यदि संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत पक्षलाई नचलाई संशोधन गर्ने भए पाँच सवालमा संशोधन आवश्यक रहेको बताए ।

उनका अनुसार ती सवाल हुन्, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, विज्ञताका आधारमा राष्ट्रपतिले संसद्बाहिरबाट मन्त्री बनाउन पाउने, स्थानीय तहको संख्या र राष्ट्रियसभा सदस्य संख्या घटाउने । यी सवालमा संविधानको संशोधन अनिवार्य रहेको सचिव पोखरेलले बताए ।

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभा खारेज गरी विकल्पमा प्रदेश परिषद् गठन गर्नेगरी संविधान संशोधन गर्नुपर्ने पक्षमा छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने अर्को एजेण्डा रास्वपाको छ । माओवादीको जस्तै प्रतिनिधिसभा सदस्य र स्थानीय तहको संख्या घटाउने रास्वपाको प्रस्ताव छ ।

सबै मातृभाषालाई सरकारी कामकाजी भाषाको मान्यता, जनसंख्याको आधारमा निर्वाचत क्षेत्र निर्धारण, पूूर्णसमानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति - 
जसपा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर जबराका अनुसार संविधानको संशोधन गर्दा संघीयता र गणतन्त्र खारेज गर्दै राजासहितको संवैधानिक राजसंस्था पुनःस्थापना हुनुपर्ने प्रस्ताव अघि बढाइने छ । सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गर्ने अर्को प्रस्ताव हुने छ । प्रतिनिधिसभा ११५ सदस्यीय बनाउने कित्तामा पनि राप्रपा उभिएको छ । 

पूर्णसमानुपातिक निर्वाचन प्रणाली कायम, नागरिकतासम्बन्धी प्रावधानमा संशोधन- लोसपा


पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले भने पार्टीले संशोधनबारे केही धारणा नबनाएको बताए । तर, संशोधन कांग्रेस र एमालेको चाहनाअनुसार हुने भए संशोधन प्रक्रियामा आफ्नो पार्टी सहभागी नहुने उनले बताए ।

‘संविधान संशोधन के–के मा गर्नुपर्छ ? त्यसबारे विज्ञहरूको रायका आधारमा हुने संशोधन भए त्यसमा विचार गर्न सकिएला तर यहाँ त कांग्रेस–एमालेले उनीहरूको स्वार्थानुकूल संशोधन चाहेका छन्, जुन स्वीकार्य हुँदैन,’ खनालले भने । 

संघीयता र गणतन्त्र खारेज गरी राजासहितको संवैधानिक राजसंस्था पुनःस्थापना, सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम, प्रतिनिधिसभा ११५ सदस्यीय बनाउने- राप्रपा


जनमत पार्टीे पूर्णअधिकार सम्पन्न स्वायत्त प्रदेश, प्रदेशको सीमांकन सच्याउनुपर्ने, भाषिक र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने प्रस्ताव अघि सार्ने भएको छ । सामाजिक लोकतन्त्र कायम गर्नुपर्ने प्रस्ताव पनि अघि बढाउन चाहेको जनाएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनका अनुसार संविधानमा संशोधन गर्ने भए नेपालमा बोलिने सबै मातृभाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिनुुपर्ने प्रस्ताव सर्वपक्षीय भेलामा अघि बढाइने छ । नागरिकतासम्बन्धी कानुनी प्रावधान संशोधन गर्नुपर्ने अर्को प्रस्ताव पनि हुने छ । जनसंख्याको आधारमा निर्वाचत क्षेत्र निर्धारण, पूूर्णसमानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली जसपा नेपालको प्रस्ताव हुने पनि सुमनले बताए । 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संसदीय (प्रधानमन्त्री) प्रणाली, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र नागरिकतासम्बन्धी प्रावधानमा संशोधनको प्रस्ताव राख्ने भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, आरक्षित र संरक्षित क्षेत्र तोक्नुपर्ने र थ्रेस होल्ड हटाउनुपर्ने एजेन्डालाई प्रस्तावको रुपमा प्रस्तुत गरिने जनाएको छ । 

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, आरक्षित र संरक्षित क्षेत्र तोक्नुपर्ने, थ्रेस होल्ड हटाउने - नागरिक उन्मुक्ति

वर्तमान संविधान यसअघि दुईपटक संशोधन भइसकेको छ । संविधानमा पहिलो संशोधन ११ फागुन २०७२ मा भएको थियो । त्यसबेला निर्वाचन क्षेत्र निर्धारण र समावेशितासम्बन्धी केही प्रावधानमा संशोधन भएको थियो । त्यसको पाँच वर्षपछि संविधानमा नेपालको राजनीतिक नक्सा र प्रतीक चिह्नमा भारतसँगको विवादित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेट्न दोस्रो संशोधन भयो । 

तर, संविधानको तेस्रो संशोधनमा के–के गर्ने ? प्रमुुख सत्ता घटक कांग्रेस–एमालेले बृहत् छलफलका लागि संशोधन गर्नुपर्ने विषयलाई औपचारिकरुपमा अघि सारेका छैनन् । यद्यपि, संशोधनबारेको बहस पनि भइरहेको छ । यहीबेला एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले ‘संविधान कार्यान्वयनको १० वर्ष ः अनुुभव, चुनौती र अबको बाटो’बारे अन्तरक्रिया गत मंगलबार नै गरिसकेको छ ।

सत्ताघटक अर्को दल लोसपाले नेता लक्ष्मणलाल कर्ण संयोजक रहेको तीन सदस्यीय संविधान पुनरवलोकन गर्न सुुझाव समिति गठन गरेको छ । सत्ता घटकमध्येकै अर्को दल जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले पाँचबुँदे सुझाव संविधान संशोधनमा अघि सारेका छन् । 

गत जेठको पहिलो साता कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोसिएसनले संविधान संशोधनमा आवश्यक हुने आठ बुँदा अघि सारेको थियो । यसपछि १७ असारमा कांग्रेस–एमालेबीच सत्ता सहकार्यका लागि भएको समझदारीको एउटा बुँदा संविधान संशोधनसँग सम्बन्धित छ । हालै सार्वजनिक गठबन्धन दलको साझा संकल्प र नीतिगत प्रतिबद्धतामा पनि यो एजेण्डाले ठाउँ पायो । यसरी राजनीतिक दलहरू र कानुनसम्बद्ध निकायबाट संविधानको तेस्रो संशोधनबारे तयारी प्रारम्भ भएको छ ।


प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP