Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापानले सरसफाइ क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने
जापानले सरसफाइ क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १, २०८१

 

  • नोभेम्बर २७ देखि सीप परीक्षण
  • प्लेन्टी ट्रेनिङ प्रालिको समन्वयमा परीक्षा सञ्चालन हुने
  • भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेकालाई रोजगारी अवसर
  • जापानी नागरिकसरह तलबभत्ता र सेवा सुविधा

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको जापानमा अब ‘बिल्डिङ मेन्टिनेन्स’ अन्तर्गत सरसफाइका क्षेत्रमा पनि नेपाली श्रमिकले रोजगारीको अवसर पाउने भएका छन् । नेपाल र जापान सरकारबीच भएको जिटुजी सम्झौताअनुसार ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्ल्यू) अन्तर्गत अन्य क्षेत्रमाझैं अब सरसफाइ क्षेत्रमा पनि नेपाली श्रमिक जान पाउने भएको हो ।

नेपालबाट श्रमिक लैजाने तयारीका साथ जापानको भवन मर्मत संघ (जेबिएमए)ले परीक्षा सञ्चालन गर्ने भएको छ । जेबिएमएले आगामी नोभेम्बर २७ देखि २९ तारिखसम्म सीप परीक्षण (स्किल टेस्ट) सञ्चालन गर्ने जनाएको छ । नेपालमा रहेको प्लेन्टी ट्रेनिङ प्रालिको समन्वयमा परीक्षा सञ्चालन हुने बताइएको छ । यसअघि जेबिएमए र जापानको प्लेन्टी कम्पनीका प्रतिनिधिहरु नेपाल आएर श्रमिक लैजाने सन्दर्भमा परीक्षा सञ्चालनका लागि आवश्यक अध्ययन गरेर फर्किएका थिए ।

Hardik health

भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेकाहरुलाई जापानको सरसफाइ क्षेत्रमा रोजगारी अवसर हुने र यसको सहजीकरण प्लेन्टी नेपालले गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र भट्टले बताए । नेपालीहरुलाई एसएसडब्ल्यूको मापदण्डमा नै रहेर जापानमा रोजगारीको अवसर सिर्जना गराउन आवश्यक तयारीका साथ परीक्षा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । ‘सरसफाइ क्षेत्र भन्नाले बाह्य क्षेत्र नभई होटल, रेस्टुरेन्ट, सुपरमार्केट, हस्पिटल अपार्टमेन्टलगायतका विल्डिङभित्रै गरिने सरसफाइसम्बन्धी सजिलो काम हो,’ भट्टले भने ।

परीक्षामा सहभागी हुन चाहनेका लागि आगामी अक्टोबरबाट आवेदन खुला हुने जनाइएको छ । जेबिएमएले सञ्चालन गर्ने परीक्षाको व्यवस्थापन प्लेन्टी नेपालले गर्ने छ । नोभेम्बरको अन्त्यमा हुने सीप परीक्षाका लागि परीक्षा केन्द्रसमेत तय भइसकेको सिइओ भट्टले बताए । परीक्षामा सहभागी हुनु पहिले आवश्यक तालिम कक्षा प्लेन्टी नेपालले सञ्चालन गर्ने छ । तालिम कक्षा अक्टोबरदेखि नै सञ्चालन हुने भट्टले बताए । यो तालिममा सहभागी हुनेले मात्रै परीक्षामा सहभागी हुन पाउने सर्त राखिएको छ । परीक्षा ६० अंकको प्रयोगात्मक र ४० अंकको लिखित गरी १०० पूर्णांकको हुने छ । उत्तीर्ण हुनका लागि ६० भन्दा माथि अंक ल्याउनुपर्ने छ । परीक्षा सरसफाइसम्बन्धी भएकाले तालिम अवधि करिब डेढ महिनाको हुने उल्लेख गरिएको छ ।

सीप परीक्षामा सहभागी हुन चाहनेको उमेर १७ वर्ष पूरा हुनुपर्ने छ ।  सीप परीक्षण उत्तीर्ण भई जापानी भाषाको जेएफटी (ए२) अथवा जेएलपिटी (एन४) लेभल पास गरेको हुनुपर्ने जनाइएको छ । अन्य विषयमा जापान सरकारले एसएसडब्ल्यू भिसाको व्यवस्था गरेअनुसारकै हुने छ ।यस्तै भाषा तथा सीप परीक्षा पास गरेका व्यक्तिले जापान सरकारले तोकेअनुसारकै सेवासुविधा प्राप्त गर्ने भट्टले बताए । ‘जापानमा विदेशी र स्थानीय नागरिकबीच श्रममा कुनै भेदभाव छैन,’ उनले भने, ‘जुनसुकै क्षेत्रमा काम गरे पनि जापानी नागरिकसरह विदेशी श्रमिकले पनि तलबभत्ता र सेवासुविधा पाउँछन्, सबै कुरा समान छ ।’ त्यसैले श्रमिकले बिमा, सामाजिक सुरक्षा, तलबभत्ता, महँगी भत्तालगायत श्रमसँग सम्बन्धित सबै सुविधाको ग्यारेन्टी हुने उनको भनाइ छ ।

एसएसडब्ल्यूअन्तर्गत अन्य क्षेत्रमा जान तयारी गरिरहेकाहरुलाई सरसफाइको क्षेत्रमा जान निकै सहज हुने प्लेन्टी नेपालले जनाएको छ । नेपालबाट पहिलोपटक ३०० को हाराहारीमा श्रमिक लैजाने जेबिएमएको तयारी छ । जेबिएमएसँग जापानका छ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको माग रहेको बताइएको छ । भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका श्रमिक आफैंले व्यक्तिगत श्रम स्वीकृति प्रक्रिया बढाउनुपर्ने बताइएको छ । यसका लागि रोजगारदातासँग जापानस्थित प्लेन्टी कम्पनीले सहजीकरण गर्ने छ ।    

 


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन शुक्रबार, माघ १६, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न बिहीबार, माघ १५, २०८२
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला बिहीबार, माघ १५, २०८२
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बुधबार, माघ १४, २०८२
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित बुधबार, माघ १४, २०८२
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा मंगलबार, माघ १३, २०८२
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, माघ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP