Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगार सम्मेलनमा भाग लिन जापान जाँदै श्रममन्त्री भण्डारी
रोजगार सम्मेलनमा भाग लिन जापान जाँदै श्रममन्त्री भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २३, २०८१

 

  • असोज ३ गते टोकियोमा हुने जापान–नेपाल रोजगार सम्मेलन
  • जापानमा नेपाली श्रमिक पठाउनेगरी मन्त्री भण्डारीको भ्रमण हुन लागेको जानकारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी रोजगार सम्मेलनमा भाग लिन जापान जाने भएका छन् । मन्त्री भण्डारी आगामी असोज ३ गते टोकियोमा हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन जाने भएका हुन् । 

उनको जापान भ्रमण गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । रोजगार सम्मेलनमा जापानसँगको श्रम सम्बन्ध र रोजगारीका विषयमा छलफल हुने बताइएको छ । टोकियोस्थित नेपाली दूतावास र जापान एसोसिएसन फर द इम्प्लोइमेन्ट अफ फरेन नेसनलको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन मन्त्री भण्डारीले गर्ने उनको सचिवालयले जनाएको छ ।

Sonam Lhosar
Hardik health

जापानले आफ्नो श्रमबजारमा स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यु) अन्तर्गत नेपाली श्रमिक लैजाने गरी सन् २०१९ मा जिटुजी सम्झौता गरेको थियो । सम्झौताको पाँच वर्ष बितिसक्दा पनि नेपाल सरकारले प्रक्रियागतरुपमा नेपाली श्रमिक पठाउन सकेको छैन । सरकारी अन्योलताका कारण उतिबेलै भाषा र सीप परीक्षा पास गरेका पाँच हजारभन्दा बढी श्रमिकले संस्थागतरुपमा जापान जान पाएनन् । तर, विभिन्न माध्यमबाट रोजगारीका लागि जापान जाने नेपालीको संख्या भने बढ्दो छ ।

आकर्षक गन्तव्यको रुपमा रहेको जापानमा हुने रोजगारसम्बन्धी सम्मेलनमा मन्त्री भण्डारीको सहभागिताले आगामी दिनमा रोजगारीको ढोका खोल्न मद्दत पुग्ने उनको सचिवालयले जनाएको छ । मन्त्री भण्डारीले आफूले अघिल्लोपटक मन्त्री हुँदा जारी गरेको ‘जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नभएकोप्रति चासो दिएका छन् । उनी उक्त कार्यविधि पुनः लागू गर्ने पक्षमा रहेको मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । उनका अनुसार अब जापानमा नेपाली श्रमिक पठाउनेगरी नै मन्त्री भण्डारीको भ्रमण हुन लागेको हो । 

श्रम मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयनमा ल्याए जापानमा निजी क्षेत्रबाट श्रमिक पठाउने बाटो खुल्ने छ । वैदेशिक रोजगार व्यवसायीहरुले पनि लामो समयदेखि जापानलगायत सरकारले जिटुजी सम्झौता गरेर पठाएका क्षेत्रबाहेक सबै मुलुकमा आफूहरुले श्रमिक पठाउन पाउनुपर्ने माग गर्दै आएका छन् । जापानमा एसएसडब्ल्युअन्तर्गत वार्षिक २० हजारभन्दा बढी सीपयुक्त दक्ष श्रमिक पठाउन सकिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘संस्थागतरुपमा श्रमिक पठाउन नपाउँदा ठगी, तस्करी र बिचौलिया मौलाउने अवस्था आएको छ,’ उनले भने । म्यानपावरमार्फत तत्काल श्रमिक पठाउनेगरी बाटो खोल्नुपर्ने भण्डारीको भनाइ छ ।

 

 


प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP