Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
विचार
  • Home
  • विचार
  • पारालम्पिकमा नेपालको सहभागिता र सम्भावना
पारालम्पिकमा नेपालको सहभागिता र सम्भावना
राजु सिलवाल/रासस
राजु सिलवाल/रासस बुधबार, भदौ १२, २०८१

फ्रान्सको राजधानी पेरिसमा सम्पन्न गृष्मकालीन ओलम्पिकमा नेपालको सहभागिता खासै उल्लेखनीय नभएपछि अब सबैको ध्यान १७औँ गृष्मकालीन पारालम्पिकमा गएको छ । शारीरिक अपाङ्गता तथा फरक क्षमता भएका खेलाडीहरुको यो विश्वव्यापी प्रतियोगिता आज भदौ १२ देखि भदौ २३ गतेसम्म पेरिसमै सञ्चालन हुँदैछ । यो बृहत् खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि उमेरको कुनै बन्देज लगाइएको छैन । साधारणतया १८ देखि ३० वर्षका खेलाडीहरुले यो प्रतियोगितामा भाग लिएका छन् ।

यसपटक शरणार्थी टोलीसहित करिब एक सय ७० वटा टोलीको सहभागिता हुँदैछ । सहभागीहरुले विभिन्न २२ वटा खेलका पाँच सय ४९ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछन् ।नेपालका लागि पारालम्पिकमा सहभागिता नौलो होइन । सन् २००४ देखि नेपालका तर्फबाट निरन्तर रुपमा खेलाडीहरु यसमा सहभागी भइरहेका छन् । नेपालले पहिलोपटक सन् २००४ मा ग्रिसको राजधानी एथेन्समा आयोजित पारालम्पिकमा एक खेलाडी पठाएको थियो । त्यतिखेर निर्मला ज्ञवालीले एथलेटिक्सको सटपुट इभेण्टमा भाग लिएकी थिइन् ।

सन् २००८ को बेइजिङ पारालम्पिकमा नेपाली धावक जीतबहादुर खड्काले एक सय मिटर दूरीको दौडमा भाग लिएका थिए । २०७२ सालको भूकम्पमा परी उनको दुःखद निधन भएको थियो । सन् २०१२ मा बेलायतको लन्डनमा आयोजित पारालम्पिकमा मैंया बिसुङ्खे, विक्रमबहादुर राना र मानबहादुर तामाङ दौडेका थिए ।

धावक राना र पौडीवाज लक्ष्मी कुवँरले सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा पारा ओलम्पिकमा भाग लिएका थिए । सन् २०२१ मा टोकियोमा सम्पन्न पारालम्पिकमा पलेशा गोवद्र्धनले तेक्वान्दो खेलमा सहभागिता जनाएकी थिइन् । यसपालि पलेशासहित तीनजना खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन् । नेपालका तर्फबाट तेक्वान्दोमा दुईजना र पौडीमा एकजनाले भाग लिँदैछन् । 

Hardik health

खेल अधिकारीको अपेक्षा 

यस पटकको पारालम्पिकमा नेपाल पहिलोपटक छनोट चरण पार गरेर सहभागी भइरहेको छ ।  तेक्वान्दो खेलाडी पलेसा गोबद्र्धनले चीनमा पारा ओलम्पिकको एसियन छनोटमा महिलाहरुको ५७ केजीमुनि तौल समूहमा स्वर्ण पदक जितेर पारा ओलम्पिकमा सहभागिता सुनिश्चित गरेकी थिइन् । उनले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाइलाई ५–४ ले पराजित गरेकी थिइन् । त्यसअघि पलेसाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनलमा पुगेकी थिइन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पेरिसमा पलेशाको राम्रो सम्भावना भएको बताउनुहुन्छ । लन्डनमा करिव एक महिनासम्म प्रशिक्षण गरेकी पलेशाले टोकियोमा भन्दा यसपालि अझ उत्कृष्ट प्रदर्शन गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । पलेशाको प्रशिक्षकका रुपमा पेरिस पुग्नुभएका प्रशिक्षक कविराज नेगी लामा यसपालि नयाँ इतिहास रच्न आफूहरु प्रयत्नरत रहेको कुरा बताउनुहुन्छ । सन् २००८ को बेइजिङ ओलम्पिकमा खुल्ला प्रतियोगिताद्वारा छनोट भएर प्रतिस्पर्धा गर्नुभएका पूर्वओलम्पियन दीपक विष्ट पनि पलेशाको आगामी प्रदर्शनप्रति आशावादी हुन् ।  

नेपालका तर्फबाट पेरिस पारालम्पिकमा अर्का तेक्वान्दो खेलाडी भरत महताले पनि भाग लिइरहेका छन् । उनी भने वाइल्ड कार्ड कोटाबाट ओलम्पिकमा प्रवेश पाउन सफल भाग्यमानी खेलाडी बनेका छन् । उनले पुरुषहरुको ५८ केजी तौल समूहमा सहभागिता जनाउने छन् । उनी यसअघि पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिइसकेका खेलाडी हुन् । पारालम्पिकमा नेपालका तर्फबाट पौडीमा पनि सहभागिता जनाइँदैछ ।

यसका लागि नेपाललाई वाइल्ड कार्ड प्राप्त भएको थियो । पारा स्विमर भीमबहादुर कुमालले पुरुषहरुको ५० मिटर दूरीको फ्री स्टाइलमा भाग लिँदैछन् । उनले ५० मिटर दूरीको फ्री स्टाइलमा ३३.३४ सेकेन्ड समय अवधिको राष्ट्रिय रेकर्ड कायम गरेका थिए । उनले  दुईपटक एसियाली पारा खेलकुदमा भाग लिइसकेका छन् । सन् २०१९ मा लन्डनमा सम्पन्न विश्व पारा स्विमिङ प्रतियोगितामा पनि उनले भाग लिएका थिए । 

विगतका उपलब्धि

नेपालले झन्डै ५० वर्षदेखि फरक शारीरिक क्षमता भएकाहरुको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगतामा सहभागिता जनाउँदै आइरहेको छ । नेपालले सन् १९७५ मै जापानमा आयोजित अन्तर्राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । त्यतिखेर नेपालबाट सहभागी सूर्यकुमारी गुरुङले एक सय मिटर दूरीको दौडमा प्रथम स्थान हासिल गरेकी थिइन् । नेपालका दृष्ट्रिविहीन खेलाडीहरुले क्रिकेटको विश्वकप स्तरसम्म हासिल गरेको उपलब्धि पनि नेपालको खेलकुदको इतिहासमा उल्लेखनीय मानिएको छ । नेपालका शारीरिक अपाङ्गता तथा फरक क्षमता भएका अन्य खेलाडीले पनि बेलाबखत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक पाएका छन् । 

गत टोकियो पारालम्पिकमा पहिलोपटक तेक्वान्दोलाई पनि प्रतियोगिताका रुपमा समावेश गरिएको थियो । त्यस प्रतियोगितामा नेपालबाट सहभागी भएकी एक मात्र खेलाडी पलेशा गोवद्र्धनले महिलाहरुको ५८ केजी तौल समूहमा कास्य पदक पाउने सम्भावनाको नजिक पुगेर पनि गुमाउन बाध्य भएकी थिइन् । उनी रिपेचेज फाइनलमा चीनका युजी लिसँग १२–९ अंकले पराजित भएकी थिइन् । पहिलो राउन्डमा उनले ४–२ अंकले अग्रता लिई पदकको सम्भावना देखाएकी थिइन् ।

पहिलो खेलमा बेलायतकी बेथ मुनरोसंँग हारे पनि उनले रिपेजको क्वाटरफाइनलमा अमेरिकाकी ब्रियान्ना सालिनारालाई १०–० अंक तथा सेमी फाइनलमा सर्बियाकी मारिजा मिसेभले २३–१५ अंकको अन्तरले हराउँदै मुलुकको छवि उंँचो बनाएकी थिइन् । हाल चीनमा इन्जिनियरिङ अध्ययन गरिरहेकी पलेशा आफ्नो अध्ययन केही समय छोडेर भए पनि मुलुकका लागि पहिलो पारालम्पिक पदक भित्र्याउने लक्ष्यसहित पेरिस पुगेकी छिन् । 

ओलम्पिक जस्तै 

सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित गृष्मकालीन ओलम्पिकदेखि ओलम्पिक आयोजना भएको सहर तथा खेल स्थलमा पारा गृष्मकालीन ओलम्पिक सुरु भएको थियो । यसैगरी, सन् १९९२ मा फ्रान्सको अल्बर्टभिल्लेदेखि हिउँदे ओलम्पिक पनि एउटै सहरमा हुने क्रम सुरु भएको थियो । 

शारीरिक अपाङ्गता तथा फरक क्षमताका खेलाडीहरुबीच हुने प्रतियोगिता भए तापनि पारालम्पिक तथा ओलम्पिकका लागि आयोजक मुलुकले उत्तिकै प्राथमिकता दिँदै आइरहेका छन् । ओलम्पिकमा प्रतियोगिता सञ्चालन भएका रङ्गशाला तथा खेल स्थलहरुमा नै पारालम्पिकका प्रतियोगिताहरु सञ्चालन गर्ने गरिएको छ ।

यसैगरी, खेलाडीहरुको लागि बसोबासको व्यवस्था तथा अन्य सुविधाहरु पनि ओलम्पिकको जस्तै दिने व्यवस्था मिलाइएको छ । पेरिसमा हालै सम्पन्न गृष्मकालीन ओलम्पिकको उद्घाटन समारोह रङ्गशालाभन्दा बाहिर आयोजना गरिएको थियो । पारालम्पिकको उद्घाटन पनि रङ्गशाला बाहिर नै आयोजना गरिँदैछ । 

 इतिहास  

पारालम्पिक प्रत्येक चार वर्षमा ओलम्पिक प्रतियोगितालगत्तै आयोजना हुने विश्वस्तरीय खेलकुद प्रतियोगिता हो । सन् १९४८ मा बेलायतको लन्डनमा आयोजित ओलम्पिक खेलकुदमा पहिलोपटक ह्विलचियर प्रयोग गर्ने खेलाडीहरुलाई पनि सहभागीका रुपमा पनि समावेश गरिएको थियो । उनीहरुले आर्चरी खेलमा भाग लिएका थिए । 

अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीका अनुसार सन् १९६० मा इटलीको रोममा पहिलोपटक पारालम्पिक खेलकुदको आयोजना गरिएको थियो । यसमा २३ देशका चार सयजना खेलाडीले भाग लिएका थिए । त्यसपछि हरेक चार वर्षमा पारालम्पिक खेलकुद प्रतियोगिताको आयोजना हुँदै आइरहेको छ । सन् १९७६ मा स्विडेनमा पहिलो हिउँदे खेलकुद आयोजना हुनुलाई पारालम्पिकको इतिहासमा कोसेढुङ्गा मानिएको छ ।

घरभित्रको विवाद  

नेपालमा शारीरिक अपाङ्गता र फरक क्षमता भएका खेलाडीहरुको सर्वाङ्गीण हितका लागि गठन भएका खेलकुदसम्बन्धी कमिटीबीच नै आपसमा विवाद रहेको छ । पारालम्पिकसम्बन्धी दुईवटा कमिटी भएको कारणले विवाद चुलिएको हो । केही समयअघि राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा पारा तथा विशेष खेलकुदको उद्घाटन समारोहमै आपसी विवादका कारण असामान्य स्थितिको सिर्जना भएको थियो ।

सन् १९७५ मा जापानमा अन्तर्राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्नुभएकी सूर्यकुमारी गुरुङले नेतृत्व गरिरहनुभएको पारालम्पिक कमिटी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको छ । यसैगरी, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेसनल पारा ओलम्पिक कमिटीको नेतृत्व राधा घलेले गरिरहनु भएको छ । 

नेसनल पारालम्पिक कमिटीले सन् २००० देखि नेसनल पारा स्पोर्टस एसोसिएसनका नामबाट नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । सन् २००४ देखि उक्त एसोसिएसनलाई इन्टरनेसनल पारालम्पिक कमिटीले मान्यता प्रदान गरेको थियो । यसैक्रममा नेपालले पहिलोपटक एथेन्समा सन् २००४ मा आयोजना भएको पारालम्पिकमा सहभागिता जनाएको थियो ।

नेपालमा फरक क्षमताका खेलाडीहरुका लागि  लागि खासै प्राथमिकता दिएको पाइँदैन । यस्ता खेलाडीहरुको यथोचित मात्रामा नियमित प्रशिक्षण हुन सकेका छैनन् । विशेष खेलकुद प्रतियोगिताका नामबाट खेलकुद प्रतियोगिता हुने गरेको भएता पनि उनीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद लक्षित योजना सञ्चालन हुन सकेका छैनन् । यस्ता खेलाडीहरुका लागि अनुकूल खेलस्थलको अभाव छ । प्रशिक्षण प्राप्त प्रशिक्षकहरुको व्यवस्था गर्न सकिएको छैन । 

पारालम्पिक जस्ता प्रतियोगितामा नियमित सहभागिता गराउने सम्बन्धित निकायले अब पदक लक्षित योजना बनाउन प्राथमिकता दिनुपर्ने देखिएको छ । नेपालको खेलकुदको यस्तो अवस्था भइरहँदा दक्षिण एसियाकै विभिन्न मुलुकले भने पारालम्पिकमा स्वर्ण पदकसमेत हासिल गरिसकेका छन् ।

सन् २०२१ मा जापानमा पारालम्पिकमा दक्षिण एसियाली मुलुकहरुमध्ये भारतले पाँचवटा  स्वर्णसहित कूल १९ वटा पदक जितेको थियो । यसैगरी, श्रीलंका तथा पाकिस्तानले एक–एक स्वर्ण पदक जितेको थियो । यस्तो अवस्थामा नेपालले कहिले हिउँदे पारालम्पिकमा सहभागिता जनाउने हो प्रतीक्षाको विषय बनेको छ ।   


प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:४०
#पारालम्पिक
प्रतिक्रिया दिनुहोस्
थप विचार
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP