Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  •  ‘किन सोलुखुम्बुको हिमताल फुट्यो’
 ‘किन सोलुखुम्बुको हिमताल फुट्यो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ६, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने गर्थे । तर २०८१ साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठूल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई ढुङ्गे बगरमा परिणात गर्‍यो । अकस्मात आएको बाढीले पर्यटकीय गाउँ थामे बजारका १३ वटा घर पूर्ण रुपमा र १० वटामा आंशिक क्षति भएको छ । एउटा विद्यालय, एउटा स्वास्थ्यचौकी पनि बगायो । उक्त दिन पानी खासै परेको थिएन र पनि लेदोसहितको यति ठूलो बाढी र गेग्रान कसरी आयो भन्ने सबैमा ठूलो प्रश्न थियो । 

शनिबार बिहान रक्षामन्त्री मानवीर राईको नेतृत्वमा हामी थामे बजार पुग्यौँ । त्यहाँ पुगेर प्रभावित परिवारलाई नगद तथा जिन्सी राहत वितरण गर्नाका साथै स्थलगत अवलोकन र स्थानीयसँग अन्तरक्रिया गर्‍यौँ । थामे बजारबाट थामे खोलाको मुहानतर्फ लाग्यौँ । त्यहाँ पाँचवटा तालहरु देख्यौँ । त्यो मध्येको सबैभन्दा माथि रहेको ठूलो तालबाट पानी भरिएर बरफसँगै तल्लो तालमा गएर बजारिए छ । त्यसले ठूलो छाल बनाएर निकासतर्फको भाग भत्काएर बाहिर निस्केछ । यस्तो प्रक्रियालाई हिमताल फुटेको भनिन्छ । उक्त पानीले दायाँबायाँका ढुङ्गा, गेग्रानलाई खोतलेर तल लगेर थामे बजारमा थुपार्‍यो । 

जल तथा मौसम विज्ञान विभाग, प्राविधिक र विषयविज्ञको सहभागितामा सो घटनाको विस्तृत अनुसन्धान गर्न टोली गठन गरेका छाँै । उक्त टोलीले अध्ययन गरिसकेपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । सामान्यतः घटनास्थलको सरसर्ती अवलोकन गर्दा तापक्रम वृद्धिकै कारणले हिमताल विस्फोट भएको अनुमान गर्न सकिन्छ । अहिले कति तापक्रम वृद्धि भयो, विगतको तापक्रमको घटबढको अवस्था के थियो भन्ने पनि अध्ययन गर्छौँ । म आफैँले सो क्षेत्रको स्थलगत अवलोकन गरेँ । त्यहाँ पातला कपडा लगाउँदा पनि सो उचाइमा आश्चर्यजनक गर्मी महसुस भइरहेको थियो । थामे बजारका स्थानीयसँग अन्तरक्रिया गर्दा पनि उहाँहरुले तीन÷चार दिनदेखि नै कालानिला बादल मडारिरहेको बताउनुभयो । बौद्ध धर्म परम्पराअनुसार उहाँहरुले तालसम्म पुगेर पूजाआजा गर्ने उद्देश्यका साथ तयारी गर्नुभएको रहेछ । उहाँहरुका अनुसार बाढी आउने दिन बिहान सो क्षेत्रमा पानी परेको थिएन । तर त्यस दिन कालो बादल थियो । उहाँहरुले अहिलेसम्म त्यसखालको कालो बादल नदेखेको बताए । 

मसिनो तर लगातार पानी परिरहेको, हप्हपी गर्मी । पानी र तापक्रम दुवैका कारण पहिलो ताल फुट्यो । ताल फुटेको सुनिश्चित गर्न हामीले हेलिकोप्टरबाट दुई राउण्ड नजिकबाट अवलोकन गर्‍र्यौँ । ताल फुट्नु पछाडिको कारण भनेकै तापक्रम ह्वात्त बढ्नु हो । त्यो पहिलो पटक फुटेको देखिन्छ । हिमताल पग्लिएपछि माथिल्लो तालबाट हिउँको डल्लासहित तल्लो तालमा बजारिएको अनुमान गर्न सकिन्छ । तल्लो तालको निकासतर्फको भूभाग कमजोर रहेछ । त्यसको भित्र सयौँ वर्षदेखिको हिउँको ढिक्का चट्टान रहेको हुनसक्छ । तापक्रम वृद्धि भएपछि त्यो आफैँ पग्लिन थालेको अवस्थामा माथिल्लो तालबाट पानी र बरफ बगेर आइसकेपछि त्यसको छालले तल्लो तालको मुख फोड्यो । माथिबाट पानी र बरफ बज्रिएपछि दोस्रो ठूलो तालको पहिल्यै कमजोर भइसकेको मुख फुट्यो । माथिल्लो तालको केहीसहित त्यो पानी ह्वात्तै बग्यो । 

Hardik health

माथिल्लो ताल अहिले पनि टिलपिल टिलपिल नै छ । पहिलो तालबाट कति पानी गयो त्यो अहिल्यै भन्न सकिँदैन । रित्तिएको भनेको दोस्रो ताल हो । यसको मुल जड तापक्रम वृद्धि भएर हिमताल पग्लिएर फुटेको हो । सो घटनाको विस्तृत अध्ययन गर्न गठित टोलीले अध्ययन गरेर सो क्षेत्रमा पछिल्ला समय घटबढ भएका तापक्रमको विश्लेषण गरेर निष्कर्ष निकाल्छ । जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रमा जोखिम बढ्दो छ भन्ने स्पष्ट भएको छ । थामे बाढीले यसको थप पुष्ट्याइँ गर्छ । जलवायु परिवर्तनकै कारण उक्त घटना भएको हो । किनभने सो क्षेत्रमा कुनै पनि मानवीय गतिविधि छैन । हिमताललाई खल्बल्याउने गरी डोजर चलाउने, रुख काट्ने तथा मानवीय संरचना बनाउने कार्यले सो घटना भएको होइन । मुलतः जलवायु परिवर्तनको असरस्वरुप हिमताल फुटेको निष्कर्षमा पुगेका छौँ । यसलाई पुष्ट्याइँ गर्ने आधार, विगतका वातावरणीय प्रवृत्ति, अहिलेसम्म के भए भन्ने वैज्ञानिक प्रमाण जुटाएर घटनाको कारण पत्ता लगाउँछौँ । 

ताल फुट्नु अघिको तालको आकार भूउपग्रह (स्याटेलाइट)को नक्साबाट निकाल्ने प्रयास गर्‍र्यौं । तर बादलका कारण निकाल्न सकेनौँ । ताल रित्तिसकेपछिको आकार हेरेर पानीको मात्रा निकाल्न सक्छौँ । त्यसपछि तालबाट कति पानी बाहिर गयो र त्यसको बहाव कति थियो भन्ने निकाल्छौँ । कति पानी कति घन्टासम्म बग्यो भन्ने विषय दूरीका आधारमा पत्ता लाग्छ । पानी नाप्ने विधि छ । त्यो काम बाँकी छ । पानी मात्रै होइन, बाढीसँगै गेग्रान पनि आएको छ । त्यो पनि अध्ययन गर्छौँ । स्याटेलाइटको नक्साअनुसार पहिलेको र अहिलेको अवस्था कस्तो छ, पानी, पानीको बहाव र गेग्रानको मात्रा पत्ता लगाउँछौँ । गेग्रानमा कस्ता चट्टान थिए भनेर पनि अध्ययन गर्छौँ । 

यस घटनाले हामीलाई विशिष्ट पाठ सिकाएको छ । हिमाली क्षेत्रमा रहेका साना ताल पनि उत्तिकै जोखिममा रहेछन् । हिमतालको जोखिम प्राथिमिकीकरण गर्ने तरिका नै पुनरावलोकन गर्नुपर्ने रहेछ । यस कामलाई प्राथमिकता दिन्छौँ । ठूल्ठूला मात्रै होइन, साना तालले पनि मुख्यगरी बस्तीलाई नोक्सानी पुर्‍याउन सक्दा रहेछन् । बस्ती एक÷डेढ सय किलोमिटर तल हुँदाहुन् त त्यति क्षति गर्दैनथ्यो होला । साना ताल विस्फोट हुँदा बस्ती, पुल, जलविद्युत् आयोजना, विद्यालयलगायत संरचना नजिकै छ भने क्षति बढी हुन सक्छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा जल तथा मौसम विज्ञान विभाग, खानी विभाग, सिँचाइ विभाग र सरोकार भएका निकायका प्रतिनिधि तथा विषयविज्ञ सहभागी हुनुहुन्छ । सो टोलीले यसको वैज्ञानिक आधार र कारण, किन ताल फुट्यो ? र यससँग जलवायु परिवर्तनको सम्बन्ध लगायत बारेमा अध्ययन गर्छ । अर्को टोलीले सोलुखुम्बुको थामे बजारदेखि ओखलढुङ्गासम्म कुनकुन क्षेत्रमा कति नोक्सानी भए भन्ने अध्ययन गर्छ । टोलीले बाढीबाट बस्ती, स्वास्थ्य चौकी, विद्यालय, सडक, पुल, खानेपानी, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा भएका नोक्सानीको विवरण तयार गर्छ । दुई वटा टोलीको निष्कर्षका आधारमा आगामी दिनमा थामे बजारको पुनःस्थापनाका लागि गर्नुपर्ने तयारी, नफुटेका तीनवटा तालको जोखिमको अवस्था, ती तालको पानी घटाउने सम्भावनालगायत बारेमा निचोडमा पुग्छौँ । त्यसपछि मात्रै थामे बजारको त्यहीँ पुनःनिर्माण गर्ने कि स्थानान्तरण गर्ने निर्णय गर्छौं । 

सो घटना रातिमा भएको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो । सबैभन्दा पहिला विद्यालयमा खेलिरहेका बालबालिकाले त्यो पहिरो देख्नुभएछ । सो विद्यालय थामे बजारभन्दा थोरै उत्तरमा छ । उहाँहरुले आफ्ना शिक्षकलाई सुनाउनुभएछ । शिक्षकले विद्यार्थीलाई सुरक्षित स्थानमा लैजानुभएछ । थामे उपत्यका धेरै फराकिलो छैन । नदीको खोँच जस्तो छ । केही परिवार दायाँ पट्टी र केही बायाँ पट्टी हुनुहुँदो रहेछ । इन्टरनेटको राम्रो सुविधा भएको ठाउँ र एकताबद्ध समुदाय रहेछ । बाढी देख्नेबित्तिकै उहाँहरुले सामाजिक सञ्जालका समूह (ग्रुप)मा खबर गर्नुभएछ । अहिले पर्यटकीय सिजन नभएको हुँदा त्यहाँ विदेशी पर्यटक हुनुहुँदो रहेनछ । बेलैमा खबर पाएका कारण उहाँहरु सुरक्षित स्थानमा जान भ्याउनुभएछ । 

यो स्तरको घटना अहिलेसम्म व्यहोरिएकै थिएन । २०४२ सालमा डिक्छो हिमताल फुट्यो । त्यतिबेला राज्यको केही तयारी थिएन । सो हिमताल फुटेपछि मात्र नेपालमा मुख्यगरी हिमालय क्षेत्रमा हिमतालको जोखिम बढ्दो छ, यसका प्रभाव बढी हुन सक्छ भनेर नेपाल सरकार, विषयविज्ञ र अन्तर्राष्ट्रिय जगत्को चासो बढ्न थालेको हो । त्यो भन्दा अगाडि पनि थुप्रै पटक हिमताल फुटेका तथ्यांक भेटिन्छन् । तर यत्तिको राष्ट्रिय÷अन्तर्राष्ट्रिय चासो बढ्न थालेको डिक्छो हिमताल फुटेपछि नै हो । यसपछि अनवरतरुपमा हिमतालका बारेमा अध्ययन हुन थाले । नेपालमा तीन हजार छ सय २४ वटा हिमताल रहेको विभिन्न अध्ययनले देखाएका छन् । ४७ वटा जोखिमयुक्त र तीमध्ये २० वटा जुनसुकै बेला फुट्न सक्ने अवस्थाका छन् । अहिले फुटेको ताललाई जोखिमयुक्त मानिएको थिएन । जोखिमयुक्त तालका पानी घटाउनुपर्छ भनेर केही काम भएका छन् ।

नेपालसँग हिमालय पर्वत क्षेत्रमै हिमतालको जोखिम न्यूनीकरणका काम गरेकोे विशिष्ट अनुभव छ । हिमतालको जोखिम न्यूनीकरण गर्ने कार्य आफैँमा जोखिमयुक्त र खर्चिलो पनि छ । यद्यपि, प्राधिकरणले जोखिमयुक्त तालको पानी घटाउने तथा पूर्वसूचना प्रणाली जडान गर्ने काम गरिरहेको छ । जलवायु परिवर्तनको दृष्टिकोणबाट हेर्ने हो भने बर्खाका बेलामा हिमतालको जोखिम बढी हुन्छ । मनसुनको समयमा तापक्रम पनि सरदरभन्दा बढी हुन्छ । पानी पनि परिरहेको हुन्छ । बादलले ढाकेको अवस्थामा साधारण स्याटेलाइटबाट सो क्षेत्रको तस्वीर लिन सकिँदैन । अहिले पनि सो क्षेत्रको स्पष्ट स्याटेलाइटको तस्वीर पाउन सकिएको छैन । यसका लागि विशेषखालको स्याटेलाइट क्यामेराको प्रयोग गर्नुपर्छ । यो अत्यन्त खर्चिलो हुन्छ । हिमालय क्षेत्रभर नै वर्षभर अझ मुख्यगरी मनसुनको समयमा ट्र्याक गरिरहनुपर्ने रहेछ । केही हलचल देखिएको अवस्थामा तत्कालै वैज्ञानिकको टोली पठाएर अध्ययन गर्नुपर्ने रहेछ । एक पटक मात्र जोखिम अध्ययन गरेर हुँदैन रहेछ भन्ने निचोडमा पुगेका छौँ । 

हिमतालहरु सामान्यतः हिउँले पुरिएको अवस्थामा सेता हुन्छन् । कि त पानी पग्लेको अवस्थामा कञ्चन निलो देखिन्छ । हिमताल चलायमान र विचलन हुँदा वा हिमपहिरा झरेका ठाउँमा पानी धमिलो देखिन्छ । त्यहाँ तीन वटा तालमा कञ्चन पानी थिए । एउटा फुटेको र माथिको तालको पानी धमिलो देख्यौँ । जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि भई ग्लेसियर र पर्माफ्रोस्ट पग्लिँदा हिमताल विस्फोट भएर थामे खोलामा बाढी आएको स्पष्टसँग देख्यौँ । जलवायु परितर्वनका कारण हिमाली क्षेत्रमा एक प्रकारको संकट उत्पन्न भइसकेको छ । यस्ता खालका संकटले ठूलो मात्रामा क्षति तथा नोक्सानी ह्वात्तै बढेको पाउन थालेका छौँ । जोखिमपूर्ण हिमतालको जोखिम अनुगमन तथा पूर्वचेतावनीका प्रणाली जडान गर्ने साथै जोखिम न्यूनीकरणका उपाय कार्यान्वयनको आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

(राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा हिमताल फुटेर आएको बाढीको कारण र असरबारे बुधबार साँझ सञ्चारकर्मीलाई दिएको जानकारीको सम्पादित अंश)
रासस


प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP