Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलमा नेपाली श्रमिक पठाउने निर्णय फिर्ता गर्न माग 
इजरायलमा नेपाली श्रमिक पठाउने निर्णय फिर्ता गर्न माग 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १८, २०८१

काठमाडौं–  वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा नेपाली श्रमिक पठाउने निर्णय फिर्ता गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले माग गरेको छ । युद्धग्रस्त मुलुकहरुमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै जेटियुसीसीले इजरायलको दिर्घकालिन स्याहार केन्द्रमा सहायक  कामदार (केयर गिभर)मा नेपाली नागरिक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो ।

जेटियुसीसीले केही दिन अघि एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारका विभिन्न चक्रमा पछिल्ला समय समस्याहरू बढ्दै गैरहेको भन्दै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसारको सेवा, शर्त सुविधा अन्तर्गत नियुक्तिपत्र, तलब, ज्याला, सामाजिक सुरक्षा प्राप्त गर्न नसकेको उल्लेख गरेको छ । यसको कार्यान्वयनका लागि विदेशस्थित नेपाली कूटनीतिक नियोग, सम्वन्धित सरोकारवाला मन्त्रालय तथा बिभागले जिम्मेवारी लिनुपर्ने बताइएको छ ।

पछिल्लो अवस्थामा हालसालै, नेपाली श्रमिकहरुलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा युद्धग्रस्त मुलुक इजरायललगायतका देशमा श्रम मन्त्रालयले नेपाली श्रमिक पठाउने सहमति गरेको बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जेटियुसीसीले जनाएको छ ।

Hardik health

भर्खरैमात्र श्रममन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनन गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा केयर गिभरमा लैजाने नेपाली श्रमिकहरुको संख्या बढाउन भएको सहमति फिर्ता हुनुपर्ने जेटियुसीसीका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए । उनका अनुसार रोजगारीको नाममा जानी जानी युद्धग्रस्त मुलुकमा श्रम स्वीकृति गर्दै, श्रमिकहरुलाई पठाउनु मानवतामाथिको घोर अन्याय हो । 

इजरायल–प्यालेस्टाईन युद्धमा बन्धक बनाइएका निर्दोष नेपाली नागरिक विपिन जोशीको अवस्था लामो समयसम्म पत्ता लगाउन नसक्नु, रसिया–युत्रेन युद्धमा कैयौं नेपालीको ज्यान जानु, रसियाबाट फर्कन चाहने नेपाललीलाई स्वदेश ल्याउन नसकिरहेको परिवेशमा, नेपाली श्रमिकहरुलाई युद्धग्रस्त मूलूकमा पठाउने निर्णय तत्काल फिर्ता गर्न अध्यक्ष कुँवरले सरकारसँग आग्रह गरे । 

उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको अवस्था र न्युनतम श्रम मापदण्ड अनुसार सुविधा दिलाउन, श्रमिकको जीवनलाई सुरक्षित बनाउन सामाजिक सुरक्षाको दायरामा समावेश गराउन जेटियुसीसीले निरन्तर पैरवी तथा वकालत गर्दै आईरहेको बताए । अध्यक्ष कुँवरले देशमा रोजगारीको अवस्था भयावह रहेको भएपनि युद्ध नभएका देशमा श्रम सम्झौता गरेर श्रमिक पठाउन कुनै रोकतोक नभएको बताए ।

 


प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP