Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ओली सरकारको अनिश्चित भविष्य
ओली सरकारको अनिश्चित भविष्य
गंगा बराल
गंगा बराल बिहीबार, साउन १७, २०८१

आलोपालो प्रधानमन्त्री बन्ने सहमतिलाई ओलीले मान्छन् नै भन्ने विश्वासिलो आधार अहिलेसम्म बनेको छैन । ओलीको बोली र उनको विगतको क्रियाकलाप हेर्दा कांग्रेससँगको सत्ता सहयात्रा बीचैमा टुट्ने खतरा उत्तिकै छ । आफू प्रधानमन्त्री भएको र कांग्रेस सरकारका लागि आफ्नो पछिपछि आएको भन्ने सम्झेर ओलीले आफू अनुकूल गर्दै गए भने सरकार दुर्घटनामा पर्न सक्छ । उता सत्ताबाट बाहिरिनुपर्दाको पीडा माओवादीले ओली–देउवाबीचको सम्बन्ध तोड्न हरसम्भव प्रयास गर्ने निश्चित छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री भएका छन् । प्रतिनिधिसभाको यो कार्यकालमै प्रधानमन्त्री हुन नपाइएला कि भनेर छटपटिएका ओली कांग्रेसको साथ पाएर सत्ताको नेतृत्व गर्न पाउँदा खुसी नहुने कुरै भएन । त्यसो त उनी त्यति सजिलै प्रधानमन्त्री बनेका होइनन् । आफू प्रधानमन्त्री बन्नका लागि उनले भित्री रुपमा निकै चलखेल गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू नै पाँच वर्ष प्रधानमन्त्री हुने भन्दै हिँड्दा ओली झस्किएका थिए । आफैंले साथ दिएर प्रधानमन्त्री बनाएका दाहालले आफूसँगको सहमति तोड्दै पद नछाड्ने संकेत देखाएपछि ओलीले विकल्प खोजेका थिए । अन्ततः कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारी गर्दै दाहाल सरकारलाई विस्थापित गर्न सफल भए । 

ओलीले प्रधानमन्त्रीका रुपमा असार ३१ गते शपथग्रहण गरे । ओली प्रधानमन्त्री हँुदा सर्वसाधरणमा मानिसमा पनि उत्साह छाएको छ । उनले केही गर्लान् भन्ने धेरैले सोचेका छन् । ओली राम्रो बोल्न सक्छन्, तनाव भएका बेला ख्यालठट्टा गरेर मानिसलाई हँसाउने खुबीको प्रशंसा नै गर्नुपर्छ । तर, प्रधानमन्त्रीले कहाँ के बोल्ने र कहाँ के नबोल्ने भन्नेचाहिँ ख्याल गर्नुपर्ने हुन्छ ।

ओली नेतृत्वको सरकार गठन भएको १५ दिनमात्रै भएको छ, आलोचना गर्ने बेला भएको छैन । सरकारले राम्रो काम गरोस्, जनताको पक्षमा काम गरोस्, सबैको अपेक्षा यही हो । यद्यपि, ओलीका विगतका गतिविधिले सरकार कसरी चल्छ रु टिक्छ कि टिक्दैन रु सत्ता साझेदार दलहरुबीच सम्बन्ध दिगो हुन्छ कि हुँदैन रु भनेर शंका गर्नुपर्ने प्रशस्तै आधार छन् । अघिल्लो महिनासम्म माओवादी केन्द्र र नेकपा एमाले मिलेर सरकार चलाइरहेका थिए तर ओलीले किन अचानक माओवादीसँगको गठबन्धन तोडे भन्ने विषय गम्भीररुपमा समीक्षा गनुपर्छ । हुन त प्रधानमन्त्री हुने लोभमा ओलीले माओवादी केन्द्रसँग सम्बन्ध तोडेको हो भनेर सजिलै बुझ्न सकिन्छ यसलाई अन्यथा मान्नु पनि भएन । संसद्मा रहेका दुईवटा प्रमुख ठूला पार्टीले सरकार चलाएको विरलैमात्र देख्न पाइन्छ । यीमध्ये एउटा दलले सरकार चलाउँदा अर्को दल प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्नुपर्ने हो तर त्यस्तो भएन ।

Hardik health

प्रतिनिधिसभामा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र पनि प्रमुख प्रतिपक्षीको भूमिका खेल्न सक्षम छ तर ऊ पटक–पटक सरकारमा रहेकाले विपक्षी पार्टीको धर्म के हो भनेर सिक्न पनि केही समय लाग्न सक्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिलेसम्म कांग्रेस सभापति देउवालाई र एमाले अध्यक्ष ओलीलाई सधैं घुमाइरहेका थिए तर यसपटक देउवा र ओलीले दाहाललाई थाहै नपाई घुमाइदिएपछि दाहाललाई पर्नुसम्मको पीर परेको छ । हुन त दाहालले राजनीतिमा धेरै ठक्कर नखाएका होइनन् । कहिले चुनावमा आएको परिणामले बिथोलिने र कहिले अनेक चपेटामा परेका दाहाललाई सरकार छोड्नुपरेको घटना सामान्य नै लागे पनि तत्कालका लागि कल्पनाबाहिरको घटना भएकाले सताउनु स्वाभाविक नै हो ।

दाहालले पछिल्लो समयमा आफ्नो पार्टी तेस्रो स्थानमा हुँदा पनि कहिले कोसँग त कहिले कोसँग साँठगाँठ गरेर सरकार बनाउनु र टिकाउनुलाई चानचुने क्षमताको रुपमा लिनु हुँदैन । राजनीति आफ्नो फाइदाका लागि गर्ने हो भन्ने बुझेका दाहालले चैतमा भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा के गरे भन्ने कुरा छ । दाहालले एमालेसँग तालमेल गरेर भाइ नाता पर्ने नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाए । दाहालले यति नगरेका र पूर्वसहमति मानिदिएका भए कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने पक्कापक्की थियो । दाहालले पनि यहाँ आफ्नो फाइदा मात्रै हेरे ।

सहमतिअनुसार नेपाली कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिनुपर्ने भएपछि एमालेसँग मिलेर गरेको चालबाजीलाई कमजोर आँक्न मिल्दैन । दाहालले कांग्रेससँगको त्यतिबेलाको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएपछि केही जान्ने बुझ्नेहरुले ओलीको बठ्याइँको रुपमा हेरे । तर ३२ सिट भएको पार्टीलाई प्रधानमन्त्री दिएर ७० सिट भएको पार्टी एमाले सरकारमा झुण्डिएर जानु असुहाउँदो थियो । 

मुलुकको राजनीति देउवा, ओली र दाहालकै वरिपरि नै घुमेको छ । उनीहरुले जे चाहे त्यही हुने गरेको छ । उनीहरु आवश्यक परे क्षणभरमै जुट्न र अलग्गिन तयार हुन्छन् । सरकारबाट बाहिरिनु परे वा एक पार्टीलाई दिएको समर्थन फिर्ता लिनुपरे नेताहरुको विरोधमा जस्तोसुकै बोल्न पनि जान्दछन् त्यसैले नेताहरुको बहुप्रतिभालाई मान्नैपर्ने हुन्छ । केही अघिसम्म ओली र दाहालको त्यति राम्रो मिलन थियो तर सत्ताबाट पाखा लाग्नेबित्तिकै मित्रपूर्ण सम्बन्ध शत्रुतामा परिणत भएको छ । हुन त राजनीतिमा ‘कोही पनि दिगो मित्र र शत्रु हुँदैन’ भनिन्छ । यो भनाइलाई नेताहरुले सार्थक बनाइदिएका छन् ।

दाहालले कांग्रेससँगको सहकार्य तोडेर फागुन २१ मा एमालेसँग मिलेर सरकार बनाए । यतिबेला न त कांग्रेस दाहालको विरोधमा खनियो न त दाहालले कांग्रेसको आलोचना नै गरे । असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा पनि दाहाल ओलीविरुद्ध निकै खनिए । ओलीको कुरा गर्दा मुसुमुसु हाँसिरहेका देउवाले भने दाहालबाट कुनै प्रकारको प्रहार सहनु परेन । यसले कुनै दिन फेरि माओवादी–कांग्रेसबीच सत्ता गठबन्धन हुन सक्छ भन्ने संकेत गछ ।

दाहालले फागुणमा आफू रहुञ्जेल राजनीतिमा उथलपुथल भइरहने बताएका थिए । उनको यो भनाइको त्यतिबेला आलोचना भयो, उनले यति नभनेका भए पनि दाहालले सधैं उथलपुथल नै गरेका छन् भनेर सबैले सजिलै बुझेका नै थिए । लामो समयपछि सत्ताबाट बाहिरिँदा माओवादीलाई पीर परेको छ, यो बेला उसले संगठन विस्तार गरेर गाउँगाउँसम्म जानुपर्ने खाँचो छ । सधैं सत्तामा बसेर जनताबाट टाढा भएको माओवादीलाई यो एउटा राम्रो अवसर भएको छ ।

यसअघि माओवादीले चलाएको तीन महिना गाउँ जाने अभियान पनि प्रभावकारी भएको थिएन । माओवादीले पछिल्लो समयमा रुपान्तरणका लागि केही प्रयास गरेको भए पनि उसको हिजोको गतिविधि सम्झेर मानिसले अझै पनि पत्याएका छैनन् । द्वन्द्वकालमा मानिसले माओवादीबाट पाएको पीडा अझै ताजा भएकाले पनि माओवादी भनेपछि मानिसले सजिलै मतदान गर्ने अवस्था बनेको छैन । माओवादीले भने द्वन्द्वका बेलामा ‘केही छिटपुट घटना भएको’ भन्दै मानिसको आलोचनाबाट पन्छिने प्रयास गरेको छ तर मान्छे मार्नुलाई छिटपुट घटना भन्दै पन्छिने छुट उसलाई छैन । जसले पीडा भोगेको छ त्यो पीडाको अनुभूति माओवादीले गरेको भए उसमा पनि केही सद्बुद्धि पलाउँथ्यो होला । माओवादीले जति नै परिवर्तनका कुरा गरे पनि र ‘अग्रगामी छलाङ’ को शब्द प्रयोग गर्दै मानिसलाई भुल्याउन खोजे पनि त्यो द्वन्द्वकालको पीडालाई भने कसैले पनि बिर्सिन सकेका छैनन् ।

असार १७ गते एमाले र कांग्रेसबीच गरिएको सातबुँदे सहमति २२ दिनपछिमात्रै सार्वजनिक गरियो । देश र जनताको लागि अग्रगामी निर्णय गरेको भनेर भाषण ठोक्न पछि नपर्ने ती पार्टीहरुले त्यस्तो राम्रो निर्णय किन लुकाएका होलान् भनेर प्रश्न गर्दा फरक पर्दैन । २२ दिनसम्म लुकाइएको सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ– राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म एमाले अध्यक्ष ओलीले र त्यसपछि २)८४ मंसिरमा हुने आमनिर्वाचनसम्म कांग्रेस सभापति देउवाले गर्ने ।

तर यो सरकार त्यतिबेलासम्म टिक्छ कि टिक्दैन भन्ने आम चासोको विषय बनेको छ । देउवाले यसअघि गरेका सहमति कार्यान्वयन गर्दै आएकाले उनलाई विश्वास गर्ने प्रशस्तै आधार छ । ओलीले दुई वर्षसम्म यो सरकार चलाउने भनेर सहमति गरेका छन्, देउवाले पनि स्वीकारेका छन् तर कांग्रेसले चलाएको मन्त्रालयमा पनि ओलीले हस्तक्षेप गरे भने उनीहरुको सम्बन्ध कतिञ्जेल टिक्ला ? 

पार्टीमा ओली अध्यक्ष भएकाले उनले जे गरे पनि स्वीकार्य होला तर सरकारमा रहेको कांग्रेसले भने ओलीले गरेका सबै निर्णय मान्नुपर्ने हुँदैन । हिजो पनि सरकार चलाउँदा ओलीले गठबन्धन दलसँग गरिएको सहमति नमान्दाको परिणाम सबैले बुझिसकेका छन् । २)७३ सालमा एमाले र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति नमान्दा माओवादीले समर्थन फिर्ता लिए पनि ओलीले सरकार नछोड्ने भन्दै लिएको जब्बरपनको अडानलाई सामान्य मान्न सकिँदैन ।

ओलीले हिजो प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए । त्यतिबेला अरू कसैलाई प्रधानमन्त्री स्वीकार्न तयार भएका भए संसद् विघटन गर्ने प्रधानमन्त्रीको रुपमा इतिहासमा सधैं कलंकित हुनुपर्ने नै थिएन । पार्टीभित्रैबाट आलोचना हुँदा पनि अडानबाट पछि नहटेर फेरि पनि संसद् विघटन गर्न झम्टिएका उनी अझै पनि आफ्नो त्यो काम वैध देखाउने प्रयासमा छन् ।

आलोपालो प्रधानमन्त्री बन्ने सहमतिलाई ओलीले मान्छन् नै भन्ने विश्वासिलो आधार अहिलेसम्म बनेको छैन । ओलीको बोली र उनको विगतको क्रियाकलाप हेर्दा कांग्रेससँगको सत्ता सहयात्रा बीचैमा टुट्ने खतरा उत्तिकै छ । आफू प्रधानमन्त्री भएको र कांग्रेस सरकारका लागि आफ्नो पछिपछि आएको भन्ने सम्झेर ओलीले आफू अनुकूल गर्दै गए भने सरकार दुर्घटनामा पर्न सक्छ । उता सत्ताबाट बाहिरिनुपर्दाको पीडा माओवादीले ओली–देउवाबीचको सम्बन्ध तोड्न हरसम्भव प्रयास गर्ने निश्चित छ । यस्तोमा कांग्रेस र माओवादीले फेरि सत्ताको हात मिलाउने सम्भावना उत्तिकै छ ।


प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP