Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जर्मनीमा श्रमिक पठाउने योजना अलपत्र
जर्मनीमा श्रमिक पठाउने योजना अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १३, २०८१

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको युरोपेली मुलुक जर्मनीसँग नेपाल सरकारले गरेको सम्झौता कार्यान्वयन हुन नसक्दा नेपाली श्रमिक पठाउने कार्य अलपत्र परेको छ । जर्मनीमा श्रमिक पठाउन गत वर्ष असोज २३ गते नेपाल–जर्मन सरकारबीच (जिटुजी) दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र (जेडिओएल)मा हस्ताक्षर भएको थियो । उक्त सम्झौता भएको १० महिना बितिसक्दासमेत कुनै प्रक्रिया अघि बढाइएको छैन ।

सम्झौतामा हस्ताक्षर भएपश्चात् तीन महिनाभित्रमा प्रशिक्षार्थी नेपाली श्रमिक पठाउनेगरी गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन अधिकारीहरुले बताएका थिए । तर, अहिलेसम्म पनि उक्त कार्यमा ठोस प्रगति हुन सकेको छैन्न । दुई देशबीच भएको सम्झौताअनुसार नेपाली नागरिकलाई जर्मनीमा सीप सिकाएर दक्ष बनाएपछि श्रमबजारमा पठाइने भन्ने छ ।

नेपालीहरुका लागि रोजगारीको सुनौलो अवसर सिर्जना भए पनि समयमै निर्णय नगर्ने र कार्यान्वयनमा ध्यान नदिने प्रवृत्तिले गर्दा अवसरबाट वञ्चित हुनुपर्र्ने अवस्था आएको मन्त्रालयकै अधिकारीहरु बताउँछन् । जर्मनीमा सरकारले नै पठाउने कि म्यानपावरमार्फत जान दिने भन्ने अन्योल रहेकाले अहिलेसम्म कुनै निर्णय हुन नसकेको बताइन्छ ।

मन्त्रालयमा मन्त्री र सचिवहरुको अदलबदलका कारण थुप्रै कामहरु थाँती रहने गरेको एक उच्च अधिकारीले बताए । उनका अनुसार युरोपमा श्रमिक पठाउने सम्बन्धमा निवर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल सकारात्मक थिएनन् । ‘युरोपमा नेपालीलाई पठाउने सवालमा कुनै प्रक्रिया नै अगाडि बढाइएन,’ ती अधिकारीले भने, ‘सम्झौता भएका मुलुक जर्मनी र रोमानियामा नेपालीहरुलाई पठाउने विषयमा कुनै सक्रियता नै देखाएनन् ।’

Hardik health

म्यानपावर व्यवसायीहरुले युरोपमा नेपाली श्रमिक पठाउने सम्बन्धमा पटक–पटक ध्यानाकर्षण गराए पनि पूर्वमन्त्री अर्यालले कुनै वास्ता नगरेको बताइन्छ । नेपालीलाई म्यानपावरमार्फत युरोपमा पठाउने चाहना त थिएन नै, त्यसमाथि सम्झौताअनुसार जापानमा नेपाली श्रमिक पठाउनेगरी जारी गरेको कार्यविधि नै निष्क्रिय बनाइदिएको ती अधिकारीले बताए । उनका अनुसार वैदेशिक रोजगारीको सन्दर्भमा आवश्यक अध्ययन भइरहेको भन्दै टार्ने गरेका मन्त्री अर्यालले कुनै परिणाम दिन सकेनन् ।

जर्मनीमा प्रशिक्षार्थी श्रमिक पठाउने सम्झौताका सम्बन्धमा बाहिर सुनिएजस्तो अलपत्र भएको वा सरकार निष्क्रिय रहेको भन्ने कुरामा कुनै सत्यता नभएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए ।

दुई देशबीच सम्झौता भए पनि जर्मनी जाने नेपाली श्रमिकको संख्या, छनोट प्रक्रिया, सेवा सुविधा कस्तो रहने, पठाउने एजेन्सीले कति सेवा शुल्क लिन पाउने, रोजगार अवधि कति हुनेलगायतका विषयमा नखुलाइएका कारण श्रममन्त्री अर्यालकै पालामा यसबारे प्रस्ट पार्न परराष्ट्र मन्त्रालयमार्फत जर्मनीलाई ड्राफ्ट पठाइएको उनले जानकारी दिए । ‘हामीले आधारभूत विषयवस्तु समेटेर ड्राफ्ट पठाएका छौं,’ प्रवक्ता रिजालले भने, ‘अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन, उताबाट जवाफ आउनेबित्तिकै मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइहाल्छ ।’ 

एकपटक सम्बन्धित मुलुकलाई सोधेर प्रतिक्रिया प्राप्त भएपछि कार्यविधि बनाउने तयारीमा मन्त्रालय रहे पनि कुनै जवाफ नआएका कारण अड्किएको उनको भनाइ छ । जर्मनीमात्र नभएर सँगसँगैजस्तो सम्झौता भएको रोमानियासँग पनि प्रतिक्रियाको अपेक्षा गरिरहेको उनले बताए । हाल रोमानियामा म्यानपावरमार्फत नै श्रमिक पठाउने गरिएको भन्दै यसमा पनि कार्यविधि बनाएर व्यवस्थित गरिने रिजालले जानकारी दिए ।

जर्मनी र रोमानियामा श्रमिक पठाउने सन्दर्भमा भइरहेको ढिलाइबारे श्रममन्त्री शरतसिंह भण्डारीले पनि गम्भीर चासो राखेको बताइएको छ । आफू अघिल्लोपटक मन्त्री हुँदा सम्झौता गरेको मुलुकसँग श्रमिक पठाउने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढेकोप्रति मन्त्री भण्डारीले अध्ययन गरिरहेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारीले जर्मनी र रोमानियासँग श्रम सम्झौता भएसँगै तत्कालीन अवस्थामा युरोपमा नेपालीहरुका लागि रोजगारीको ढोका खुला भएको घोषणा गरेका थिए । श्रममन्त्री भण्डारी र जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला राज्यसचिव (उपमन्त्री) लियोनी गेबर्सको उपस्थितिमा जर्मनीमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
 


प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता मंगलबार, चैत ३, २०८२
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक सोमबार, चैत २, २०८२
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली आइतबार, चैत १, २०८२
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता शुक्रबार, फागुन २९, २०८२
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी बिहीबार, फागुन २८, २०८२
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स बिहीबार, फागुन २८, २०८२
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP