काठमाडौं– वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएरमात्र हवाई टिकट काट्न अनुरोध गरेको छ।
वैदेशिक रोजगारीबाट छुट्टीमा आएका श्रमिकहरुले हवाइ टिकट पाउँदा पनि पुनः श्रम स्वीकृति लिन नसक्दा उडान छुटेको गुनासो आएकाले पहिला श्रम स्वीकृति लिन अनुरोध गरेको हो।
शुक्रबार एक सूचना जारी गर्दै विभागले हवाइ टिकट काटेकाहरुलाई उडान हुन तीन दिन अगाडि नै श्रम स्वीकृतिका लागि आवेदन दिन अनुरोध गरेको छ।
साथै, श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिएकाहरुलाई कुनै समस्या परे विभागले आवश्यक सहजीकरण गर्ने भएको छ।
अत्यावश्यक प्रस्थान गर्नेहरुलाई विभागले दिइएको नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
