Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • किनारातर्फ धकेलिएका दाहाल
किनारातर्फ धकेलिएका दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २, २०८१

सशस्त्र विद्रोहकाल र त्यसपछि ६० को दशकभर माओवादी अध्यक्ष पुष्पकमल दाहालको पूरै रापताप थियो । उनी राष्ट्रिय राजनीतिको केन्द्रमा थिए । उनले जे बोल्थे, त्यसले अर्थ राख्थ्यो । अहिले त्यस्तो छैन । 

उनी यतिबेला संसदीय अंकगणितको खेलमा कमजोर छन् । उनीप्रतिको जनविश्वास गुम्दो छ । युद्धकालीन सहयात्रीहरू अलगथलग हुने क्रम जारी छ । घाइते र अपांगता भएकाहरूको नजरमा राजनीतिक गन्तव्यमा नपुर्‍याइ बेहाल पार्ने असफल नेतृत्व भएका छन् । 

उनै दाहाल अहिले राजनीतिको किनारातिर धकेलिँदै छन् । राजनीतिमा शक्तिहीनजस्तै बन्दै छन् । कारण, उनको शक्तिमा भएको तीव्र क्षयीकरण हो । यस्तो अवस्थाबीच उनी सत्ताच्युत हुनेबित्तिकै समाजवादी मोर्चालाई क्रियाशील बनाएर शक्तिमा फर्किने चेष्टामा छन् । सोमबार महिनौंपछि मोर्चाको बैठक बोलाए । मोर्चामा रहेका दल माओवादीसँगै नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपाका नेताहरू थिए । उनीहरूबीच अब जनतामा जाने निर्णयसमेत भइसकेको छ । 

Hardik health

झण्डै नौ वर्षसम्म सत्तामै रहेको माओवादी र उक्त दलका अध्यक्ष दाहालले जनतालाई बिर्सिए । चुनावमा भोटका लागिमात्रै सम्झिए । जसले गर्दा जनताले पनि माओवादीलाई बिर्सिंदै गए । माओवादी नेताहरू नै वैचारिक संघर्षका नाममा कित्ताकाट गर्दै विभक्त भए । दाहाल स्वयं परिवारवादमा रुमलिए । सांस्कृतिक जीवन व्यवहार कुनै कुलीन वर्गको भन्दा कम भएन । यतिसम्मकी दाहाल १८ जेठ २०८० मा भारतको भ्रमणको क्रममा धार्मिक नेताजस्तै देखिए । कहिल्यै नजाने उनी मन्दिर दर्शनमा पुगे । यो भनेको दाहालमा भएको धार्मिक विचलन हो । यसले गर्दा पनि दाहाल पूरै परिवर्तित स्वरुपमा देखिएका छन् । 

सयौं वर्षदेखि राज्यसत्ताबाट टाढा रहेका जाति, वर्ग, समुदाय र क्षेत्रका मानिसहरूको विश्वास गुमेको छ । सर्वहारा र उत्पीडित वर्ग नेतृत्वविहीन भएका छन् । जबकि, दाहाल नेतृत्वको सशस्त्र युद्धमा यिनै समुदायहरूको विश्वास थियो । कारण, उनीहरूले खोजेको पहिचानको मुद्दामा दाहाल प्रतिबद्ध र टिकाउ हुन सकेनन् । 

अर्को महŒवपूर्ण पक्ष के छ भने शान्ति प्रक्रियाका एक प्रमुख हिस्सेदार दाहाल पटक–पटक प्रधानमन्त्री भए पनि शान्ति प्रक्रिया ज्युँकात्यूँ छ । उनले कांग्रेस र एमालेसहितका दलहरूबीच सहमति गराएर शान्ति प्रक्रिया टुंगो लगाउन सकेनन् । यी घटनाक्रमले दाहाल पूरै शक्ति विलुप भएको नेता दरिएका छन् । फेरि शक्तिमा फर्किनेगरी तयारीमा दाहाल लागिपरेका छन् । यद्यपि, अब जनतामाझ गएर शक्तिमा फर्कन दाहाललाई सहज छैन । 
 


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP