Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • किनारातर्फ धकेलिएका दाहाल
किनारातर्फ धकेलिएका दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २, २०८१

सशस्त्र विद्रोहकाल र त्यसपछि ६० को दशकभर माओवादी अध्यक्ष पुष्पकमल दाहालको पूरै रापताप थियो । उनी राष्ट्रिय राजनीतिको केन्द्रमा थिए । उनले जे बोल्थे, त्यसले अर्थ राख्थ्यो । अहिले त्यस्तो छैन । 

उनी यतिबेला संसदीय अंकगणितको खेलमा कमजोर छन् । उनीप्रतिको जनविश्वास गुम्दो छ । युद्धकालीन सहयात्रीहरू अलगथलग हुने क्रम जारी छ । घाइते र अपांगता भएकाहरूको नजरमा राजनीतिक गन्तव्यमा नपुर्‍याइ बेहाल पार्ने असफल नेतृत्व भएका छन् । 

उनै दाहाल अहिले राजनीतिको किनारातिर धकेलिँदै छन् । राजनीतिमा शक्तिहीनजस्तै बन्दै छन् । कारण, उनको शक्तिमा भएको तीव्र क्षयीकरण हो । यस्तो अवस्थाबीच उनी सत्ताच्युत हुनेबित्तिकै समाजवादी मोर्चालाई क्रियाशील बनाएर शक्तिमा फर्किने चेष्टामा छन् । सोमबार महिनौंपछि मोर्चाको बैठक बोलाए । मोर्चामा रहेका दल माओवादीसँगै नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपाका नेताहरू थिए । उनीहरूबीच अब जनतामा जाने निर्णयसमेत भइसकेको छ । 

Hardik health

झण्डै नौ वर्षसम्म सत्तामै रहेको माओवादी र उक्त दलका अध्यक्ष दाहालले जनतालाई बिर्सिए । चुनावमा भोटका लागिमात्रै सम्झिए । जसले गर्दा जनताले पनि माओवादीलाई बिर्सिंदै गए । माओवादी नेताहरू नै वैचारिक संघर्षका नाममा कित्ताकाट गर्दै विभक्त भए । दाहाल स्वयं परिवारवादमा रुमलिए । सांस्कृतिक जीवन व्यवहार कुनै कुलीन वर्गको भन्दा कम भएन । यतिसम्मकी दाहाल १८ जेठ २०८० मा भारतको भ्रमणको क्रममा धार्मिक नेताजस्तै देखिए । कहिल्यै नजाने उनी मन्दिर दर्शनमा पुगे । यो भनेको दाहालमा भएको धार्मिक विचलन हो । यसले गर्दा पनि दाहाल पूरै परिवर्तित स्वरुपमा देखिएका छन् । 

सयौं वर्षदेखि राज्यसत्ताबाट टाढा रहेका जाति, वर्ग, समुदाय र क्षेत्रका मानिसहरूको विश्वास गुमेको छ । सर्वहारा र उत्पीडित वर्ग नेतृत्वविहीन भएका छन् । जबकि, दाहाल नेतृत्वको सशस्त्र युद्धमा यिनै समुदायहरूको विश्वास थियो । कारण, उनीहरूले खोजेको पहिचानको मुद्दामा दाहाल प्रतिबद्ध र टिकाउ हुन सकेनन् । 

अर्को महŒवपूर्ण पक्ष के छ भने शान्ति प्रक्रियाका एक प्रमुख हिस्सेदार दाहाल पटक–पटक प्रधानमन्त्री भए पनि शान्ति प्रक्रिया ज्युँकात्यूँ छ । उनले कांग्रेस र एमालेसहितका दलहरूबीच सहमति गराएर शान्ति प्रक्रिया टुंगो लगाउन सकेनन् । यी घटनाक्रमले दाहाल पूरै शक्ति विलुप भएको नेता दरिएका छन् । फेरि शक्तिमा फर्किनेगरी तयारीमा दाहाल लागिपरेका छन् । यद्यपि, अब जनतामाझ गएर शक्तिमा फर्कन दाहाललाई सहज छैन । 
 


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP