Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भ्रष्टाचार नियन्त्रणमा कठोर बनौं 
भ्रष्टाचार नियन्त्रणमा कठोर बनौं 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १७, २०८१

भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा नेपालको स्थान पहिलोपटक सुध्रिएको भनेकै गत वर्ष हो । ठूलठूला भ्रष्टाचारकाण्डको फाइल सरकारले खोलेको र न्यायालयबाट पनि भ्रष्टाचारसम्बन्धी केही महŒवपूर्ण मुद्दाको निरुपण भएपछि नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १०८औं स्थानमा थियो । तर, यस वर्ष भ्रष्टाचार सूचकांकमा नेपालको स्थिति झन् नाजुक हुने देखिएको छ । अर्थात्, बढी भ्रष्ट मुलुकको सूचीमा नेपाल पर्ने सम्भावना छ । कारण, निजामती सेवाकै सबैभन्दा उच्चपदस्थ मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो । उनी निलम्बित छन् ।

भ्रष्टाचारजस्तो राष्ट्रघातसँग जोडिएको आपराधिक कसुरमा मुख्यसचिव जोडिनु पक्कै पनि गम्भीर विषय हो । यसले निजामती सेवाकै बद्नाम भएको छ । नेपालको अन्तर्राष्ट्रिय छविमा कालो धब्बा लागेको छ । यसबाट निजामती प्रशासनका सबैभन्दा उच्चपदस्थ अधिकारीले कसरी भ्रष्टाचारजन्य गतिविधिको नेतृत्व गर्छन् ? त्यो पनि छर्लंग भएको छ । 

सार्वजनिक सेवा सुधारसम्बन्धी आयोगले यसअघि नेपालको सार्वजनिक सेवा भ्रष्टाचारजन्य गतिविधिले गाँझेको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा कर्मचारीतन्त्र पूरै भ्रष्ट देखिएको पनि उल्लेख थियो । घूस, रिसवत नदिइकन कुनै सार्वजनिक सेवा पाउन सेवाग्राहीलाई कठिन पर्ने गरेको तथ्य पनि सार्वजनिक गरेको थियो । यसमा जिम्मेवार कर्मचारीतन्त्रलाई ठह¥याइएको थियो । यहीबीच कर्मचारीतन्त्रमा आमूल सुधार ल्याउनुपर्ने माग पटक–पटक उठ्यो । तर, भ्रष्ट कर्मचारीतन्त्र सुध्रिने छाँट देखिएन ।

Hardik health

जबकि, गत २१ फागुन २०८० मा बनेको वर्तमान सत्ता गठबन्धनले पहिलो बुँदामै देशमा भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासनको मार्गमा अघि बढ्ने प्रण गरेको थियो । भ्रष्टाचारविरुद्ध निर्मम बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले पनि बताउँछन् । तर, मुख्यसचिव अर्याल नै अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै प्रतिवादी बने । उनी टेरामक्सदेखि आधा दर्जन बढी काण्डमा पनि मुछिएका छन् । अख्तियार अनुसन्धानमै व्यस्त छ । विडम्बनाचाहिँ के छ भने यसरी कर्मचारीतन्त्र भ्रष्टाचारमा लीप्त हुँदा राजनीतिक नेतृत्व पनि जोडिने गरेका छन् । यसबाट भ्रष्टाचारमा मिलिजुली हुने गरेको संश्लेषण गर्न सकिन्छ ।

जबकि, जनता देशमा हुने भ्रष्टाचारले वाक्कदिक्क छन् । जनतासामु भ्रष्टाचार न्यूनीकरण गर्ने भन्दै चुनावमा दलहरू वाचा गर्छन् । तर, चुनावपछि सत्तामा पुगेर कर्मचारीसँगै राजनीतिक नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गरेका छन् । जसले गर्दा नेपाल विश्वमा धेरै भ्रष्टाचार हुनेमध्येको एक मुलुकमा पर्छ । जुन कलंक हो । यसविरुद्ध सरकार निर्मम हुनुको विकल्प छैन ।
 


प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र आइतबार, फागुन १०, २०८२
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ 
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ  शुक्रबार, फागुन ८, २०८२
निर्वाचन खर्च पारदर्शी बनाऊ 
निर्वाचन खर्च पारदर्शी बनाऊ  बिहीबार, फागुन ७, २०८२
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं 
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं  बुधबार, फागुन ६, २०८२
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी मंगलबार, फागुन ५, २०८२
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन सोमबार, फागुन ४, २०८२
आचारसंहिताविपरीतको गतिविधि रोकौं
आचारसंहिताविपरीतको गतिविधि रोकौं आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP