Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेतले थप दुई लाख कामदार लैजाने, नेपालमा दूतावास खोल्ने 
कुवेतले थप दुई लाख कामदार लैजाने, नेपालमा दूतावास खोल्ने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १३, २०८१

काठमाडौं– वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्येको एक कुवेतले नेपालबाट थप दुई लाख कामदार लैजाने भएको छ । कुवेतमा रोजगारीको दायरा बढ्दै गएका कारण नेपालबाट थप दुई लाख कामदार लैजाने सम्बन्धमा छलफल भएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

इरानको तेहरानमा भएको एसिया कोअपरेसन डायलग (एसिडी)को १९औं विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा मन्त्री श्रेष्ठलाई कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले दुई लाख नेपाली कामदार लैजाने तयारी भइरहेको जानकारी दिएको जानकारी दिइएको छ । एसिडी बैठकमा सहभागी भएर स्वदेश फर्किनेक्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कुवेतले परराष्ट्रमन्त्री श्रेष्ठले आगामी दिनमा दुई लाख नेपाली कामदार लाने जानकारी दिएको पुष्टि गरेका हुन् ।

अहिले एक लाख नेपाली कामदार रहेको कुवेतमा दुई लाख थपेर तीन लाख पुर्‍याउने लक्ष्य रहेको जानकारी पाएको मन्त्री श्रेष्ठले बताए । उनका अनुसार कुवेतले यसै वर्षभित्र काठमाडौंमा राजदूतावास खोल्ने तयारीसमेत गरेको मन्त्री अब्दुल्लाबाट जानकारी पाएको उल्लेख गरे । नेपालबाट ठूलो संख्यामा कामदार लैजाने गरेको कुवेतले नेपालमा दूतावास नहुँदा सास्ती खेप्नु परेको भन्दै यसको सहजीकरण र कूटनीतिक सम्बन्ध विस्तार गर्ने माध्यमको रुपमा दूतावास खोल्न लागिएको बताइएको छ ।

Hardik health

कुवेतले नेपालबाट वार्षिक सरदर ४० हजारको हराहारीमा कामदार लैजाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ३५ हजारभन्दा बढीले कुवेत जान श्रम स्वीकृति लिएका छन् । कुवेतमा बढीजसो हाउसकिपिङ र सफाइ कार्यमा महिला कामदार जाने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
पछिल्लो समय कुवेतले नेपालबाट घरेलु कामदारको पनि माग गर्दै आइरहेको छ । तर सरकारले सुरक्षाको कारण देखाउँदै तत्काल घरेलु कामदार पठाउन नसकिने बताउँदै आएको छ । कुवेतमात्र नभई नेपालबाट घरेलु कामदारको माग गर्नेमा साउदी अरब, युएई र कतार पनि छन् । विभिन्न अधिकारवादी संघसंस्थाले भने खाडी मुलुकमा घरेलु कामदार पठाउन खुला गर्नुपर्ने माग गर्दै आएका छन् । सरकारले घरेलु कामदार खुला नगर्दा जोखिम बढेको र अवैध बाटो प्रयोग गरी जाने गरेका कारण मानव बेचबिखनमासमेत पर्ने गरेको उनीहरुको भनाइ छ । 

 


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो शुक्रबार, माघ ९, २०८२
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP