Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चुरे बचाऊ
चुरे बचाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ३, २०८१

आइतबार १०औं चुरे दिवस मनाइयो । सिरहामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसहितको टोली पुगेर दिवसलाई भव्य बनायो । चुरे संरक्षण गर्नुपर्ने भन्दै भाषण दिएर फर्किए । यो यसपालिमात्रै नभई पछिल्ला वर्षहरुमा निरन्तर चल्दै आएको छ ।

सरकारले चुरे संरक्षणका लागि भन्दै विशेष कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । तर, कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दिनानुदिन चुरेको विनास बढ्दै गएको छ । चुरे क्षेत्रका प्राकृतिक स्रोतको दोहन रोकिएको छैन । यसले गम्भीर चुनौती खडा गरेको छ ।

आइतबारको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे संरक्षणमा तीन तहकै सरकार सक्रिय हुनुपर्ने बताए । उनले भने– चुरे पर्वतीय प्रणाली तराई–मधेसको पानीको स्रोत हो, चुरे क्षेत्रमा भएका प्राकृतिक सम्पदाहरू यसको तल्लोतटीय क्षेत्र अर्थात् मधेसमा बस्ने जनसमुदायका लागि जीवनरेखा हुन् । 

Hardik health

हो, चुरे साँच्चिकै तराई मधेसका जनताका लागि जीवनरेखा हुन् । यो कुरा बुझेको राज्यले यसको संरक्षणमा किन प्रभावकारी कदम चालिरहेको छैन भन्ने प्रश्न उनै प्रधानमन्त्रीमाथि उठ्छ । चुरे विनासका कारण त्यस क्षेत्रका बासिन्दाले भोगिरहेका पीडा राज्यले देखेर पनि नदेखेझैँ गरिरहेको छ । त्यसको प्रस्ट उदाहरण काठमाडौंको माइतीघरमा २५ दिनदेखि धर्ना बसिरहेका चुरेबासी हुन् । उनीहरु ‘चुरे बचाऊ ः पानी दिलाऊ सरकार’ भन्दै धर्नामा बसेका हुन् । तर, उनीहरुको आवाज धर्नास्थल अगाडि नै रहेको सिंहदरबारले सुनेको छैन । मधेस प्रदेशका आठ वटै जिल्लाका चुरे बासिन्दा चुरे बचाउको गुहार माग्दै धर्नामा बसिरहेका छन् ।     

चुरेको अत्यधिक दोहनका कारण खानेपानीको मुल सुक्ने, सतहमुनिको पानी सुक्ने, पहिरो तथा भू–क्षयको त्रास बढिरहेको धर्नामा बसेकाहरु सुनाउँछन् । उनीहरु चुरेका अवैध उत्खनन् नरोकिएसम्म चुरे दिवस मनाउनुको औचित्य नभएको बताउँछन् ।  उनीहरुको भनाइ सान्दर्भिक छ । सरकारले गम्भीररुपमा सुन्नुपर्छ । चुरेको विनासले चुरेबासीलाई मात्र प्रभावित बनाउने होइन । यसको क्षति समग्र मुलुकले नै बेहोर्नुपर्छ ।

सरकारले चुरे संरक्षणका लागि जति पनि कार्यक्रम अघि बढाएको छ, त्यसलाई प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्छ । चुरेको संरक्षण गर्नु भनेको पहिलो काम चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन् तत्काल रोक्नु नै हो । यसमा तीनै तहका सरकार कडाइका साथ लाग्नुपर्छ । अन्यथा चुरे संरक्षणको नारा नारामै सीमित हुने निश्चित छ ।
 


प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP