Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वाह ! नेपाली क्रिकेट
वाह ! नेपाली क्रिकेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २, २०८१

दश वर्षपछि टी–२० विश्वकपमा सहभागी नेपालले बलियो उपस्थिति जनाएको छ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपअन्तर्गत शनिबार बिहान दक्षिण अफ्रिकाविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै नेपालले क्रिकेटहरुको मन जित्न सफल भएको हो । क्रिकेटको ‘पाउवर हाउस’ दक्षिण अफ्रिकाविरुद्ध नेपालले लज्जास्पद हार बोहोर्ने हो कि भन्ने आशंका नगरिएको होइन । किनभने दक्षिण अफ्रिका बलिङ÷ब्याटिङ दुवैमा उत्कृष्ट र अनुभवी खेलाडी भएको टोली हो । यता नेपाली टिममा सबै युवा खेलाडी । टेस्ट राष्ट्रसँग खेलेको अनुभव नै थिएन ।

तर, नेपाली टिमसँग बलियो आत्मबल थियो । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने भोक थियो । र, नेपाली क्रिकेटलाई स्थापित गर्ने अठोट प्रत्येक खेलाडीमा थियो । जुन दक्षिण अफ्रिकाविरुद्ध प्रस्ट देखियो । नेपालले पहिले फिल्डिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरको खेलमा ११५ रनमात्र बनाउन दियो । नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेपछि दक्षिण अफ्रिका सात विकेट गुमाएर दबाबमा परेको थियो ।

हुन त भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ भनिन्छ । तर कहिलेकाहीँ भाग्यले साथ नदिँदा जति राम्रो गरे पनि नतिजा उल्टो आइदिन्छ । हो, नेपाललाई यस्तै भयो । राम्रो खेल्यो तर हा¥यो । मात्र एक रन जोड्न चुक्दा नेपालले दक्षिण अफ्रिकालाई खेलको नतिजा सुम्पिनुप¥यो । र, हारसँगै सुपर–८ मा पुग्ने बाटो पनि बन्द भयो । दक्षिण अफ्रिकासँग हार बेहोरे पनि नेपालले विश्वभरका क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले खेलपछि आफ्नो पेजमा लेखेको छ, ‘दक्षिण अफ्रिकाले खेल जित्यो, नेपालले मन जित्यो ।’ उक्त खेलका होस्टहरुले नेपाल र दक्षिण अफ्रिकाबीचको खेल ‘जारी प्रतियोगिताकै उत्कृष्ट खेल’ भएकोसमेत विश्लेषण गरे । त्यसैले नेपालको हारले पीडा दिए पनि विश्वस्तरीय प्रदर्शनप्रति गर्व गर्नुपर्छ । यो प्रदर्शनले साँच्चै नेपाली क्रिकेटको उचाइ बढाएको छ ।

Hardik health

यो खेल जितेको भए नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने इतिहास बन्ने थियो । साथै, नेपालको जारी प्रतियोगिताको सुपर–८ मा पुग्ने सम्भावना जीवित रहने थियो । पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपालले श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण खेल्न पाएन । अब अन्तिम खेल नेपालले बंगलादेशविरुद्ध खेल्ने छ । बंगलादेशसँग पनि यही स्तरको खेलको अपेक्षा गरौं । खेलमा जित वा हार स्वाभाविक हो । तर, नतिजा जुन आए पनि सम्झनलायक प्रदर्शन गरेको छ, नेपाली टिमले । वाह ! नेपाली क्रिकेट ।
 


प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP