Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वाह ! नेपाली क्रिकेट
वाह ! नेपाली क्रिकेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २, २०८१

दश वर्षपछि टी–२० विश्वकपमा सहभागी नेपालले बलियो उपस्थिति जनाएको छ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपअन्तर्गत शनिबार बिहान दक्षिण अफ्रिकाविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै नेपालले क्रिकेटहरुको मन जित्न सफल भएको हो । क्रिकेटको ‘पाउवर हाउस’ दक्षिण अफ्रिकाविरुद्ध नेपालले लज्जास्पद हार बोहोर्ने हो कि भन्ने आशंका नगरिएको होइन । किनभने दक्षिण अफ्रिका बलिङ÷ब्याटिङ दुवैमा उत्कृष्ट र अनुभवी खेलाडी भएको टोली हो । यता नेपाली टिममा सबै युवा खेलाडी । टेस्ट राष्ट्रसँग खेलेको अनुभव नै थिएन ।

तर, नेपाली टिमसँग बलियो आत्मबल थियो । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने भोक थियो । र, नेपाली क्रिकेटलाई स्थापित गर्ने अठोट प्रत्येक खेलाडीमा थियो । जुन दक्षिण अफ्रिकाविरुद्ध प्रस्ट देखियो । नेपालले पहिले फिल्डिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरको खेलमा ११५ रनमात्र बनाउन दियो । नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेपछि दक्षिण अफ्रिका सात विकेट गुमाएर दबाबमा परेको थियो ।

हुन त भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ भनिन्छ । तर कहिलेकाहीँ भाग्यले साथ नदिँदा जति राम्रो गरे पनि नतिजा उल्टो आइदिन्छ । हो, नेपाललाई यस्तै भयो । राम्रो खेल्यो तर हा¥यो । मात्र एक रन जोड्न चुक्दा नेपालले दक्षिण अफ्रिकालाई खेलको नतिजा सुम्पिनुप¥यो । र, हारसँगै सुपर–८ मा पुग्ने बाटो पनि बन्द भयो । दक्षिण अफ्रिकासँग हार बेहोरे पनि नेपालले विश्वभरका क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले खेलपछि आफ्नो पेजमा लेखेको छ, ‘दक्षिण अफ्रिकाले खेल जित्यो, नेपालले मन जित्यो ।’ उक्त खेलका होस्टहरुले नेपाल र दक्षिण अफ्रिकाबीचको खेल ‘जारी प्रतियोगिताकै उत्कृष्ट खेल’ भएकोसमेत विश्लेषण गरे । त्यसैले नेपालको हारले पीडा दिए पनि विश्वस्तरीय प्रदर्शनप्रति गर्व गर्नुपर्छ । यो प्रदर्शनले साँच्चै नेपाली क्रिकेटको उचाइ बढाएको छ ।

Hardik health

यो खेल जितेको भए नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने इतिहास बन्ने थियो । साथै, नेपालको जारी प्रतियोगिताको सुपर–८ मा पुग्ने सम्भावना जीवित रहने थियो । पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपालले श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण खेल्न पाएन । अब अन्तिम खेल नेपालले बंगलादेशविरुद्ध खेल्ने छ । बंगलादेशसँग पनि यही स्तरको खेलको अपेक्षा गरौं । खेलमा जित वा हार स्वाभाविक हो । तर, नतिजा जुन आए पनि सम्झनलायक प्रदर्शन गरेको छ, नेपाली टिमले । वाह ! नेपाली क्रिकेट ।
 


प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP