Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सेनालाई विवादित भूमिकाबाट अलग राख
सेनालाई विवादित भूमिकाबाट अलग राख
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ३१, २०८१

नेपाली सेना गौरव बोकेको संस्था हो । मुलुकका अधिकांश निकाय विवादित र अस्थिर भइरहँदा सेना त्यस्तो एक मात्र संस्था हो जसले आफ्नो अस्तित्व बचाइराखेको छ । राज्यको रक्षा गर्ने दायित्व बोकेको सेनालाई केही वर्षयता जबरजस्त विवादमा तान्ने प्रयास भइरहेको छ । सेनालाई आफ्नो भूमिकामा सीमित नराखी विभिन्न कार्यमा प्रयोग गरिँदा विवादमा तानिँदै आएको छ ।

यस्तै विवाद अहिले उठिरहेको छ । जुन बुधबार संघीय संसद्मा बहसको विषय बन्यो । सांसदहरुले सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाए । 
नेपाली सेनाको भूमिकामा प्रश्न उठ्नुको कारण हो, सरकारले ठेक्कापट्टाको काम सेनालाई दिनु । राष्ट्रिय गौरवका विभिन्न परियोजनाहरुको ठेक्का सेनालाई दिएको छ । सेनाले पनि ती आयोजनाका विभिन्न काममा फेरि ठेक्का लगाएको छ । सेनालाई दिएको काम फेरि घुमिफिरि ठेकेदारकै हातमा पु¥याइएकोप्रति सांसदहरुले प्रश्न उठाए । जुन प्रश्न जायज छ । ठेकेदारलाई नै लगाउने हो भने सेनालाई किन दिनु ? 

विशेषगरी काठमाडौं–तराई÷मधेस द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले यस मार्गका विभिन्न खण्डको काम ठेक्कामा लगाएपछि सांसदहरुले प्रश्न उठाएका हुन् । त्यसो त द्रुतमार्गको जिम्मेवारी दिने बेलादेखि नै यो विषयलाई लिएर सेना र सरकारको आलोचना हुँदै आएको छ । सेनालाई ठेक्कापट्टाको काममा लगाउन नहुने तर्कको पछाडि विभिन्न तथ्यहरु छन् । मुख्य त सेनाको काम नै होइन यो । यद्यपि, सरकारले विकास निर्माणको काममा सेनालाई लगाउन सक्ने व्यवस्था संविधानमै छ ।

Hardik health

तर, त्यसको अर्थ ठेक्कापट्टामा लगाउने भन्ने बुझाइ गलत हुनसक्छ । यसबारे थप प्रस्ट गर्नुपर्ने देखिन्छ । अर्को सेनाभित्र पछिल्लो समय भ्रष्टाचर मौलाउँदै गएका तथ्यहरु बाहिर आइरहेका छन् । यसको मुख्य कारण ठेक्कापट्टा नै हो भन्नेमा दुईमत नहोला । सेनाभित्रको भ्रष्टाचारबारे अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत छैन । जसकारण सो विकृति नियन्त्रणबाहिर रहेको छ ।

सांसदहरुले सेनालाई ‘ठेकेदार’ बनाउनु गलत र जोखिमपूर्ण भनेका छन् । वर्तमान व्यवस्थामाथिकै खतराको रुपमासमेत उनीहरुले चित्रित गरेका छन् । यसरी ठेक्कापट्टाको विषयलाई लिएर सेना फेरि विवादमा तानिएको छ । यो राम्रो होइन । यो विवाद तत्काल टुंग्याउनतर्फ सरकार र सरोकारवाला सबैको ध्यान जानुपर्छ । सेनालाई व्यवसाय गर्ने संस्था नभई पूर्ण व्यावसायिक सेना बनाउन जरुरी छ । नेपाली सेना आफैंले पनि आफ्नो राष्ट्रिय दायित्व सम्हाल्दै ठेक्कापट्टाको कामबाट बाहिरिनुपर्छ ।
 


प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP