Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२

काठमाडौं -  नेपाल बौद्ध धर्म संरक्षण संघको १९ औं  साधारणसभा तथा ९ औँ अधिवेशन सम्पन्न भएको छ ।आज (बुधवार) काठमाडौँको तिनचुली स्थित नेपाल बौद्ध महासंघको सभा हलमा सम्पन्न अधिवेशनबाट टासीग्याल्जेन शेर्पा (मिथुन भोटे) को नेतृत्वमा नेपाल बौद्ध धर्म संरक्षण संघको विधानत नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट १३ जनाको नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरिएको निर्वाचन समितिको संयोजक अधिवक्ता गोपालप्रसाद भण्डारीले जानकारी दिए । संघको उपाध्यक्षमा जाङबु शेर्पा, महासचिवमा उमा गुरूङ, सचिवमा भिम बहादुर लामा, कोषाध्यक्षमा पासाङ शेर्पा र सह–कोषाध्यक्षमा विनिता मगर चयन भएका छन् ।

त्यस्तै कार्यसमितिको सदस्यहरूमा विनोद महर्जन, याङला शेर्पा, पेम्बा डोल्मा ह्योल्मो, सुरज खड्का, हरिश लामा, सिमाना पौडेल, निर्मला गुरूङ चयन भएका छन् । संघको संस्थापक अध्यक्ष युवराज लामा ह्योल्मोको अध्यक्षतामा भएको सो अधिवेशनमा नेपाल बौद्ध महासंघका अध्यक्ष गेशे नुरबु थुन्डु शेर्पा प्रमुख आतिथ्यता तथा काठमाडौँ महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाको विशेष आतिथ्यता रहेका थिए ।

Hardik health

त्यस्तै अतिथिहरूमा नेपाल बौद्ध महासंघका महासचिव पेमादोर्जे तामाङ भोटे संघका केन्द्रीय सदस्य यङ्छेन भोटे र भोटे संघ काठमाडौंका अध्यक्ष छिरिङ पान्दे भोटे लगायत रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गेशे नुरबु थुन्डु शेर्पाले मानव समाजको अस्तित्व जोगाउन बौद्ध धर्मको संरक्षण अनिवार्य रहेको बताएका छन् । बौद्ध धर्मले मानव जगतलाई व्यवहारिक ज्ञान, अनुशासन र मार्ग दर्शन सिकाउने भएकोले संरक्षण र प्रचारमा ध्यान दिनुपर्ने  उनले बताए । बौद्ध धर्मको प्रचारप्रसारलाई व्यापकता दिन संघको नयाँ कार्यसमितिले कार्य सम्पादन गर्नेमा विश्वास व्यक्त गर्दै नेपाल बौद्ध महासंघको पनि साथ र सहयोग रहने प्रतिबद्धता पनि शेर्पाले व्यक्त गरे ।

नेपाल बौद्ध धर्म संरक्षण संघका संस्थापक अध्यक्षले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्दै संस्थाको उद्देश्यअनुरूप कार्य सम्पादन गर्न सुझाव दिए । संघको दर्ता गर्दा अहिलेको माग सुहाउँदो उद्देश्य रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व बहन गरि धर्म संरक्षणका लागि जागारण आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका वडा ६ का अध्यक्ष भुवन लामाले संस्थाको विधानअनुरूप कार्य गर्न सुझाव दिँदै बौद्ध धर्म संरक्षणमा सबै सम्प्रदायका व्यक्ति अटाएर अगाडी बढ्न आग्रह गरे ।

उनले संघको गतिधिलाई वृहत रूपमा अगाडी बढाई बौद्ध शिक्षामार्फत समाजमा सकारात्मक शन्देश दिनुपर्ने बताए । वडा अध्यक्ष लामाले नयाँ कार्यसमितिलाई शुभकामना दिदै सामूहिक स्वार्थ स्थापित संस्थाको रूपमा अगाडी लान आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कन्जुस्याइ नहुने प्रतिबद्धतता गरेका छन् ।

नव निर्वाचित अध्यक्ष टासीग्याल्जेन शेपाले प्रमुख अतिथि, विशेष अतिथि, संस्थापक अध्यक्ष, निवर्तमान पदाधिकारी, निर्वाचन समिति लगायतलाई धन्यवाद ज्ञापन गर्दै बौद्ध धर्मको संरक्षणमा संघले गर्नुपर्ने कुनैपनि कुरामा कन्जुस्याइ नगरी सहकार्य, साझेदारी र कार्यक्रमहरू अगाडी बढाउने प्रतिबद्धतता गरे । विभिन्न क्षेत्रबाट सक्रिया व्यक्तिहरूको साथमा नेपाल बौद्ध धर्म संरक्षण संघको नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गर्दै निकट भविश्यमा आइपर्ने चुनौतिहरूलाई सहज रूपबाट समाधान गर्दै अघि बढ्ने बताए ।बौद्ध धर्म र गुम्बाप्रति लक्षित भइरहेको प्रहर र विभिन्न व्यक्ति समूहले लगाइएको भ्रमपूर्ण आरोपको निन्दा र भर्त्सना गर्दै अधिवेशनबाट त्यस्तो गलत तथ्यहिन तर्क प्रस्तुत गर्ने सञ्चार माध्यम र व्यक्तिहरूलाई कारवाहीको माग समेत गरेको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १०:५४
#नेपाल बौद्ध धर्म संरक्षण संघ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP