Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पत्रकार महासंघमा जुँगाको लडाइँ 
पत्रकार महासंघमा जुँगाको लडाइँ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २४, २०८१

नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साझा संगठन हो । यही संगठन अहिले नेतृत्व फेरेर नयाँ जोश सञ्चारको तयारीमा छ । तर जेठ २६ का लागि तोकेको महाधिवेशन राजनीतिक दल सम्बद्ध संस्थाहरुको कारण अन्योलमा परेको छ । मुलत महासंघको महाधिवेशन नेपाली कांग्रेस समर्थित नेपाल प्रेस युनियन, नेकपा एमाले समर्थित प्रेस चौतरी र माओवादी केन्द्र समर्थित प्रेस सेन्टरको जुँगाको लडाइँ हो । चुनावी संघारमा महासंघमा तीनै संगठनले किचलो गर्दा महाधिवेशन अन्योलमा परेको छ ।

तीनै संगठनको चित्त दुखाइको विषय हो, सदस्यता शुद्धीकरण र नयाँ सदस्यता । महासंघ विगतबाटै पत्रकारिता गर्नेभन्दा पनि व्यवसाय, राजनीति गर्नेहरुबाट संक्रमणमा परेको संस्था हो । यहाँ युनियनबाट आएका, चौतारीबाट आएका र सेन्टरबाट आएकाहरुको हालीमुहाली छ नै । बिहान आफू समर्थित नेताहरुको स्तुति गाउने र साँझ परेपछि होटलहोटल पसेर विपक्षीको कटु आलोचना गर्ने उनीहरुको दैनिकी बनेको छ ।

राजनीतिमा होमिन पत्रकारितालाई नै भ¥याङ बनाउने, जनताले नरुचाएपछि फेरि पत्रकारितामै फर्केर आउनेहरु महासंघमा छन् । तिनले शुद्धीकरणका नाममा काम गर्ने पत्रकारको नाम काटेपछि अहिले महासंघमा वाकयुद्ध छ । पत्रकार महासंघ अरूलाई सिद्धान्तको पाठ घोकाउने संस्था हो । पत्रकारितामार्फत विधिको शासन सिकाउनेहरुको साझा संगठन हो यो । तर, आफैं भने सदस्यता विवादको विषय निकालेर एकले अर्कोलाई धारे हात लगाउँदै महाधिवेशन लम्ब्याउने बाहना खोजिरहेका छन् । एकले अर्कोलाई हिलो छ्याप्ने, सेटिङ गरेरै आफैंले महासंघलगायतमा ताला लगाउनेजस्ता कर्तुत महासंघकै नेतृत्वमा बसिरहेकाहरुले मञ्चन गरिरहेका छन् । 

Hardik health

महासंघका अध्यक्ष विपुल पोखरेलको नेतृत्वमाथि युनियनले प्रश्न उठाउँदै आएको छ । सर्वाधिक असफल भन्दै आलोचना खेपिरहँदा उनी युनियनकै निर्देशनमा नाचिरहेका छन् । यस्तो हत्कण्डले उनी अझै असफलताको बाटोतिर लागिरहेका छन् । क्षणक्षणमा सदस्य हेरफेर गरेर सूची सार्वजनिक गर्ने, समयमा निर्वाचन गर्न नसक्नेजस्ता विषयको दाग पनि अब उनको निधारमा लाग्ने सम्भावना छ । पत्रकार जहिल्यै प्रतिपक्ष हो । तर नेपालमा सरकार जसरी चल्छ, महासंघको निर्वाचनमा पनि यसैगरी गठबन्धन हुन्छ । 

यसपटक चौतारी र सेन्टर मिलेर चुनावमा जाने भएपछि युनियन चुनाव रोक्ने प्रयासमा लागेको हो । युनियनबाट नेतृत्वमा पुगेका महासंघका अध्यक्ष पोखरेल कांग्रेसकै निर्देशनमा चुनाव रोक्ने प्रयासमा लागेको देखिन्छ । प्रतिपक्ष बनेर दारो खबरदारी गर्नुपर्ने पत्रकारहरु सत्ता र शक्तिमा टाँसिरहन यस्तो हर्कत प्रदर्शन हदैसम्म लाजमर्दो छ । यस्ता हर्कत छाडेर तुरुन्तै समयमै महाधिवेशन गर्ने वातावरण बनाऊ ।
 


प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP