काठमाडौं  - आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर १ लाख ४० हजार ५०० रुपैयाँमा  काराेबार भइरहेकाे जनाएको छ । 
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे । 
त्यस्तै, हिजाे तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएकोमा  प्रतितोला २२सय ५० रुपैयाँले बढेर आज १ लाख ३९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी,  बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ३० रुपैयाँमा कायम भएकोमा आज प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।