Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • व्यवस्था फेर्न होइन, जोगाउन लागौं
व्यवस्था फेर्न होइन, जोगाउन लागौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १५, २०८१

आज गणतन्त्र दिवस । जनताको अथक आन्दोलनबाट शाहवंशीय राजतन्त्र अन्त्य भएको १७औं वर्ष पूरा भएको दिन । तर दलका नेताहरुका कारण गणतान्त्रिक व्यवस्था धरापमा पर्न थालेको छ । २०६३ जेठ १५ गते राजतन्त्र विधिवतरुपमा अन्त्य भयो । त्यसअघि नेपालमा स्थिरताको कुनै छनक थिएन । युद्ध, आन्दोलन, जनताले चुनेको सांसदको चिरहरण । यस्तै कारण माओवादी र सात दलको आन्दोलनबाट प्रतिनिधिसभा पुनःस्थापना भयो । त्यसपछिको संसद्ले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको स्थापना भएको १७ वर्ष पूरा भइसकेको छ ।

तर नेताहरुको अक्षमता, पदलोलुपताका कारण देशको अवस्था नाजुक बन्दै छ भने शासन पद्दतिमाथिसमेत प्रश्न उठ्न थालेको छ । गणतन्त्रपछि तीन तहको सरकार बनेको छ । यसमा स्थानीय सरकारमार्फत विकास गाउँगाउँ पुगेको छ भने प्रदेश सरकारमार्फत न्याय र कानुन जनताको घरदैलोमा । यद्यपि दलहरुको झगडाका कारण प्रदेशमा संविधानमा भएभन्दा बढी मन्त्री नियुक्त गर्ने, पटक–पटक सरकार फेरबदल भइरहेको छ । अर्कोतिर संघीय सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकारहरु अझै रोकिराखेको छ । संसद्बाट प्रहरी ऐन, कर्मचारी समायोजन ऐनहरु बन्न सकेको छैन । जसकारण प्रदेशले मन खोलेर काम गर्न सकेको छैन ।

प्रदेशलाई अधिकार दिइएको छैन तर नेता व्यवस्थापन गर्ने थलो बनाइयो । यसैकारण पनि १८ महिनामै सबै दलका प्रायजसो प्रदेश सभा सदस्यहरु मन्त्री भइसके । नभएकाहरु यो पाँच वर्षमा बनिसक्ने छन् । अझ कोशी र गण्डकी प्रदेशको चालचलन हेर्ने हो भने दुवै प्रदेशले एक–एक पटक नियम कानुन नै बिर्सेर सरकार बनाइसकेका छन् । यसमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले नै मुख्य दोषी हुन् । 

Hardik health

यसरी हेर्दा यो व्यवस्था जनताका लागि भन्दा पनि नेताको लागि जस्तो देखिन थालेको छ । नेताहरु जनताका लागि सोच्दैनन्, आफ्नै लागिमात्र सोच्छन् भन्ने कुरा यहीबाट प्रस्ट भएको छ । यसैले अहिले प्रदेशसभा संघीयता विरोधीको तारो बनेको छ । अझ दलहरुभित्र पनि प्रदेश खारेज गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ । केन्द्रीय सत्ताको हालत पनि प्रदेशको भन्दा कम छैन । जनताको आवाज मुखरित गर्नुपर्ने सांसद दिनहुँजसो अवरोध हुनेगर्छ ।

सदन अवरोधमा कहिले नेपाली कांग्रेस अघि सर्छ भने कहिले एमाले । देश ठीक तरिकाले सञ्चालन गर्न नीति नियम बनाउनु त कहाँ हो कहाँ एकले अर्कोलाई आरोपप्रत्यारोप गरेरै संसद्को समय सकिन्छ । यसरी दिनानुदिन पुरानै दलका कारण गणतन्त्र धरापमा पर्दै आएको छ । तर तिनै दलका नेताहरु भने खुसियाली मनाउँदै गणतन्त्र दिवसको शुभकामना साटासाट गरिरहेका छन् । जुन जनतालाई पटक्कै चित्त बुझेको छैन । जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त यो व्यवस्था जोगाउन जिम्मेवार दलहरु नै उदासीन देखिनु दुःखद् विषय हो । फेरि व्यवस्था फेर्न होइन, यही व्यवस्थालाई संस्थागत गरौं । 


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP