Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गृहमन्त्रीको बदनियत मिसिएको गिरफ्तारी
गृहमन्त्रीको बदनियत मिसिएको गिरफ्तारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ९, २०८१

दोहोरो नागरिकता र राहदानी अभियोग पुष्टि भएपछि रवि लामिछानेले सभापति, गृहमन्त्री र सांसद तीन पद एकैसाथ गुमाएका थिए । त्यसपछि मिडियासँग भड्किएका लामिछानेको आक्रोश पटक–पटक सुनिन्छ । केही दिनअघि प्रतिनिधिसभामा स्पष्टीकरण दिने क्रममा पनि लामिछानेले आफूले ‘मिडिया मिलाउन नसक्ने’ भन्दै लाचार अभिव्यक्ति दिएका थिए । सहकारीको रकम अपचलनसम्बन्धमा लामिछानेमाथि अरु कोहीले प्रश्न उठायो भने त्यो मिडिया नै हो । त्यसमा पनि गोर्खा मिडियाले सहकारीको करोडौं रकम अपचलन गरेको पुष्टि भइसकेको छ ।

सोही मिडियाका सञ्चालकमध्येका प्रमुख जिबी राई अहिले फरार छन् । अर्का सञ्चालक रवि लामिछाने सरकारका उपप्रधान तथा गृहमन्त्री छन् । आफूलाई निकै चोखो सावित गर्न खोजे पनि पटक–पटक विवादमा तानिएका लामिछानेले आफू सहकारी ठगी प्रकरणमा संलग्न हुँदै नभएको दाबी गर्दै आएका छन् । उनी गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक हुन् । अर्को कुरा उनले कुनै प्रमाण नराखी सहकारीको पैसा लिएको देखिएको छ । यस्तो अवस्थामा लामिछानेले दोहोरो अपराधमा गरेको देखिन्छ । तर उनी आफू चोखो रहेको दाबी गर्दै आएका छन् ।

राजा दाउदले एक अपराध छोप्न अर्को अपराध गरेझैं लामिछानेले पनि एकपछि अर्को अपराध गर्दै आएका छन् । उनको दाबीविरुद्ध प्रमाणसहित समाचार प्रकाशन गर्न थालेपछि लामिछानेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको देखिन्छ । प्रतिनिधिसभामा सम्बोधनका क्रममा गृहमन्त्री लामिछानेले खेलमा तीनपटक सिठी बज्ने बताएका थिए ।

Hardik health

जेठ ६ गतेको सम्बोधनमा लामिछानेले खेल सुरु भएको र पहिलो सिठी सोही दिन बजेको बताए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल एक्लै बडबडाएका थिए । सायद लामिछानेले बोलीको हद बढाए भनेर हो कि ! कतिपयले सिरोहियालाई पक्राउ गर्नुलाई दोस्रो सिठी बजेको संकेतसमेत गरेका छन् । उनले भनेझैं फुटबलमा मंगलबार पनि सिठी बजेको हो भने अब तेस्रो सिठी बज्नमात्र बाँकी छ ।

सिरोहियाले नागरिकता दुरुपयोग गरे नगरेको खोजी गर्ने कानुनी पाटो छँदै छ । तर नागरिकताको विषय देखाएर प्रतिशोधपूर्ण कदम चाल्नु निन्दनीय विषय हो । सहकारी ठगी प्रकरणमा आफूमाथि आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि बाटो खुला गरिदिनुपर्नेमा उल्टै समाचार लेखेकै भरमा प्रतिशोध साँध्नु गृहमन्त्री स्वयंका लागि घातक हुने निश्चित छ । सरकारमा बसेका ठूला दल नेकपा एमाले, माओवादी केन्द्रजस्ता दलहरु यस विषयमा मौन छन् । प्रतिशोधपूर्वक स्वतन्त्र प्रेसमाथि गरिने नियन्त्रणको प्रयास कदापि स्वीकार्य छैन ।
 


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP