Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
विचार
  • Home
  • विचार
  • वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ 
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ 
पदम श्रेष्ठ
पदम श्रेष्ठ आइतबार, वैशाख ३०, २०८१

बौद्धधर्ममा १०८ लोकेश्वरमध्ये एक करुणामय, वैष्णवहरूमा मत्स्यअवतार, शैवहरूमा अर्धनारेश्वर शिव पार्वती र नाथमा ८४ सिद्धनाथमध्ये चौथो कानफट्टा योगीका रूपमा पुजिन्छ, रातो मच्छिन्द्रनाथलाई । नाथ सम्प्रदायमा गोरखनाथलाई नवौं सिद्ध गुरु र मच्छिन्द्रनाथसँगै रथारोहण गराइने चक्वाद्यो (जलाधारी लेकेश्वर)लाई आठौं सिद्धनाथका रूपमा लिइन्छ काठमाडौं उपत्यकामा । यसप्रकार आम धारणानुसार वर्षाका देवता इन्द्र मानिएता पनि काठमाडौं उपत्यकामा मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानी देशको सबैभन्दा लामो जात्रा गरी प्रख्यात बनाएको छ । 

इ.सं. ६४३–६९० ताका १२ वर्षसम्म उपत्यकामा पानी नपरी ठूलो अनिकाल भएछ । राजा नरेन्द्रदेवले टेबहालका तान्त्रिक बन्धुदत्तसँग सल्लाह गर्दा उपत्यकावासीले गुरु गोरखनाथलाई भीक्षा नदिएपछि रिसाएर नौ वटै नागको आसन बाँधी श्लेषमान्तक वनमा बसिदिएका कारण खडेरी परेको बताएछन् । यसका लागि गुरु गोरखानाथका पनि गुरु आर्यावलोकितेश्वर (बुंगद्यो)लाई कामारुपकामाक्ष आसामबाट ल्याउन सके वर्षा भई सहकाल सुरु हुने बताएछन् । सल्लाह मुताविक राजा नरेन्द्रदेव, बन्धुदल आचार्य र ललित ज्यापू (तण्डुकार) आसाम पुगी अति कष्टका साथ रातो मछिन्द्रनाथलाई नेपाल ल्याए । अनि ठूलो वर्षा भएर खेती राम्रो भई सहकाल प्रारम्भ भएको खुसियालीमा आर्यावलोकितेश्वर रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको मानिन्छ ।

‘बुँ’ को अर्थ ‘खेत’, ‘गा’ को अर्थ ‘अखडा’ र ‘द्यो’ लाई बुंगद्यो भनिए भने अक्षय तृतीया अर्थात् महादेव–पार्वती विवाह महोत्सवका दिन आर्यावलोकितेश्वरले जब नाथ सम्प्रदायका भएर पनि मत्स्यअवतारका रूपमा दर्शन दिए, त्यसै बेलादेखि बुंगद्योलाई मच्छिन्द्रनाथ भनिएको हो भन्ने कथन छ । बौद्धधर्ममा १०८ लोकेश्वरमध्ये एक करुणामय, वैष्णवहरूमा मत्स्यअवतार, शैवहरूमा अर्धनारेश्वर शिव पार्वती र नाथमा ८४ सिद्धनाथमध्ये चौथो कानफट्टा योगीका रूपमा पुजिन्छ, रातो मच्छिन्द्रनाथलाई ।

नाथ सम्प्रदायमा गोरखनाथलाई नवौं सिद्ध गुरु र मच्छिन्द्रनाथसँगै रथारोहण गराइने चक्वाद्यो (जलाधारी लेकेश्वर)लाई आठौं सिद्धनाथका रूपमा लिइन्छ काठमाडौं उपत्यकामा । यसप्रकार आम धारणानुसार वर्षाका देवता इन्द्र मानिएता पनि काठमाडौं उपत्यकामा मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानी देशको सबैभन्दा लामो जात्रा गरी प्रख्यात बनाएको छ । जुन जात्राले नेपाल र सिक्किमबीचको आदिम सम्बन्धलाई उजागर गरिरहेको हुन्छ भने नेपाली वास्तुकलाको नमूना, शास्त्रीय कर्मकाण्डको प्रवद्र्धन, इष्टमित्र, आफन्तबीचको आवतजावत, माया मोह, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन आदि उजागर भइरहेको हुन्छ । जुन पर्व सरासर चल्दै गए निम्नलिखित तालिकानुसार सञ्चालनमा रहने गरेको पाइन्छ ।


१) न्हवः महास्नान 
प्रत्येक वर्ष चउलागा पारु (चैत्रशुक्ल प्रतिपदा)का दिन हाँडीगाउँको टंगालमा गहना खोज्ने जात्रा सकिएलगत्तै ललितपुर तःबहालस्थित बुंगद्योलाई लगनखेलस्थित माँ सिमाँ (आमा रुख)मा न्हवः (महास्नान) गरिन्छ । महास्नानको अर्थ– नेवार संस्कृतिअनुरूप कर्मतन्त्र, इही, बारा, विवाह आदि १० कर्म गर्न, रङरोगन एवं जिर्णोदार पूजा गर्नु हो ।

२) रातो मच्छिन्द्रनाथ रथारोहण 
मातातीर्थ औंसीको भोलिपल्ट बछलाथ्व पारुका दिन रातो मच्छिन्द्रनाथलाई तःबहालबाट पुल्चोक हामोकीस्थित रथ निर्माणस्थल पु¥याइन्छ भने रथको चार पांग्रालाई चार भैरव, धमाअगाडि भैरव मुकुट, ३२ हाते नौ तले नौ ग्रहयुक्त रथको गजुर, चन्द्रसूर्य अंकित नेपाली झण्डा पुजिन्छ र बाजागाजाका साथ खटजात्रा हुन्छ ।

३) बाछलाथ्व तृतीया (अक्षय तृतीया)
देशभर गर्मीबाट बचाउने साखती (सख्खर मरिच, बिरे नुन र पानीको मिश्रण) खुवाउँदै महादेव, पार्वतीको विवाह महोत्सव मनाइरहेको बेला ललितपुरस्थित जट्टाधारी लोकेश्वर (रातो मच्छिन्द्रनाथका पिता) चक्वाद्योको छुट्टै जात्रा हुने गर्दछ । मच्छिन्द्रनाथको जात्राअघिदेखि नै मीननाथ (जट्टाधारी लाकेश्वर)को जात्रा हुँदै आइरहेको र मच्छिन्द्रनाथको जात्रा थाल्दा रथ तान्न नसकेपछि मीननाथ पनि सँगसँगै तान्न थालिएको बताइन्छ । अक्षय तृतीयाका दिन हाम्बकी पुल्चोकबाट तान्न थालिएको रथारोहण पुल्चोक गाःबहाल, दोस्रो दिन नुगःटोल, तेस्रोपल्ट लगनखेल पु¥याइन्छ । गाःबहाल, नुगः र लगनखेलमा मनाइने तीन यात्रालाई स्वर्ग, मत्र्य र पाताल भ्रमणका रूपमा लिइन्छ ।

४) नैक्या लुई (नरिवल खसाउने पर्व)
तीनटोल (गाःबहाल, नुगः र लगनखेल) स्वर्ग, मत्र्य र पाताल परिक्रमाको तेस्रो दिन लगनखेलमा नरिवल खसाएर भाग्यमानी बन्ने प्रतिस्पर्धात्मक जात्रा हुन्छ । रथको माथिल्लो गजुर तल्लाबाट खसाएको नरिवल विशाल जनसमुदायमध्ये जसले पाउँछ, उसैलाई यस वर्षको भाग्यमानी घोषणा गरिन्छ । नैक्या लुई (नरिवल खसाउनु) अघि नागसंगति भोज खुवाइन्छ, रोगबाट छुटकारा पाइन्छ भनी ।

५) याकः मिसा याः (महिला रथारोहण)
नैक्या लुईको भोलिपल्ट महिलाहरूले मात्र मच्छिन्द्रनाथको रथ १५० मिटर तानी लगनखेलको चार दोबाटोमा उभ्याउँछन् । यसलाई याकःमिसायाः भनिन्छ । त्यसैगरी १६ वर्षमुनिका बालिकाहरूले सोही दिन क्वा (जट्टाधारी लोकेश्वर) रथ तानेर चौबाटोमा पु¥याउँछन् ।

६) साइत जुराउने दिन
भणिमण्डलस्थित मंगलहिटीनेरको सोह्रखुट्टे पाटीमा ज्योतिषीले साइत हेरी रथारोहणका लागि रथ तान्ने गरिन्छ । जावालाखेल भणिमण्डल छ्वासपाः अजिमामा पु¥याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने गर्दछ ।

७) जावाला होलेगु (भात छर्ने विधि)
भोटो देखाउनु एक दिनअघि ‘नकि’ भ्वयका नाउँमा पाञ्जु (पुजारी)हरूकी धर्मपत्नीहरूलाई भोज खुवाइन्छ भने राति पुल्चोकमा भातको देवता, सर्प बनाई विधिपूर्वक छर्ने गरिन्छ । यसै कारण भोटो देखाउने चउरलाई जावालाख्यो (भात मुछेर छर्ने चउर) भनिए ।

८) बिचापूजा 
भोटो जात्रालगत्तै मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमती पु¥याइन्छ । बाजागाजाका साथ खटलाई नेकु नदी पार गर्नासाथ ‘पथ भौ’का नाममा बुंगमतीवासीले अश्लील गाली गर्दछन् । आफ्नो भूमिमा आएका देवतालाई पुनः लिएर नजाओस् भनी गाली गरिएको हो भने ललितपुरवासी चार दिनपछि विचार गर्न बुंगमती पूजामा जाने गर्दछन् ।

९) कर्कट नागराजा टौदह 
मच्छिन्द्रनाथ बुंगमती झरेपछि कर्कट नागराजा टौदह फर्किन्छन् भन्ने मान्यतानुसार चोभारको आकाशमा रातभर हेरिन्छ । बुंगमतीमा रथ लगेपछि पितादेवता चक्वाद्योले बिलौना गर्छन् भन्ने मान्यतानुसार भक्तजनहरूले चित्रबहालमा रोटी चढाउँछन । सबैभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ जात्रा वैशाखदेखि भाद्रसम्म पनि भोटोको साइत पर्ने गर्दछ । यदि असोज दसैंसम्म पनि भोटो जात्राको साइत नजुरेमा भक्तपुरबाट मच्छिन्द्रनाथको जात्रा गर्नुपर्ने विधान छ ।

भोटो जात्राको आख्यान 
नागराजा कर्कट रानीको आँखा दुख्दा वैद्यको खोजीमा नागराजाले उनै ज्यापुलाई रानीको आँखा देखाउँदा निको बनाइदिएछन् । यसबाट खुसी भएका नागराजले रत्नजडित भोटो उपहार दिएछन् । त्यही भोटो एउटा ख्याकले चोरी मच्छिन्द्रनाथको जात्रामा लगाएर आएछन् । ज्यापु र ख्याकबीच युद्ध हुँदा मच्छिन्द्रनाथले प्रमाण लिएर आऊ, जसको हो उसैलाई दिउँला भनी प्रत्येक वर्ष भोटो देखाउने गर्दै आइरहेको हो । ख्याकको त भोटो नै थिएन, ज्यापुले पनि प्रमाण जुटाउन नसकेपछि जीवित देवी कुमारी, राष्ट्रप्रमुखसहितको उपस्थितिमा भोटो देखाउने परम्परा रहँदै आएको हो ।

लुभु महालक्ष्मी जात्रा (रातो मच्छिन्द्रनाथ): 
गोभ्रातेश्वर महादेवको शिरमा महालक्ष्मी स्थापित भएपछि लुभु ललितपुरवासीमा हात्तीपाइले र गलगाड रोगको महामारी फैलिएछ । ज्योतिषीलाई देखाउँदा गोभ्रातेश्वरभन्दा तल्लो टोलमा महालक्ष्मी स्थापना गर्न सुझाएछन् । सल्लाहनुसार ने.सं. ६५० मा गंगा महारानीले महालक्ष्मी महाभैरवलाई देशभित्रै स्थापना गरी जात्रा चलाएको बताइन्छ । भनिन्छ, यसैदिन रातो मच्छिन्द्रनाथको भोटो जात्रासँगै लुभु महालक्ष्मी जात्रा तामझामका साथ सप्ताहव्यापी मनाइन थालियो ।

लुभुमा फैलिएको रोगका कारण उत्पन्न अनिकाल रोक्न भैरवको सुनको छाता ओढेको अर्थात् लुभुका किरातकालीन राजा भैरवीले धनदौलत, सुन बेचेर भोकमरी रोकेको आख्यानहरू पाइन्छ । रातो मच्छिन्द्रनाथलाई कामरुपकामाक्षबाट नेपाल ल्याइँदा लुभु महालक्ष्मी महाभैरवले रथको दुई पांग्रा बनिदिएको हुँदा बुंगद्यो जात्रासँगै अक्षय तृतीयादेखि सुरु हुने बताइन्छ । महालक्ष्मी जात्रामा खट उचाल्नुअघि जंगा महारानीको हुकुम भन्ने परम्पराबाट पनि मातृसत्तात्मक राज्यसत्ता प्रभावित भएको पाइन्छ, लुभु महालक्ष्मी जात्रामा ।

अक्षय तृतीया (साखःति त्वनेगुदिं) 
बुद्धमतानुसार एक बुद्ध शासनको अन्त्यपछि अर्को बुद्धको युग आउने बताएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा एक युगमा पाँच हजार वर्ष चक्र हुन्छ र सत्य, त्रेता, द्वापर, कली साढे १२ सय वर्ष भनिएको छ । हाल कलीयुगको अन्त्य संगम युगलाई कृश्चियन, मुस्लिमले पनि स्वीकारेको पाइन्छ । चार युगमध्ये सत्ययुगको सुरु शिव–पार्वती विवाहका रूपमा मनाइन्छ । यसदिन रातो मच्छिन्द्रनाथको रथ पुल्चोक हामोकीबाट तानेर गाःबहाल पु¥याइन्छ भने लुभु महालक्ष्मी महाभैरव जात्रासमेत सुरु हुने गर्दछ । वसन्त ऋतु समाप्त भई गृष्मऋतु प्रारम्भको यसदिन अत्यधिक गर्मी हुने हुँदा गर्मीबाट बच्न जौको सातु र दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची र सख्खर हालेर बनाएको साखःति बाडिन्छ । शक्तिविना शिवको कुनै अस्तित्व रहँदैन । शिव–शक्तिबीचको संयोजित यसदिन पशुपति क्षेत्रमा शिव–पार्वती खटजात्रा हुने गर्दछ । बौद्ध द्घाविशतिकावदान र निर्णय सिन्धुमा वैशाख शुक्ल तृतीयाबारे उल्लेख छ ।

गुह्येश्वरी जात्रा 
शिवलाई पशुपतिमा लिंगका रूपमा पुजिन्छ र वीजस्वरूप चन्दन– दिइन्छ । गुह्येश्वरी नामैले स्त्रीशक्ति जहाँ रजस्वरूप रातो टीका–प्रसाद दिइन्छ । मातृशक्तिको नेतृत्वदायी नेवारहरू गुह्येश्वरीमा विवाह, व्रतबन्धमा पहिलो पूजा हुन्छ । बौद्धहरूमा नैरात्मादेवी गृह्येश्वरी तेल बेच्दै हिँड्दा मानन्धर तेलीले पत्ता लगाई ने.सं. ७७४ वैशाख शुक्ल एकादशीको दिन गणेश र भैरवसहित स्थापित छन् । तर प्राचीन गुह्येश्वरी बालाजुस्थित पुरानो गुह्येश्वरी मानिन्छ ।

प्रत्येक कछलगा अष्टमीका दिन यःसि (लिंगो) उठाएर गुह्येश्वरी जात्रा हुन्छ । सोही दिन हनुमानढोकाको तलेजुसँग सम्बन्ध जोड्न सिन्दुरजात्रा गरिन्छ । गुरुजु पल्टनसहित नवमीका दिन राति भैरवसहित गोप्य पूजा र दशमीका दिन मूल जात्रामा ठूलो भीड लाग्छ । गुह्येश्वरीलाई १०८ वटा हाँसको अण्डा, जाँड–रक्सी, पशुबलि सरकारी पूजा दिइन्छ । एकादशीका दिन झोछें र लायकुसाका सायमीहरूले गहना तिसा विचा पूजा र दशमीका दिन नौ टोलबाट द्याः बाजा जाने गरिन्छ ।

अप्ठ्यारो गाउँको अप्ठ्यारो मलमास मेला
मलमास महिनामा विवाह, व्रतबन्ध आदि शुभकार्य मात्र नभई यौन सम्बन्धसमेत राख्नु हुँदैन । नवविवाहित पत्नी मलमासमा माइतीघरमा नै बस्ने गर्दछन् तर कीर्तिपुरको न्हेगाँ (सात गाउँले) जात्रासँग सम्बन्धित मच्छेगाउँमा भने मच्छेनारायण नुहाउने एक महिने मेला भर्दछन् ।

प्राचीनकालमा कीर्तिपुरबाट मच्छेगाउँ प्रवेश गर्दा जंगलैजंगलको बाटो, नैकाप–बल्खुबाट देश छिर्दा नदी, मसान पार गर्नुपर्ने हुँदा नेपाल भाषामा मछिंगा अर्थात् अप्ठ्यारो ठाउँको गाउँ भनियो । ध्यानाचो माजु (चम्पादेवी) डाँडाको पाउ गाउँको बीचमा मच्छेनारायण मन्दिर पोखरीमा छ । माछाको मुखबाट प्रादुर्भाव नारायणले मत्स्यगाउँ भनिएको हो कि भन्ने पाइन्छ तर होइन । ने.सं. ८९७ मा स्थापित मच्छेनारायण स्थापनाअघि त्यो ठाउँ कतिसम्म दुर्गम रहेछ भने एकपल्ट कीर्तिपुरका राजा हात्ती चढेर जंगल घुम्न जाँदा अगाडि पनि पुच्छर, पछाडि पनि पुच्छर भएको अनौठो जीव भन्दै आदिवासी गोपालीहरू कुटो–कोदालो लिएर आक्रमण गर्न पुगे छन् । अचम्मित राजाले जनताको सुधारार्थ मत्स्यनारायण मन्दिर, फल्चापाटी निर्माण गराई कीर्तिपुरबाट श्रेष्ठ, खड्गी, मानन्धरलाई बसोबास गराए ।

कीर्तिपुरको सात गाउँमा नःगाङ्, पाँगा बोसिगाङ्, सतुङ्गल, नैकाप र मछिगाउँमा प्रत्येक वर्ष बखुमद न्हेगाँ (सात गाउँले जात्रा) मनाइन्छ । नारायणको शाब्दिक अर्थ नर र नारी, जल अर्थात् समुद्रमा उत्पन्न हुने जलचरमध्ये सबैभन्दा बुद्धिमान डल्फिन माछा नै हो भने माछाभन्दा बुद्धिमान मानिस हो है भन्ने तथ्य प्रस्तुत गर्ने प्रचीन ऋषिमुनिहरूले मत्स्य अवतारको परिकल्पना गरेको तर्क पाइन्छ । 

सिखी बुद्धले स्वयम्भू दर्शनार्थ मोक्ष प्राप्त गरेको डाँडा ध्यानाचो (चम्पादेवी) ७३७३ फिट अग्लो पर्वतमा अवस्थित मच्छेगाउँ मत्स्यअवतारको प्रतीक हो । आकाशबाट वर्षासँगै झरेको माछालाई राजाले पक्रिएछन् । माछाकै आग्रहमा सिसी राख्दा बढेर नअट्ने भएछ । त्यसपछि माछालाई नदीमा छोड्दा माछा नदी जत्रै भएछ । अचम्म, राजाले माछालाई समुद्रमा छोड्न खोज्दा नारायण प्रकट भई दर्शन दिएछ र अधिक मासभर मेला लाग्ने परम्परा बसेको बताइन्छ ।


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विचार
आरोग्य पर्यटनः गन्तव्य नेपाल
आरोग्य पर्यटनः गन्तव्य नेपाल आइतबार, असार १, २०८२
कडा डेंगुको क्रम बढ्दो
कडा डेंगुको क्रम बढ्दो शुक्रबार, जेठ ३०, २०८२
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू बिहीबार, जेठ २९, २०८२
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र बुधबार, जेठ २८, २०८२
अख्तियारको पासो ?
अख्तियारको पासो ? मंगलबार, जेठ २७, २०८२
व्यवस्था परिवर्तनले के हुन्छ ?
व्यवस्था परिवर्तनले के हुन्छ ? मंगलबार, जेठ २०, २०८२
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा शुक्रबार, जेठ १६, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP