Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मिड_डे_मील
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #सुनचाँदीकाे_मूल्य
  • #अमेरिका_ठगी
  • #बर्डफ्लु
  • #राष्ट्रिय_जनावर
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नौ महिनामा ९६२ परिवारलाई आर्थिक सहायता 
नौ महिनामा ९६२ परिवारलाई आर्थिक सहायता 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १२, २०८१

काठमाडौं– वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा वैदेशिक रोजगारीका क्रमाम मृत्यु भएका ९६२ जनाको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले मृत्यु भएका उनीहरुको परिवारका सदस्यलाई कूल २८ करोड ९५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको बोर्डले जनाएको छ ।

बोर्डले आर्थिक सहायता वितरणको आधारमा वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने नेपालीको संख्या यकीन गर्दै आएको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मासिक रुपमा सरदर १०६ जना नेपालीको विदेशमा मृत्यु हुने गरेको देखिन्छ । यो सहायता रकम श्रम स्वीकृति लिएर गएका श्रमिकले मात्रै पाउँदै आएका छन् । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकको मृत्यु भएमा उनीहरुको परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने गरेको छ ।

बोर्डले आर्थिक सहायता दिएको संख्याको आधारमा तथ्यांक राख्ने भए पनि विदेशमा मृत्यु हुने नेपालीको संख्या अझै बढी हुनसक्ने बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । ‘श्रम स्वीकृति लिएर जाने नेपालीहरुको मृत्यु भएमा उनीहरुका परिवारले तोकिएको सहायता रकम पाउने र रेकर्ड पनि हुन्छ,’ उनले भने, ‘अवैध तरिकाबाट रोजगारीका लागि विदेश गएका वा भिसा अवधि सकेर गैरकानुनी रुपमा बसिरहेका नेपालीको मृत्यु भएमा तिनीहरुको न रेकर्ड हुन्छ न सहायता रकम नै पाउँछन्, एकदमै अप्ठ्यारो अवस्था छ ।’

Hardik health

गत आवको वैशाखसम्म वैदेशिक रोजगारीको सिलसिलामा एक हजार ३०६ नेपाली कामदारको मृत्यु भएको बोर्डले जनाएको छ । विदेशमा धेरैजसो प्राकृतिक रुपमा, औद्योगिक दुर्घटना, आत्महत्या, कार्डियाक एरेस्ट, सडक दुर्घटना आदिका कारण नेपालीहरुको मृत्यु हुने गरेको बोर्डले जनाएकोे छ । यद्यपि अहिलेसम्म वैदेशिक रोजगारीको क्रममा जाँदा मेडिकल परीक्षणबाट स्वस्थ देखिएका नेपालीहरुको के–कति कारणले मृत्यु हुने गरेको छ भन्ने सम्बन्धमा सरकारले कुनै अध्ययन गरेको छैन ।

बोर्डले उल्लेख गरेअनुसार सबैभन्दा बढी मलेसिया गएका नेपाली कामदारको मृत्यु भएको छ । मलेसियापछि साउदी अरब, कतार र युएईमा धेरै संख्यामा नेपालीको मृृत्यु भएको तथ्यांक छ । अन्य खाडी राष्ट्रको तुलनामा ओमान जाने नेपालीहरुको मृत्यु नगन्य मात्रामा रहेको देखिएको छ । विदेशमा हुने मृत्युमध्ये सबैभन्दा बढी बिरामी हुनुलाई कारण देखाइएको छ । अत्यधिक गर्मीका कारण पनि मृत्यु हुने गरेको बताइएको छ ।

यसैगरी वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले अंगभंग भएका ३८२ जना कामदारले १२ करोड एक लाख रुपैयाँ आर्थिक सहायता पाएको बोर्डको तथ्यांकले देखाएको छ । कार्यस्थलमा हुने दुर्घटना, सडक तथा सवारी दुर्घटनालगायत विभिन्न कारणले नेपालीहरुको अंगभंग हुने गरेको बताइन्छ । तर अंगभंग हुने कामदारहरुलाई उनीहरुको शारीरिक अवस्थाका आधारमा आर्थिक सहायता दिने गरिएको छ ।

बोर्डको तथ्यांकअनुसार रोजगारीका क्रममा विदेशमा मृत्यु हुने र अंगभंग हुने नेपालीको संख्यामा केही कमी आएको देखिएको छ । यस्तो हुनुमा विदेश जाने कामदारमा आएको चेतना र पूर्वप्रस्थान अभिमुखीकरण तालिमले पनि प्रभाव पारेको हुनसक्ने कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ । ‘हामीले विगतदेखि नै विदेश जाने कामदारहरुको सचेतनाका लागि विभिन्न जानकारीमूलक परामर्श दिँदै आएका छौं,’ उनले भने, ‘यसको न्यूनीकरण र प्रभावकारिताका लागि अझै विभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिहेका छौं ।’ 

बोर्डले विदेशमा स्वास्थ्यसम्बन्धी समस्याले अप्ठ्यारोमा परेकाहरुलाई पनि स्वास्थ्य परामर्श तथा औषधोपचारका लागि सहयोग पु¥याउने उद्देश्यले ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गरिरहेको छ । एक वर्षदेखि सञ्चालनमा रहेको यो सेवाले कामदारलाई गम्भीर बिरामी हुनबाट जोगाउने र समयमै उपचारका लागि उत्प्रेरणा मिल्ने बताइएको छ । यसबाट पनि विदेशमा गम्भीर बिरामी र सरुवा रोगबाट हुनसक्ने मृत्युलाई न्यूनीकरण गर्न मद्दत गर्ने बोर्डको भनाइ छ ।
 


प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध सोमबार, असार २९, २०८३
संघद्वारा वैदेशिक रोजगार बोर्डमा रमा खड्का सिफारिस
संघद्वारा वैदेशिक रोजगार बोर्डमा रमा खड्का सिफारिस सोमबार, असार २९, २०८३
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा सोमबार, असार २९, २०८३
भारतीय विमानस्थलबाट श्रमिक पठाउने म्यानपावर कारबाहीमा
भारतीय विमानस्थलबाट श्रमिक पठाउने म्यानपावर कारबाहीमा आइतबार, असार २८, २०८३
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति  शनिबार, असार २७, २०८३
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP