Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
विचार
  • Home
  • विचार
  • कसले देला न्याय ! 
कसले देला न्याय ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १३, २०८०
RBB RBB

बा ! आमा कहिले आउनुहुन्छ ? छ वर्षे भुण्टेले रामकाजीलाई सोध्यो । आमाको अनुहार सायद भुण्टेलाई थाहा छैन । केवल आमामात्र थाहा छ  । भुण्टे तीन वर्षको हुँदा उसलाई छाडेर खै कसको लहैलहैमा लागेर विदेश गाकी । रामकाजीले विदेश नजा भनेको पनि हो । तर उसको ढिपीले रामकाजीले नाइँ भन्न सकेन । आफू बेरोगजार भएका कारण श्रीमतीलाई नचाहँदा नचाहँदै पनि उसले विदेश जान मौन स्वीकृत पनि गरेको थियो । कुन्नी कुन मामाको छोरी उतै खाडीतिर गाकी । उनैले बोलाएर काखको छोरो छाडेर गाकी भुण्टेकी आमाले भुण्टेलाई कत्तिको सम्झेकी छ थाहा छैन । तर भुण्टेले हरेक क्षण क्षणमा आमा सम्झिरहेको छ ।

भुण्टेलाई आमा–आमा जति नै भने पनि रामकाजी उसलाई कहिल्यै पनि उत्तर दिँदैन । उसलाई थाहा छ भुण्टेकी आमा विदेश गएको दिनदेखि नै रामकाजीसँग सम्पर्कमा आएकी छैन । रामकाजी अलि सोझो कसैको कुरा पनि नाइँ नभन्ने बानी । कसैको अहित नचिताउने भएकाले सानैमा बाउ गुमाएकोले रामकाजीलाई छिमेकीले पनि माया गर्थे । बाउ बितेको दुई तीन वर्ष पनि नबित्दै रामकाजीकी आमाले उसलाई छाडेर डोलाघरे ध्रुवेसँग पोइल गएकी रे !

रामकाजी यसै टुहुरो त्यसमाथि पनि जन्म दिएको आमाले छाडेर गएपछि उसको हविगत कस्तो भयो होला ? तर दैवले कोही न कोही जुराइदिन्छ भन्थे । बाआमा नभएको रामकाजीलाई हेर्ने त कोही पनि थिएन । रामकाजीलाई पल्ला घर साहिली काकीले लिएर आफूसँगै राखिन् । निसन्तान साहिली काकीलाई गाउँलेहरुले बाँझी भनेर खासै रुचाउँदै थे । विचरा साहिली काकीको बाँझोपनमा उनको के नै दोष थियो र ! तर गाउँलेहरुले भने अघिल्लो जुनीको पाप भन्दै अन्धविश्वासमा साहिली कार्कीलाई बेसहारा नै बनाइदिएका थिए । बेसहारा साहिली काकीले रामकाजीलाई आफ्नै सन्तानजस्तै गरी पालनपोषण गरेर राखेकी थिइन् ।

रामकाजीलाई पालनपोषण गरेकी साहिली काकी पनि विष्टको खेतमा डल्ला फोर्न मेला गएकी बेला रगत वान्ता गरेर खेतमै ढलेकी उठ्दै नउठी प्राण त्यागिन् । विचरा रामकाजी एकलो एकलो, सधैँ नै एकलो ।वल्लोघर पल्लो घर गर्दै अलि उमेर भएपछि गाउँहरुको सहयोगले केही गर्न खोज्दै गर्दा माथ्ला घरे डल्लीकी भदैनी र रामकाजीको विवाह भएको थियो ।डल्लीकी भदैनी हेर्दा राम्री, जिउडाल पनि भएकी । गाउँमा गरिखान सक्ने भएकाले नै सोझो रामकाजीसँग डल्लीले आफ्नो भदैनी संगीता पारिदिएकी हुन् । आजकल राम्रा मान्छे पाउँदैनन् भन्दै डल्लीले रामकाजीलाई बेलैमा भदैनी बिहे गर्दिएकी अरे । 

सोझो रामकाजी बिहे भएको दुई वर्षजति विगतका सारा पीर दुःख विर्सिएर नयाँ जिन्दगी जिउने अभिलाशामा नै थिए । डल्लीकै भदैनी पनि रामकाजी पाएर निकै खुसी नै थिई । त्यसपछि संगीताले भुण्टेलाई जन्म दिइन् ।भुण्टे जन्मिएकै वर्ष गाउँमा पहिरो गयो । त्यही पहिरोमा रामकाजीको गरिखाने खेतबारी सबै गयो । दुई छाक आफ्नै बारीमा उत्पादन गरी गर्जो टार्दै आएको रामकाजीलाई फेरि अर्कोपटक पनि भगवान्ले लात हाने । सायद रामकाजीको भाग्य नै त्यस्तै थियो होला !

न बस्ने बास न कोही सहयोग गर्ने आश । पहिरोले घरखेत लगे पनि वन छेउ सरकारी जमिनमा छाप्रो हालेर रामकाजीले बस्न थाल्यो । छाप्रो बस्न थालेपछि रामकाजीले श्रीमती संगीताले रामकाजीसँग विस्तारै झगडा गर्न थालिन् । श्रीमती यो भएन त्यो भएन भन्दै झगडाको निहुँ त निकाल्थी । तर, रामकाजी मौन बसिरहन्थ्यो । विचरा जन्मेदेखि नै सहारा नपाएको उसले श्रीमतीले जे भने पनि सहनुको विकल्प देखेको पनि थिएन । यो यस्तै हो भन्ने सोचिरहन्थ्यो । 

गाउँका धेरै महिला लोग्नेमान्छे नहुने मुग्लान छिरे अलिअलि हुने विदेश उडे । संगीतालाई अरू जस्तै विदेशको हावाले छोइसकेको थियो । भए पनि नभए पनि आधुनिक फेसनमा रमाउन सिकेकी थिई संगीता । उसकी मामा नाता पर्नेकी छोरी उतै छ उसैले बोलाकी छे भन्दै आफू पनि मामाकी छोरी भएकै ठाउँमा जान्छु भन्थी । 

रामकाजीले दुःखसुख गाउँमै केही गरौं । बच्चा छाडेर अर्काको देश जाँदैमा कहाँ सुख पाइन्छ र भनेर सम्झाउने पनि गर्दथ्यो । दुःख संघर्षमा हुर्केको रामकाजी र बाउआमाको काखमा हुर्केकी संगीतामा आकाश जमिन नै फरक व्यवहार हुन थाल्यो । रामकाजीले भनेको मान्न क्रमशः छाडी । संगीता खाली मामाकी छोरीकै कुरामा लागि । 

रामकाजी भित्रभित्रै दिक्क भइसकेका थिए । आफू टुहुरो भएकाले बच्चालाई छाडेर कहीँ नजाने बरू जत्ति नै दुःख गरेर भए पनि गाउँमै बस्ने र गाउँमै रमाउने उसको भित्री इच्छा थियो । उसले श्रीमतीलाई पनि त्यसैगरी नसम्झाको कहाँ हो र ? तर संगीता रामकाजीको भनाइ मान्ने पक्षमा थिइनन् । बरू लोग्ने छाड्ने तर विदेश जान नछाड्ने ढिपी कस्न थाली ।

रामकाजी विलखवन्द थियो । ऊ बाहिर जति नै हाँसे पनि उसको भित्री मन निकै नै रोएको थियो । श्रीमतीलाई निकै सम्झायो । बरू आफू नै विदेश जान्छु, कमाएर पठाउँछु, भुण्टेलाई सम्हाल भन्ने गर्दथ्यो । तर संगीताले रामकाजीलाई हैन आफैं विदेश जाने सोच बनाइसकेकी थिई । ऋणधन जे गरेर भए पनि संगीता विदेश जाने नै भई । उसले जन्म दिएको भुण्टे श्रीमान्को जिम्मा लगाएर विदेश जाने निधो गरिसकेकी थिई । रामकाजी श्रीमती संगीतालाई  गाउँमै राखेर आफू विदेश जाने तम्तयारी गर्दै गाउँका बालकृष्ण मास्टरसँग सल्लाह पनि लिँदै थियो । 

तर रामकाजीले विदेश जाने योजना बनाईरहँदा संगीता आफैले त्यही मामा पर्नेको छोरीसँग विदेश जान सबै तारतम्य मिलाइसकेकी रहिछ । संगीता सोझो श्रीमान् रामकाजी र काखको छोरो भुण्टे छाडेर मामा पर्नेको छोरीसँग खाडी गइन् । उतै हराइन् । खोजखबर र अत्तोपत्तो छैन । विदेश गएको तीन वर्ष भएसक्यो भुण्टे रामकाजीलाई आमा चाहियो मात्र भनिरहन्छ तर रामकाजीले भुण्टेलाई न त आमा देखाउन सक्छ न त बोलाउन सक्छ । केवल टोलाउनबाहेक रामकाजी केही गर्न सकिरहेको छैन । 

विचरा ! बालक भुण्टेलाई केही जवाफ दिन सक्दैन । रामकाजी आफ्नै बाल्यकाल सम्झन्छ । आफू बाउआमा नभएर टुहुरो, भुण्टे भएर टुहुरो !दिनबित्दै गए । महिना बिते वर्ष बिते । संगीताको अत्तो पत्तो भएन । रामकाजी भुण्टे वोकेर डल्ली पटक पटक फूपूकोमा पुग्थ्यो । सोधीखोजी गर्दथ्यो तर कसैले केही भन्दैनथे । ऊ भुण्टेलाई आमा देखाउन चाहन्थ्यो चिनाउन चाहन्थ्यो तर सकिरहेको थिएन । किनकि संगीताले जुन दिन घर छाडेर विदेश जान्छु भनेर हिँडी त्यस दिनदेखि सम्पर्कसमेत गरेकी थिइन । 

आकाशमा काला बादल मडारिएको छ । झरी पर्लाजस्तै गरी गड्याङ गुडुङ पनि गरिरहेको छ । पिढीमाथि झुण्ड्याएको रेडियोमा विरही भाका बजिरहेको छ । ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टाले, त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो’ । रामकाजी भुण्टेलाई पिँढीमा बसेर खाना खुवाउँदै छ । त्यही बेला डल्ली फूपूको छोराले खबर ल्याउँछ– खाडीमा घरेलु श्रमिकका रुपमा काम गर्न पुगेकी संगीता मालिकको कुटाइबाट उतै बितिन् रे ! 

रामकाजी छाँगोबाट खसे जस्तै हुन्छ न बोल्न सक्छ न उठ्न सक्छ ! अब भुण्टेलाई के जवाफ दिन्छ । न त रामकाजीले न्याय पायो !  नत अब संगीताले नै न्याय पाउँछे ! जीन्दगी पीरै पीरमा छ । 
 


प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विचार
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव शुक्रबार, वैशाख २६, २०८२
आजको सन्दर्भमा पत्रकार र पत्रकारिता
आजको सन्दर्भमा पत्रकार र पत्रकारिता बुधबार, वैशाख २४, २०८२
सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो कोइरी
सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो कोइरी बुधबार, वैशाख २४, २०८२
बागमती र यमुना नदीमा पापी मन
बागमती र यमुना नदीमा पापी मन मंगलबार, वैशाख २३, २०८२
सडकदेखि सदनसम्म रमिता ! 
सडकदेखि सदनसम्म रमिता !  मंगलबार, वैशाख १६, २०८२
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान आइतबार, वैशाख १४, २०८२
 संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
 संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद बुधबार, वैशाख १०, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP