Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • फाँसीमा हसिना ! हाम्रामा पसिना !
फाँसीमा हसिना ! हाम्रामा पसिना !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, मंसिर २, २०८२

सेतो भित्तामा टाँसिएको घडीको सुई टकऽटकऽ गर्दै आफ्नो घुमाइलाई निरन्तर अगाडि बढाइरहेको छ । दर्शकदिर्घामा निकै त्रासको अनुहार लिएर एक थरीका नागरिक बसिरहेका छन् । कालोकोट लगाउनेहरु कोही खुसीसाथ बोलिरहेका छन् । कोही पछाडि कुर्सीमा बसेर कानेखुसी गरिरहेका छन् ।

‘अब के हुन्छ ?’ सबैको मनमा अदुभूत मन दौडिरहेको छ । हलमा रहेकाहरु बाहिर निस्कन सकेका छैनन् । कुरिरहेका छन् । भित्तामा घडी निरन्तर आफ्नै ढंगले एक टकले घुमिरहेको छ । तर त्यहाँभित्र रहेका मानिसहरुको मस्तिष्क निकै रफ्तारले दौडिरहेको छ ।

कालाकोट लगाउनेहरुको आ–आफ्नो बोल्ने क्रम सकिसकेका छन् । ब्रह्म, विष्णु, महेश्वरजस्तै गरी तीनजना न्यायमूर्तिहरु गम्भीररुपमा बसिरहेका छन् । कसैले गरेको मानवताविरोधी कार्यका विषयमा फैसला सुनाउनु पनि निकै जटिल त हो नै । त्यसमाथि पनि जिउँदो मानिसलाई फाँसीसम्म पु¥याउनुपर्ने अवस्थाको सिर्जना पनि हुन सक्छ । बंगलादेशका न्यायाधीशहरुलाई त्यस्तै धर्म संकटमा पारेको छ । निकै निरंकुश बनेर आन्दोलनकारीविरुद्ध ड्रोन र हेलिकप्टरबाट बम खसाल्न अनुमति दिएकोसम्म बयानमा सुनिएको छ ।

न्यायमूर्तिले सबैतिर एक नजर डुलाए । अनि आफ्नो अगाडि भएको काठको मुंग्रोले ट्वाक–ट्वाक पारेर एक अर्काबीच खानेखुसी गरेर बसेका, छलफल गरिरहेका सबैलाई आफूतर्फ संकेत गरे । सबैको ध्यान न्यायमूर्तितर्फ केन्द्रित भयो । न्यायकक्षभन्दा बाहिर पनि उत्तिकै मानिसहरुको भीड थियो ।

Hardik health

सबै संशकित भएर भएर आँखा झिमिक्क पनि नपारी न्यायाधीशतर्फ एकाग्र बने । तीन न्यायाधीश एक अर्कामा आँखा हेराहेर गरे र फैसला सुनाउँदै न्यायाधिशले भने, ‘मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै हसिनालाई मृत्युदण्डको सजाय दिइएको छ !’ सबैको होस हवास उड्यो । बाहिर एकथरी मानवताविरोधी अपराधमा संलग्न भएका प्रधानमन्त्रीलाई मृत्युदण्ड सुनाउँदा खुसीयाली मनाउन सुरु गरिसकेका थिए । भने अर्कोतर्फ निराशा लिएर बस्नेहरु पनि थिए ।

नाम हसिना । विद्यार्थी आन्दोलन दबाउन सत्ता र शक्तिको दुरुपयोग गरेकी उनी अब कहिल्यै नहाँस्ने दिन आए । हसिनाका हाँस्ने दिन गए । अर्थात् मृत्युदण्डको सजाय सुनाइसकिएपछि सायद अब हाँस्ने दिन गए होला । देशको कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीजस्तो पदमा बसेका व्यक्तिले सत्ता र शक्तिको दुरुपयोग गर्दा फाँसीसम्म पुग्नुपर्ने अवस्था आउँछ भन्ने उदाहरण बंगलादेशकी हसिनाबाट पुष्टि भएको छ ।

समाचारमा हसिनाको मृत्युदण्ड सुनिरहेका चित्रबहादुर काका नमज्जाले हाँसे । उनलाई हसिनाको मृत्युदण्डले खुसी बनाएको थिएन । मानिसलाई अकालमा मार्नुहुन्न भन्ने अभियानमा लागेका हुन् चित्रबहादुर काका पनि । त्यसैले उनमा मृत्युदण्डको खुसी पटक्कै होइन । ‘बाघ कराउनु र बाख्रा हराउनु’ भनेजस्तै उता हसिनाको हाँस्ने जीवन जिउने बाटो अदालतले बन्द गरेर सुलिमा चढाउन खोजिरहँदा नेपालका यस्तै शक्ति र सत्ताको दुरुपयोग गर्नेहरुलाई सम्झेर काका हाँसेका हुन् अरे !

२००७ सालको आन्दोलनदेखि ०८२ सालको जेन–जी आन्दोलनसम्म शक्तिको दुरुपयोग गर्नेहरुको त पसिना पनि नआउने अवस्था आयो भनेर चित्रबहादुर काका हाँसेका रैछन् । त्यत्तिमात्र कहाँ हो र ? त्यसलाई बंगलादेशकै अवस्थामा पुर्‍याउने भए भनेर भनेको त धेरै पटक सुनियो । भदौ २३ र २४ गतेले उस्तैउस्तै अवस्थामा पुर्‍यायो । अब त्यसरी बंगलादेशजस्तै बनाइसकेपछि मानवताविरुद्धको अपराधमा हसिनाजस्तै पसिनै पसिना किन बनाउन नसकेका होलान् ?

हुन त यो सतिले सरापेको देश भन्ने कथनलाई च्याप्प समाउने बस्ने होला नि त ! जो सत्तामा पुगे पनि आफ्नै दुनो सोझ्याउने मात्र । ‘बंगलादेश बनाउँछ भनेर श्रीमतीलाई न्यायाधीश बनाउन खोज्नेहरु मन्त्री बन्न गएपछि अनि कसको आउँछ त पसिना ?,’ काकाले भने । 

अब के होला त काका ? मट्यांग्राले सोध्यो ?  केही हुन्न । ऊसले भनेजस्तो । यो नेपाल हो । यहाँ त भ्रष्टहरुलाई कसैले छुन्न । न त सात सालमा छोए । नत ४६ सालमा, न त ५२–५३ त्रिपन्न ! ६२–६३ देखि ८२–८३ सम्मलाई पनि कसैले छुँदेन । कहाँ यहाँ हसिनाको कुरा गरेको पसिना त आउँदैन ? चित्रबहादुर काकालाई विश्वास नै छैन ।
किन र त्यसो भन्नुभाको काका ? 

ल किन भन्नु नि । तैंले गरेको प्रश्न नै मिलेन । यहाँ त सत्तामात्र परिवर्तन हुने हो । दुई–चार दिन जुरुक्क जुरुक्क हुने त्यसपछि थचक्क ? गोली खानेले खोली आयो । कमिसन खायो । कसलाई के खान मन लाग्छ त्यही खाने आ–आफ्नो स्वादअनुसार ।

‘ल काका कहाँ त्यस्तो हुन्छ र ? यहाँ पनि छ छानबिन हुँदै छ ? प्रतिवेदन बन्दै छ । पालो आउँला नि विस्तारै ?’
‘आउँछ बाबु आउँछ । पालो त आउँछ मन्त्री फेरिने, मान्छे फेरिने पालो आउँछ । यत्रो विध्वंश गरेर बनेको सरकारमा गएको अनुहार हेर त, को हसिना बनाउने ? उताका न्यायमूर्ति हेरेर यताकोलाई दाँज्न थालिस् भने तँ पनि उही चिलिम हो ।’ काकाले बोल्नै नदिएर एकै सासमा सिध्याए ।

त्यसो भए कलिला केटाहरुले न्याय नपाउने भए त काका ?  ‘पाउँछन् । कोही दुबई कतार गएर पाउलान्, कोही मलेसिया साउदी गएर पाउलान् । अरु त त्यस्तै हो । ४६ सालले के न्याय दियो । ५२ सालले के दियो ? जंगलमा गएर खुकुरीको धारमा लडेर राजा फाल्नेका त दिन आएनन् । अब जाबो सत्तामात्र फालेर के आउँला र ?’ अब अलमल्ल परें । म त टोलाउन थालिसकें ।

काकाले उल्टै सोधे, ‘किन टोलाइस् ? न टोला केटा न टोला टोलाउनु भनेको बौलाउनु हो । डेटिङ, मिटिङ र सेटिङले चलाएको देशमा । कहिले उत्तर फर्के भो कहिले दक्षिण फर्के भो अलि पर हेर्न मन लागेका उनीहरुलाई नै भने भो । त्यही भएर फाँसीमा त हसिना हो । यहाँ त देखिने नै पसिना हो ! त्यसै न्याय नपाए गोर्खा जानू भन्या रैछ र ?’ काकाको कुरा सुनेर म त हेरेको हेर्‍यै !
 


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP