Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
विचार
  • Home
  • विचार
  • आवेग होइन व्यावहारिक राजनीतिको आवश्यकता
आवेग होइन व्यावहारिक राजनीतिको आवश्यकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १, २०८२
रमेशकुमार बोहोरा

 

यतिबेला जनताले ‘घोटालाको खेती’ चलेको आरोप लगाउनु केवल भावनात्मक प्रतिक्रिया होइन तथ्यहरूले पनि त्यही पुष्टि गर्छ । तथ्यांक हेरफेर, लक्ष्य पूरा नहुने परम्परा, अनुगमनविहीन परियोजना, खर्च नहुने बजेट यी सबैले राज्यको विश्वासनीयता गम्भीररूपमा घटाएका छन् । पुँजीगत खर्चलाई विकासको आधार मानिन्छ तर हामीले वर्षभर छुट्याएको रकम नै फर्काएर पठाउने परम्परा बसालिसकेका छौं ।

देश अहिले यथार्थमै एउटा गम्भीर संक्रमणको चरणमा छ । यस अवस्थालाई बुझ्‍न सतही दृष्टि पर्याप्त हुँदैन गहिरो विश्लेषण तथ्य र प्रमाण आवश्यक छन् । २०८२ साल भदौ २३ र २४ गते देशभर भड्किएको जेन–जी आन्दोलनले केवल तत्कालको असन्तुष्टिमात्र देखाएन दशकौंदेखि थिचिँदै आएका संरचनागत समस्या, अव्यवस्था, भ्रष्टाचार, नेतृत्वहीनता र कमजोर शासन प्रणालीको वास्तविक अनुहार बाहिर ल्याइदियो । देख्दा यो युवा पुस्ताको आकस्मिक क्रोधजस्तो लागे पनि यसको मूल कारण राज्यका दीर्घकालीन असफलता र जनतामा बढ्दै गएको निराशा नै हो ।

सबैभन्दा चिन्ताजनक कुरा यति ठूलो अस्थिरता र क्षतिपछि पनि कसैले जिम्मा लिन चाहेन । संविधान कागजमा छ तर व्यवहारमा ‘कोमा’मा परेजस्तो देखिन्छ । सुरक्षा निकायहरू भ्रममा परे, सरकार मौन रह्यो, निर्णयहरू ढिला भए र जनताले पाएका जवाफहरू खाली र असन्तोषजनक रहे । केही दिनको शान्ति देखिए पनि वास्तविक संकट सकिएको छैन । करिब पाँच हजार कैदी जेलबाट भागेपछि तिनको अवस्थाबारे स्पष्ट तथ्य छैन । जुन राज्य संयन्त्र कति कमजोर बनेको छ भन्ने गम्भीर संकेत हो । तिहारमा देखिनुपर्ने सुरक्षा सतर्कता पनि कमजोर रह्यो धेरै स्थानमा खुलेआम तोडफोड र आपराधिक गतिविधि बढे तर सरकार हेरेको हेर्‍यै भयो ।

Hardik health

युवा पुस्ताको मनोविज्ञान पनि अस्थिर देखिन्छ । सामाजिक सञ्जालको छिटो प्रतिक्रियालाई नै वास्तविकता ठान्ने प्रवृत्ति बढेको छ । क्लिक र ट्रेण्डलाई नै समाधान ठानिँदा तथ्य प्रक्रिया र दीर्घकालीन सोच कमजोर बन्दै गएका छन् । यसले नेतृत्वप्रति विश्वास, निर्णय प्रणालीको विश्वसनीयता र सामाजिक अनुशासन दुवैलाई असर गरेको छ ।
आर्थिक सूचकहरू पनि चिन्ताजनक छन् । राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत छ । जुन सतहमा राम्रो जस्तो देखिए पनि संरचना भित्रीरूपमा कमजोर छ । कूल आयात १९.८ प्रतिशतले बढेको छ जसले उपभोगमा बढ्दो निर्भरता झल्काउँछ । आयातको ३६.८ प्रतिशत अन्तिम उपभोग्य वस्तु ५४.३ प्रतिशत मध्यवर्ती वस्तु ८.९ प्रतिशत पुँजीगत वस्तु हुनु अर्थतन्त्र स्वदेशी उत्पादनभन्दा आयातमै टेकिएको प्रमाण हो ।

विप्रेषण ३५.४ प्रतिशतले बढेर पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यो प्रवाह अब ‘सहारा’भन्दा ‘लत’जस्तै बन्न थालेको छ किनकि आन्तरिक रोजगारी र उत्पादन कमजोर भएको अवस्थामा विदेशमा पसिना बगाउने युवाको श्रममै देश टिकेको छ । सरकारको कूल खर्च १८० अर्ब १७ करोड पुगेको छ तर विभिन्न खातामा २५५ अर्ब ६१ करोड निष्क्रिय मौज्दात बसिरहेको छ । जसले बजेट कार्यान्वयनको गम्भीर असक्षमता उजागर गर्छ । प्रशासन काम गर्न डराउने, नेतृत्व जिम्मेवारी नलिने र प्रक्रिया अत्यधिक जटिल हुने कमजोरीले विकासलाई पछाडि धकेलेको छ ।

धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ पुगे पनि त्यसको लाभ वास्तविक अर्थतन्त्रले पाएको छैन लाभ सीमित वर्गमै सीमित छ । जेन–जी आन्दोलनका क्रममा ६२९ भवन पूर्णरूपमा नष्ट र एक हजार ५६० भन्दा बढी भवन आंशिकरूपमा क्षतिग्रस्त भए । करिब दुई खर्बभन्दा बढी आर्थिक नोक्सानीको अनुमानले देशको आर्थिक अवस्थालाई झनै दयनीय बनाएको छ । विश्व बैंकले चालु आर्थिक वर्षको वृद्धि २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ जुन लक्ष्यको करिब आधा हो ।

यतिबेला जनताले ‘घोटालाको खेती’ चलेको आरोप लगाउनु केवल भावनात्मक प्रतिक्रिया होइन तथ्यहरूले पनि त्यही पुष्टि गर्छ । तथ्यांक हेरफेर, लक्ष्य पूरा नहुने परम्परा, अनुगमनविहीन परियोजना, खर्च नहुने बजेट यी सबैले राज्यको विश्वासनीयता गम्भीररूपमा घटाएका छन् । पुँजीगत खर्चलाई विकासको आधार मानिन्छ तर हामीले वर्षभर छुट्याएको रकम नै फर्काएर पठाउने परम्परा बसालिसकेका छौं ।

समस्या केवल राज्यमै सीमित छैन । नागरिकको मौन सहमति, गलतलाई सही ठान्ने संस्कार, जात, नाता वा विचारका कारण भ्रष्टाचारको बचाउ गर्ने बानीले समस्यालाई अझै गहिरो बनाएको छ । सामाजिक सञ्जालले क्षणिक भ्रम सिर्जना गर्छ तर वास्तविक समाधान त्यहाँबाट आउने छैन । आन्दोलनले परिवर्तनको आशा ल्याए पनि पछिल्ला वर्षमा ती आन्दोलन संरचनागत सुधारमा परिणत हुन सकेका छैनन् । नेतृत्वको कमजोरी, दलगत स्वार्थ, नातावाद–कृपावाद र प्रशासनिक अक्षमताका कारण परिवर्तन कागजमै सीमित रह्यो अब त सामाजिक सञ्जालको केही सेकेण्डको भिडियोले मान्छेलाई ‘भगवान्’ र ‘राक्षस’ दुवै बनाइदिने अवस्था छ । तर सत्य र अध्ययनमा आधारित मूल्यांकन हराउँदै गएको छ ।

चुनावले मात्र समस्या समाधान हुँदैन भन्ने यथार्थ फेरि प्रस्ट भएको छ । नीति निरन्तरता, सक्षम प्रशासन, पारदर्शिता, दीर्घकालीन योजना र कानुनको समान कार्यान्वयनविना नेतृत्व फेरिए पनि परिणाम उस्तै रहन्छन् । सकारात्मक संकेतहरू ऊर्जा निर्यातको सम्भावना, कृषि आधुनिकीकरणको छलफल, प्रविधिमा युवाको वृद्धि, कूटनीतिक सक्रियतालगायत छन् तर राजनीतिक स्थिरता नभएसम्म ती सम्भावना व्यवहारमा बदलिन सक्दैनन् ।
राजनीतिक दलबीचको अविश्वास, पद बदल्ने खेल, निर्णयमा ढिलाइ, योजनाको निरन्तरता भंग हुने बानीले सुधारका संकेतहरू अस्थायी बनाइदिएका छन् । शासन प्रणाली सक्षम नबनेसम्म, प्रशासन चुस्त नबनेसम्म, भ्रष्टाचार नियन्त्रण नहुँदासम्म र युवाले स्वदेशमै भविष्य देख्न नसक्दासम्म कुनै पनि सुधार दीर्घकालीन बन्ने छैन ।

अब आवश्यक छ आवेग होइन व्यावहारिक राजनीतिको । युवाको आवाजलाई प्राथमिकता दिनुपर्छ तर त्यो आवाज ठोस नीतिगत कार्ययोजनामा परिणत हुनुपर्छ । मनपरितन्त्र अन्त्य गर्दै सबै नागरिकले समान अवसर पाउने वातावरण निर्माण गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रण, सूचना प्रणाली मजबुत बनाउने, विधि विधान सरल गर्ने, नतिजामुखी सरकारी संरचना बनाउने, राजस्व सुधार गर्ने, पुँजीगत खर्च समयमै कार्यान्वयन गराउने र राष्ट्रिय प्राथमिकतामा एकमत कायम गर्ने काम तत्काल सुरु हुनैपर्छ ।

देश संक्रमणमै छ तर यही अवस्थाले भविष्य निर्माण गर्ने अवसर पनि बोकेको छ । चुनौती ठूलो छ तर समाधान असम्भव छैन । अहिलेको माग उत्तेजना होइन संयमित योजना हो, आवेग होइन गहिरो अध्ययन हो, आरोप होइन साझा जिम्मेवारी हो, देखिएका सुधारका संकेतलाई कार्यान्वयनमा बदल्ने राजनीतिक इच्छाशक्ति, सक्षम प्रशासन र जनसहभागिता भएमात्र देश अहिलेको संकट पार गरेर स्थिर, समृद्ध र न्यायसम्पन्न भविष्यतर्फ अघि बढ्न सक्छ ।
 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा निर्णायक भएको निर्वाचन
युवा निर्णायक भएको निर्वाचन सोमबार, फागुन ११, २०८२
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म 
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म  शुक्रबार, फागुन ८, २०८२
लोकतन्त्रका आधार नै युवा पुस्ता
लोकतन्त्रका आधार नै युवा पुस्ता बिहीबार, फागुन ७, २०८२
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस बिहीबार, फागुन ७, २०८२
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था मंगलबार, फागुन ५, २०८२
परेड खेल्दै हरित सेना !
परेड खेल्दै हरित सेना ! मंगलबार, फागुन ५, २०८२
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल  आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP