Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
विचार
  • Home
  • विचार
  • धिमे मैचा इन्दिरा लाछिमस्युको विद्रोह
धिमे मैचा इन्दिरा लाछिमस्युको विद्रोह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १, २०८२
पदम श्रेष्ठ

dhime-maicha-1763358573.jpg
 

थुप्रै विभेदका बावजुद पनि घर परिवारमा आमाबुबा, बाजे र गुरु समाजलाई समेत आफूले नारी भएकै कारण धिमे छुन बजाउन नहुने भन्ने कूतर्कबारे प्रश्न गर्छिन् । जसरी पनि आफ्नो धिमे बजाउन रोक्ने कूसंस्कारलाई परास्त गर्छु र ती पुरुषले मात्र बजाउन हुने भन्ने विनाआधारलाई परिवर्तन गर्छु भनी अति कष्टका साथ विद्रोह गरेकी मूल पात्र हुन्, इन्दिरा लाछिमस्यु ।
 

करिब ३० वर्ष पहिलेसम्म पनि महिलाले धिमेबाजा बजाउन त के छुनसम्म पनि पाउँदैनथ्यो, सुरेन्द्र तुलाधर ख्वटावजीद्वारा लिखित तथा निर्देशित चलचित्र धिमे मैचा प्रदर्शनले उजागर गरिदिएको तथ्य कुरा हो यो । काठमाडौं उपत्यकाका विभिन्न चलचित्र हलहरुमा प्रदर्शित धिमे मैचाले नेवारी पहिचान बोकेको धिमेबाजा महिलाले छुनसमेत नमिल्ने परम्परा थियो भन्ने तथ्य पस्किदिएको छ । गुरुहरुले धिमेबाजा बजाउन सुरु गर्दा वा अन्त्य गर्दा पूजा गर्ने देवता नासःद्योलाई महिलाले छुन र पूजा गर्नुहुन्न भन्ने मान्यता थियो भन्ने देखाइएको छ ।

तर यस्ता थुप्रै विभेदका बावजुद पनि घर परिवारमा आमाबुबा, बाजे र गुरु समाजलाई समेत आफूले नारी भएकै कारण धिमे छुन बजाउन नहुने भन्ने कूतर्कबारे प्रश्न गर्छिन् । जसरी पनि आफ्नो धिमे बजाउन रोक्ने कूसंस्कारलाई परास्त गर्छु र ती पुरुषले मात्र बजाउन हुने भन्ने विनाआधारलाई परिवर्तन गर्छु भनी अति कष्टका साथ विद्रोह गरेकी मूल पात्र हुन्, इन्दिरा लाछिमस्यु ।

Hardik health

उनै ऐतिहासिक पात्र इन्दिराको बाल कलाकारको भूमिकामा सिम्रिक श्रेष्ठले निर्वाह गरेकी छन् भने हुर्किएर विवाहपछिको भूमिका रोजिना सुवाल र उनको श्रीमान्को भूमिकामा रुपेन्द्र श्रेष्ठ छन् । कथा सानै हुन्छ, केटी मान्छेले धिमे बजाउन हुँदैन । तर बाल मनोविज्ञानमा त्यो कूसंस्कारले कत्रो प्रभाव पार्दो रहेछ भन्ने तथ्यलाई लेखक निर्देशक ख्वटावजीले सूक्ष्म ढंगबाट प्रस्तुत गराउन सफल भएका छन् । कलाकारहरुले पनि छ÷सात वर्षको मनमा देवता पूजा गर्न नहुने, धिमे बाजा त छुनै नहुने भन्ने कुराले कतिसम्म कौतुहलताका साथै विद्रोह भाव उत्पन्न गर्छ भन्ने कुरालाई जीवन्त अभिनय पस्किन सफल भएका छन् । उनले आमा नगिना श्रेष्ठ र बाबु कलाकार रामराजा भामसमक्ष प्रश्न गर्छिन्, हामी नारी भएकै कारण बाजा किन सिक्न हुँदैन ? गुरुहरुसमक्ष पनि प्रश्न गर्छिन् ।

भक्तपुर दत्तात्रय निवासी इन्दिरा बालसखाहरुसँग खेलिरहेको बेलामा पनि आफ्नै घरमा धिमे÷नौ बाजाहरु गुरुले विद्यार्थीहरुलाई सिकाइरहँदा खेल्दाखेल्दै छोडेर बाजाको ताल बोल सिक्न दौडिन्थिन् । तर किशोर केटाहरुलाई सिकाइरहेको ठाउँमा वाद्यगुरु लक्ष्मीकुमार महर्जन र देवचन्द्र बज्राचार्यले उनलाई कक्षामा बस्न दिँदैनन् । तर खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं हुर्कंदै गइरहेकी इन्दिरा लुकीलुकी बाजाको बोल, ताल आधार टिपोट गर्थिन् ।

घ्याम्पो वा लोटा ठटाएर कोठाभित्र गुरुहरुले अरुलाई सिकाउँदा सिकेको बोल÷तालको प्रयोग गर्ने कोसिस गरिरहिन् । कहिले भाँडा माझ्दा थालसमेत बजाएर इन्दिराले धिमे सिकेको चलचित्र धिमे मैचाले उजागर गरेको छ । तर छोरीचेलीले त प्रश्नसमेत गर्न हुँदैन, परम्परालाई पछ्याउने मान्नेमात्र हो भन्ने गरिन्थ्यो । इन्दिराको धिमे बाजा सिक्ने आँट, इच्छालाई केहीले रोक्न सकेन । आफ्ना हजुरबुवा तुयुबहादुर महर्जनसमक्ष धिमेबाजा सिक्ने इच्छा व्यक्त गरेपछि लामो छलफलपछि उनले सिक्न पाउँछिन्, हजुरबुवाले भनेपछि गुरुहरुले पनि सिकाउन सहमति जनाउँछन् ।

उनले घरमा त जिद्दी गरेर सिकिन् । तर समाजमा नयाँ काम गर्न थालेपछि गुरुलगायत समाजका विविध व्यक्तिहरुले खिसिट्युरी गरेपछि केही समय उनी बजाउन जानेर पनि धिमेबाजाबाट टाढा भइन् । तर पछि आफ्ना पिताको राम्रो काम गर्न डराउनु पर्दैन भन्ने सल्लाह, आडभरोसा पाएपछि धिमे बजाउन थालिन र धिमे मैचाको पहिचान बनाइन् ।

उनको विवाहपछिको भूमिका रोजिना सुवाललाई उनका श्रीमान् रुपेन्द्र श्रेष्ठबाट पनि साथ सहयोग पाएपछि धिमे मैचालाई समाजमा अन्य महिलाहरुलाई पनि धिमेलगायतका वाद्यवादन बजाउन सिकाउन सहज हुँदै जान थाल्छ र इन्दिरा नेपालकी प्रथम धिमे मैचा बन्न सफल हुन्छिन् । ख्याली जुजु मदनकृष्ण श्रेष्ठकोसमेत अतिथि कलाकारको भूमिकामा रहेको चलचित्र धिमे मैचाका लेखक तथा निर्देशक सुरेन्द्र तुलाधर (ख्वटावजी) भन्छन्– नेपाल भाषाको पहिलो वायोपिक चलचित्र बन्न सफल भएको छ । जीवित पात्रकै जीवनीमा आधारित चलचित्र, धिमे मैचाका निर्माताहरु गोपालकृष्ण महर्जन, सुरेन्द्र शाक्य, रमिता श्रेष्ठ रहेका छन् । चलचित्रमा गीत संगीत निल शाक्य र सुरेन्द्र श्रेष्ठको रहेको छ । गायनमा पवित्र कसाः, निसा देशार, सतिस महर्जन, बालिका प्रधानले स्वर दिएका छन् ।

चलचित्रमा फिरोज बज्राचार्य र जीवित महर्जनको संगीत संयोजन रहेको छ भने नृत्य निर्देशक रोहिया महर्जन, राहुल बराइलीले गरेका छन् । दिव्य सुवेदीको छायांकनमा बनेको चलचित्र धिमेमैचाको सम्पादन सुजन बरालले गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न हलहरुमा प्रदर्शनपछि विश्वका विभिन्न देशहरु अमेरिका, जर्मन, फ्रान्स, जापान, बेलायत, युएई, क्यानाडा, दक्षिण कोरिया र अस्ट्रेलियामासमेत प्रदर्शन गर्ने योजना रहेको चलचित्र निर्देशक श्रेष्ठले जानकारी दिए ।

नेपाल भाषाको हास्य टेलिसिरियल ख्वाता बजीबाट चर्चित भएका निर्देशक श्रेष्ठले धिमे मैचामार्फत चलचित्रमा प्रवेश गरेर धिमे मैचाको धिमे सिक्ने सपना साकार पार्दाको संघर्षलाई देखाएर इच्छाशक्ति राख्न सके जुनसुकै काम सफल हुने प्रस्ट पारेका छन् । समग्रमा भन्नु पर्दा समृृद्ध, सम्पन्न, सुसंस्कृत भनिने नेवार समाजभित्र पनि ३० वर्ष अगाडिसम्म बाजा देवताको नाउँमा नारी छोरीचेलीको जीवनमा कतिसम्म विभेद रहेछन् भन्ने तथ्य उजागर भएको छ ।  यद्यपि, देवतारुपी धिमे र नासःद्यो नृत्य नाथलाई छुई भएकी छोरी चेलीले पुज्न, छुन नहुने रहेको कारण आदिकालदेखि नै नारीले धिमे छुन हुँदैन भन्ने मान्यता रहेको तथ्य पनि खुलाइदिनुपथ्र्यो । लेखक  तथा निर्देशकले सो तथ्य नखुलाई एकोहोरो आरोपमात्र लगाउने विद्रोहपछि सफल हुने भन्नेमात्र देखाइएको दर्शक विश्वनाथ श्रेष्ठको भनाइ छ ।

अर्का दर्शक फर्पिङ निवासी रमा महर्जनका अनुसार अहिले पनि नासःद्य ल्हयगु गुठीयार समाजको धिमे तालिममा छोरीचेलीलाई सहभागिता गराइँदैन । फर्माइसी धिमे वाद्यवादनमामात्र महिलालाई सहभागिता गराउने गरिन्छ । धिमे मैचा इन्दिराले नारीलाई घरायसी चुल्होचौकाबाट बाहिर पनि ल्याउन गरेको योगदानलाई सम्मान त गर्नैपर्छ तर सुत्केरी हुँदा, दुई जिउको वा पर सरेको बेला देवतारुपी धिमे बजाउन पाउनैपर्छ, दिनैपर्छ भनेर धिमे मैचाले नभनेको हुनसक्ने कतिपय दर्शकले बताए ।
 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड बुधबार, मंसिर १७, २०८२
न्यायको खोजीमा भेनेजुएला ! 
न्यायको खोजीमा भेनेजुएला !  मंगलबार, मंसिर १६, २०८२
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? 
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?  आइतबार, मंसिर १४, २०८२
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द शुक्रबार, मंसिर १२, २०८२
कीर्तिपुरको न्हेगाँ जात्रा
कीर्तिपुरको न्हेगाँ जात्रा शुक्रबार, मंसिर १२, २०८२
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास मंगलबार, मंसिर ९, २०८२
सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति !  मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP