Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • एनपिएलको नयाँ अध्याय
एनपिएलको नयाँ अध्याय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २, २०८२
राजु सिलवाल

 

एनपिएल क्रिकेटका आठवटै सहभागी टिमले आफ्नो क्षेत्रमा रहेका विभिन्न जिल्लामा प्रतिभाहरुको छनोट गरी प्रतिभाशाली खेलाडीहरुलाई टिममा समावेश गरेका छन् । उपयुक्त अवसर नपाएर स्थानीय तहमै सीमित रहेका युवा खेलाडीहरुले एनपिएल क्रिकेटमा नेपालका राष्ट्रिय खेलाडीहरुका साथै विदेशीसँगसमेत एउटै टिममा खेल्न पाउनु उनीहरुको खेल जीवनकै महत्ववपूर्ण अवसर हो । यही प्रतियोगिता सिक्ने तथा आफ्नो खेल कौशल देखाउने महत्व‍पूर्ण मौका हो ।

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ । फ्रेञ्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरुका साथै निजी क्षेत्रबाट करोडौं लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रुपमा दोस्रो प्रतियोगिताको सुरुआत सोमबारदेखि भएको छ ।

यस प्रतियोगितामा गत वर्षको विजेता जनकपुर बोल्डसका साथै उपविजेता बनेको सुदूरपश्चिम रोयल्स, विराटनगर किंस, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स तथा कर्णाली याक्ससमेत गरी आठवटा टिमको सहभागिता रहेको छ । यी सबै टिमका लागि निजी क्षेत्रले उत्साहका साथ ठूलो लगानी गरेको छ । 

Hardik health

मार्की खेलाडीहरु 
यसपटक एनपिएल क्रिकेटका मार्की खेलाडीहरुमा जनकपुर बोल्डसका आशिफ शेख, सुदूरपश्चिम रोयल्सका दिपेन्द्रसिंह ऐरी, काठमाडौं गुर्खाजका करण केसी, पोखरा एभेञ्जर्सका कुशल भुर्तेल, चितवन राइनोजका कुशल मल्ल, विराटनगर किंसका सन्दिप लामिछाने, लुम्बिनी लायन्सका रोहित पौडेल र कर्णाली याक्सका सोमपाल कामी रहेका छन् । मार्की खेलाडीहरुले जनही २० लाख रुपैयाँको दरले पारिश्रमिक प्रदान गरिँदै छ । टिममा परेका अन्य खेलाडीहरुलाई एक लाखदेखि १५ लाख रुपैयाँसम्म पारिश्रमिक प्रदान गरिने छ ।

विदेशी खेलाडीहरुको सहभागिता 
एनपिएल क्रिकेटको नयाँ सिजनका लागि विश्वका विभिन्न १३ मुलुकका प्रसिद्ध क्रिकेट खेलाडी तथा नेपाली खेलाडीहरु एकै टिममा आबद्ध भई यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा सहभागी आठवटै टिमले टेस्ट म्याच खेल्ने तथा एसोसिएट राष्ट्रका खेलाडी आ–आफ्नो टिममा भित्र्याउन ठूलो लगानी गरेका छन् । एनपिएल क्रिकेटमा भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिकालगायतका खेलाडीहरु विभिन्न नेपाली टिममा आबद्ध भएका छन् । क्यानले हरेक टिममा बढीमा चार विदेशी खेलाडी खेलाउन सक्ने अनुमति दिएको थियो ।

विदेशी प्रशिक्षक पनि 
केही टिमले विदेशी प्रशिक्षकलाई समेत टिममा अनुबन्धित गराएको छ । नेपाली स्पिनर सन्दिप लामिछानेको खेल जीवनमा महत्‍वपूर्ण भूमिका निभाएका श्रीलंकाली मूलका क्यानडाली प्रशिक्षक पुबुदु दशानायके यसपालि सन्दिप कप्तान रहेको विराटनगर किंग्स टिममा मुख्य प्रशिक्षकको रुपमा आबद्ध रहेका छन् । नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको अनुभव हासिल गरिसकेका उनको प्रशिक्षणमा गत वर्ष जनकपुर बोल्डस टिमले एनपिएल क्रिकेटको पहिलो संस्करण जितेको थियो । यसपालि जनकपुरले सिभनराइन चन्दरपललाई मुख्य प्रशिक्षकको रुपमा भित्र्याएको छ ।

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनिसकेका भारतीय नागरिक मोण्टी देसाई यसपालि काठमाडौं गुर्खाज टिमको प्रशिक्षणमा व्यस्त छन् । चितवन राइनोजले कलाम अली, पोखरा रेञ्जर्सले राजीव कुमार, लुम्बिनी लायन्स टिमले टिनु योहान्नानजस्ता विदेशीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छन् । प्रतियोगिताका लागि नेपाली प्रशिक्षकले पनि टिम सम्हालिरहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हालिसकेका जगत टमाटाले सुदूरपश्चिम रोयल्स तथा नेपाली क्रिकेट टिमको कप्तान तथा प्रशिक्षणको जिम्मेवारीमा रही कार्य गरिसकेका ज्ञानेन्द्र मल्लले कर्णाली याक्सको मुख्य प्रशिक्षकको रुपमा कार्य गरिरहेका छन् ।

नयाँलाई पनि अवसर
एनपिएल क्रिकेटका आठवटै सहभागी टिमले आफ्नो क्षेत्रमा रहेका विभिन्न जिल्लामा प्रतिभाहरुको छनोट गरी प्रतिभाशाली खेलाडीहरुलाई टिममा समावेश गरेका छन् । उपयुक्त अवसर नपाएर स्थानीय तहमै सीमित रहेका युवा खेलाडीहरुले एनपिएल क्रिकेटमा नेपालका राष्ट्रिय खेलाडीहरुका साथै विदेशीसँगसमेत एउटै टिममा खेल्न पाउनु उनीहरुको खेल जीवनकै महŒवपूर्ण अवसर हो । यही प्रतियोगिता सिक्ने तथा आफ्नो खेल कौशल देखाउने महत्‍वपूर्ण मौका हो । यस्ता प्रतियोगिताको माध्यमबाट उनीहरु भोलि राष्ट्रिय टिममा प्रवेश गर्न सक्ने छन् । प्रतिभाशाली खेलाडीलाई खेल जीवनमा छलाङ मार्ने प्रवेशद्वारका रुपमा यस प्रतियोगितालाई हेरिएको छ । 

ठूलो पुरस्कार राशि 
एनपिएल प्रतियोगिताको विजेता टिमले गत वर्षजस्तै एक करोड ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुने टिमले ५१ लाख रुपैयाँ, तेस्रो हुने टिमले २५ लाख तथा चौथो हुने टिमले १५ लाख रुपैयाँ रकम पुरस्कार पाउने छन् । यस्तै विभिन्न विधाका खेलाडीलाई नगद तथा मोटरसाइकल आदि पुरस्कार प्रदान गरिने छ । पुरस्कारहरु अझै घोषणाको क्रममै रहेका छन् ।
 
विश्वकपको तयारी
एनपिएल क्रिकेट प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि आगामी विश्वकपको तयारीको महŒवपूर्ण अवसरका रुपमा पनि हेरिएको छ । सन् २०२६ मा भारत तथा श्रीलंकामा आयोजना हुने टि–ट्वाण्टी विश्वकपको छनोट चरणमा अपराजित हँुदै समूह विजेताका रुपमा तेस्रोपटक विश्वकपमा प्रवेश गर्न सफल नेपाली टिमका सबैजसो खेलाडी विभिन्न टिमका तर्फबाट एनपिएल क्रिकेटमा मैदानमा उत्रिँदै छन् ।

करिब एक महिनासम्मको अवधिमा एनपिएल क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीहरुले स्वदेशी तथा विदेशी खेलाडीहरुसँग अभ्यास गर्नुका साथै खेल कौशल सिक्ने अवसर पाउने छन् । केही महिनादेखि नै अत्यन्त व्यस्त तालिकामा रहेको नेपाली राष्ट्रिय टिमलाई एनपिएल लगत्तै टेस्ट खेल्ने राष्ट्रसँग दुई देशीय वा त्रिदेशीय शृंखला खेलाएर थप अभ्यास गराउने लक्ष्य क्यानले राखेको छ । यसका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हालै भारतको नयाँ दिल्लीमा इण्डियन क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष जय शाहसँग भेट गरेका थिए ।

सरकारको प्राथमिकतामा क्रिकेट
एनपिएलको दोस्रो प्रतियोगिताका लागि लामो समयदेखि तयारी सुरु गरिएको थियो । विशेषगरी प्रतियोगिता स्थल कीर्तिपुर रंगशालामा निर्माण तथा मर्मतसम्भारका लागि केही महिनादेखि नै कार्य प्रारम्भ गरी सरकारी तबरबाटै अनुगमन गरिएको थियो । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि सम्बन्धित ठेकेदारले जरिवानासमेत व्यहोर्नु परेको थियो । क्रिकेट सुरु हुने अन्तिम चरणमासमेत काम भइरहेको कीर्तिपुर रंगशालामा निर्माणका लागि नेपाल सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरी अन्तर्राष्ट्रियस्तरको मैदानका रुपमा परिणत गर्ने प्रयास गरेको छ ।

कीर्तिपुर रंगशालामा वर्षौंदेखि मानिसहरु घाँसे वा धुले मैदानमा बसेर वा रुखमा चढेर खेल हेर्ने गर्दथे । अब त्यो अवस्था रहेन । कीर्तिपुर रंगशालामा पुनर्निर्माणपछि दर्शकहरुले विभिन्न रंगीन सिटमा बसेर खेलको आनन्द लिन पाएका छन् । कीर्तिपुर रंगशालाको दर्शक क्षमता करिब १० हजार रहेको छ । यसपालि एनपिएल क्रिकेट प्रतियोगिताका बेला प्रत्येक खेलमा करिब आठ हजार टिकट बिक्री गरिँदै छ । सरकारले कीर्तिपुर क्रिकेट रंगशालालाई भविष्यमा अझ विस्तार गरी ठूलो बनाउनका लागि गुरुयोजना स्वीकृत गरिसकेको छ । गुरुयोजनाबमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । गुरुयोजनाअनुसार निर्माणपछि कीर्तिपुर रंगशालाको दर्शक क्षमता २५ हजार बनाइने लक्ष्य राखिएको छ ।
 
पहिलो खेल रातिमा 
नेपालको क्रिकेट इतिहासमा पहिलोपटक रातिको समयमा फ्लडलाइटमा खेल हुँदै छ । एनपिएल क्रिकेटका खेलहरु दिउँसो तथा रातिको समयमा सञ्चालन गरिँदै छ । कीर्तिपुर रंगशालामा छ वटा पोलमा जडान गरिएका फ्लडलाइटका टावरहरुबाट उज्यालो भएपछि नेपाल पनि अब राति पनि क्रिकेट प्रतियोगिता गर्न सक्षम भएको छ ।

४० करोड आम्दानीको लक्ष्य
यसपालि एनपिएलबाट नेपाल क्रिकेट संघ (क्यान)ले करिब ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । क्यानले आठवटा टिमसँग १० वर्षको सम्झौता गरेको छ । यसपटक ती सबै टिमबाट नौ करोड रुपैयाँ प्राप्त हुने क्यानले जनाएको छ । एनपिएलका लागि विभिन्न प्रायोजकसँग १५ करोड ४० लाख रुपैयाँको सम्झौता गरिएको छ । क्यानले नयाँ प्रयोगमा ल्याएको डिजिटल प्लेटफर्मको ओटिटीबाट पाँच करोड ३० लाख रुपैयाँ प्राप्त गर्ने छ । यसपालि घरेलु प्रसारणबाट एक करोड रुपैयाँ प्राप्त हुने छ । गत वर्ष घरेलु टेलिभिजनमा क्रिकेट प्रसारण गरिएको थिएन । यसपटक आठदेखि १२ करोड रुपैयाँ टिकट बिक्रीबाट आय हुने अनुमान गरिएको छ । 

‘म्याच–फिक्सिङ’प्रति सचेतता
गत वर्षजस्तै यो वर्ष पनि क्यानले नेपाल प्रहरीको सिआइबी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीसँग सीधै समन्वयमा रहेको एण्टी करप्सन युनिटसँग सहकार्य गरेर ‘म्याच फिक्सिङ’प्रति सचेतता अपनाएको छ । प्रतियोगितामा सहभागी रहेका आठवटै टिममा प्रहरी निरीक्षक तहको प्रहरी अधिकृत संलग्न रही खेलाडी तथा खेलसँग सम्बन्धित सबैलाई २४ घण्टा नै निगरानी गरिने व्यवस्था मिलाइएको छ । गत वर्षजस्तै यसपालि पनि मैदान तथा दर्शकदिर्घाको निरगानीका लागि छुट्टै टिम खटाइएको छ ।

आइसिसीले कुनै पनि क्रिकेट प्रतियोगिताको मूल्यांकन नै एण्टी करप्सन युनिटमार्फत गर्ने गरेको छ । क्रिकेट मैदानभन्दा बाहिर हुने गतिविधिको जिम्मेवारी लिन कठिन भए पनि मैदानभित्र गर्नुपर्ने सबै व्यवस्थापनको जिम्मेवारी आयोजकको हुन्छ । क्यानको एण्टी करप्सन युनिटले आठवटै टिममा खटिएका सुरक्षा अधिकृतलगायत सबैको दैनिक प्रतिवेदन आइसिसीमा पठाउने व्यवस्था मिलाएको छ । एनपिएल क्रिकेट प्रतियोगिताको आयोजनाको सफलताको आधारमा नै आइसिसीले नेपालमा आगामी महिलाको विश्वकप छनोट चरण आयोजनाका लागि अनुमति दिने भएको छ । एनपिएल क्रिकेट भव्यरुपमा सम्पन्न गर्नुपर्ने दायित्व क्यानका साथै सम्पूर्ण नेपालकै रहेको छ ।

नेपालमा सन् २०१० मा क्रिकेट प्रतियोगिता हुँदा ढुंगमुढा भएपछि नेपाल दुई वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट वञ्चित भएको थियो । गत वर्ष एनपिएल क्रिकेटको पहिलो दिनमै ठूलो संख्यामा दर्शकहरु कीर्तिपुर रंगशालामा उपस्थित भएपछि आयोजकहरुलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो । यसपालि नेपालमा राजनीतिक परिस्थिति परिवर्तन भएको तथा बेलाबेलामा विभिन्न आन्दोलन तथा प्रदर्शन भइरहेकाले आवश्यक सुरक्षाको प्रबन्ध मिलाउनु जरुरी छ । राति पनि खेल हुने भएपछि सुरक्षातर्फ विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ । नेपालको छवि उजिल्याउन भइरहेको महत्व‍पूर्ण प्रयासमा हातेमालो गर्नु आज सम्पूर्ण नेपालीहरुको कर्तव्य हो । एनपिएल क्रिकेट प्रतियोगिताले विश्वलाई नेपाल अब विगतको सामान्य अवस्थामै फर्किएको सन्देश दिन सफल हुने अपेक्षा गरिएको छ । रासस
 


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP