Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
विचार
  • Home
  • विचार
  • आर्थिक विकासमा सामाजिक मूल्यमान्यता र संस्थाको महत्‍व
आर्थिक विकासमा सामाजिक मूल्यमान्यता र संस्थाको महत्‍व
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ३०, २०८२
गम्भीरबहादुर हाडा

 

कुनै पनि देशको आर्थिक विकासको निर्धारक तत्‍वका रुपमा त्यस देशमा विद्यमान सामाजिक मूल्य, मान्यता र संस्थाहरु रहेका हुन्छन् । मानवीय स्वभाव, चरित्र, सोचाइ, समाजप्रतिको दृष्टिकोण, सामाजिक मूल्य र मान्यताहरु, सामाजिक, आर्थिक संघसंस्थाहरु आदिले प्रभाव पारेका हुन्छन् । सामाजिक मूल्य, मान्यता र संस्कारहरु तथा अन्य व्यवहारहरु अनुकूल भएको देशमा आर्थिक विकास तीव्ररुपले भएको पाइन्छ । 


मानिस एक सामाजिक प्राणी हो । समाजभन्दा बाहिर रहेर मानवरुपी सफल जीवन बिताउन सक्दैन र उसलाई समाजको आवश्यकता पर्छ । समाजमा बसेर सामूहिक आवश्यकताको परिपूर्ति गर्न कायम गरिएका हुन्छन् । समाजमा बसेर जिउने तरिका, प्रथा र आचार विचार निर्धारण गरिएका हुन्छन् । यिनैलाई सामाजिक मूल्य, मान्यता र संस्थाहरु भनिन्छ । जसले मानवको धारणा, सोचाइ र मनस्थितिमा परिवर्तन ल्याइदिन्छ ।

कुनै पनि देशको आर्थिक विकासको निर्धारक तत्‍वका रुपमा त्यस देशमा विद्यमान सामाजिक मूल्य, मान्यता र संस्थाहरु रहेका हुन्छन् । मानवीय स्वभाव, चरित्र, सोचाइ, समाजप्रतिको दृष्टिकोण, सामाजिक मूल्य र मान्यताहरु, सामाजिक, आर्थिक संघसंस्थाहरु आदिले प्रभाव पारेका हुन्छन् । सामाजिक मूल्य, मान्यता र संस्कारहरु तथा अन्य व्यवहारहरु अनुकूल भएको देशमा आर्थिक विकास तीव्ररुपले भएको पाइन्छ । विकसित मुलुकहरुमा अनुकूल किसिमका परम्परा तथा व्यवहारहरु भएको हुँदा आर्थिक विकासको दर उच्च हुन गएको छ भने विकासोन्मुख मुलुकहरुमा विकासका लागि प्रतिकूल धार्मिक तथा सांस्कृतिक मूल्य र मान्यताहरु विद्यमान रहेको कारण विकासले गति लिन सकेको छैन ।

Hardik health

विकसित राष्ट्रहरुले समय र परिस्थितिअनुरुप विद्यमान मूल्य र मान्यताहरुमा परिवर्तन गर्दै लगे । विकासमा बाधा पु¥याउनेखालका संस्कारहरुलाई समाजबाट हटाइदिए । जसले गर्दा विकसित राष्ट्रको सवालमा धार्मिक परम्परा र संस्थाहरुले आर्थिक विकासमा सकारात्मक भूमिका निर्वाह गरेको पाइन्छ । तर विकासोन्मुख राष्ट्रहरुले पुरानो परम्परालाई समयानुकूल बनाउन सकेनन् ।

कुनै पनि देशको आर्थिक विकास र त्यस देशका सामाजिक, आर्थिक, राजनीतिक र वैधानिक संस्थाहरुबीच घनिष्ट सम्बन्ध हुन्छ । विश्वको आर्थिक विकासको अध्ययनबाट थाहा हुन्छ कि सामाजिक र आर्थिक संस्थाहरुका सम्बन्धित देशको आर्थिक विकासमा महत्‍वपूर्ण योगदान रहेको छ । कार्लमाक्सले पनि आर्थिक विकासमा सामाजिक र आर्थिक दृष्टिकोणको महत्‍‍वलाई स्वीकार गरेको छ ।

अनुकूल सामाजिक वातावरणले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्‍याउँछ । रोस्टोको मतअनुसार विज्ञानको प्रगति गर्ने, विज्ञानलाई आर्थिक उद्देश्यका लागि प्रयोग गर्ने नवप्रवर्तन स्वीकार गर्ने, भौतिक उन्नति चाहने, उपभोग प्रवृत्ति, बच्चा जन्माउने प्रवृत्ति आदि राजनीतिक तथा सांस्कृतिक तŒवहरुमा समुदायका प्रवृत्तिहरु निर्भर गर्दछन् । समाजद्वारा स्वीकृत साधन, तरिका, प्रथा तथा पद्धतिलाई संस्था भनिन्छ । संस्थाद्वारा सामूहिक उद्देश्य पूर्ति हुन्छ ।

सामाजिक मूल्य, मान्यताहरुमा अनुकूल भएको देशमा द्रुततर गतिमा आर्थिक विकास भएको पाइएको छ । आधुनिक आर्थिक वृद्धिलाई सामाजिक तथा धार्मिक, सांस्कृतिक परम्पराहरुले ठूलो प्रेरणा दिएको थियो । पाश्चात्य समाजमा भौतिकवादी दृष्टिकोण, व्यक्तिगत स्वतन्त्रता भएको व्यक्तिवाद उद्यमशीलताको विकास, विवेकशीलताको गुणहरु पाइन्छन् । नेपालजस्तो अल्पविकसित देशमा विकासका लागि प्रतिकूल धार्मिक र सांस्कृतिक मान्यताहरु विद्यमान छन् ।

प्रा. वरमन ज्याकोब्सले सामाजिक र आर्थिक संस्थाहरुको विश्लेषणको सन्दर्भमा चीन र जापानको आर्थिक विकासका कारणहरुको तुलनात्मक अध्ययन गर्दै बताएका छन् कि आजको आधुनिक जापान निःसन्देह आफ्नो उपयुक्त सामाजिक ढाँचा र अनुकूल वातावरणको परिणाम हो जबकि यसको विपरीत चीनको विकास क्षमतालाई यी संस्थाहरुले सीमित बनाएको छ । वास्तवमा मानिसको चरित्र, स्वभाव, दृष्टिकोण र मनोवृत्ति सामाजिक मूल्य र मान्यता, सामाजिक र आर्थिक संस्थाहरुले कुनै पनि देशको आर्थिक विकासमा ठूलो प्रभाव पार्छ । विकासशील देशहरुमा यी सामाजिक मूल्य र मान्यता तथा सामाजिक संस्थाहरुको अझै बढी महत्‍व छ । 

संयुक्त राष्ट्रसंघ (युएनओ) को एक प्रतिवेदनअनुसार ‘उपयुक्त वातावरणको अभावमा आर्थिक प्रगति हुँदैन । देशका जनताले प्रगतिको चाहना गर्नुपर्दछ र सोही अनुकूल उनीहरुको सामाजिक आर्थिक, कानुनी तथा राजनीतिक संस्थाहरु हुनुपर्दछ । 
नेपालजस्तो अल्पविकसित देशमा सामाजिक संस्थाहरुले विकासको बाटोमा अवरोध पनि उत्पन्न गरेको छ । मानिसहरु परम्परागत रीतिरिवाजबाट बढी प्रभावित छन् । परम्परागत धर्म र संस्कार आदिले मानिसलाई बचत तथा लगानी गर्न प्रोत्साहित गर्दैन । संयुक्त परिवार प्रणाली भएकोले आर्थिक निर्णय पनि स्वतन्त्ररुपमा हुँदैन । जाति प्रथा, पर्दा प्रथा, संयुक्त परिवार प्रथाले श्रमको गतिशीलता कम गरेको छ । अल्पविकसित देशको सामाजिक मूल्य तथा मान्यताहरुको विकास प्रक्रियामा बाधा परेको पाइन्छ । 

मम दिय डियाको धारणाअनुसार जापान, कोरिया तथा ताइवानजस्ता देशले आफ्ना अनुपम राष्ट्रिय विशेषतालाई कायम गरेर वा स्थानीय रीतिरिवाज, सांस्कृतिक वा परम्परागत मूल्यहरुलाई तिरस्कार नगरीकनै उच्चस्तरको आधुनिक उत्पादन तथा उच्चस्तरको प्रविधि हासिल गर्नुका साथै आधुनिकीकरण गर्न सफल भएका छन् । डियाको भनाइअनुसार ‘परम्परागत मूल्यहरुलाई आर्थिक दक्षता तथा सञ्चयसँग मिलाउनु र प्रभावकारी आन्तरिक व्यवस्थापन अभ्यासनको निर्माण गर्नु आर्थिक किवासका लागि महत्‍वपूर्ण छ । 

म्याक्स वेबरको विचारमा प्रोटेस्टेन्ट धर्मले पश्चिमी देशहरुको आर्थिक विकासमा सार्थक सिद्ध भएको छ । यसको विपरीत चीनमा कन्फ्युसियस धर्मले सादा जीवनमा बढी बल दिएर आर्थिक विकासलाई बाधा पार्‍यो । भारतमा धर्म आर्थिक विकासको मार्गमा बाधक र सहायक दुवै रहेको छ । साधनको रुपमा भारतीय धर्ममा दरिद्रतालाई पाप सम्झेर मानिसलाई कठिन परिश्रम गर्न प्रेरित गर्‍यो । बाधकको रुपमा यसले भौतिक सुख र सम्पन्नताको स्थानमा आध्यात्मिक उन्नति सादा जीवन उच्च विचार अहिंसा धरमोधर्म आदिमा बढी बल दिएको छ, जसले उत्पादन, उपभोग र विनियोगमा खराब प्रभाव पारेको छ ।

डब्लुडब्लु रोस्तोले उल्लेख गरेअनुसार देशको आर्थिक विकासका क्रममा समुदायको प्रवृत्तिको रुपमा अनुकूल सामाजिक वातावरणको निम्नलिखित महत्‍व रहेको हुन्छ– (१) आधारभूत विज्ञानको विकास गर्ने प्रवृत्ति, (२) आर्थिक साध्यमा वैज्ञानिक नियम लागू गर्ने प्रवृत्ति, (३) नवप्रवर्तनको प्रक्रियालाई स्वीकार गर्ने प्रवृत्ति, (४) भौतिक उन्नतिको खोजी गर्ने प्रवृत्ति, (५) उपभोग गर्ने प्रवृत्ति र (६) बच्चा जन्माउने प्रवृत्ति

विकासोन्मुख देशहरुमा विभिन्न जनजातिहरुमा विभाजन भएका हुन्छन् । जस्तैः बाहुन, क्षेत्री, नेवार, मगर, हिन्दू, मुसलमान, सिख, मगर, गुरुङ, दमाई, कामी आदि । यस प्रथाले अनेक रुढीवादी संस्कार र बन्धनलाई जन्म दिन्छ । अर्को समान स्थिति भएको सामाजिक मान्छेहरुको समग्रलाई सामाजिक वर्ग भन्ने गरिन्छ । सामाजिक वर्ग भनेको एएटा सिंगो समाजभित्रका समान धन, इज्जत, शक्ति, अधिकार भएका व्यक्रिहरुको समूह हो । वर्ग त्यस्तो सामाजिक अवधारणा हो जसले समाजभित्रको एक समूहलाई आर्थिक, राजनीतिक, सामाजिक आदि पक्षको आधारमा अर्को समूहबाट पृथक गराउँछ । जस्तो कृषक विद्यार्थी, शिक्षक, व्यापारी, कालिगढ, नकर्मी, सिकर्मी, डकर्मी, धनी, गरिब, पुँजीपति, सर्वहारा, मजदुर आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

समाजमा तीन वर्ग कायम रहेका छन्– उच्च वर्ग, मध्यम वर्ग, निम्न र तल्लो वर्ग । कुनै पनि समाजमा निश्चितरुपमा उच्च वर्गको सर्वांगीण क्षेत्रमा प्रभुत्व कायम रहेको हुन्छ । उत्पादनका साधन र उत्पादनका प्राप्त मुनाफाको ठूलो हिस्सा हडप्ने, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि क्षेत्रबाट अधिकतम् लाभान्वित यही उच्च वर्ग भएको हुन्छ । राष्ट्र समाजका हरेक पक्षहरुमा निर्णय निर्माण गर्ने प्रक्रियामासमेत यही वर्गको एकलौटी प्रभुत्व रहेको हुन्छ ।

नेपाली समाजको वर्गीय स्वरुपको बीचको स्थानमा रहने वर्ग मध्यम वर्ग हो । बीचमा झुण्डिएर रहेको तल खस्किन पनि नसक्ने र नरुचाउने र माथि उक्लन नपाउने वर्ग रहेका हुन्छन् । सामाजिक भर्‍याङरुपी वर्गी संरचनाको तल पिँधमा रहने वर्ग निम्न र तल्लो वर्ग हो । यो आफ्नो श्रम बेचेर जीविकोपार्जन गर्ने बढी शोषित वर्ग हो । अत्यन्तै न्यून मात्रामा जग्गा भएका दुई–तीन महिनामात्र आफ्नो जग्गाको आयस्थाबाट खान पुग्ने बाँकी अर्काको निम्ति काम गरिदिने र परिवारको आकारले पनि आर्थिक विकासलाई प्रोत्साहित गर्दछ ।

व्यक्तिवादी भावना प्रबल हुनुका कारण विकसित राष्ट्रहरुमा परिवारको आकार सानो हुन्छ । तर अल्पविकसित राष्ट्रहरुमा खास गरेर भारत तथा नेपालमा ठूलो आकारको परिवार पाउन सकिन्छ । जसलाई संयुक्त परिवार भनिन्छ । जब परिवारको सदस्य तथा उसको श्रीमती र बच्चाहरु मिलेर एकै ठाउँमा बस्दछ भने त्यस्तो व्यवस्थालाई संयुक्त परिवार प्रणाली भनिन्छ । परिवारको सबैभन्दा ज्येष्ठ सदस्य परिवारको प्रमुख हर्ताकर्ता हुने र अरु सबै सदस्य उसैको रेखदेखमा रहन्छन् । संयुक्त परिवार प्रणालीमा काम गर्न अशक्त सदस्यकोसमेत उचित लालन पालन हुन सक्ने भएकाले सामाजिक कल्याणमा वृद्धि आउने हुन्छ । सामाजिक कल्याणका दृष्टिबाट यो प्रणाली अत्यन्तै उचित ठहरिए पनि बचत, पुँजी निर्माण, उत्पादन र आर्थिक विकासका दृष्टिबाट यस प्रथालाई प्रतिकूल मानिन्छ । 

नेपाल जस्तो अविकसित देशमा बाबुको मृत्युपश्चात् उसको सम्पत्ति छोराहरुमा समानरुपले बाँडिन्छ । हाल छोरीहरुमा पनि भाग त लाग्ने प्रचलन देखिन्छ । विकासशील देशमा यो प्रथा एउटा प्रमुख सामाजिक मूल्य र संस्थाको रुपमा रहेको छ । उत्तराधिकारको नियमले समाजमा आर्थिक सुरक्षा, धनको समान वितरण र बचत प्रवृत्तिलाई कायम राख्छ । तर यस प्रथाले भूमिको उपविभाजन, पुँजी सञ्चयमा कठिनाइ र उद्यमशीलताको अभावजस्ता समस्याहरुलाई जन्म दिन्छ ।

अल्पविकसित देशहरुमा विभिन्न किसिमको धार्मिक परम्परा, रीतिरिवाज पाइन्छ । समाज हिन्दू, मुसलमान, बौद्ध, क्रिश्चियन आदि समुदायमा बाँडिएको हुन्छ र यिनीहरुबीच समय समयमा धार्मिक अशान्ति, दंगा उत्पन्न हुन्छ र अर्थतन्त्रमा नराम्रो असर पर्दछ । जातीय भेदभाव, छुवाछूत आदिले गर्दा साम्प्रदायिक भावना प्रबल हुन्छ र श्रमको राम्रो सदुपयोग हुन पाउँदैन । मानिसमा भाग्यवादी दृष्टिकोण भएको पाइन्छ । विकासशील देशमा धर्म प्रेरकको रुपमा नभई अदृश्य संरक्षकको रुपमा रहेको छ । व्यवसायको छनोट गर्दा पनि धार्मिक बन्धन अगाडि आउने गर्दछ । विकासशील देशहरुमा विभिन्न प्रकारका धार्मिक रीतिरिवाज परम्परा र चालचलनहरु प्रचलित रहेका हुन्छन् । कतिपय परम्परागत धार्मिक रीतिरिवाजहरु आर्थिक विकासको मार्गमा अवरोधपूर्ण रही आएका छन् ।

 


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप विचार
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड बुधबार, मंसिर १७, २०८२
न्यायको खोजीमा भेनेजुएला ! 
न्यायको खोजीमा भेनेजुएला !  मंगलबार, मंसिर १६, २०८२
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? 
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?  आइतबार, मंसिर १४, २०८२
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द शुक्रबार, मंसिर १२, २०८२
कीर्तिपुरको न्हेगाँ जात्रा
कीर्तिपुरको न्हेगाँ जात्रा शुक्रबार, मंसिर १२, २०८२
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास मंगलबार, मंसिर ९, २०८२
सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति !  मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP