Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
विचार
  • Home
  • विचार
  • टोखाको चाकु ‘ब्राण्डिङ’ अभियान
टोखाको चाकु ‘ब्राण्डिङ’ अभियान
पदम श्रेष्ठ
पदम श्रेष्ठ बिहीबार, माघ २५, २०८०

हाल १३ वटा चाकु उत्पादन केन्द्रमार्फत टोखाको चाकुको इतिहासलाई बचाउँदै आइरहेको भए पनि स्थानीय उखुको नश्लको अस्तित्व नाश हुने खतरा बढेपछि मौलिक उखुको नश्ल बचाउने अभियान थालिएको छ । भनिन्छ, पुराना बूढापाकामार्फत उखुको निगालो नश्लको उखुको बेर्ना संकलन गरी आफ्नै जग्गामा सार्न थालिएको छ । त्यो उखुबाट खुदो निकालेर नमूना चाकु उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको कृष्णबहादुर स्पष्ट पार्छन् । पुरानो प्रविधिबाट उत्पादन हुने चाकु स्तरीय र अर्गानिक हुनेसमेत विश्वास गर्न सकिन्छ ।

चाकु विशेषगरी काठमाडौं उपत्यकामा माघे संक्रान्ति र योमरी पूर्णिमाको बेलामा मात्र खाइन्छ भन्ने भ्रम पाइन्छ तर नेवार समाजमा जन्मदेखि मृत्युपर्यन्त प्रत्येक कर्मकाण्ड संस्कारमा चाकु अनिवार्य चाहिन्छ भन्ने कुरालाई थोरैले मात्र ध्यान दिइरहेका हुन्छन् ।

टोखा चाकु ‘ब्राण्डिङ’का अभियन्ता उद्यमी कृष्णबहादुर श्रेष्ठ भन्छन्– चाकु नेवार जीवनको हरेक अवसरमा नभई नहुने परिकार हो । नेवार समाजमा सन्तान जन्मिए माइतीपक्षले मासु चिउराको परिकार ज्वानोकासाथ चाकु अनिवार्य लानुपर्ने परम्परा छ भने मानिसको मृत्यु भई सद्गत सिध्याएर घर फर्किंदा मलामीहरुलाई चिपँ थिकेगु भन्दै चिउरा, नुन, रक्सीका साथ चाकु खुवाइन्छ ।

विवाहमा कुरा छिनेर लाखा रोटी लाँदा सगुनस्वरुप चाकु पनि लैजाने चलन छ । चाकु स्वस्थानी व्रत कथादेखि सत्यनारायणको पूजामा पनि शुद्ध खान्कीको रुपमा अनिवार्य मानिन्छ । यसका अलावा चाकु हाइकिङ, ट्रेकिङ जाँदा पनि खाएर हिँड्दा लेक लाग्दैन भन्ने मान्यता छ ।

यति धेरै महत्व बोकेको चाकु उत्पादन क्रम झण्डै टोखाबाट विस्थापित भइसकेको थियो, एक समय । चाकुको केन्द्र टोखा भनिएता पनि उखु उत्पादन हुन छाड्दै जानु, कामदारको अभाव, चाकुमा लाग्ने खर्च उठाउन नसक्ने स्थितिमा व्यवसायीहरु पुगेपछि झण्डै बन्द अवस्थामा पुगिसकेको थियो । सो स्थितिलाई ध्यानमा राखी स्थानीय कृष्णबहादुरसहितले संगठित रुपमा नै चाकु उत्पादन थाले ।

आप्mनै अध्यक्षतामा गठित टोखामा सञ्चालित चाकु उत्पादन केन्द्रका लागि आवश्यक उखुको रसबाट बनेको सख्खर कहाँबाट ल्याउने भन्ने भयो । टोखामा उखु उत्पादन हुन छोडिसकेकोले आवश्यक सख्खर सुरुमा कालिमाटी, असनबाट ल्याएर बनाइन्थ्यो चाकु । तर पछि झण्डै बन्द भइसकेको चाकु उत्पादनलाई बजारको अध्ययन गर्दा थुप्रै माग भएपछि संगठित रुपमा उद्योग स्थापना थालियो । हाल टोखामा संगठित चाकु उत्पादकहरुमा कृष्ण चाकु प्रोडक्सन, काशीलाल चाकु प्रोडक्सन, टोखा चाकु प्रोडक्सन, टोखा चाकु उद्योग, फोर.एस.चाकु उद्योग, बाबुराजा चाकु प्रोडक्सन, अमर चाकु उद्योग, न्हुछे चाकु तथा तितौरा, गंगा चाकु प्रोडक्ट, सरोज टोखा चाकु लक्ष्मीपुर, टोखा भाइलाल चाकु केन्द्र, टोखा चाकु खाद उद्योगले मिलेर अन्तर्राष्ट्रिय ब्राण्ड पनि उत्पादन गर्न थालेको बताउँछन् कृष्णबहादुर । यसका लागि आवश्यक सख्खर कपिलवस्तुको धुनिबेसी, नवलपरासीको कृष्णनगरबाट ल्याउन थालेपछि टोखामा चाकुले पुनर्जागृत हुन पाएको छ ।

विश्वकै छुट्टै मिठाइ चाकु
टोखामा कात्तिक महिनादेखि चाकु उत्पादन थालिन्छ । अन्य परिकारहरु पुष्टकारी, गुँदपाक, तिलौरी, लत्तेपा आदिका परिकार नेपालमा नै प्रयोग हुने र कतिपय चाकुका परिकार भारत, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, जापानसम्म पुग्ने गरेको बताउँछन् चाकु प्रवद्र्धक कृष्णबहादुर । भनिन्छ, जंगबहादुर राणा बेलायत जाँदा नेपाली उत्पादन उपहार चाकुका परिकार लगिएको थियो । राणाकालदेखि नै देश विदेशसम्म उपहारको रुपमा लैजाने चाकुको परिकारको उत्पादन कम तर माग बढी भएपछि टोखाबाहिरबाट ल्याइएको उखुको सख्खर व्यापकरुपमा भित्रिन थाल्यो भने सजिलोका रुपमा सस्तो उखुको खुदो तराईबाट भित्रिन थालेपछि टोखा क्षेत्रमा नै उत्पादन हुने निगालो जातको मसिनो उखुको उत्पादन ठप्प प्रायः हुन पुगेको अवस्था थियो ।

टोखाको चाकु पहिचान जोगाउने प्रयास 
परम्परागत निगालो जातको मसिनोखाले उखुको लाक्रा टोखाको मुख्य पहिचानमुखी उखु मानिन्छ । टोखाको उखुलाई पहिचान दिनुपर्दा हातको बूढी औंलाजस्तो उखुको लाक्रा हुने गरेको बताइन्छ । वि.सं. २०१६ सालसम्म यहीँको उखुले चाकु बनाएर टोखाको प्राचीन उखुको अस्तित्वलाई संरक्षण गर्दै आइरहेका थिए, यहाँका पुर्खाले । तर टोखाको चाकुले अस्तित्व नै ओरालो लाग्दै जान थालेको अनुभूति भएपछि कृष्णबहादुरको नेतृत्वमा २०३६ सालमा बनेको समिति र केही स्थानीय युवाहरुले पनि पुरानै उखुको बेर्नालाई जगाउने अभियान थालेका हुन् ।

हाल १३ वटा चाकु उत्पादन केन्द्रमार्फत टोखाको चाकुको इतिहासलाई बचाउँदै आइरहेको भए पनि स्थानीय उखुको नश्लको अस्तित्व नाश हुने खतरा बढेपछि मौलिक उखुको नश्ल बचाउने अभियान थालिएको छ । भनिन्छ, पुराना बूढापाकामार्फत उखुको निगालो नश्लको उखुको बेर्ना संकलन गरी आफ्नै जग्गामा सार्न थालिएको छ । त्यो उखुबाट खुदो निकालेर नमूना चाकु उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको कृष्णबहादुर स्पष्ट पार्छन् । पुरानो प्रविधिबाट उत्पादन हुने चाकु स्तरीय र अर्गानिक हुनेसमेत विश्वास गर्न सकिन्छ ।

२०६२ कात्तिक २२ गते कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता गरी गुणस्तर नापजाँच कार्यालयबाट समेत प्रमाणपत्र लिई टोखा चाकु ब्राण्ड बनाउँदा थुप्रै कानुनी तथा सरकारी झमेलाहरु पार गर्नु परेको अनुभव सुनाउँछन् कृष्णबहादुर । रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको चार वर्षपछि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको पहलमा २९ इञ्चको उखु पकाउने डेक्ची, प्याकिङ गर्ने मेसिन र चाकु पकाउन दाउरा दिएर परम्परागत चाकु उत्पादनमा सहयोग थालनी भएपछि भने चाकु उत्पादक उद्यमीहरुमा केही आशा पलाएको बताइन्छ । त्यसपछि चाकु उत्पादक उद्यमीहरुको बारेमा लेखिएको स्मारिका प्रकाशनलाई एक लाख ५० हजार रुपैयाँ सहयोग भयो भने चाकु उत्पादनका लागि स्तरीय उखु पाउने ठाउँ कपिलवस्तुको कृष्णनगर र गुल्मीको छत्रवास गाउँपालिका भ्रमणका लागि २०८० मंसिर १४ गते दुई लाख ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएर उखु किसान र उद्यमीको कार्यमा ऐक्यबद्धता जनाएपछि नयाँ–नयाँ चाकुका परिकारहरु उत्पादन हुन थालिएको छ ।

चाकु नेवार जीवनको अभिन्न संस्कृति 
टोखाया चाकु, मचा बुल हाकु योमरी माकु अर्थात् ‘टोखाको चाकु बच्चा जन्मियो काले योमरी स्वादिलो’ बोलको गीत ख्याली जुजु मदनकृष्ण श्रेष्ठले गाएजस्तै नेवार जीवनका हरेक पक्षमा चाकु अनिवार्य मानिन्छ ।


योमरी चाकु उकि दुने हाकु 
व्युम्ह ल्यासे मव्युम्ह बूढीकुटी 

तिहारमा देउसीभैलो खेलेजस्तै चाकु तिलले तरिकासँग बनाएर मःमः बफाएर पकाएजस्तै पकाएर खाने, खुवाउनेदेखि प्रत्येक वर्ष माघे संक्रान्तिका दिन घिउ चाकु खाइन्छ । चाकुको परिकार खानाले शरीरमा ताप बढेर चिसो लाग्नबाट बचाउँछ भन्ने मान्यताअनुसार देशमा सर्वाधिक जाडो महिनामा पर्ने पुस–माघ महिनामा पर्ने माघे संक्रान्ति र योमरी पूर्णिमाकै बेला चाकुको परिकार खाने खुवाउने परम्परा रहेको हो ।

चाकु एक, परिकार अनेक 
मूलतः चाकु उत्पादनको कच्चापदार्थ उखु एक भए पनि चाकु बनाउने पहिलो सामग्री उखु पेलेर पकाएर बनाउने सख्खर नै हो । त्यही सख्खर विभिन्न तरिकाले छानेर छुट्ट्याएर राम्रो पहेँलो असल सख्खरबाट चाकु बनाइन्छ । त्यही चाकुबाट विभिन्न पाक मिलाएर गुँदपाक, पुस्टकारी, तितौरी, सुत्केरी औषधि फाकु वासः आदि बनाइन्छ । तराईमा सख्खरको प्रयोग गरी गोलफुकीबाट लाई, तीलको लड्डु, मुराई लड्डु आदि बनाइन्छ । त्यही चाकु वा सख्खरको छोकर प्रयोग गरी तमाखु खानदेखि पूजामा सर्वत बनाउनसम्म प्रयोग गरिन्छ ।

चाकु र चाकुका परिकारहरु चिसोबाट बच्न खाइन्छ भने खीर बनाउँदा वा सातुसँग खाएमा चिनीको केमिकलबाट पर्ने कुप्रभाव शरीरमा पर्दैन भन्ने मान्यता पनि रहेको छ । चकुबाट गँुदपाक, पुस्टकारी, सुत्केरीलाई खुवाउन बनाइने चाकु वासः, तितौरी, लत्तेपादेखि अनेक परिकार बनाइन्छ ।

ट्रेकिङ, हाइकिङ यात्रामा चाकुको परिकार खाँदै हिँड्दा हाईअल्टिच्युड लाग्दैन भन्ने मान्यता पाइन्छ । त्यसैले जनैपूर्णिमाको बेला गोसाइँकुण्ड वा पाँचपोखरीको यात्रामा जानेहरुले लसुन, प्याज र चाकु लिएर जाने गर्दछन् । चाकु यतिसम्म ताप वृद्धि गर्ने हुन्छ कि जाडोमा चाकु खाएर नुहाउँदा चिसो लाग्दैन भन्ने मान्यता छ । चाकुमा भएको लेसाइलोपनको कारण प्राचीन दरबार बनाउँदा चाकु, मासको दाल, सुर्की मिसाएर इँटा जोड्ने मसला बनाइन्थ्यो भन्ने पनि छ ।

चाकु उत्पादनको हव 
चाकुको तात्विक अर्थ गुलियो टुक्रा हुन्छ । नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यका वरिपरिका ऐतिहासिक बस्तीहरु फर्पिङको नास्पाती, खोकनाको तेल, भक्तपुरको जुजु धौ, मध्यपुर ठिमीको टिकनी बजी अर्थात् चिउरा, सिन्धुलीको जुनार, गोर्खाको सुन्तला, ककनीको ट्राउट माछा र स्ट्राबेरी, मलेखुको माछा भनिएझैं गुलियो टुक्रा अर्थात् चाकु उत्पादनको पहिचान बनाएको ऐतिहासिक बस्ती हो, टोखा ।

नेपाल भाषामा टु भन्नाले उखु र ख्यो ले चउर भन्ने बुझिन्छ । उखु उत्पादन हुने विशाल फाँटलाई समास गर्दा टु ख्यो नै कालान्तरमा टोखा हुन गएको हो । काठमाडौंबाट १० किलोमिटर उत्तर शिफुचो ( शिवपुरी ८,९६२ फिट) को काखमा अवस्थित टोखा चाकु उत्पादन केन्द्र हो ।
 


प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विचार
आरोग्य पर्यटनः गन्तव्य नेपाल
आरोग्य पर्यटनः गन्तव्य नेपाल आइतबार, असार १, २०८२
कडा डेंगुको क्रम बढ्दो
कडा डेंगुको क्रम बढ्दो शुक्रबार, जेठ ३०, २०८२
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू बिहीबार, जेठ २९, २०८२
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र बुधबार, जेठ २८, २०८२
अख्तियारको पासो ?
अख्तियारको पासो ? मंगलबार, जेठ २७, २०८२
व्यवस्था परिवर्तनले के हुन्छ ?
व्यवस्था परिवर्तनले के हुन्छ ? मंगलबार, जेठ २०, २०८२
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा शुक्रबार, जेठ १६, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP