Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • काठमाडौंबाटै सेटिङ, भारत युएई हुँदै रुस
रुसी सेनामा नेपाली  काठमाडौंबाटै सेटिङ, भारत युएई हुँदै रुस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २१, २०८०

काठमाडौं– नेपाली युवालाई आकर्षक आम्दानीको प्रलोभन देखाएर ‘भिजिट भिसा’मा भारत तथा युएईको बाटो प्रयोग गरी सेनामा भर्ती गराउन रुस पु¥याउने गरेको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जनालाई पक्राउ गरी लिएकोे प्रारम्भिक बयानका आधारमा उनीहरुलाई भारत तथा यूएई हुँदै रुस पु¥याउने गरेको खुलासा भएको हो । 

रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको घटनापछि उनीहरुलाई रुस पठाउने गिरोहको खोजीमा लागेको प्रहरीले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट १२ जना पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौं घर भएका सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौं– १६ घर भएका रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी र  सिराहा घर भएका १९ वर्षीय दिपेन परियार छन् ।

त्यस्तै काभ्रे घर भएका सुवास लामा, चितवन घर भएका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुंगा घर भई गोकर्णेश्वर बस्ने सुजता दाहाल, लमजुङ घर भएका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगरपालिका घर भएका ३८ वर्षीय द्रोणा डाँगी रहेका छन् । 

प्रारम्भिक अनुसन्धान तथा सोधपुछबाट नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर रुसी सेनामा भर्ती हुन पठाउने गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । उनका अनुसार रुसी सेनामा भर्ती गराइदिने भन्दै गिरोहले प्रतिव्यक्ति सात लाखदेखि २० लाख रुपैयाँसम्म लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ गरिएको गिरोहमा दुई समूह रहेको प्रहरीले जनाएको छ । एउटा समूहको नेतृत्व सुजता दाहाल र गोकर्ण अर्यालले गरेको र अर्को समूहको नेतृत्व हरिबहादुर विश्वकर्मा र ईश्वर अधिकारीले गरेको बताइएको छ ।  

Hardik health

नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ । रुसबाट इन्भाइट लेटर र भिजिट भिसा उपलब्ध गराएबापत गिरोहका मुख्य सदस्य हरिबहादुर विश्वकर्माले एक हजार ८५० अमेरिकी डलर पठाउने गरेको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै एसएसपी खत्रीका अनुसार ‘सेटिङ र टिकेटिङ’को लागि नेपालबाट शोभराजलाई २ लाख भारतीय रुपैयाँ पठाएको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले नेपाली युवालाई रुसी सेनामा भर्ती हुन पठाउने गिरोहको साथबाट २७ लाख ६० हजार रुपैयाँ नगद र ४३ थान पासपोर्टसमेत बरामद गरेको जनाएको छ । 

युक्रेनसँग युद्ध लडिरहेको रुसले विदेशी नागरिकलाई पनि सेनामा भर्ती खोलेपछि विभिन्न माध्यमबाट नेपालीहरु रुस पुगेको बताइन्छ । रुसी सेनामा भर्ती भएका केही नेपालीहरुले सामाजिक सञ्जाल टिकटकमा भिडियो हालेपछि रुसी सेनामा नेपाली पनि भर्ती भएको खुलेको थियो । यसरी रुसी सेनामा भर्ती हुनेमा पूर्व प्रहरी, सेनादेखि सुरक्षागार्डका रुपमा काम गरिसकेका नेपालीहरु रहेको प्रहरीले उल्लेख गरेको छ । यद्यपि, कति नेपाली रुसी सेनमा भर्ती हुन पुगे भन्ने यकिन तथ्यांक नभएको प्रहरीले उल्लेख गरेको छ । 

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएपछि रुसी सेनामा रहेका नेपालीलाई फर्काइदिन सरकारले कुटनीतिक नोटसमेत पठाएको छ । रुसी सेनामा नेपालीलाई भर्ती गराउने नेपाल सरकारको नीति नभएपनि विभिन्न गिरोहमार्फत अवैध बाटो हुँदै त्यहाँ लैजाने गरेको निष्कर्ष निकाल्दै प्रहरीले यसमा संलग्नहरुको थप खोजी र अनुसन्धान जारी राख्ने बताएको छ । 

औपचारिक माध्यमबाट विप्रेषण पठाउन आग्रह
वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न सचेत गराएको छ । 

यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमूक व्यक्तिले म तपाईंले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैरकानुनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । पछिल्लो समय ‘साइबर’जन्य ठगी गर्ने गिरोह बढी नै सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा अश्वासनमा नपरी, ठगी हुनबाट जोगिन पनि प्रहरीले आग्रह गरेको छ ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP