Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • काठमाडौंबाटै सेटिङ, भारत युएई हुँदै रुस
रुसी सेनामा नेपाली  काठमाडौंबाटै सेटिङ, भारत युएई हुँदै रुस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २१, २०८०

काठमाडौं– नेपाली युवालाई आकर्षक आम्दानीको प्रलोभन देखाएर ‘भिजिट भिसा’मा भारत तथा युएईको बाटो प्रयोग गरी सेनामा भर्ती गराउन रुस पु¥याउने गरेको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जनालाई पक्राउ गरी लिएकोे प्रारम्भिक बयानका आधारमा उनीहरुलाई भारत तथा यूएई हुँदै रुस पु¥याउने गरेको खुलासा भएको हो । 

रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको घटनापछि उनीहरुलाई रुस पठाउने गिरोहको खोजीमा लागेको प्रहरीले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट १२ जना पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौं घर भएका सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौं– १६ घर भएका रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी र  सिराहा घर भएका १९ वर्षीय दिपेन परियार छन् ।

त्यस्तै काभ्रे घर भएका सुवास लामा, चितवन घर भएका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुंगा घर भई गोकर्णेश्वर बस्ने सुजता दाहाल, लमजुङ घर भएका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगरपालिका घर भएका ३८ वर्षीय द्रोणा डाँगी रहेका छन् । 

प्रारम्भिक अनुसन्धान तथा सोधपुछबाट नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर रुसी सेनामा भर्ती हुन पठाउने गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । उनका अनुसार रुसी सेनामा भर्ती गराइदिने भन्दै गिरोहले प्रतिव्यक्ति सात लाखदेखि २० लाख रुपैयाँसम्म लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ गरिएको गिरोहमा दुई समूह रहेको प्रहरीले जनाएको छ । एउटा समूहको नेतृत्व सुजता दाहाल र गोकर्ण अर्यालले गरेको र अर्को समूहको नेतृत्व हरिबहादुर विश्वकर्मा र ईश्वर अधिकारीले गरेको बताइएको छ ।  

Sonam Lhosar
Hardik health

नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ । रुसबाट इन्भाइट लेटर र भिजिट भिसा उपलब्ध गराएबापत गिरोहका मुख्य सदस्य हरिबहादुर विश्वकर्माले एक हजार ८५० अमेरिकी डलर पठाउने गरेको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै एसएसपी खत्रीका अनुसार ‘सेटिङ र टिकेटिङ’को लागि नेपालबाट शोभराजलाई २ लाख भारतीय रुपैयाँ पठाएको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले नेपाली युवालाई रुसी सेनामा भर्ती हुन पठाउने गिरोहको साथबाट २७ लाख ६० हजार रुपैयाँ नगद र ४३ थान पासपोर्टसमेत बरामद गरेको जनाएको छ । 

युक्रेनसँग युद्ध लडिरहेको रुसले विदेशी नागरिकलाई पनि सेनामा भर्ती खोलेपछि विभिन्न माध्यमबाट नेपालीहरु रुस पुगेको बताइन्छ । रुसी सेनामा भर्ती भएका केही नेपालीहरुले सामाजिक सञ्जाल टिकटकमा भिडियो हालेपछि रुसी सेनामा नेपाली पनि भर्ती भएको खुलेको थियो । यसरी रुसी सेनामा भर्ती हुनेमा पूर्व प्रहरी, सेनादेखि सुरक्षागार्डका रुपमा काम गरिसकेका नेपालीहरु रहेको प्रहरीले उल्लेख गरेको छ । यद्यपि, कति नेपाली रुसी सेनमा भर्ती हुन पुगे भन्ने यकिन तथ्यांक नभएको प्रहरीले उल्लेख गरेको छ । 

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएपछि रुसी सेनामा रहेका नेपालीलाई फर्काइदिन सरकारले कुटनीतिक नोटसमेत पठाएको छ । रुसी सेनामा नेपालीलाई भर्ती गराउने नेपाल सरकारको नीति नभएपनि विभिन्न गिरोहमार्फत अवैध बाटो हुँदै त्यहाँ लैजाने गरेको निष्कर्ष निकाल्दै प्रहरीले यसमा संलग्नहरुको थप खोजी र अनुसन्धान जारी राख्ने बताएको छ । 

औपचारिक माध्यमबाट विप्रेषण पठाउन आग्रह
वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न सचेत गराएको छ । 

यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमूक व्यक्तिले म तपाईंले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैरकानुनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । पछिल्लो समय ‘साइबर’जन्य ठगी गर्ने गिरोह बढी नै सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा अश्वासनमा नपरी, ठगी हुनबाट जोगिन पनि प्रहरीले आग्रह गरेको छ ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP