Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #विश्वकप एसिया छनोट
  • #हुलाकी_राजमार्ग
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #नीति तथा कार्यक्रम
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको खेलमा शेखरको काँध
कोशीमा नयाँ गठबन्धन ओलीको खेलमा शेखरको काँध
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २६, २०८०
RBB RBB
  • कोशीको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र केदार कार्कीको दाबी पेस
  • गठबन्धनको साझा उम्मेदवार आङ्बो हुँदा कार्कीलाई गठबन्धनकै दल कांग्रेसका आठ र एमालेका ३९ सांसदको उम्मेदवार
  • ४७ जना सांसदको समर्थन रहेको दुवैको दाबी
  • मुख्यमन्त्री नियुक्त आज गर्दै प्रदेश प्रमुख
  • सांसदहरू रामकुमार खत्री, लिलाकुमारी राई, शमशेर राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनिता गुरुङको हस्ताक्षर दोहोरो

काठमाडौं– आम निर्वाचन भएको १० महिना हुँदा देशको पूर्वी क्षेत्रको प्रदेश कोशीमा पाँचौंपटक आज सरकार गठन हुँदैछ ।संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन हुन लागेको हो । 

प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सरकार गठनका लागि मुख्यमन्त्रीमा गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो र एमालेको समर्थनमा गठबन्धनकै एउटा दल कांग्रेसका सांसद केदार कार्कीले बिहीबार नै दाबी पेस गरेका छन् । तर, केही सांसदको हस्ताक्षर भने दुुवै दाबेदारले प्रयोग गरेका छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङको हस्ताक्षर दुवैले प्रयोग गरेका हुन् । 

यसले गर्दा प्रदेश प्रमुख खापुङ कसको नाममा बहुुमत छ ? भन्नेमा अनिर्णित छन् । उनले मुख्यमन्त्री नियुुक्तिबारे निर्णय लिने समय लिएका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार आजमात्रै मुख्यमन्त्री नियुक्त हुनेछ । ‘बहुमत सांसदको समर्थन रहेको भनेर मुख्यमन्त्री नियुक्त गरिपाउँ भनेर पेस गरिएको दाबीमा केही सांसदको हस्ताक्षर दोहोरो छ । यसबारे परीक्षण आवश्यक छ’, उनले प्रभावसँग भने, ‘यसपछि मात्रै मुख्यमन्त्री नियुक्त गरिने छ ।’ 

आङ्बोले ४७ जना सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुख खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । जहाँ उनले कांग्रेस सांसदहरूले यसअघि गरेका हस्ताक्षरलाई प्रयोग गरेर आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । तर, उनीभन्दा पछि प्रदेश प्रमुखको कार्यालय पुुगेका डा. शेखर कोइराला (संस्थापनइतर) पक्षका सांसद केदार कार्कीले पनि आठ जना कांग्रेस सांसद र एमालेका ३९ जना सांसदको समर्थन रहेको भन्दै उनीहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीका दुई दाबेदारमध्ये कसको पक्षमा बहुमत छ ? निक्र्योल गरेर प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नेछन् । 

तर, संवैधानिक प्रावधान र सर्वोच्च अदालतको नजीरका आधारमा भने मुख्यमन्त्रीमा कार्कीको दाबी बलियो देखिएको छ ।संविधानको धारा १६८ (५) बमोजिम कार्कीले प्रदेशसभाको बहुमत जुटाएकाले उनको दाबी बलियो देखिएको हो । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ । जुन आवश्यक संख्या कार्कीले जुटाएका छन् ।

माओवादी संसदीय दलका नेता आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का एक गरी ४७ जनाको समर्थन रहेको दाबी गरेका छन् । तर, कांग्रेसका ८ जना सांसदको समर्थन कार्कीलाई छ । उनीहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको भन्दै बिहीबार नै प्रदेश प्रमुखको कार्यालयमा निवेदन पनि दिएका छन् ।

तर, आङ्बोले गठबन्धनको शीर्ष नेतृत्वमा जुटेको सहमति अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले भनेका छन्, ‘मैले गठबन्धनको संस्थागत निर्णयसहित दाबी पेस गरेको हुँ । तर, राजनीतिक हिसाबले असमझदारी देखियो, अब कांग्रेस नेतृत्वले आवश्यक निर्णय गर्ला ।’

कोशीको मुख्यमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले आङ्बोलाई गठबन्धनको आधिकारिक उम्मेदवार भएको भन्दै समर्थन गर्ने निर्णय गरेका थिए । यसअघि दुुईपटकसम्म आफ्नो दल कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा नियुक्त भए पनि विश्वासको मत नपाएपछि देउवा यसपटक माओवादीका आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन राजी भएका हुन् ।

तर, देउवाको यस्तो कदमप्रति डा. कोइराला र उनी पक्षीय प्रदेश सांसदहरू असन्तुष्ट भए । उनलाई प्रमुख विपक्षी दल नेकपा एमालेले साथ दियो । जबकि, एमाले अध्यक्ष केपी शर्मा ओली कोशी मात्रै होइन, देशका अन्य प्रदेश र संघसम्मै गठबन्धन भत्काउन चाहन्छन् । जसका लागि कोशीमा भने कांग्रेसको कोइराला पक्षलाई उनले प्रयोग गरेका छन् । कोइराला पक्षीय सांसद कार्कीले मुख्यमन्त्री भएर कोशीमा सरकार नै गठन गर्न सक्ने सम्भावना संवैधानिक र सर्वोच्चको नजीरका आधारमा बलियो देखिएको छ । 

मुख्यमन्त्रीका दाबेदार कार्की भन्छन्, ‘यो उपधारा (५) बमोजिम सरकार बनाउँदा दलको संस्थागत निर्णय नभएर सांसदहरूले व्यक्तिगत निर्णय लिने हो । र, आङ्बोलाई मुख्यमन्त्री बनाउन संस्थागत निर्णय गर्दा प्रदेशसभा संसदीय दलले गर्ने हो । अरुतिर भएको सहमतिलाई संस्थागत भन्न सकिँदैन ।’

उपधारा (५) अनुसार सरकार गठनका लागि सांसदहरू दलगत निर्णयभन्दा बाहिर जान सक्छन् । तर, पार्टी संसदीय दलले कारबाही गर्न नमिल्ने सर्वोच्चको फैसलामा उल्लेख छ । यसले गर्दा स्वतन्त्र ढङ्गले यस उपधाराअनुसार सांसदहरूले समर्थन गर्दै विश्वासको मत दिन पाउने सक्ने प्रावधान छ । 

तटस्थ राप्रपा
६ जना सांसद भएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ रहेको छ । गठबन्धनका साझा उम्मेदवार आङ्बो र एमालेको समर्थनप्राप्त गठबन्धनमै रहेको दल कांग्रेसका कार्कीलाई मुुख्यमन्त्रीमा राप्रपाको समर्थन रहेन । 

महामन्त्री राजेन्द्र गुरुङका अनुसार कोशीमा अब कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिन पदाधिकारी बैठक आज बिहान ८ बजे बस्दैछ ।‘हामी (राप्रपा)लाई समर्थनका लागि औपचारिक प्रस्ताव कोहीबाट आएन’, महामन्त्री गुरुङले भने, ‘नआए पनि कोशीमा हाम्रो भूमिका के हुने भन्ने ? निक्र्यौल गर्न पदाधिकारी बैठक बस्दैछौं ।’

यसअघि राप्रपाले नेकपा एमालेसँग सत्ता सहकार्य गरेको थियो । तर, अघिल्लो महिना सर्वोच्चको परमादेशअनुसार फेरि मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएपछि भने राप्रपाले विश्वासको मत दिएन । त्यसपछि एमालेसँगको सत्ता सहकार्य टुुट्यो । तर, यसपटक चाहिँ राप्रपाले गठबन्धनका साझा उम्मेदवार आङ्बोलाई समर्थन गर्न सक्ने ठानिएको थियो ।

किनभने प्रधानमन्त्री पुुष्पकमल दाहालले आफ्नो दल नेकपा माओवादी केन्द्रको भागमा परेको संसदीय समिति पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिएका थिए । त्यसबेला समिति सभापति राप्रपालाई दिनुलाई कोशीमा आङ्बोको नेतृत्वमा सरकार गठन गर्दा राप्रपाबाट समर्थन प्राप्न हुने अर्थमा विश्लेषण गरिएको थियो ।  

शेखरको धोका शृङ्खला
डेढ वर्षअघि भएको स्थानीय तह निर्वाचनमै गठबन्धनको विपक्षमा थियो, कांग्रेसको संस्थापनइतर समूह । यो समूहको मूल नेता डा. शेखर कोइराला हुन् ।कांग्रेस बलियो शक्ति भएकाले एक्लै निर्वाचनमा जानुपर्नेमा उनको जोड थियो । तर, सभापति शेरबहादुर देउवाले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरे । 

जुन निर्णयको प्रतिवाद गृहजिल्ला मोरङको स्थानीय तहमा गठबन्धन नगराएर कोइरालाले गरेका थिए । १० महिनाअघि भएको प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन गर्न नहुने पक्षमै कोइराला थिए । तर, गठबन्धन भयो । गठबन्धनप्रति असन्तुष्ट उनले आफ्नो समूहमा रहेका देशभरका नेता कार्यकर्तालाई कांग्रेसबाहेक दलका उम्मेदवारहरूलाई मत नदिन भित्री रूपमा सर्कुलर गरेको गठबन्धनका अन्य दलहरूको विश्लेषण थियो ।

यसपटक भने सर्वाधिक अस्थिर सरकार भइरहेको कोशीमा गठबन्धनको एउटा दल माओवादीको कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोको विरुद्धमै कोइरालाले निकट नेता केदार कार्कीलाई मुख्यमन्त्रीको दाबेदार खडा गरेका छन् । यसलाई माओवादी कोशी प्रदेश अध्यक्ष हर्क नेम्बाङ कांग्रेस नेता कोइरालाको राजनीतिक बेइमानी ठान्छन् ।

‘कांग्रेसको एउटा सेक्सन (कोइराला समूह) पहिलेदेखि नै गठबन्धनको विरुद्धमा उभिँदै आएको छ । जबकि, हामी इन्दारपूर्वक गठबन्धनको पक्षमा छौं’, उनले भनेका छन्, ‘अहिलेको परिस्थिति जे विकास भयो, यो बेइमानीपूर्ण खेल हो ।’


प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १०:३३
#कोशीमानयाँ गठबन्धन
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP