Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रतिबद्धतामा सीमित नहोस् मताधिकारको सवाल
प्रतिबद्धतामा सीमित नहोस् मताधिकारको सवाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर अमेरिकामा छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका हुन् । अमेरिकामा पुगेका बेला उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीहरुसँग विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने बताए । यसका लागि निर्वाचन आयोगलाई निर्देशन दिइसकेको उनको भनाइ थियो । 

प्रधानमन्त्रीसँगै अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले पनि सोही कुरा बताए । जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् । विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरे परराष्ट्रमन्त्री साउदले ।

प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदले व्यक्त गरेको यो प्रतिबद्धता नयाँ होइन । सरकार प्रमुख होस् या राजनीतिक दलका नेतृत्वले विदेशमा रहेका नेपालीहरुमाझ यस्तो प्रतिबद्धता व्यक्त गर्दै आएको वर्षौं बितिसक्यो तर व्यवहारमा विदेशमा रहेका नेपालीहरुले मताधिकार पाएका छैनन् । यद्यपि, पछिल्लोपटक भने सरकारले यसलाई कार्यान्वयनमा लैजानेगरी तयारी थालेको छ जुन सकारात्मक छ । तर, अझै पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित हुनेमा आशंका कायमै छ । 

Hardik health

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मतदानमा सहभागी गराउन आवश्यक तयारी अगाडि बढाएको केही समयअघि जानकारी गराएको थियो । अहिलेसम्म विदेशमा कति नेपाली मतदाता छन् भन्ने नै यकीन छैन । त्यसैले सुरुमा त मतदाता सूचीकरण गर्नुपर्ने हुन्छ । यसका लागि पनि चुनौती रहेको बताइन्छ । सरकारले त्यो चुनौतीलाई कसरी सम्बोधन गर्छ भन्ने हेर्न बाँकी नै छ । 

विदेशमा नेपालीहरु पढाइ, रोजगारी र व्यवसायको सिलसिलामा रहेका छन् । उनीहरुलाई कसरी मताधिकार सुनिश्चित गराउने, मतदान कसरी गराउने भन्नेबारे विभिन्न बहस भइरहेको छ । ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरुले लामो समयदेखि माग गर्दै आएको मताधिकारको विषयलाई सम्बोधन गर्नैपर्छ । तर, विगतमा जस्तो आश्वासनले मात्रै त्यो सम्भव छैन । विदेशमा रहेका नेपालीहरुलाई आफू र आफ्नो पार्टीमा आकर्षित गर्न मात्र त्यस्तो आश्वासन दिने कार्य बन्द गर्नुपर्छ । 
विदेशबाट रेमिट्यान्स पठाएर मुलुकको अर्थतन्त्रमा योगदान गरिरहेकाहरुलाई मताधिकार सुनिश्चित गर्नु आवश्यक छ । त्यसैले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अमेरिकामा पुगेर नेपालीहरुमाझ गरेको प्रतिबद्धता पूरा होस् । यसपटक केही प्रक्रिया अगाडि बढिसकेकोले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको प्रतिबद्धता पूरा हुने अपेक्षा गर्न सकिन्छ । तर, अझै ढुक्क भइहाल्ने अवस्था बनिसकेको छैन । आगामी निर्वाचनसम्म विदेशमा रहेका नेपाली जहाँ छन् त्यहीँबाट मतदान गरी नेपालमा सक्षम नेतृत्व चयन गर्ने प्रक्रियामा सहभागी हुन पाउने वातावरण बनोस् । यसका लागि सरकार र राजनीतिक दलहरुलाई दबाब दिने कार्यलाई जारी राखौं ।
 


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP