Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक हप्तामा सात जनाविरुद्ध मुद्दा, दुई म्यानपावरलाई कारबाही
ठगीविरुद्ध एक्सनमा विभाग एक हप्तामा सात जनाविरुद्ध मुद्दा, दुई म्यानपावरलाई कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३१, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा एक हप्ताभित्र सात जनाविरुद्ध मुद्दा दायर गरेको छ । आकर्षक तलब सुविधाको प्रलोभन देखाई ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई आवश्यक छानबिन र अनुसन्धानपछि विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ बमोजिमको कसूर अपराध गरेको देखिँदा ठगी गर्नेहरुमाथि अनधिकृत रुपमा उठाएको रकम र त्यसको ५० प्रतिशतले हुन आउने हर्जनाको मागदाबीसहित न्यायाधिकरणसमक्ष अभियोगपत्र प्रस्तुत गरेको उल्लेख गरेको छ । विभागले ठगी गरेको अभियोगमा खिमप्रसाद गुरुङ, अर्जुन पोखरेल, उमेश सेती सुरुवाल, आर्जु सेती सुराल र मोहम्मद मोतिबाबु अन्सारी, भवानीप्रसाद लामिछाने, रोशन राजा शेखविरुद्ध कानुनी कारबाही र न्याय सम्पादनका लागि अभियोगपत्र प्रस्तुत गरेको जनाएको छ । 

प्रतिवादी खिमप्रसाद गुरुङले दक्षिण अफ्रिकामा रोजगारीमा पठाइदिने भन्दै चार जनासँग २६ लाख ५० हजार अनधिकृत रुपमा उठाएर ठगी गरेको अभियोगमा विभागले उक्त रकम र त्यसको ५० प्रतिशतले हुन आउने रकम जाहेरवालाहरुलाई भराइ पाउनुपर्ने मागदाबी लिई यही भदौ २१ गते मुद्दा दायर गरेको छ । गुरुङले लिलमाया गुरुङ, खिमविक्रम थापा र प्रेमकुमारी गुरुङबाट प्रतिव्यक्ति छ लाख ५० हजार रुपैयाँ र अर्जुनसिंह गुरुङबाट सात लाख रुपैयाँ लिएर ठगी गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । यसैगरी प्रतिवादी अर्जुन पोखरेलले सर्बियामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै सुदिप तामाङसँग चार लाख लिएर ठगी गरेको अनुसन्धानबाट खुलेको जनाउँदै विभागले उक्त रकम र त्यसको ५० प्रतिशतले हुन आउने हर्जना रकम भराइ पाउनुपर्ने मागदाबीसहित यही भदौ २६ गते मुद्दा दायर गरेको छ ।

Hardik health

यस्तै प्रतिवादी उमेश सेती सुरुवाल र आरजु सेती सुरालले आपसी मिलेमतो गरी रोजगारीका लागि पोर्चुगल र कम्बोडिया पठाउने भन्दै छ जनासँग ५५ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेको विभागले उल्लेख गरेको छ । यसरी ठगी गरेको रकम र त्यसको ५० प्रतिशतले हुन आउने हर्जना रकम जाहेरीवालाहरुलाई  भराइ पाउनुपर्ने मागदाबीसहित यही भदौ २७ गते मुद्दा दायर गरिएको छ । सुरुवालद्वयले सुरज श्रेष्ठ, टंककुमार श्रेष्ठ, हेमबहादुर तामाङसँग जनही १३ लाख रुपैयाँ, सञ्जिव गौतमसँग ११ लाख रुपैयाँ, रोहन दाहालसँग पाँच लाख र प्रतिमा गुरुङ मगरसँग ५० हजार रुपैयाँ लिएर ठगी गरेको विभागले अभियोगपत्रमा उल्लेख गरेको छ । 

त्यसैगरी प्रतिवादी मोहम्मद मोतिबाबु अन्सारी, भवानीप्रसाद लामिछाने र रोशन राजा शेखले वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने प्रलोभन देखाई सत्यनारायण साह, राकेशकुमार साह र धर्मेन्द्र साहसँग ११ लाख ६८ हजार ३०० रुपैयाँ ठगी गरेको विभागले उल्लेख गरेको छ । उनीहरु तीनै जनामाथि ठगी गरेको रकम र त्यसको ५० प्रतिशतले हुन आउने हर्जना रकम पीडितहरुलाई भराइ पाउनुपर्ने मागदाबीसहित विभागले मुद्दा दायर गरेको छ । 

विभागले वैदेशिक रोजगारीका नाममा व्यक्तिगत रुपमा ठगी गर्नेलाई मात्र नभई म्यानपावर कम्पनीहरुलाई समेत कानुनी दायरामा ल्याउन कारबाही गरेको छ । प्रचलित ऐन÷नियममा भएका व्यवस्थाहरुलाई अक्षरशः कार्यान्वयन गर्न÷गराउन सदैव क्रियाशील रहेको भन्दै विभागले दुईवटा म्यानपावर कम्पनीलाई कारबाही गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । विभागले इजाजतपत्र प्राप्त युनाइटेड म्यानपावर एजेन्सीलाई वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गर्न रोक लगाएको छ ।

उक्त म्यानपावरलाई वैदेशिक रोजगारीमा युक्रेन, रोमानिया र पोल्याण्ड पठाउने भनी विभिन्न व्यक्तिसँग रकम लिई सम्बन्धित मुलुकमा नपठाएको र उनीहरुको रकमसमेत फिर्ता नगरेको भन्दै यही भदौ २७ गतेको निर्णयअनुसार निलम्बन गरिएको विभागले जनाएको छ । त्यस्तै अर्को इजाजतपत्र प्राप्त म्यानपावर युरो एसिया एचआर सोलुसनलाई पनि वैदेशिक रोजगारीका लागि जान इच्छुक व्यक्तिहरुबाट भिसा शुल्क, सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएको पुष्टि भएको भन्दै विभागले एक लाख रुपैयाँ जरिवाना गरेको छ ।
 


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP