Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • स्वर्णयुगको अँध्यारो पाटो
स्वर्णयुगको अँध्यारो पाटो
चेतन अधिकारी
चेतन अधिकारी आइतबार, भदौ २४, २०८०

खासमा मानव स्रोतको अब्बल उपयोग हुनुपर्ने नेपालमा अहिलेको अवस्था आउनु दुःखद् नै हो । कलकारखाना, उद्योगधन्दा, रोजगारी, गुणस्तरीय शिक्षा, सरल र अब्बल दर्जाको स्वास्थ्य सेवा पाउनुपर्ने समय थियो यो । यदि त्यसो हुन्थ्यो भने नेपालीहरु नेपालमै हुन्थे । विद्यार्थीहरु पढ्न विदेश जानुपर्ने थिएन । सामाजिक सुरक्षालगायतको उचित प्रबन्ध राज्यले गरिदिने हो भने आफ्नो घरपरिवारसँग बसेर रमाइलो साट्थे सबै नेपाली युवाहरुले । तर विडम्बना विश्वले
    

हिमाल पहाड तराईको संगमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसंख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको देश नेपाल भनिने नेपाल अहिले सुनौलो युगमा छ । तथापि, स्वर्ण युगलाई नेपालले नै उपयोग गरिरहेको छ कि अरु कसैले ? अहिलेको अह प्रश्न हो यो ।

प्राकृतिक स्रोतको सीमितताका कारण मानव स्रोत विश्वको वैकल्पिक सम्पदा हो । नेपाल अहिले त्यस्तै अथाह सम्भावनायुक्त मानव स्रोतको भण्डार बोकेर बसेको छ । तर यो भण्डारलाई हामीले उपयोग गर्न सकेका छौं कि छैनौं ? यो बहसको विषय हो । निश्चय नै मानव स्रोतयुक्त अहिलेको अवस्थालाई नेपालले उपयोग गर्न सकेको छैन । बरु यहाँबाट समृद्धिका हरेक सम्भावना हरेक दिन जेट विमान चढेर विश्वका विभिन्न देशका पुगिरहेका छन् ।

नेपाल जनसांख्यिक हिसाबले इतिहासकै सबैभन्दा उर्वर समयमा छ । जनसंख्यासँग सम्बन्धित विभिन्न सूचकहरुले यस कुरालाई प्रमाणित गरेका छन् । कामगरी काम गरेर खानसक्ने सक्रिय जनसंख्या (१५–५९) वर्ष उमेर समूहका मानिसहरु कूल जनसंख्यामा ६१.९६ प्रतिशत रहेका छन् । नेपालको जनसंख्यिक इतिहासमा सक्रिय जनसंख्या यति धेरै भएको समय पहिलोपटक हो । त्यस्तै १४ वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक पनि न्यून भएको समय हो, अहिले ।

Hardik health

यसको अर्थ नेपालमा काम गर्न सक्ने मानिससँग आश्रित हुने जनसंख्यामा इतिहासमा नै उच्च गिरावट आएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको आश्रित जनसंख्या ३८.०४ प्रतिशत छ । जसमा १४ वर्षभन्दा कम उमेरका बालबालिका २७.८३ र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक १०.२१ प्रतिशत रहेका छन् । उपरोक्त तथ्यांक हेरेपछि भन्न सकिन्छ नेपाल इतिहासकै उज्यालो युगमा छ । इतिहासकै सम्भावनायुक्त समयमा छ । इतिहासकै आर्थिक सूचक उच्च बनाउने समयमा छ । तर यी सम्भावनामाथि नेपाली आकाशमा केही बादलहरु पनि मडारिएका छन् । तिनको केही विश्लेषण गरौं ।

स्वर्णयुगको अँध्यारो पाटो 
तथ्यांकले नेपालमा युवा जनशक्ति र समृद्धिको अथाह सम्भावना देखिए पनि त्यो समृद्धिको स्रोतको उपभोग विदेशीले गरिरहेको देखाउँछ । नेपालमा भविष्यको सुनिश्चितता नदेखेर, राज्य व्यवस्थाले युवालाई अवसर दिन नसकेर र युवामा आशा सञ्चार गराउन नसकेका कारण नेपाली युवाले देश छोडिरहेका छन् । जनगणनाले २३ प्रतिशत घरका युवा वैदेशिक रोजगारीमा गएको देखाएको छ । आखिर मानिसहरु किन विदेश गइरहेका छन् त ? गायक तेजेन्द्र गन्धर्वको एउटा गीतको टुक्राले मानिस विदेश जानुको कारण स्पष्ट बनाएको छ । यो गीतको टुक्रालाई यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।

हे आमा मीठो खाने राम्रो लाउने आशले...
विदेश जान थाले झन्झन् हाम्रा गाउँले ।
गाउँबस्ती दिनदिनै खाली हुन थाले...
सन्तानको साथ पाउन छाडे आमा बाले ।

सारंगीको धुनमा युट्युबमा भेटिने यो गीतले जो कोही नेपालीलाई पनि भावुक बनाउँछ नै । आफ्नो गाउँ छोडेर किन कोही वैदेशिक रोजगारीमा जान्छ ? यसको सहज जवाफ छ मीठो खाने, राम्रो लाउने, सन्तानलाई राम्रो शिक्षा दिने आदि चाहनाले मानिसहरु घर परिवार छोडेर वैदेशिक यात्रामा उडिरहेका छन् ।

अब प्रश्न उठ्छ यदि उनीहरुको मीठो खाने, राम्रो लाउने चाहेको जस्तो शिक्षा पाउने चाहना स्वदेशमै पूरा भए उनीहरु श्रीमती, श्रीमान्, छोराछोरी र बाबुआमा छोडेर विदेश जान्थे होलान् त ? पक्कै पनि जाने थिएनन् । तर हाम्रो राज्य संरचनाले नेपाली युवाका यी साना साना सपना पनि पूरा गर्न सकेन । त्यसैको फलस्वरुप समृद्धिका स्रोतको रुपमा करिब २२ लाख युवा अहिले नेपालबाहिर आफ्नो श्रम र पसिना बगाइरहेका छन् । यो तथ्यांक केबल औपचारिक च्यानलबाट वैदेशिक रोजगारीमा गएकाहरुको हो । अनौपचारिक च्यानल र खुला सिमानाको उपयोग गर्दै भारत र त्यहाँमार्फत विभिन्न देश पुगेका नेपाली युवाहरुको तथ्यांक यहाँ समावेश छैन ।

नेपालको युवा जनसंख्यामध्ये अर्को एउटा समूह छ, जो उच्च शिक्षाका नाममा नेपाली रुपैयाँसहित विदेशका विश्वविद्यालयमा पढ्ने बहानामा दैनिकरुपमा जेट विमानको यात्रा गरिरहेको छ । कक्षा १२ सकेर उच्च शिक्षाका नाममा विदेशका विश्वविद्यालयमा अग्रिम शुल्क बुझाएर विदेशिएका अधिकांश विद्यार्थी स्वदेश नफर्कने मात्र होइन, उनीहरुसँग ठूलो मात्रामा नेपाली रुपैयाँ पनि डलर बनेर विदेशिरहेको छ ।

नेपालमा गुणस्तरीय शिक्षा र त्यसपछिको रोजगारीको अभावलाई कारण मान्दै विदेशिएको यो किशोर समूह देशका लागि झन् घातकसिद्ध भएको छ । किनकि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका नेपाली युवाहरु स्वदेश फर्कने सम्भावना पनि उत्तिकै हुन्छ भने उनीहरुले पठाएको रेमिट्यान्स केही वर्षयता परिवारमात्र होइन, देशको अर्थतन्त्रको बलियो टेको पनि भएको छ । तर अध्ययनका नाममा विदेसिएकाहरुले आफूसँगै नेपालको अर्थतन्त्र पनि लिएर गएका छन् ।

कुन प्रदेशबाट कति युवा विदेशमा ?
प्रदेश    जनसंख्या    पुरुष    महिला
कोशी    ३,४३,०३४    २,८६,६३१    ५६,४०४
मधेस    ३०,४२,६८६    २,९२,४२७    ११,८५९
बागमती    ३,९७,९३०    २,८०,१२०    १,१७,८१०
गण्डकी    २,८६,५९३    २,३९,७८८    ४६,८०५
लुम्बिनी    ४,२०,९०६    ३६,७६७०    ५३,२३६
कर्णाली    ९४,३२०    ७७,२७८    १७,०४२
सुदूरपश्चिम    ३,४३,५२३    २,५५,७६१    ८७,७६२
जम्मा    २१,९०,५९२    १७,९९,६७५    ३,९०,९१७
स्रोत: राष्ट्रिय जनगणना २०७८

माथिको तालिकामा नेपालबाट विदेशिएका नेपालीहरुको तथ्यांक उल्लेख गरिएको छ । उमेर समूहकै आधारमा विभाजन नगरिएको भए पनि यिनीहरु अधिकांश वैदेशिक रोजगारीमा गएका १८ देखि ५० वर्ष उमेर समूहका मानिस हुन् भन्ने कुराको अनुमान लगाउन खास गाह्रो छैन । अहिले २१ लाख ९० हजार ५९२ जना नेपाली वैदेशिक रोजगारीमा छन् । त्यसमध्ये पुरुषको संख्या १७ लाख ९९ हजार ६७५ र महिलाको संख्या तीन लाख ९० हजार ९१७ जना रहेको छ । यसरी विदेश जानेमध्ये सहरी क्षेत्रको संख्या उल्लेख्य छ । नेपालको नगरपालिका अर्थात् सहरी क्षेत्रका बासिन्दामध्ये १४ लाख ६८ हजार १७ जना वैदेशिक रोजगारीमा गएका छन् । गाउँपालिका अर्थात् ग्रामीण क्षेत्रबाट सात लाख २२ हजार ७५ जना वैदेशिक रोजगारीमा छन् ।

भौगोलिक हिसाबले हेर्दा सबैभन्दा ठूलो संख्याको जनसंख्या तराईले ओगटेजस्तै सबैभन्दा ठूलो संख्यामा विदेश जानेहरु तराई क्षेत्रबाट नै छन् । तराईबाट १० लाख ८३ हजार ८०९ जना वैदेशिक रोजगारीमा गएका छन् । पहाडी क्षेत्रबाट नौ लाख ९० हजार ७२३ जना विदेशमा छन् । हिमाली क्षेत्रबाट एक लाख १६ हजार ६० जना वैदेशिक रोजगारीका लागि गाउँ छोडेको देखिन्छ ।

वैदेशिक रोजगारीपछि अर्को एउटा दुःखलाग्दो दृश्य हामीले देखिरहेका छौं । हरेक दिन साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘उज्ज्वल भविष्यको कामना’ गर्दै किशोर उमेरमा हजारौं नानीबाबुहरुलाई विदेश पठाइरहेका छौं । विदेशमा उज्ज्वल भविष्यको कामना गर्ने हामीहरु स्वदेशमै त्यो भविष्य खोज्न कतै चुकिरहेका छौं कि भन्ने लागेको छ । गत जेठमा कक्षा १२ को परीक्षा सकिएपछि एक संस्थाले ती परीक्षार्थीमा गरेको सर्वेक्षणअनुसार १२ कक्षाको परीक्षा दिएका करिब पाँच लाख विद्यार्थीमध्ये ८८ प्रतिशतले आफूले विदेश जान चाहेको बताएका थिए । देशको भविष्य आफ्नो काँधमा बोक्नुपर्ने नवयुवा नफर्किने गरी रोजीरोजी विश्वका सम्भ्रान्त देशतर्फ लम्किएका छन् । त्यता जान नसक्ने युवा र वयस्कहरु खाडीका देशमा पसिना र श्रम बेच्न जानुपर्ने बाध्यतामा छन् । खुला सिमानाको प्रयोग गरेर भारतमा रोजगारी गर्न जानेहरुको त हिसाबै छैन ।

घट्दो जन्मदर, घट्दो मृत्युदर बढ्दो शैक्षिक र आर्थिक अवस्था, बढ्दो औसत आयु आदि कारणले नेपाल जनसांख्यिक लाभको सुनौलो समयमा छ । तर यो सुनौलो समयलाई नेपालले उपभोग गर्न नसक्नु यसको अँध्यारो पक्ष हो । जनसंख्याको यही पलायनता निरन्तरता हुँदै जाने हो भने कुनै बेला नेपालमा ‘डेमोग्राफिक क्राइसिस’ पो आउने हो कि भन्ने चिन्ता पनि व्याप्त छ । किनकि बच्चा जन्माउने दर जन्मदर प्रतिमहिला दुईभन्दा कम भएको छ । मानिसले विवाहप्रतिको चाहनालाई पछि सार्दै ढिलो विवाहको संस्कार विकसित भइरहेको छ । हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ । एक दशकअघि २७ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक थियो । यसपटक थप सातवटा जिल्लाले जनसंख्या गुमाए ।

खासमा मानव स्रोतको अब्बल उपयोग हुनुपर्ने नेपालमा अहिलेको अवस्था आउनु दुःखद् नै हो । कलकारखाना, उद्योगधन्दा, रोजगारी, गुणस्तरीय शिक्षा, सरल र अब्बल दर्जाको स्वास्थ्य सेवा पाउनुपर्ने समय थियो यो । यदि त्यसो हुन्थ्यो भने नेपालीहरु नेपालमै हुन्थे । विद्यार्थीहरु पढ्न विदेश जानुपर्ने थिएन । सामाजिक सुरक्षालगायतको उचित प्रबन्ध राज्यले गरिदिने हो भने आफ्नो घरपरिवारसँग बसेर रमाइलो साट्थे सबै नेपाली युवाहरुले ।

तर विडम्बना विश्वले नेपालको जनसांख्यिक सूचक हेर्दा स्वर्ण युगमा देख्छन् तर स्वर्ण युगभित्रको अँध्यारो पाटो कसले देख्ने ? नेपाली श्रमिकले पठाएको रेमिट्यान्सको धिपधिपे उज्यालोबाहेक स्वर्णयुगमा गर्व गर्न लायक कुरा नेपालले पाएको छैन । जन्मदरको घट्दो ग्राफ र विदेश जानेको लम्बिँदो रेखा देख्दा लाग्छ नेपाल कुनै ‘डि पपुलेटेड’ देशका रुपमा दर्ज हुने पो हो कि । सायद नेपालको यस्तै परिदृष्यलाई देखेर होला कवि अर्जुन पराजुलीले केही दिनअघि सामाजिक सञ्जालमा यस्तो कविता लेखेका थिए

केही वर्षपछि मेरो देशमा
सटर हुनेछन्, पसल हुने छैनन्
जमिन हुनेछ, फसल हुने छैनन्
अस्पताल हुनेछन्, नर्स हुने छैनन् 
बिरामी हुनेछन्, डाक्टर हुने छैनन् । 

 

(रासस)
 


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP