Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
विचार
  • Home
  • विचार
  • निर्माण सामग्रीमा हरित क्रान्ति कहिले ?
निर्माण सामग्रीमा हरित क्रान्ति कहिले ?
कृष्णभक्त दुवाल
कृष्णभक्त दुवाल शुक्रबार, साउन २६, २०८०
RBB RBB

हामीले निर्माण सामग्रीको उचित छनोट गर्न सकेनौं भने भोलिको वातावरण विनासको भयावह अवस्थाबाट जोगिन सक्दैनौ । त्यसकारण वातावरणलाई नकारात्मक प्रभाव नपारी अब बन्ने संरचनामा निर्माण सामग्री इको प्यानल (आधुनिक निर्माण सामग्री) को प्रयोग गर्नु नै आजको आवश्यकता हो, जसले वातावरण मात्रै जोगाउँंदैन, हरित सहरको रुप दिन सहयोग गर्दछ ।

निर्माणसँंग प्रत्यक्ष जोडिन्छ निर्माण सामग्री । निर्माण सामग्रीसँंगै अर्काे जोडिने गम्भीर विषयवस्तु हो गुणस्तरीय निर्माण । जति राम्रो निर्माण सामग्री छनोट गर्न सकियो, त्यति नै बलियो घर निर्माण हुन्छ । घर निर्माण गर्दा सिमेन्ट, गिट्टी–रोडा, बालुवा, ढुंगा, इँटा, काठ, कलरलगायत निर्माण सामग्रीको छनोटमा चतुरता देखाउन सक्नुपर्छ । अन्यथा जीवनभर मिहेनत गरेर कमाएको पैसाले निर्माण गरेको घर सोचेजस्तो नबन्न सक्छ । भूकम्पप्रतिरोधी बलियो घर बनाउन पनि गुणस्तरीय निर्माण सामग्रीको जरुरत पर्छ ।

जीवनमा घर पटक–पटक बनाउन सकिँदैन । एउटै घर बनाउन पनि ठूलो संघर्ष गर्नुपर्छ । किनभने, जग्गा किन्दै मोटो रकम खर्च भइसकेको हुन्छ । त्यसमाथि घर बनाउँदा बैंकबाट ऋण लिनुपर्ने अवस्था आइसक्छ । अब सहरी क्षेत्रमा सामान्य आम्दानीले घर बनाउन सम्भव छैन । एउटा घर बनाउन करोडौं लगानी लाग्छ र त्यो पैसा जम्मा गर्न जीवनभर लाग्छ । जीवनभरको कमाइ खन्याएर बनाएको घर राम्रो र बलियो होस् भन्ने चाहना सबैको हुने गर्छ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामग्री छान्नुपर्छ ।

ढुंगा
यो पुरानो निर्माण सामग्री हो । गाउँंघरमा अहिलेसम्म पनि ढुंगा माटोको घर देख्न सकिन्छ । निर्माण सामग्रीको ढुवानीको समस्यालगायतका अनेक जटिलताले अहिले पनि कति ठाउँंमा ढुंगा माटोकै घर बनाएको देख्न सक्छौं ।

इँटा
इँटा पनि अर्को महत्वपूर्ण निर्माण सामग्री हो । घरमा वाल लगाउन, कम्पाउण्ड लगाउन, पार्टेसन गर्नका लागि इँटा प्रयोग गरिन्छ । अचेल बन्ने आरसिसी घरमा घरको भार वहन गर्ने भनेको पिलर र बिमले हो । इँटाको काम भनेको पार्टेसन गर्ने र कोठा छु्ट्याउने मात्र हो ।
 
सिमेन्ट
घर निर्माणको प्रमुख सामग्रीमा सिमेन्ट पर्छ । बालुवा, गिट्टी र रडलाई बलिसोसँग जोडेर राख्ने काम सिमेन्टको हो । अहिले बजारमा दर्जनौं ब्राण्डका सिमेन्ट पाइन्छन् । सबै सिमेन्ट गुणस्तरीय नहुन सक्छन् । हामीले कुन ब्राण्डको सिमेन्ट राम्रो छ भनेर विज्ञसँग जानकारी लिनुपर्ने हुन्छ । किनभने, आँखाले हेरेर सिमेन्टको गुणस्तर पहिचान नहुन सक्छ ।

बालुवा
बालुवा निर्माणमा चाहिने अर्को महत्वपूर्ण सामग्री हो । कंक्रिट, वाल जोडाइ र प्लास्टरको काममा सिमेन्टमा मिसाउन बालुवा अनिवार्य चाहिन्छ । सिमेन्टमा कति अनुपातमा बालुवा राख्ने भन्ने कुराले कंक्रिट घोल र मसलाको स्ट्रेन्थ तय गर्छ । बलियो मसला चाहिएको बेला थोरै बालुवा राख्नुपर्ने हुन्छ ।

बालुवा कस्तो राम्रो भन्ने कुरा निर्धारण गर्न गाह्रो छ । साधारण शब्दमा भन्नुपर्दा माटो नभएको बालुवा राम्रो हो । माटो नमिसिएको बालुवा, डबल वास बालुवा किन्नुपर्छ । हामीले एक मुठ्ठी बालुवा हातमा लिएर कसेर मुठ्ठी च्यापेर बालुवा छोड्यो भने गुणस्तर पहिचान गर्न सक्छौं । यदि मुठ्ठी फुकाउँदा हातमा माटो लाग्यो वा बालुवाको डल्ला बन्यो भने त्यसमा माटो मिसिएको छ भन्ने निष्कर्षमा पुग्नुपर्छ । तर, मुठ्ठी च्यापेर फुकाउँदा बालुवा पनि फरर फुक्यो भने त्यसमा माटो मिसिकएको छैन भन्ने हुन्छ ।
 
गिट्टी
राम्रो गिट्टीका केही विशेषताहरु हुन्छन् । ती विशेषताहरु पहिचान गरेर रोडा किन्न सकेमा राम्रो गुणस्तरको पर्छन् । रोडामा धर्सा भएको, लेप लगाइएको, धुला कणहरु भएको र अन्य हानिकारक पदार्थको मिश्रण हुन हुँदैन । घरको स्ट्रक्चरल पार्टस् (घरको भार वहन गर्ने भाग), जस्तो कि फाउण्डेसन, पिलर, बिम र स्ल्याबमा प्रयोग गर्ने रोडा जहिले २५ एमएमभन्दा सानो साइजको प्रयोग गर्नुपर्छ । कसैकसैले ठूलो रोडा हाल्यो भने पो घर बलियो हुन्छ भनेर ठूलठूूला रोडा प्रयोग गर्ने गरेको पनि देखिन्छ, जुन गलत हो ।

काठ 
काठको प्रयोग झ्याल र ढोकामा हुन्छ । काठ महँगो पनि हुने भएकाले झ्यालमा कमैले मात्र काठको प्रयोग गर्छन् । तर, झ्याल ढोकाको चौकोस काठकै बनाइन्छ । अरुमा चाहिँ रेडिमेड युपिभिसी, आल्मुनियमको प्रयोग गर्ने चलन बढ्दो छ ।
रेलिङ बनाउन, किचेन र दराज पनि काठमा विभिन्न अवतार प्रयोग हुन्छ । चौकोस बनाउन सालको काठ बलियो मानिन्छ । तर, सामान्यतया नेपाली सालको काठ सिसोनिङ नगरेको हुनाले राम्रोसँग सुक्न नपाएको हुँदा पछि पसांगिने समस्या आउन सक्छ । झ्यालको सन्दर्भमा भने बजेटअनुसार सल्लो र सिसौ प्रयोग गर्ने चलन छ । जुनसुकै काठ प्रयोग गरे पनि सकेसम्म सिसनिङ गरेको वा राम्रोसँग सुकेको काठमात्र प्रयोग गर्नुपर्छ । र, काठमा किरा नलागेको, धमिराले नखाएको र नकुइएको हुनुपर्छ । बांगो अथवा गाँठो परेको काठमा फुट्ने समस्या आउनसक्छ । किचेन र दराज बनाउन प्लाई प्रयोग हुन्छ । सकेसम्म राम्रो गुणस्तरको वाटर प्रुफ प्लाइ प्रयोग गर्दा लामो समयसम्म टिक्छ ।

रड/डण्डी
डण्डीको प्रयोग हुने लचकताका लागि हो । भूकम्पप्रतिरोधी घर बनाउनका लागि सही मात्रामा सही ठाउँमा डण्डी हाल्न अति आवश्यक हुन्छ । राम्रो डण्डी छान्ने तरिका ल्याबमा लगेर डण्डी परीक्षण गर्नु नै हो । तर, साइटमा पनि डण्डीको गुणस्तर केही हदसम्म परीक्षण गर्न सकिन्छ ।
डण्डीलाई १८० डिग्रीसम्म बंग्याउँदा पनि बांगिएको ठाउँमा डण्डीमा कुनै क्र्याक आउनु हुँदैन । यदि क्र्याक देखियो र डण्डी फुट्यो भने त्यो कमसल भनेर बुझ्नुपर्छ । सरकारले पनि डण्डीमा गुणस्तर मापन गरेर एनएस चिह्न दिएको हुन्छ, हामीले डण्डी किन्दा एनएस चिह्न हेरेर मात्र किन्नुपर्छ ।

अन्त्यमा 
घर बनाउँदा मूख्यतः चाहिने डण्डी, सिमेन्ट, बालुवा, गिट्टी, इँटा, ढुंगा, इको प्यानल (आधुनिक निर्माण सामग्री) लगायत हुन् । त्योबाहेक काठ, रङ, टायल, मार्बल, बाथरुमका सामानहरु, धारा बत्तीका सामानहरु धेरै चाहिन्छन् । यी सबै सामानको आफ्नै महत्व हुन्छ ।
फिनिसिङमा प्रयोग हुने पेन्ट, मार्बल, धारा बत्तीभन्दा पनि घरको संरचनामा प्रयोग हुने सामग्री छनोटमा बढी ध्यान दिनुपर्छ । किनभने, अरु सामान आफूलाई मन परेन भने तुरुन्तै परिवर्तन गर्न सकिन्छ । तर, घरको पिलर वा बिम, झ्यालढोका परिवर्तन गर्छु भनेर सम्भव हुँदैन ।

अबको बाटो
भौतिक निर्माणमा अब ‘गो ग्रीन’ (वातावरणमैत्री निर्माण) लाई विशेष ध्यान दिनुपर्नेमा एकथरिका विज्ञहरु आवाज बुलन्द गर्दै छन् । काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियानमा उनीहरु जुटिरहेका छन् ।काठमाडौं उपत्यकामा वढ्दो जनसंख्या तथा अनियन्त्रित विकास निर्माणले सहर नै अस्तव्यस्त बनेकोमा चिन्ता व्यक्त गर्दै उनीहरु काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियानको थालनीमा छन् । 

वास्तवमा यी सबैभित्र चुनौतीको पहाड छ । यी चुनौतीहरुका बीचमा पनि हामीले निर्माण सामग्रीको उचित छनोट गर्न सकेनौं भने भोलिको वातावरण विनासको भयावह अवस्थाबाट जोगिन सक्दैनौ । त्यसकारण वातावरणलाई नकारात्मक प्रभाव नपारी अब बन्ने संरचनामा निर्माण सामग्री इको प्यानल (आधुनिक निर्माण सामग्री) को प्रयोग गर्नु नै आजको आवश्यकता हो, जसले वातावरण मात्रै जोगाउँंदैन, हरित सहरको रुप दिन सहयोग गर्दछ ।

(लेखक इञ्जिनियर एवं निर्माण सामग्रीमा हरित क्रान्तिका अभियन्ता हुन्)
 


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विचार
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव शुक्रबार, वैशाख २६, २०८२
आजको सन्दर्भमा पत्रकार र पत्रकारिता
आजको सन्दर्भमा पत्रकार र पत्रकारिता बुधबार, वैशाख २४, २०८२
सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो कोइरी
सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो कोइरी बुधबार, वैशाख २४, २०८२
बागमती र यमुना नदीमा पापी मन
बागमती र यमुना नदीमा पापी मन मंगलबार, वैशाख २३, २०८२
सडकदेखि सदनसम्म रमिता ! 
सडकदेखि सदनसम्म रमिता !  मंगलबार, वैशाख १६, २०८२
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान आइतबार, वैशाख १४, २०८२
 संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
 संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद बुधबार, वैशाख १०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP