Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • निर्माण सामग्रीमा हरित क्रान्ति कहिले ?
निर्माण सामग्रीमा हरित क्रान्ति कहिले ?
कृष्णभक्त दुवाल
कृष्णभक्त दुवाल शुक्रबार, साउन २६, २०८०

हामीले निर्माण सामग्रीको उचित छनोट गर्न सकेनौं भने भोलिको वातावरण विनासको भयावह अवस्थाबाट जोगिन सक्दैनौ । त्यसकारण वातावरणलाई नकारात्मक प्रभाव नपारी अब बन्ने संरचनामा निर्माण सामग्री इको प्यानल (आधुनिक निर्माण सामग्री) को प्रयोग गर्नु नै आजको आवश्यकता हो, जसले वातावरण मात्रै जोगाउँंदैन, हरित सहरको रुप दिन सहयोग गर्दछ ।

निर्माणसँंग प्रत्यक्ष जोडिन्छ निर्माण सामग्री । निर्माण सामग्रीसँंगै अर्काे जोडिने गम्भीर विषयवस्तु हो गुणस्तरीय निर्माण । जति राम्रो निर्माण सामग्री छनोट गर्न सकियो, त्यति नै बलियो घर निर्माण हुन्छ । घर निर्माण गर्दा सिमेन्ट, गिट्टी–रोडा, बालुवा, ढुंगा, इँटा, काठ, कलरलगायत निर्माण सामग्रीको छनोटमा चतुरता देखाउन सक्नुपर्छ । अन्यथा जीवनभर मिहेनत गरेर कमाएको पैसाले निर्माण गरेको घर सोचेजस्तो नबन्न सक्छ । भूकम्पप्रतिरोधी बलियो घर बनाउन पनि गुणस्तरीय निर्माण सामग्रीको जरुरत पर्छ ।

जीवनमा घर पटक–पटक बनाउन सकिँदैन । एउटै घर बनाउन पनि ठूलो संघर्ष गर्नुपर्छ । किनभने, जग्गा किन्दै मोटो रकम खर्च भइसकेको हुन्छ । त्यसमाथि घर बनाउँदा बैंकबाट ऋण लिनुपर्ने अवस्था आइसक्छ । अब सहरी क्षेत्रमा सामान्य आम्दानीले घर बनाउन सम्भव छैन । एउटा घर बनाउन करोडौं लगानी लाग्छ र त्यो पैसा जम्मा गर्न जीवनभर लाग्छ । जीवनभरको कमाइ खन्याएर बनाएको घर राम्रो र बलियो होस् भन्ने चाहना सबैको हुने गर्छ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामग्री छान्नुपर्छ ।

ढुंगा
यो पुरानो निर्माण सामग्री हो । गाउँंघरमा अहिलेसम्म पनि ढुंगा माटोको घर देख्न सकिन्छ । निर्माण सामग्रीको ढुवानीको समस्यालगायतका अनेक जटिलताले अहिले पनि कति ठाउँंमा ढुंगा माटोकै घर बनाएको देख्न सक्छौं ।

Hardik health

इँटा
इँटा पनि अर्को महत्वपूर्ण निर्माण सामग्री हो । घरमा वाल लगाउन, कम्पाउण्ड लगाउन, पार्टेसन गर्नका लागि इँटा प्रयोग गरिन्छ । अचेल बन्ने आरसिसी घरमा घरको भार वहन गर्ने भनेको पिलर र बिमले हो । इँटाको काम भनेको पार्टेसन गर्ने र कोठा छु्ट्याउने मात्र हो ।
 
सिमेन्ट
घर निर्माणको प्रमुख सामग्रीमा सिमेन्ट पर्छ । बालुवा, गिट्टी र रडलाई बलिसोसँग जोडेर राख्ने काम सिमेन्टको हो । अहिले बजारमा दर्जनौं ब्राण्डका सिमेन्ट पाइन्छन् । सबै सिमेन्ट गुणस्तरीय नहुन सक्छन् । हामीले कुन ब्राण्डको सिमेन्ट राम्रो छ भनेर विज्ञसँग जानकारी लिनुपर्ने हुन्छ । किनभने, आँखाले हेरेर सिमेन्टको गुणस्तर पहिचान नहुन सक्छ ।

बालुवा
बालुवा निर्माणमा चाहिने अर्को महत्वपूर्ण सामग्री हो । कंक्रिट, वाल जोडाइ र प्लास्टरको काममा सिमेन्टमा मिसाउन बालुवा अनिवार्य चाहिन्छ । सिमेन्टमा कति अनुपातमा बालुवा राख्ने भन्ने कुराले कंक्रिट घोल र मसलाको स्ट्रेन्थ तय गर्छ । बलियो मसला चाहिएको बेला थोरै बालुवा राख्नुपर्ने हुन्छ ।

बालुवा कस्तो राम्रो भन्ने कुरा निर्धारण गर्न गाह्रो छ । साधारण शब्दमा भन्नुपर्दा माटो नभएको बालुवा राम्रो हो । माटो नमिसिएको बालुवा, डबल वास बालुवा किन्नुपर्छ । हामीले एक मुठ्ठी बालुवा हातमा लिएर कसेर मुठ्ठी च्यापेर बालुवा छोड्यो भने गुणस्तर पहिचान गर्न सक्छौं । यदि मुठ्ठी फुकाउँदा हातमा माटो लाग्यो वा बालुवाको डल्ला बन्यो भने त्यसमा माटो मिसिएको छ भन्ने निष्कर्षमा पुग्नुपर्छ । तर, मुठ्ठी च्यापेर फुकाउँदा बालुवा पनि फरर फुक्यो भने त्यसमा माटो मिसिकएको छैन भन्ने हुन्छ ।
 
गिट्टी
राम्रो गिट्टीका केही विशेषताहरु हुन्छन् । ती विशेषताहरु पहिचान गरेर रोडा किन्न सकेमा राम्रो गुणस्तरको पर्छन् । रोडामा धर्सा भएको, लेप लगाइएको, धुला कणहरु भएको र अन्य हानिकारक पदार्थको मिश्रण हुन हुँदैन । घरको स्ट्रक्चरल पार्टस् (घरको भार वहन गर्ने भाग), जस्तो कि फाउण्डेसन, पिलर, बिम र स्ल्याबमा प्रयोग गर्ने रोडा जहिले २५ एमएमभन्दा सानो साइजको प्रयोग गर्नुपर्छ । कसैकसैले ठूलो रोडा हाल्यो भने पो घर बलियो हुन्छ भनेर ठूलठूूला रोडा प्रयोग गर्ने गरेको पनि देखिन्छ, जुन गलत हो ।

काठ 
काठको प्रयोग झ्याल र ढोकामा हुन्छ । काठ महँगो पनि हुने भएकाले झ्यालमा कमैले मात्र काठको प्रयोग गर्छन् । तर, झ्याल ढोकाको चौकोस काठकै बनाइन्छ । अरुमा चाहिँ रेडिमेड युपिभिसी, आल्मुनियमको प्रयोग गर्ने चलन बढ्दो छ ।
रेलिङ बनाउन, किचेन र दराज पनि काठमा विभिन्न अवतार प्रयोग हुन्छ । चौकोस बनाउन सालको काठ बलियो मानिन्छ । तर, सामान्यतया नेपाली सालको काठ सिसोनिङ नगरेको हुनाले राम्रोसँग सुक्न नपाएको हुँदा पछि पसांगिने समस्या आउन सक्छ । झ्यालको सन्दर्भमा भने बजेटअनुसार सल्लो र सिसौ प्रयोग गर्ने चलन छ । जुनसुकै काठ प्रयोग गरे पनि सकेसम्म सिसनिङ गरेको वा राम्रोसँग सुकेको काठमात्र प्रयोग गर्नुपर्छ । र, काठमा किरा नलागेको, धमिराले नखाएको र नकुइएको हुनुपर्छ । बांगो अथवा गाँठो परेको काठमा फुट्ने समस्या आउनसक्छ । किचेन र दराज बनाउन प्लाई प्रयोग हुन्छ । सकेसम्म राम्रो गुणस्तरको वाटर प्रुफ प्लाइ प्रयोग गर्दा लामो समयसम्म टिक्छ ।

रड/डण्डी
डण्डीको प्रयोग हुने लचकताका लागि हो । भूकम्पप्रतिरोधी घर बनाउनका लागि सही मात्रामा सही ठाउँमा डण्डी हाल्न अति आवश्यक हुन्छ । राम्रो डण्डी छान्ने तरिका ल्याबमा लगेर डण्डी परीक्षण गर्नु नै हो । तर, साइटमा पनि डण्डीको गुणस्तर केही हदसम्म परीक्षण गर्न सकिन्छ ।
डण्डीलाई १८० डिग्रीसम्म बंग्याउँदा पनि बांगिएको ठाउँमा डण्डीमा कुनै क्र्याक आउनु हुँदैन । यदि क्र्याक देखियो र डण्डी फुट्यो भने त्यो कमसल भनेर बुझ्नुपर्छ । सरकारले पनि डण्डीमा गुणस्तर मापन गरेर एनएस चिह्न दिएको हुन्छ, हामीले डण्डी किन्दा एनएस चिह्न हेरेर मात्र किन्नुपर्छ ।

अन्त्यमा 
घर बनाउँदा मूख्यतः चाहिने डण्डी, सिमेन्ट, बालुवा, गिट्टी, इँटा, ढुंगा, इको प्यानल (आधुनिक निर्माण सामग्री) लगायत हुन् । त्योबाहेक काठ, रङ, टायल, मार्बल, बाथरुमका सामानहरु, धारा बत्तीका सामानहरु धेरै चाहिन्छन् । यी सबै सामानको आफ्नै महत्व हुन्छ ।
फिनिसिङमा प्रयोग हुने पेन्ट, मार्बल, धारा बत्तीभन्दा पनि घरको संरचनामा प्रयोग हुने सामग्री छनोटमा बढी ध्यान दिनुपर्छ । किनभने, अरु सामान आफूलाई मन परेन भने तुरुन्तै परिवर्तन गर्न सकिन्छ । तर, घरको पिलर वा बिम, झ्यालढोका परिवर्तन गर्छु भनेर सम्भव हुँदैन ।

अबको बाटो
भौतिक निर्माणमा अब ‘गो ग्रीन’ (वातावरणमैत्री निर्माण) लाई विशेष ध्यान दिनुपर्नेमा एकथरिका विज्ञहरु आवाज बुलन्द गर्दै छन् । काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियानमा उनीहरु जुटिरहेका छन् ।काठमाडौं उपत्यकामा वढ्दो जनसंख्या तथा अनियन्त्रित विकास निर्माणले सहर नै अस्तव्यस्त बनेकोमा चिन्ता व्यक्त गर्दै उनीहरु काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियानको थालनीमा छन् । 

वास्तवमा यी सबैभित्र चुनौतीको पहाड छ । यी चुनौतीहरुका बीचमा पनि हामीले निर्माण सामग्रीको उचित छनोट गर्न सकेनौं भने भोलिको वातावरण विनासको भयावह अवस्थाबाट जोगिन सक्दैनौ । त्यसकारण वातावरणलाई नकारात्मक प्रभाव नपारी अब बन्ने संरचनामा निर्माण सामग्री इको प्यानल (आधुनिक निर्माण सामग्री) को प्रयोग गर्नु नै आजको आवश्यकता हो, जसले वातावरण मात्रै जोगाउँंदैन, हरित सहरको रुप दिन सहयोग गर्दछ ।

(लेखक इञ्जिनियर एवं निर्माण सामग्रीमा हरित क्रान्तिका अभियन्ता हुन्)
 


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP