Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #टासी ल्हान्जोम
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बहराइनबाट ल्याइएका चौधरीको वीरमा उपचार 
बहराइनबाट ल्याइएका चौधरीको वीरमा उपचार 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १०, २०८०

काठमाडौं - वैदेशिक_रोजगार_बोर्ड_सचिवालयले बहराइनको एक अस्पतालको कोमामा उपचाररत दिनेशकुमार चौधरीलाई नेपाल ल्याएर थप उपचारका लागि वीर अस्पतालसँग समन्वय गरेको छ । बोर्डको समन्वय र खर्चमा बहराइनको किङ हमाद युनिभर्सिटी अस्पतालको कोमामा उपचाररत सुनसरीका चौधरीलाई नेपाल ल्याएर वीर अस्पतालमा थप उपचार सुरु भएको हो ।

चौधरीलाई सम्पूर्ण खर्चसहित गत असार २९ गते कुवेत एयरवेजको उडानमार्फत स्ट्रेचर र अस्पतालका विशेषज्ञ डाक्टरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइएको बोर्डले जनाएको छ । उनलाई नेपाल ल्याउन तीन हजार २१३ बहराइन दिनार अर्थात् ११ लाख १९ हजार रुपैयाँ खर्च भएको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले जानकारी दिए ।

कोमाको अवस्थामा रहेका चौधरीलाई परिवारको आग्रहमा नेपाल ल्याउने र थप उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको उनले बताए । पौडेलका अनुसार बहराइनस्थित नेपाली दूतावासको समन्वयमा नेपाल ल्याइएका चौधरीको उपचारका लागि बोर्डले वीर अस्पतालसँग आवश्यक समन्वय गरिरहेको छ । विदेशमा रहेका श्रमिकलाई स्वास्थ्य परामर्श दिने र बिरामीको उपचारका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको छ ।   

Hardik health

रोजगारीका लागि २०२२ मा श्रम स्वीकृति लिएर बहराइन पुगेका चौधरी आल्मुनियम कम्पनीमा काम गर्दागर्दै उच्च रक्तचापका कारण १७ मार्च २०२३ मा ढलेको बताइएको छ । उपचारका लागि कम्पनीले नै अस्पताल पु¥याएर चार महिनासम्म उपचार गर्दा पनि होस नआएपछि परिवारको चाहना र आग्रहअनुसार नै नेपाल ल्याइएको बोर्डले जनाएको छ ।

चौधरीमात्र नभई वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी तथा अंगभंग भएका र विभिन्न समस्यामा परेकाहरूलाई बोर्डले सम्पूर्ण खर्चसहित उद्धार गर्दै आएको पौडेलले बताए । ‘कोमाको अवस्थामा रहेका नेपालीहरूलाई बोर्डले विभिन्न समयमा उद्धार गर्दै आइरहेको छ, गत आर्थिक वर्षमा मात्रै कोमामा रहेका तीन जनाको सम्पूर्ण खर्च व्यहोरेर ल्याइएको छ,’ उनले भने । 

वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले कोमाको अवस्थामा पुगेका श्रमिकलाई स्वदेश ल्याउन र स्वदेशमा नै उपचारको थप व्यवस्था गर्न बोर्डले आर्थिक सहयोग गर्दै आइरहेको छ । गम्भीर बिरामी वा अंगभंग भएर स्वदेश फर्किएका श्रमिकलाई अवस्था हेरेर बोर्डले सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउन सक्ने प्रावधान रहेको छ ।


प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:०१
#दिनेशकुमार_चौधरी #बहराइन #वैदेशिक_रोजगार_बोर्ड_सचिवालय
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP