Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • विपद् विनाश र विकासबीचको अन्तरसम्बन्ध
विपद् विनाश र विकासबीचको अन्तरसम्बन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १२, २०८०
_MG_0090.JPG
Hardik health
श्रीरामसिंह बस्नेत विपद्ले विनाशमात्र गर्दैन, विकासका लागि नयाँ ढोका पनि खोल्छ । विश्वका विभिन्न भागमा अहिलेसम्म भएका अनेकौँ प्राकृतिक विपद्को इतिहास हेर्ने हो भने यो तथ्य प्रमाणित भएको पाइन्छ । चाहे नेपालको विसं १९९० को महाभूकम्प होस् वा सन् १९९५ मा जापानको कोबे भूकम्प वा सन् २००१ मा भारत गुजरातको भुजको विनाशकारी भूकम्प होस्, त्यो विपद्पछिको पुनःनिर्माणले ती स्थानको काँचुली नै फेरिदिएको सर्वविदितै छ । विसं २०७२ वैशाख १२ गते नेपालमा आएको ठूलो भूकम्पले पनि विनाश र वियोगका साथसाथै नवनिर्माणको अवसर पनि जुटाइदिएको सबैले अनुभूति गरेका छन् । सामान्यतया विपद्का तीन चरण हुन्छन्–विपद्पूर्व (प्रि–डिजास्टर), विपद् भइरहेको अवस्था (ड्युरिङ् डिजास्टर) र विपद्पश्चात् (पोस्ट–डिजास्टर) । विपद्पूर्वको चरण मूलतःपूर्वतयारीको चरण हो । सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई सकेसम्म न्यूनीकरण गर्नु गराउनु नै यो चरणको मुख्य लक्ष्य हो । हाम्रो देश विपद् पूर्वतयारीका लागि त्यति सबल नरहेको विसं २०७२ को भूकम्पमा प्रत्यक्ष अनुभव भयो । यो चरणमा बुद्धि र विवेक नपु¥याउँदा कति हृदयविदारक क्षति भोग्नुपर्छ भन्ने दृष्य चार महिनाअघिमात्र टर्कीको भूकम्पमा देखियो । विसं २०७२ को गोरखा भूकम्पमा झण्डै नौ हजार व्यक्तिले जीवन गुमाए भने २२ हजारभन्दा बढी घाइते भए । पूर्वतयारी सबल भइदिएको भए त्यो सङ्ख्या निकै घटाउन सकिन्थ्यो । दोस्रो चरण अर्थात् विपद् भइरहेको अवस्थाको दृष्टिले २०७२ को भूकम्पलाई लेखजोखा गर्दा केही मिश्रित स्थिति पाइन्छ । विशेषगरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले त्यस अवस्थामा निर्वाह गरेका आफ्ना पेशागत कर्तव्यको जति प्रशंसा गरे पनि कमै हुन्छ । वैशाख १२ को मुख्य भूकम्प र त्यसपछिका साना ठूला परकम्पहरुको लगातार सन्त्राशका बीच भूकम्प प्रभावित स्थानहरुमा कार्यरत यी तीन पेशाकर्मीले गरेका कामको देश, विदेशमा चर्चा बटुलेको थियो । यो चरण वास्तवमा उद्धार र राहतमा केन्द्रित भएर काम गरिने चरण हो । त्यसका लागि सम्बन्धित निकाय र जिम्मेवार पदाधिकारीबीच चुस्त र प्रभावकारी समन्वय, समझदारी र सहकार्य अनिवार्य हुन्छ । तर हामी कहाँ त्यसमा कमीकमजोरी देखियो । फलस्वरुप कहीँ राहत सामग्रीको थुप्रो लागेको, कहीँ भने केही पनि नपुगेको गुनासो धेरै आयो । विदेशबाट आएका उद्धार टोलीहरुले आफ्नो साथमा ल्याएका अत्याधुनिक उपकरणहरुको प्रयोग गरे तर नेपालको उद्धार टोली भने त्यस्ता उपकरणको व्यवस्था नहुँदा साभेल, पिककै भरमा उद्धार कार्यमा जुटिरहेको बाध्यात्मक दृष्य पनि देखियो । विपद्को तेस्रो चरण अर्थात् विपद्पश्चात्को चरण मुख्यतया पुनःस्थापना र पुनर्निर्माणका कार्यमा केन्द्रित रहन्छ । गोरखा भूकम्पपछि भूकम्पपीडितको पुनःस्थापना र पुनःनिर्माणका लागि धेरै महत्वपूर्ण काम भए । पुनर्निर्माणसम्बन्धी ऐन ल्याउन र पुनःनिर्माण प्राधिकरण गठन गर्नमा केही विलम्ब भए पनि यसले काम सुरु गरेपछि लगातार छ वर्षमा धेरै महत्वपूर्ण कार्यसम्पन्न गरेको पाइन्छ । यद्यपि प्राधिकरणले आफ्नो अवधि पूरा गरिसकेपछि पनि अधुरा कार्य नेपाल सरकारको सम्बन्धित निकायमार्फत अझै जारी नै छ ।पुनःनिर्माणका मुख्य तीन क्षेत्र थिए–व्यक्तिगत आवास, सम्पदास्थल र सरकारी संरचना । भूकम्पको चपेटामा परी छ लाखभन्दा बढी घर पूर्णक्षतिग्रस्त भएका थिए भने करिब दुई लाख ८५ हजार घर आंशिक क्षति भएका थिए । पूर्णक्षतिग्रस्त घरलाई तोकिएको मापदण्डअनुसार पुनःनिर्माण गराउन सरकारले घरधनीलाई रु तीन लाख अनुदान दिएको थियो भने आंशिक क्षति भएकालाई रु एक लाख । यो अनुदानले पुनःनिर्माणको अभियान चलाउन धेरै ठूलो काम गर्‍यो । केही नीतिगत अन्योल रहे पनि निजी आवास पुनःनिर्माणमा नेपालको प्रयास धेरै हदमा सफल रहेको भनी स्वदेश र विदेशमासमेत सराहना भएको पाइन्छ । यसको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको पुनःनिर्मित सबै घर भूकम्प सुरक्षा प्रविधि अपनाएर निर्माण गरिनु हो । गाउँ होस् वा सहर पुनःनिर्मित घर पहिलाको दाँजोमा धेरै वैज्ञानिक र भूकम्पीय दृष्टिकोणले सुरक्षित बनेका छन् । देशभरमै भवन निर्माण संहिताको महत्व व्यवहारमै स्थापित गराउन सरकार सफल भएको छ । पुनःनिर्मित घरका कोठा अलि साना भए भन्ने गुनासो सुनिन्छ । सुरुमै नीतिगत स्पष्टता भइदिएको भए सायद यो गुनासो आउँदैन थियो । आफ्नो नाममा जग्गाधनी पुर्जा नभएको कारण अनुदान पाउन नसकेका भूकम्पपीडितका गुनासो पनि सुनियो भने रु तीन लाख नगद पाउँदा पनि अशक्तता र परिवारमा सक्रिय उमेरको कोही पनि नभएको कारण घर बनाउन असमर्थ रहेका असहाय पीडित पनि भेटिए । यस्ता विशेष वर्गलाई विशेष व्यवस्था गरेर सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व हो । गोरखा भूकम्पले सम्पदास्थलमा पनि धेरै क्षति पु¥याएको थियो । विश्वसम्पदा सूचीमा ससम्मान सूचीकृत सम्पदास्थल भूकम्पको चपेटामा परे । विशेषगरी काठमाडौँ उपत्यकाभित्रका सम्पदास्थलमा धेरै क्षति पुगेको थियो । हनुमानढोका क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र टोखाका सम्पदामा पूर्ण क्षति भएका थिए भने पशुपतिनाथ क्षेत्रमा विश्वरुप मन्दिरमा पूर्णक्षति र अन्य स्थलमा आंशिक क्षति पुगेको थियो । यसैगरी त्रिपुरेश्वर, पचली, कीर्तिपुर, धर्मस्थली, इचङ्गु आदि स्थानका सम्पदामा केहीमा पूर्ण र धेरैजसोमा आंशिक क्षति पुगेको थियो । पूर्णक्षति भएका महत्वपूर्ण ऐतिहासिकस्थलमा धरहरा, रानीपोखरीको बालगोपाल मन्दिर र काष्ठमण्डप पुनःनिर्माणमा धेरैको चासो भएकाले विशेष चर्चित रहे । ललितपुर र भक्तपुरका दरबार क्षेत्रका केही सम्पदामा भूकम्पले गम्भीर क्षति पुर्‍याएको थियो भने धेरै स्थल आंशिक क्षतिमा परेका थिए । उपत्यका बाहिर विशेषगरी सिन्धुपाल्चोक, दोलखा र गोरखाका केही सम्पदा स्थलमा पनि भूकम्पले क्षति पु¥याएको थियो । अत्यन्त सिमित साधन र स्रोत भए पनि स्थानीय जनसमुदाय, जनप्रतिनिधि संस्था, पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र अन्तर्राष्ट्रिय दातृ समुदायको सक्रियतामा अधिकांश सम्पदास्थलको पुनःनिर्माण कार्य पूरा भइसकेको छ भने केही जारी छ । ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनमा चासो राख्ने स्वदेश र विदेशका सबै व्यक्ति र संस्थाका लागि नेपालले प्राप्त गरेको यो सफलता उत्साहजनक हुन गएको छ । यसैगरी गोरखा भूकम्पले विद्यालय भवन, स्वास्थ्य उपचार संस्था, सरकारी कार्यालयमा पनि गम्भीर क्षति पुर्‍याएको थियो । भूकम्प प्रभावित विभिन्न जिल्लाका गरी पाँच सय ७५ सामुदायिक विद्यालय र दुई सय १५ निजी विद्यालय भवन पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । केही कक्षाकोठा मात्र क्षति भएको सङ्ख्या २५ हजारभन्दा बढी छन् । साथै अन्य सरकारी कार्यालय भवनमा दुई हजार छ सय ५६ मा पूर्णक्षति पुगेको थियो भने तीन हजार छ सय २२ मा आंशिक क्षति पुगेको गृहमन्त्रालय, विपद् व्यवस्थापन महाशाखालाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यम र भूकम्पपछि प्रकाशित भूकम्पसम्बन्धी पुस्तकमा उल्लेख गरिएको पाइन्छ । कतिपय विद्यालय भवन पुनःनिर्माण भई पहिलाकोभन्दा सुविधा सम्पन्न र आकर्षक देखिएका छन् । गाउँ र सहरका यस्ता क्षतिग्रस्त विद्यालय भवन पुनःनिमाण गर्नमा विभिन्न मित्रराष्ट्रहरुले देखाएको सदासयता साँच्ची नै सराहना योग्य छ । ती विद्यालयका विद्यार्थीका लागि त भूकम्प वरदान नै सावित हुन पुगेको छ । तर ठेकेदारको लापर्वाहीले केही विद्यालय भवनको पुनःनिर्माण अझै पूरा हुन सकेको छैन । यसैगरी स्वास्थ्य संस्था र अन्य सरकारी भवनको पुनःनिमाण केही पूरा भइसकेको छ भने केही निर्माणाधीन अवस्थामा छन् ।प्रत्येक विपद्ले हरेक व्यक्ति, परिवार, समुदाय र सरकारलाई केही न केही महत्वपूर्ण पाठ सिकाएर जान्छ । पाठ सिकाउनु एउटा कुरा हो, त्यो पाठलाई आत्मसात् गरी आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउनु र विपद्सँग सामना गर्ने क्षमता अभिवृद्धि गर्नु अर्को कुरा हो । त्यसैले भूकम्पलगायत सबै किसिमका विपद्सँग सामना गर्ने क्षमता विकास गर्न गोरखा भूकम्पले सिकाएको पाठलाई सबै पक्षले आत्मसात् गरी कार्यक्षेत्रमा सक्रिय रहनु नेपालका सम्पूर्ण समुदायको सुरक्षित भविष्यका लागि अपरिहार्य छ । (लेखक वरिष्ठ पत्रकार तथा विपद्सम्बन्धी विज्ञ हुन्)
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP