Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
विचार
  • Home
  • विचार
  • हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म
हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २६, २०८०
RAM KUMAR ELAN
RBB RBB
हेटौँडा -  यसै साता आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइयो । सरकारले २०७३ देखि पत्रकारिता दिवसलाई राष्ट्रिय रूपमा मनाउन मान्यता दिएको छ । गोरखापत्र प्रकाशन आरम्भ भएको दिन अर्थात वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइरहँदा त्यही गोरखापत्रको मानकअनुसार हाम्रो पत्रकारिता सार्थक मोडमा जाँदैछ कि स्वार्थको घुम्तीमा दुर्घटना कुरिररहेको छ ? विवेचना गर्ने बेला पनि भएको छ । पत्रकारिताको यति लामो यात्रामा विभिन्न आर्थिक, सामाजिक र राजनीतिक उतारचढावसँगै प्रविधिमा आएको परिवर्तनले अकल्पनीय फड्को मारेको छ ।पत्रकारिताको विकास स्थानीय तहमा युट्युब टेलिभिजन र अनलाइन सञ्चार गृह सञ्चालनमा पुगेको छ । विगतमा पत्रकारिता ग्रामीण बस्तीबाट भित्तेपत्रिका हुँदै केन्द्रमा पुग्थ्यो । पत्रकारितामा आकर्षित र सक्रिय अहिलेका कैयौँ पुस्ताका पत्रकार विगतमा गाउँमा भित्तेपत्रिका निकाल्थे । हवाई पत्रिका निकाल्थे । त्यसपछि लेटर प्रेसको जमाना आयो । जिल्लामा फाटफुट निस्कने पत्रिकामा संवाददाता भए । काठमाडौँसँग जोडिएर साप्ताहिक पत्रिकामा संवाददाता हुन थाले ।पछि ब्रोडसिट दैनिक आउन थाले । दैनिकमा समाचार अहिलेजस्तो तुरुन्त प्रसार हुने व्यवस्था थिएन । हुलाकबाट पठाउनु पथ्र्यो । पछि कुरियरले अलि चाँडो पु¥याइदिन थाल्यो । नेपाल टेलिकम, प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भएका फ्याक्स मेसिनमा पत्रकार लाइन बसेर समाचार पठाउनु पथ्र्यो । यस्तो अवस्थामा राज्य, प्रशासनविरुद्ध समाचार लेख्न कठिन थियो । किनकि फ्याक्स गर्ने ठाउँ नै सरकारी कार्यालय पथ्र्यो । त्यसपछि टेलिफोन बुथहरूले फ्याक्स मेसिन राख्न थाले । त्यहाँबाट समाचार जान थाल्यो ।बिस्तारै कम्प्युटर युग आयो । जोस, जाँगर भएका पत्रकार ४० वर्ष कटेपछि पनि यो सीपमा रत्तिए । समाचार टाइप गरेर पठाउने भए । हेटौँडाबाट काठमाडौँमा समाचार पठाउन त्यतिखेर एसटिडी लाइनको फोनमार्फत इन्टरनेट जोडिएको थियो । अहिलेका पुस्तालाई पिसिओ, लोकल, एसटिडी, आएसडी फोनबारे ज्ञान नहुन सक्छ । किनभने डिजिटल प्रविधिले त्यो प्रविधि नै लोप भयो । अझ ग्रामीण भेगका भिएचएफ फोनमार्फत काठमाडौँका एफएम, पत्रिकामा समाचार टिपाउने युगबाट हामी यहाँसम्म आइपुगेका हौँ । बिस्तारै लोकल टेलिफोनमै इन्टरनेट चल्न थाल्यो । नेपाल टेलिकमले इन्टरनेट सेवा दिन थालेपछि सेवा सस्तो हुँदै गयो । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी आज इन्टरनेटसँगै टेलिभिजनको केवलको सेवा पनि दिइरहेका छन् । यसरी २०६४ पछि सुरु भएको सञ्चारको छलाङ निरन्तर यहाँ आइपुग्दा आज काठमाडौँको समाचार सर्वसाधारणले टिकटक, फेसबुक, युट्युब, ट्विटरमा हेर्न थाले । एउटा अनुभव शेयर गर्न चाहन्छु, नेपाल समाचारपत्र दैनिक सार्वजनिक बस सेवाबाट हेटौँडा आउँदा दिउँसो २ बज्थ्यो । साँझ पत्रिका हेर्न पाउँथ्यौँ । समाचार छापिएपछि ठूलै फड्को मारेको अनुभव हुन्थ्यो । एक दिन बिहानै पत्रिका आउने पसलमा पत्रिकाको अफिसबाट फोन आएछ, ‘आजको पत्रिका नुवाकोटको बसमा पठाइएको छ, अलि ढिलो हुन्छ होला ।’ हामी धेरैबेर हाँस्यौँ तर मनमा द्विविधा के परिरहेको थियो भने, आजै जिल्लाका धेरै समाचार छापिएका थिए । जनताले पत्रिका पढ्न नपाउने भन्ने भयो । किनभने काठमाडौँ बसेर सबैथोक जानिन्छ र जिल्लामा बस्ने नजान्ने हुन्छ भन्ने पुरातन सोच हाम्रो नयाँ पुरानो दुवै पुस्ताको मनोग्रन्थीमा गढेर बसेको छ । नुवाकोटको बसमा पत्रिका हालेर मकवानपुर आउँदैन भन्ने भूगोल जानकार नभएका मान्छे पत्रिका वितरण शाखामा पर्दाको स्मरण हो यो । प्रतिस्पर्धाको युगमा सञ्चार अघि बढिरह्यो । युट्युब आयो । डेढ दशकअघि नै लेखिएका थिए कि, संसारमा टेलिभिजनलाई युट्युबले जित्ने छ । भर्खर इन्टरनेट सहरका एकाध घरमा जोडिएका बेला आएको युट्युबले टेलिभिजन यसरी स्थापित गर्ला भन्ने कल्पनै थिए । त्यसपछि टेलिभिजन आए । त्यतिखेर कस्तो माहोल थियो भने टेलिभिजनले के समाचार दिन्छ, पत्रिकाले पनि त्यही पच्छ्याउने चलन बढ्यो । यसले अखबारका समाचार बासी हुन थाले । अर्कातिर रेडियोको युग उस्तै चमकदमकमा प्रस्तुत भइरहेको थियो । माथि नै उल्लेख गरिएकै छ, मकवानपुरको पत्रिका नुवाकोटको गाडीमा पठाउने वितरण शाखालाई रेडियोले विस्थापित गरिदिए । काठमाडौँका सबै रेडियोले बिहानै पत्रिका पढिदिने, नेपालभर नेटवर्क बनाएका रेडियोले समाचार बिहानै बजाइदिएपछि आजको पत्रिका आजै आए पनि नआए पनि हुने भयो । मान्छे बिहानै रेडियो सुन्न थाले, साँझ टिभी हेर्न थाले । पत्रिकाको व्यापार ओरालो लाग्नुमा वितरण कमजोर मात्र थिएन, सञ्चार सामग्रीलाई रेडियो र टिभीले पहिले नै प्रसार गरिदिन्थे । त्यसैले पत्रिकाकै समाचार पढेर रेडियो, टिभी लोकप्रिय बनिरहँदा पत्रिका चैँ पुरानो र बासी समाचारको सङ्ग्रहका रूपमा परिचित र परिभाषित हुन थाल्यो । पत्रकारितामा छापा माध्यम कमजोर भयो भनेर फेरि अखबारहरूले मिहिनेत गरे । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति व्यावसायिक ढर्रामा उत्रियो । उसले अखबारले झैँ देशभर संवाददाता राखेर सबै समाचार कभरेजमा पहुँच बनायो । प्रविधिमैत्री हुन थाल्यो । तस्बिर, समाचार समयमा उपलब्ध गराउन थाल्यो । यतिखेरसम्ममा अनलाइनहरू आइसकेका थिए । पत्रिका, अनलाइन, रेडियो, टेलिभिजन राससका ग्राहक छँदैथिए । राससका समाचार फेरि पनि घन्टाघन्टामा एफएम र टेलिभिजनमा अनि क्षणभरमै अनलाइनमा आउँदा अखबारकै बजार खस्कियो । अखबारले राम्रा पत्रकार राखेर खोजीका समाचार प्रकाशन गर्दा पनि काठमाडौँका अनलाइनहरूले बिहानै त्यही समाचार राखिदिएपछि जिल्लामा छापा माध्यम कमजोर भइरहेकै थियो । २०६५ पछि धेरै जिल्लामै अनलाइन, दैनिक पत्रिका, रेडियोसँगै टेलिभिजन स्थापनाका पहल भए । केन्द्रबाट अखबार प्रकाशन व्यावसायिक भइरहँदा जिल्लामा स्थानीय अखबार, रेडियोले पाठक, स्रोता, दर्शकलाई तानिसकेको थियो । टलिभिजन चलाउनुपर्छ भन्ने भइसकेको थियो ।यसपछि केन्द्रका अखबारले ई–पेपर सुविधा दिन थाले । सरकारी कार्यालय, बैंक, इन्टरनेट पहुँचमा भएकाले त यसको सुविधा लिने भए । सर्वसाधारणलाई यो पनि सुविधाजनक भएन । पछिल्लो एक दशकमा आएमा स्मार्ट फोनले हाम्रो पत्रकारिताको ढाँचा नै बदलिदियो । सबै खबर अखबार, अनलाइन, टेलिभिजनमा भन्दा अगाडि फेसबुक, युट्युबमा आउन थाले । हरेक घटनाका भिडियो क्षणभरमै फेसबुकमा छाउन थाले । त्यही भिडियोमा आधारित सानो समाचार टेलिभिजनमा, अनलाइनमा, पत्रिकामा आउन थाल्यो । इन्टरनेटको पहुँचसँगै माथि उल्लेख गरिएको भित्तेपत्रिका हुँदै केन्द्रसम्म पुगेको पत्रकारिता काठमाडौँबाट फेरि प्रदेश, स्थानीय तह हुँदै वडा तहमा फर्कियो । यसको सबैभन्दा मार छापा माध्यमले भोगिरहेको छ ।अहिले सरकारी सूचना छाप्नै पर्ने बाध्यताले अखबार लिखिरलिखिर चलेका छन् । नत्र भने समाचार र विज्ञापन अनलाइनमा आउन थालेपछि अखबारसँगै स्थानीय तहमा टेलिभिजनको बजार कमजोर भएको छ । एफएम रेडियो भारतमा झैँ गीत बजाउने र काठमाडौँबाट निःशुल्क आउने समाचारमा सीमित भएका छन् । जनशक्ति विकास, उत्पादनमा सञ्चारमाध्यम नलाग्दा ठूलो लगानीका पत्रिका, रेडियो, टेलिभिजन फेरि धराशयी नै भएका छन् । देखाउन त कोरोना, डेङ्गु, २०७२ को भूकम्प जे जे देखाए पनि भयो तर काठमाडौँका अखबार कोशी प्रदेश, मधेस प्रदेशमा अब गनेर सीमित सङ्ख्यामा सीमित भएका छन् । बागमती प्रदेशकै कतिपय जिल्लामा पत्रिका कुरियरबाट जान थालेका छन् । यसरी सञ्चार फेरि इन्टरनेट अर्थात् डिजिटल युगमा पुग्दा स्थानीय तहको समाचार स्थानीय तहमै प्रसारले नै अहिले प्रमुखता पाइरहेको छ ।स्थानीय तहले सञ्चारका तालिम दिन बजेट विनियोजन गरेका छन् । वृत्तचित्त निर्माण, रेडियो सञ्चालन, पत्रकारलाई अवलोकन भ्रमण गराएका छन् । उसो त यी सबै अवसर उनीहरू कार्यरत सञ्चारमाध्यमले गर्नुपर्ने हो । उनीहरूले मिडिया चलेन, पत्रकारले लेखेनन् भनिरहँदा आफ्ना सहकर्मी, सञ्चारकर्मीलाई पुनर्ताजगी तालिम, अनुभव आदानप्रदानको मौकासमेत नदिइएका कारण केन्द्रीय सञ्चार गृहका कैयौँ अब्बल पत्रकार स्थानीय सञ्चारमाध्यममा झरेर सक्रिय भएका छन् । यसको असर आज स्थानीय तह र प्रदेशका सञ्चारमाध्यम तत्तत् क्षेत्र, भूगोलमा जनताको मुखपत्र भएका छन् । केन्द्र संस्करणमा नपरे पनि हाम्रो खबर स्थानीय अनलाइनले नै राम्रो र विस्तृत दिने गरेको छ भनेर स्थानीय तहमा विश्वास बढेको छ । अझ भिडियोसहित सामग्री प्रसारणमा स्थानीय तहका सञ्चारमाध्यम अग्रसर भएका छन् । पत्रिका, रेडियो, टेलिभिजन, युट्युब, फेसबुक र टिकटकमा समेत स्थानीय सञ्चार सामग्रीले अवसर पाउँदा भन्न सकिन्छ, काठमाडौँ केन्द्रित पत्रकारिता फेरि स्थानीय भूगोलमै फर्किएको छ । फरक यति हो यो दुई दशकमा पहिला भित्तेपत्रिका थियो । अहिले डिजिटल भित्तेपत्रिका अर्थात् ल्यापटप र मोबाइलमा पढ्न सकिने र आफ्नै भूगोल वरपरका बढी सामग्री पाइने भएको छ । पत्रकारिता दिवस मनाइरहँदा हामीले अब गुणस्तरीय सामग्री उत्पादनमा जोड दिने हो, दक्ष जनशक्ति निर्माणमा लगानी गर्ने हो । नयाँ पुस्तालाई समयसापेक्ष सामग्री उत्पादन, उच्चारण, सम्पादन, प्रसारणमा केन्द्रित गर्न जरुरी छ । प्रदेश सरकारले नै आमसञ्चारका अनेक विधागत संस्था स्थापना गरेर प्रदेश र स्थानीय तहमा सञ्चारको नयाँ आयाम सुरु गरिरहेका छन् । पत्रकारिता दिवस मनाइरहँदा यो उपलब्धिलाई कम्तीमा पत्रकारिता गर्नेहरूले चाहिँ गौरव मान्दै समिक्षित हुँदै अघि बढ्न जरुरी छ । (लेखक वीरगञ्जबाट प्रकाशित मधेसदृष्टि दैनिकका सम्पादक हुन् )
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विचार
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव शुक्रबार, वैशाख २६, २०८२
आजको सन्दर्भमा पत्रकार र पत्रकारिता
आजको सन्दर्भमा पत्रकार र पत्रकारिता बुधबार, वैशाख २४, २०८२
सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो कोइरी
सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो कोइरी बुधबार, वैशाख २४, २०८२
बागमती र यमुना नदीमा पापी मन
बागमती र यमुना नदीमा पापी मन मंगलबार, वैशाख २३, २०८२
सडकदेखि सदनसम्म रमिता ! 
सडकदेखि सदनसम्म रमिता !  मंगलबार, वैशाख १६, २०८२
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान आइतबार, वैशाख १४, २०८२
 संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
 संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद बुधबार, वैशाख १०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP