Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गगन विश्व आत्मालोचना कहिले ?
गगन विश्व आत्मालोचना कहिले ?
बुधबार, वैशाख १३, २०८०
editorial
Hardik health
उपनिर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ थियो । कांग्रेसको लगानीमा हुर्के बढेका डा. स्वर्णिम वाग्लेले घर छाडेर छिमेकीको बार्दली चढ्दै गर्दा कांग्रेस लाज जोगाउन उत्रेको थियो । कांग्रेसले उम्मेदवार मनोनयनको दिन तनहुँ–२ मा महामन्त्री गगन थापालाई खटायो भने चितवन–२ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई । कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाश नेतृत्वको आलोचना गर्दै हुर्केका जोधाहा नेताहरु हुन् । कांग्रेसमा शेरबहादुर देउवाको निरंकुश शैलीको चर्को विरोध गरेकै कारण युवाले मनपराएर महामन्त्रीसम्मको यात्रा तय गर्ने दुवै महामन्त्री यसपटक उपचुनावमा खटिए । जब सडकमा हुन्छ, प्रश्न स्वाभाविक हो । तब कुर्सीमा पुग्छ, उसले जवाफ दिनैपर्छ । जवाफ सन्की भएर हैन सुझबुझपूर्ण आउनुपर्छ । हालै नेतृत्वमा पुगेर चुनावबाट पनि अनुमोदन भएर आएको गगन र विश्वप्रकाश जब चुनावीसभामा उत्रिए– बोल्दै जाँदा दुवै जनामा सत्ताको उन्माद चढ्यो । अनि त्यही टिकट नपाएर पार्टी छाड्न बाध्य भएका डा. स्वर्णिममाथि कुर्लिए । गगन दमौलीमा छाती ठोक्दै स्वर्णिमलाई धारे हात लगाउँदै गर्दा भरतपुरमा विश्वप्रकाशले सोध्न भ्याए– शेरबहादुर देउवाले नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनाएको हो, गीत गाउन दिँदा नाच्छु भन्दै आउने ? कांग्रेसले आफ्नो आँगनमा नाच्न नदिएपछि स्वर्णिम छिमेकीको आँगनमा नाच्न निस्के । नाच्नमा उनी पोख्त रहेछन् भन्ने कुरा जनताबाट अनुमोदित भएपछि प्रस्टिसकेको छ । तर, नाच कांग्रेसका ‘डान्स कोरियोग्राफर’हरु भने आँगन टेढो भएको हो कि भन्दै आफ्ना उम्मेदवारहरुतिर वाल्ल परेर हेरिरहेका होलान् । देउवा नेतृत्वमा लगभग कमजोर बनेको छ, कांग्रेस । नेता कार्यकर्ताले गठबन्धन मन पराएका छैनन् । यद्यपि, देउवाले माओवादीलाई काँध हालेर हिँडेको छ । यस्तो अवस्थामा खुंखार आलोचक भन्ने गगन र विश्वप्रकाश यो उपनिर्वाचनमा देउवाको कवच त बने नै खटिएको ठाउँबाट लोकप्रिय मत पनि जुटाउन सकेनन् । मंसिरको निर्वाचनमा गगन र विश्वप्रकाश अरु उम्मेदवारको क्षेत्रमा मत माग्न गएनन् भन्ने आरोप लागेको थियो । अहिले ती नेता गम खाँदै होलान्– मेरो क्षेत्रमा नआएर ठीकै गरेछन् । चितवन र तनहुँमा गठबन्धन दिलोज्यान दिएर लागेकै थियो । दुई महामन्त्री टाउको टेकेर छाती ठोकेर लागेकै थिए । तर नतिजा– हातमा लाग्यो शून्य । प्रयोग भएर वा गरेर दुई महामन्त्री उपनिर्वाचनमा असफल भए । चुनावको परिणाम आइसक्यो आत्मसमीक्षा गर्दै आत्मालोचना गर्ने कहिले ?  
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP