Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • गाउँमा को छ ? कोही छैन ! अब सहरमा पनि हुने छैन !
गाउँमा को छ ? कोही छैन ! अब सहरमा पनि हुने छैन !
मंगलबार, वैशाख १२, २०८०
matyangra
Hardik health
‘बोल्ने कोही छैन, गाउँमा बोल्ने छैन पाहुना आउँदा, घरको ढोका खोल्ने कोही छैन’ कवि अर्जुन पराजुलीका शब्दमा शिशिर योगीले मर्मस्पर्शी ढंगले गाएको गीत सुनेर मुग्लाङ भासिएको ‘अ’नागरिक मट्याङ्‍ग्रोको आँखाभरि आँशु भरिएको छ । देशमा लोकतन्त्र ल्याउनका लागि सडक संघर्षमा उत्रिएको मट्याङ्‍ग्रोले २०६२ वैशाख ११ गते लोकतन्त्र स्थापना गरिरहँदा निकै नै उत्साहित थियो । अब त मज्जाले युवाहरुले देशमै काम पाइन्छ । तानाशाह, चाकडी, चाप्लुसीले धोका खाने छ, कर्मशील, इमान्दारको दिन लोकतन्त्रले फिराउने छ भन्ने थियो । तर, उसको सपनाले नै धोका खायो । आँखामा आँसु टिलपिलाउँदै मुग्लाङमा भेँडा चराउँदै गरेको मट्याङ्‍ग्रो जब वैशाख ११ आउँछ तब आफ्नो गाउँ सम्झन्छ । राजनीतिक परिवर्तन गर्दै जनताको मुहार फेर्न हिँडेको फूर्ति गर्ने मट्याङ्‍ग्रो आफ्नै हालत देखेर दुःखी भएको छ । अहिले मट्याङ्‍ग्रो समुद्रपारी बालुवाको रापमा आँशु चुहाउँदै गाउँ सम्झिएको छ । लोकतन्त्र गणतन्त्रलाई स्मरण गर्दै छ । भव्यरुपमा लोकतन्त्र दिवस मनाए होलान् भन्ने आशामा पनि छ । तर, सत्तामा बस्नेहरुले लोकतन्त्र दिवस मनाउन पनि निकै कञ्जुस्याइँ गरेका छन् । दिवस मनाउने भनेको सार्वजनिक बिदा दिनु होइन । दिवसलाई स्मरण गर्न सक्थे तर त्यो पनि भएन । आधुनिक प्रविधिको प्रयोग गर्दै सामाजिक सञ्जाल नियाल्दै गरेको मट्याङ्‍ग्रोले कहीँ कतै पनि लोकतन्त्रको कुरा देखेन । बरु केही बज्रस्वाँठहरुको हावादारी गफले सहर चर्काइरहेको भिडियो भाइरल बनिरहेको देख्यो । आफैंले आफैंलाई धिक्कार्दै थियो । पार्टी, राजनीति, देश परिवर्तन त केवल सपनामात्र रहेछ । गाउँ छाडेर सहर छिरेको छोरो, सहरबाट पनि पलायन भएर ‘अ’नागरिक बनिरहेको छ । प्रजातन्त्र प्राप्त गरेको ७० को दशकसम्म पनि नागरिकको मुहारमा उज्यालो छैन । खुसी छैनन् नेपाली जनता । लाखौं मट्याङ्‍ग्रोहरु समुद्रपारि निर्यात भइरहेका छन् । गाउँ रित्तिएको छ । भएका बूढापाकाहरुसँग पनि बोल्ने मान्छे छैन । छोराहरु खाडी भासिए, छोरीबुहारी ‘नर्सिङ’ कि ‘तर्सिङ’ भन्दै अस्ट्रेलिया, इजरायललगायत मान्छे स्यहार्न लम्किए । कति त गाउँको उजाडलाई हेर्न नसकेर सहरमा रेमिट्यान्सले छोराछोरी पढाउने भन्दै उतै बन्द कोठामा मस्त देखिए । तर, गाउँ गाउँ नै छ । हराभरा खेती हुने, लटरम्म फलफूल झुल्ने डाँडापाखा उजाड देखिए । तीन तहको सरकार छ भन्थे, खै कहाँ छ ? कसैले देखेन । बरु त्यही सामाजिक सञ्जालमा सहरमा भएका अभद्र कुराहरु मात्र देखिए । परिवारको विखण्डन । सामाजिक मूल्य र मान्यतामाथि खै के-के बज्रिए । गाउँबाट सहर अनि सहरबाट समुद्रपारि । देशमा बस्छु भन्ने नै कोही छैन । जनताको सेवा गर्छु भन्दै राजनीतिमा हामफालेकाहरु त्यसलाई नै व्यापार बनाइदिए । राजनीतिविना लगानीको व्यापार बन्यो । त्यसैले पनि गाउँको विकास हुन सक्दै सकेन । सत्तरी वर्षको प्रजातन्त्रमा जनताको नफेरिएको मुहार अहिले फेरिने त कुरै छैन । १८ वर्षे लक्का जवान भएका छोराछोरी १२ कक्षा सकिन नपाउँदै विदेश चिहाइरहेका छन् । बाबुआमा भने सारा सम्पत्ति बेचेर उतै पठाइरहेका छन् । आँखामा आँशु लिएर मन्द मुस्कान देखाएर छोराछोरी विदेश पलायन गरिरहेका छन् । त्यही भएरै होला आजकल गाउँमा कोही भेटिँदैन । भेटिएकाले पनि कसैलाई चिन्दै चिन्दैन । सायद मट्याङ्‍ग्रो अब गाउँ फर्कंदा उसले आफ्नो गाउँ पाउने छैन । गाउँ त खण्डहर बनाइदिइसके । सत्ताको स्वाद लिन पल्केकाहरुले गाउँलाई ध्वस्त बनाइदिइसके । सायद पुर्खाले जसरी सुम्पेका थिए त्यो सुम्पने मान्छे पनि छैन । हराउँदै गएको मनमा विदेशी इसारामा राजनीति गर्नेहरुकै कारण आज प्रत्येक घर रित्तो भएको छ । छानो भत्किएको छ । खेतबारी बाँझो छ भनी भकारी रित्तिएर अन्तैबाट अन्न ल्याउनुपरेको छ, भीख मागेर । २००७ सालको परिवर्तनका लागि लडेका मट्याङ्‍ग्रोहरुले के-के गुमाए के-के पाए थाहा छैन । तर, १७ वर्षअघि लोकतन्त्र ल्याउनेहरुले भने धेरै पाए । मात्र आफ्ना युवा पुस्ता गुमाए । अस्तित्व गुमाए अनि विचार, सिद्धान्तलाई बलि चढाए । सायद १७ वर्षे लोकतन्त्रलाई बिर्सिएका कांग्रेस, एमाले र माओवादीहरुले अर्को १७ वर्षपछि आफ्नो इतिहास नै गुमाइसक्ने छन् । विदेशीको गुलाम गर्न खेदेका युवा पुस्ताकै कारण यिनीहरु खेदिने छन् । अहिले सत्तामात्र सम्झिरहेकाहरुलाई यो देशले नै भुलिदिने छ । यहाँ छ फिरंगीहरुले राज गर्ने छन् । जसरी देशको नीति बनाउने राजनीतिमा २००७ सालमा प्रजा परिषद्ले योगदान गरेको थियो र बिर्सियो देशलाई । त्यस्तै हविगतमा एमाले, कांग्रेस, माओवादी पुग्ने छन् । युवा पुस्ताबाट खेदिन सुरु गरेका देश बिगार्ने ठेकेदारहरुलाई राजनीतिक विचौलियाले नै ठेगान लगाउने छन् । लगाइरहने छन् । अहिले नै हेर्ने हो र लोकतन्त्र दिवस अनि उपनिर्वाचनलाई मूल्यांकन गर्ने पुराना पुस्तालाई स्वीकार गर्न तत्पर छैन नयाँ पुस्ता । नयाँ पुस्ताको भावनामाथि खेलवाड गरिरहेका र चल्दै जान्छ भन्ने भिखारी सोच लिएकाहरुले आफ्ना सन्तानहरुका लागि त गरे निकै गरे होलान् तर जनता र देशलाई पनि पाइला पाइलामा धोका दिइरहेका छन् । उनीहरु सोचिरहेका छन् हामीले त धोका दिएकै हो । आफ्नो स्वार्थ पूरा गरेकै हो । त्यो धोका र स्वार्थले मुटु चुँडिरहेको यिनलाई पत्तै छैन । अहिले जसरी गाउँमा कोही भेटिँदैन, त्यसैगरी विस्तारै सदरमुकाम र सहरमा पनि नेपाली युवा भेटिन मुस्किल पर्नेछ । यहाँ तिनै ठेकेदारले बाँडेका नागरिकताधारीहरुले नै रजगज गर्ने छन् । अनि सहर कसैको गुलाम बन्नेछ । त्यसबेला न त कांग्रेससँग शक्तिशाली कार्यकर्ता हुनेछ न त एमाले वा माओवादीसँग नै । विगतमा जसरी एउटा वाद र विचार वोकेर राष्ट्रियता र देशको मुहार परिवर्तन गर्न खोज्ने युवा पुस्ता राज्यले गुमाइसकेको हुनेछ । मट्याङ्‍ग्रोहरु ‘अ’नागरिककै रुपमा भए पनि त्यही समुद्रपारि बसेर गाउँमा ताल्चा मारिएको घर, बुढा बा आमा सम्झने र अहिलेका दलहरुलाई लोकतन्त्रकै नामम धिक्कार्नेबाहेक केही गर्न सक्ने छैनन् । त्यसैले मट्याङ्‍ग्राहरुको आँखामा आँशु होइन हाँसो र खुसी ल्याउन राज्य चलाउनेहरुले ध्यान दिऊन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP