Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • गाउँमा को छ ? कोही छैन ! अब सहरमा पनि हुने छैन !
गाउँमा को छ ? कोही छैन ! अब सहरमा पनि हुने छैन !
मंगलबार, वैशाख १२, २०८०
matyangra
Hardik health
‘बोल्ने कोही छैन, गाउँमा बोल्ने छैन पाहुना आउँदा, घरको ढोका खोल्ने कोही छैन’ कवि अर्जुन पराजुलीका शब्दमा शिशिर योगीले मर्मस्पर्शी ढंगले गाएको गीत सुनेर मुग्लाङ भासिएको ‘अ’नागरिक मट्याङ्‍ग्रोको आँखाभरि आँशु भरिएको छ । देशमा लोकतन्त्र ल्याउनका लागि सडक संघर्षमा उत्रिएको मट्याङ्‍ग्रोले २०६२ वैशाख ११ गते लोकतन्त्र स्थापना गरिरहँदा निकै नै उत्साहित थियो । अब त मज्जाले युवाहरुले देशमै काम पाइन्छ । तानाशाह, चाकडी, चाप्लुसीले धोका खाने छ, कर्मशील, इमान्दारको दिन लोकतन्त्रले फिराउने छ भन्ने थियो । तर, उसको सपनाले नै धोका खायो । आँखामा आँसु टिलपिलाउँदै मुग्लाङमा भेँडा चराउँदै गरेको मट्याङ्‍ग्रो जब वैशाख ११ आउँछ तब आफ्नो गाउँ सम्झन्छ । राजनीतिक परिवर्तन गर्दै जनताको मुहार फेर्न हिँडेको फूर्ति गर्ने मट्याङ्‍ग्रो आफ्नै हालत देखेर दुःखी भएको छ । अहिले मट्याङ्‍ग्रो समुद्रपारी बालुवाको रापमा आँशु चुहाउँदै गाउँ सम्झिएको छ । लोकतन्त्र गणतन्त्रलाई स्मरण गर्दै छ । भव्यरुपमा लोकतन्त्र दिवस मनाए होलान् भन्ने आशामा पनि छ । तर, सत्तामा बस्नेहरुले लोकतन्त्र दिवस मनाउन पनि निकै कञ्जुस्याइँ गरेका छन् । दिवस मनाउने भनेको सार्वजनिक बिदा दिनु होइन । दिवसलाई स्मरण गर्न सक्थे तर त्यो पनि भएन । आधुनिक प्रविधिको प्रयोग गर्दै सामाजिक सञ्जाल नियाल्दै गरेको मट्याङ्‍ग्रोले कहीँ कतै पनि लोकतन्त्रको कुरा देखेन । बरु केही बज्रस्वाँठहरुको हावादारी गफले सहर चर्काइरहेको भिडियो भाइरल बनिरहेको देख्यो । आफैंले आफैंलाई धिक्कार्दै थियो । पार्टी, राजनीति, देश परिवर्तन त केवल सपनामात्र रहेछ । गाउँ छाडेर सहर छिरेको छोरो, सहरबाट पनि पलायन भएर ‘अ’नागरिक बनिरहेको छ । प्रजातन्त्र प्राप्त गरेको ७० को दशकसम्म पनि नागरिकको मुहारमा उज्यालो छैन । खुसी छैनन् नेपाली जनता । लाखौं मट्याङ्‍ग्रोहरु समुद्रपारि निर्यात भइरहेका छन् । गाउँ रित्तिएको छ । भएका बूढापाकाहरुसँग पनि बोल्ने मान्छे छैन । छोराहरु खाडी भासिए, छोरीबुहारी ‘नर्सिङ’ कि ‘तर्सिङ’ भन्दै अस्ट्रेलिया, इजरायललगायत मान्छे स्यहार्न लम्किए । कति त गाउँको उजाडलाई हेर्न नसकेर सहरमा रेमिट्यान्सले छोराछोरी पढाउने भन्दै उतै बन्द कोठामा मस्त देखिए । तर, गाउँ गाउँ नै छ । हराभरा खेती हुने, लटरम्म फलफूल झुल्ने डाँडापाखा उजाड देखिए । तीन तहको सरकार छ भन्थे, खै कहाँ छ ? कसैले देखेन । बरु त्यही सामाजिक सञ्जालमा सहरमा भएका अभद्र कुराहरु मात्र देखिए । परिवारको विखण्डन । सामाजिक मूल्य र मान्यतामाथि खै के-के बज्रिए । गाउँबाट सहर अनि सहरबाट समुद्रपारि । देशमा बस्छु भन्ने नै कोही छैन । जनताको सेवा गर्छु भन्दै राजनीतिमा हामफालेकाहरु त्यसलाई नै व्यापार बनाइदिए । राजनीतिविना लगानीको व्यापार बन्यो । त्यसैले पनि गाउँको विकास हुन सक्दै सकेन । सत्तरी वर्षको प्रजातन्त्रमा जनताको नफेरिएको मुहार अहिले फेरिने त कुरै छैन । १८ वर्षे लक्का जवान भएका छोराछोरी १२ कक्षा सकिन नपाउँदै विदेश चिहाइरहेका छन् । बाबुआमा भने सारा सम्पत्ति बेचेर उतै पठाइरहेका छन् । आँखामा आँशु लिएर मन्द मुस्कान देखाएर छोराछोरी विदेश पलायन गरिरहेका छन् । त्यही भएरै होला आजकल गाउँमा कोही भेटिँदैन । भेटिएकाले पनि कसैलाई चिन्दै चिन्दैन । सायद मट्याङ्‍ग्रो अब गाउँ फर्कंदा उसले आफ्नो गाउँ पाउने छैन । गाउँ त खण्डहर बनाइदिइसके । सत्ताको स्वाद लिन पल्केकाहरुले गाउँलाई ध्वस्त बनाइदिइसके । सायद पुर्खाले जसरी सुम्पेका थिए त्यो सुम्पने मान्छे पनि छैन । हराउँदै गएको मनमा विदेशी इसारामा राजनीति गर्नेहरुकै कारण आज प्रत्येक घर रित्तो भएको छ । छानो भत्किएको छ । खेतबारी बाँझो छ भनी भकारी रित्तिएर अन्तैबाट अन्न ल्याउनुपरेको छ, भीख मागेर । २००७ सालको परिवर्तनका लागि लडेका मट्याङ्‍ग्रोहरुले के-के गुमाए के-के पाए थाहा छैन । तर, १७ वर्षअघि लोकतन्त्र ल्याउनेहरुले भने धेरै पाए । मात्र आफ्ना युवा पुस्ता गुमाए । अस्तित्व गुमाए अनि विचार, सिद्धान्तलाई बलि चढाए । सायद १७ वर्षे लोकतन्त्रलाई बिर्सिएका कांग्रेस, एमाले र माओवादीहरुले अर्को १७ वर्षपछि आफ्नो इतिहास नै गुमाइसक्ने छन् । विदेशीको गुलाम गर्न खेदेका युवा पुस्ताकै कारण यिनीहरु खेदिने छन् । अहिले सत्तामात्र सम्झिरहेकाहरुलाई यो देशले नै भुलिदिने छ । यहाँ छ फिरंगीहरुले राज गर्ने छन् । जसरी देशको नीति बनाउने राजनीतिमा २००७ सालमा प्रजा परिषद्ले योगदान गरेको थियो र बिर्सियो देशलाई । त्यस्तै हविगतमा एमाले, कांग्रेस, माओवादी पुग्ने छन् । युवा पुस्ताबाट खेदिन सुरु गरेका देश बिगार्ने ठेकेदारहरुलाई राजनीतिक विचौलियाले नै ठेगान लगाउने छन् । लगाइरहने छन् । अहिले नै हेर्ने हो र लोकतन्त्र दिवस अनि उपनिर्वाचनलाई मूल्यांकन गर्ने पुराना पुस्तालाई स्वीकार गर्न तत्पर छैन नयाँ पुस्ता । नयाँ पुस्ताको भावनामाथि खेलवाड गरिरहेका र चल्दै जान्छ भन्ने भिखारी सोच लिएकाहरुले आफ्ना सन्तानहरुका लागि त गरे निकै गरे होलान् तर जनता र देशलाई पनि पाइला पाइलामा धोका दिइरहेका छन् । उनीहरु सोचिरहेका छन् हामीले त धोका दिएकै हो । आफ्नो स्वार्थ पूरा गरेकै हो । त्यो धोका र स्वार्थले मुटु चुँडिरहेको यिनलाई पत्तै छैन । अहिले जसरी गाउँमा कोही भेटिँदैन, त्यसैगरी विस्तारै सदरमुकाम र सहरमा पनि नेपाली युवा भेटिन मुस्किल पर्नेछ । यहाँ तिनै ठेकेदारले बाँडेका नागरिकताधारीहरुले नै रजगज गर्ने छन् । अनि सहर कसैको गुलाम बन्नेछ । त्यसबेला न त कांग्रेससँग शक्तिशाली कार्यकर्ता हुनेछ न त एमाले वा माओवादीसँग नै । विगतमा जसरी एउटा वाद र विचार वोकेर राष्ट्रियता र देशको मुहार परिवर्तन गर्न खोज्ने युवा पुस्ता राज्यले गुमाइसकेको हुनेछ । मट्याङ्‍ग्रोहरु ‘अ’नागरिककै रुपमा भए पनि त्यही समुद्रपारि बसेर गाउँमा ताल्चा मारिएको घर, बुढा बा आमा सम्झने र अहिलेका दलहरुलाई लोकतन्त्रकै नामम धिक्कार्नेबाहेक केही गर्न सक्ने छैनन् । त्यसैले मट्याङ्‍ग्राहरुको आँखामा आँशु होइन हाँसो र खुसी ल्याउन राज्य चलाउनेहरुले ध्यान दिऊन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP