Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
शनिबार, असोज १३, २०८०
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पाल्दोर_आरोहण
  • #शुभप्रवा_सेभिङ
  • #मनाङ_भ्याली_वाइन
  • #बाइक_राइडर
  • #गोल्डेन ट्रायांगल बाइक टुर
  • #सांकेतिक_भाषा_दिवस
  • #केएफसी रेष्टुरेन्ट
  • #विश्‍व_मुटु_दिवस
Search Here
वार्षिकोत्सव विशेष
  • Home
  • वार्षिकोत्सव विशेष
  • वैदेशिक रोजगारी ‘जेनेटिक’ भइसक्यो
वैदेशिक रोजगारी ‘जेनेटिक’ भइसक्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १२, २०८०
bairo_genetic
RBB RBB
वैदेशिक रोजगारीलाई गन्तव्य मुलुकहरुको नीति र विश्व परिस्थितिको तादम्यतासँग जोडेर हेर्नुपर्छ । साथै, यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावलाई बिर्सनु हुँदैन । गत ७० को दशकमा शून्य लागतमा वैदेशिक रोजगारीमा जाने कुरा जोडले उठ्यो । हुन त यो कुनै नयाँ कुरा थिएन, डिमाण्ड र सप्लाइको आधारमा रोजगारदाताले कार्यान्वयन गर्थे ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको रफ्तार घट्ने देखिँदैन । व्यक्तिको आम्दानीको ठूलो हिस्सा स्वास्थ्य, शिक्षा र खाद्यान्नमा नै खर्च हुन्छ । सामान्य परिवारका लागि यो आम्दानी नेपालमा बसेर सम्भव छैन, जसका लागि विदेशिनु बाध्यात्मक अवस्था भए पनि अर्थोपार्जनको बलियो आधार वैदेशिक रोजगारी नै हो ।
तर, पछिल्लो समय महŒवकासाथ हाइलाइट गरियो र नेपाल सरकारले पनि नीतिगत पहल गर्‍यो । अझ भनौं यसमा नेपाल सरकार २०७२/७३ मा ओभर रियाक्टिभ नै भयो र ‘फ्रि भिसा, फ्रि टिकट’को विषयलाई एक्कासि अन्तर्राष्ट्रिय सिनारियोमा ल्याइयो, यस प्रावधानले हलचल नै भयो । यसले वैदेशिक रोजगारको क्षेत्रमा राम्रो र नराम्रो दुवै परिस्थिति सिर्जना ग¥यो । सही अर्थमा भन्ने हो भने हाम्रो मुलुकले जस्तो अन्य मुलुकले पनि कामदार पठाउन उल्लिखित सर्त राखेको भए उपलब्धि हासिल हुने थियो भने नेपाली श्रमिकहरुले पैसा तिर्नुपर्ने अवस्था आउँदैन थियो । नेपाल एक्लै भएका कारण गन्तव्य मुलुकहरुले हाम्रो कुरालाई त्यति महत्व दिएनन् । कुमुद खनाल अध्यक्ष, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसन

सरकारले विदेशमा काम गर्न जाँदा पैसा लाग्दैन त भन्यो तर त्यसको मार समग्र वैदेशिक रोजगार क्षेत्रमा प¥यो । जसका कारण थुप्रै व्यवसायीहरु पलायन भए । ७० को दशक वैदेशिक रोजगारको क्षेत्रमा ठूलै उथलपुथल आयो ।

यसले सकारात्मकभन्दा नकारात्मक प्रभाव धेरै पा¥यो । ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधानले व्यवसायीलाई दायित्वविहीन बनायो भन्दा अत्युक्ति नहोला ।

भोलि कुनै कामदार समस्यामा प¥यो र फर्किनुपर्ने अवस्था आयो भने त्यसको क्षतिपूर्ति लिने ठाउँ नै छैन । कानुनअनुसार पैसा बुझाएर गएको पनि हुँदैन र व्यवसायी त्यसको जवाफदेही हुँदैनन् । फ्रि भिसा फ्रि टिकटको प्रावधान आएपछि पुराना व्यवसायी पलायन हुने र नयाँ लाइसेन्स लिनेको संख्या ह्वात्तै बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले पनि देखाएको छ । अस्वस्थ्य प्रतिस्पर्धाले ठगीका घटना उत्तिकै बढेका छन् । यही ७० कै दशकमा हामीले कोरोना महामारीको पनि सामना गर्नुप¥यो । एक किसिमले भन्नुपर्दा नजरबन्दजस्तै अवस्था सिर्जना गर्‍यो । कोरोनाकै कारण प्रचलनमा रहेका थुप्रै उद्यम व्यवसाय कोल्याप्सको अवस्थामा पुग्यो भने सँगसँगै नयाँ कन्सेप्ट र बिजनेसको पनि उदय भयो । विश्वमा उद्योग गर्ने, ट्रेडिङ गर्ने, उत्पादन गर्ने, जागिर खाने र मानिसको चलायमान हुने सोचमा पनि परिवर्तन आयो । यसले नयाँ कुराको सिर्जना गर्‍यो । नेपालबाट सिर्जना भएको नयाँ परिवेशअनुरुपको श्रमिक पठाउनसक्ने अवस्था हुन सकेन, न त त्यो स्तरको जनशक्ति नै तयार गर्न सक्यौं । तर, कोभिडको लहर सकिएपछि गन्तव्य मुलुकमा परम्परागतरुपमा सञ्चालित पेसा व्यवसाय ‘रिफर्म’ भएपछि रोजगारीका लागि जाने नेपालीको संख्यामा पनि ह्वात्तै वृद्धि भयो । कोरोनापछि पढेलेखेका र उच्च मध्यम वर्गका नेपालीहरु पनि मलेसिया तथा खाडी मुलुकमा जान थालेका छन् । त्यस्तै वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्यामा पनि सतप्रतिशतले नै वृद्धि भएको पाइएको छ । विदेश जान राहदानी लिने महिला पनि उल्लेख्य बढेका छन् । कोरोनाका कारण मानिससँग भएको सञ्चित रकम सकिएपछि आयआर्जनका लागि विभिन्न विकल्प खोजिरहेका छन् र सजिलो माध्यमको रुपमा वैदेशिक रोजगारीलाई लिइरहेका छन् । यसको चपेटामा महिला बढी देखिन्छन् । यतिखेर झण्डै ७० प्रतिशत मानिस रकमविहीन अवस्थामा रहेका छन् । अहिले नेपालीहरु कमाउनभन्दा पनि बाँच्नका लागि संघर्ष गरिरहेका छन् । नेपाल सामान्य कामदार पठाउने देशको रुपमा चिनिन्छ । नेपालबाट प्राविधिक जनशक्ति पठाउनसक्ने अवस्था पनि छैन । अन्तर्राष्ट्रिय डिमाण्डअनुसार मुस्किलले ०.००१ प्रतिशत दक्ष तथा प्राविधिक श्रमिक पठाउन सकिएला तर यो अन्य मुलुकको तुलनामा गणना नै हुँदैन । यसमा नेपालको शिक्षा प्रणालीले पनि काम गरेको छ । जसमा ८० प्रतिशत सैद्धान्तिक पढाइ हुन्छ । २० प्रतिशत प्राविधिक अध्ययनले मात्रै पुग्दैन । त्यसमा पनि हाम्रो प्रविधिक अध्ययनमा गराउनेभन्दा देखाउने बढी हुन्छ । यसले दक्षतामा निखार आउँदैन । जे होस्, काम जानोस् वा नजानोस्, प्राविधिक होस् वा अप्राविधिक जस्तो अवस्था भए पनि वैदेशिक रोजगारीमा जाने ट्रेण्ड भने निरन्तर चलिरहन्छ । यो विश्वव्यापी चक्र हो । अवसरका लागि मानिस जुनसुकै कुनामा पुग्नसक्छ । अवसरले नै मानिसलाई आप्रवासनमा पुर्‍याउँछ । यस्तो अवस्थामा नेपालीहरु अछूतो हुने कुरै आउँदैन । आजको दिनमा अलि आशा गरिएको कृषि क्षेत्र हो । यसमा पनि आधुनिक कृषि प्रणाली अवलम्बन गर्न नसक्दा प्रचुर उत्पादन हुन सकिरहेको छैन । आफूलाई पुग्ने उत्पादन गरेर बजारमा लैजाने अवस्था छैन । प्रविधिमैत्री प्रणालीको विकास नहुनु र परम्परागतरुपबाट हुने आम्दानीको स्रोतले नपुग्ने भएपछि नेपालीहरु वैदेशिक रोजगारीमा आकर्षित भएका हुन् । यसरी हेर्दा नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको रफ्तार घट्ने देखिँदैन । व्यक्तिको आम्दानीको ठूलो हिस्सा स्वास्थ्य, शिक्षा र खाद्यान्नमा नै खर्च हुन्छ । सामान्य परिवारका लागि यो आम्दानी नेपालमा बसेर सम्भव छैन, जसका लागि विदेशिनु बाध्यात्मक अवस्था भए पनि अर्थोपार्जनको बलियो आधार वैदेशिक रोजगारी नै हो । वैदेशिक रोजगारीका लागि नेपालबाट मात्रै होइन विकसित भनिएको मुलुक अमेरिकाबाट पनि मानिसहरु अन्य मुलुक जाने गरेका छन् । झण्डै ४० प्रतिशत अमेरिकीहरु वैदेशिक रोजगारीमा रहेको विभिन्न तथ्यांकले देखाएको छ । यसर्थमा हामीले विश्वव्यापी परिवेशमा प्रतिस्पर्धा गर्नसक्ने प्राविधिक तथा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि सरकारले आवश्यक लगानी र नीतिगत व्यवस्था गर्न जरुरी छ । अहिले विश्वबजारलाई दक्ष जनशक्तिको आवश्यकता छ । आप्रवासनको गतिलाई रोक्न नसकिने हुँदा सोहीअनुरुप हामीले हाम्रो दक्षतामा पनि अभिवृद्धि गर्न ढिलाइ गर्नुहुन्न । वैदेशिक रोजगारी जेनेटिक भइसकेको अवस्था छ । मेरो बाजे विदेश गएका थिए, बुबा पनि गए र म पनि जानुपर्छ भन्ने मान्यता बनिसकेको छ । यसलाई सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था भन्नु भन्दा पनि प्राकृतिक चक्रको रुपमा लिनु उत्तम हुन्छ र विदेश जाने नेपालीको सुरक्षण नीतिलाई बलियो बनाउनुपर्छ । यसमा सरोकारवाला सबैले पहल गर्न जरुरी भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:१४
Adv Space Adv Space
प्रतिक्रिया दिनुहोस्
थप वार्षिकोत्सव विशेष
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र बुधबार, वैशाख १३, २०८०
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगारीको कहर
वैदेशिक रोजगारीको कहर बुधबार, वैशाख १३, २०८०
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन बुधबार, वैशाख १३, २०८०
सीमा सुरक्षामा बिओपीको भूमिका
सीमा सुरक्षामा बिओपीको भूमिका मंगलबार, वैशाख १२, २०८०
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम मंगलबार, वैशाख १२, २०८०
लोकप्रिय
  • Week
  • Month
बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ ! 
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
मैतीदेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मैतीदेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ ! 
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - सम्झना राई
- आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
- राजेन्द्र राना
- सुरज शाक्य
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2023 Prabhab Online. All Rights Reserved.