Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अनुभूति गर्न नपाएको लोकतन्त्र
अनुभूति गर्न नपाएको लोकतन्त्र
सोमबार, वैशाख ११, २०८०
editorial
Hardik health
आज वैशाख ११, अर्थात् लोकतन्त्र दिवस । २०६२/६३ को जनआन्दोलनमार्फत प्राप्त नागरिक अधिकार सुनिश्चित गरी समावेशितालाई प्राथमिकता दिइएको लोकतन्त्र १७ वर्षे लक्का जवान बनिरहँदा नागरिकले त्यसको अनुभूति गर्न पाएको देखिएन । लोकतन्त्र प्राप्तिका १६ वर्ष विभिन्न आरोहअवरोह पार गर्दै नागरिकहरुलाई परिवर्तनको अनुभूति दिलाउने हुनुपर्दथ्यो, त्यो भएन । ३० वर्षे पञ्चायतविरुद्ध संघर्ष गरी ०४६ सालको जनआन्दोलनबाट प्राप्त प्रजातन्त्रसमेत अस्वीकार गरी लोकतन्त्र स्थापना गरियो । लोकतन्त्र लोकका विशेष हुनुपर्ने थियो । हुन सकेन । कारण लोकले त्यसलाई अनुभूति नै गर्न पाएन । २०४६ सालको परिवर्तनले ल्याएको अधिकार, वाक स्वतन्त्रता, मौलिक हकसँगै लोकतन्त्रले ल्याएको समावेशितामा विचार र वादभन्दा माथि परिवारवाद बन्न पुग्यो । पञ्चायती शैलीमा लोकतन्त्रवादीहरु देखिए । अर्थात् जनताले चाहेको परिवर्तनभन्दा पनि पारिवारिक परिवर्तनमा नै राजनीतिक दलका नेतृत्वहरु नतमस्तक भए, भइरहेका छन् । लोकतन्त्रकै आडमा २४० बर्षे राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न सफल भएता पनि त्यसले जनताको मुहारमा परिवर्तनको संकेत गर्न सकेको छैन । गरिब झन् गरिबीको रेखामुनि पिल्सिनु परिरहेको छ । गाँस, बास र कपासको ग्यारेण्टी भन्ने वाणीहरु हराए । शिक्षा, स्वास्थ्य जनताको नैसर्गिक अधिकार भनिएता पनि यसमै व्यापारीकरण भयो । लोकतन्त्र सीमित व्यक्तिको मुठ्ठीभित्र नै देखियो । लोकतन्त्रको मानकहरु विखण्डित बन्दै गए । विचार र सिद्धान्त पद, पैसामा परिवर्तन भए । मानौं लोकतन्त्र भनेको ठूला दलहरुका लागि सत्ता र पदको भागबण्डा गर्ने महत्वपूर्ण कानुन बनाइदिएजस्तो । जनताको दैनिकी अझ कष्टकर बन्दै गयो । एउटा राजाको ठाउँमा दर्जनौं राजाहरु स्थापित हुने प्रयास गरे । जसकारण लोकतन्त्रप्रति जनताको वितृष्णा पैदा गराइदिएको भान भइरहेको छ । पुराना पुस्ताबाट नयाँ पुस्तामा सत्ता हस्तान्तरणको प्रयास हुनुपर्ने थियो त्यो पनि हुन सकेन । बरु जसरी हुन्छ भागबण्डाबाटै सत्तामा लिसोजस्तै टाँसिएर बसिरहने प्रवृत्ति हावी भयो । मुलुक परिवर्तन गर्ने संकेत बोकेर आएको लोकतन्त्रमा नेतृत्व वर्ग नै परिवर्तन भइदिए । विगतको १६ वर्षमा बढ्दो बेरोजगारी, परनिर्भरताले युवा पुस्तालाई अझ राजनीतिक नेतृत्वप्रति वितृष्णा पैदा गराइदियो । मुलुक र जनताको परिवर्तनको सट्टा सीमित व्यक्तिको परिवर्तन मात्र देखियो । आर्थिकरुपमा मुलुक संकटको भूमरीमा क्रमशः फस्दै गइरहेको वर्तमान परिवेशमा लोकतन्त्र वास्तविकरुपमा नै जनताले अनुभूति गर्न पाएका छैनन् । विचार र वादलाई मारेर लोकतन्त्रका नाममा दलहरु सत्ता भागबण्डामा नै रमाउन थाले । जनताले अनुभूति गर्न नपाएको के लोकतन्त्र ?
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP