Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • हो तँ बोल्नै पाउँदिनस् !
हो तँ बोल्नै पाउँदिनस् !
मंगलबार, चैत १४, २०७९
matangra
Hardik health
देशमा प्रजातन्त्र आएको करिब ७३ वर्ष पूरा भएर ७४ वर्षतर्फ अगाडि बढिरहेको छ । जनताले बाँच्न पाउने, बोल्न पाउने अधिकारलाई सुनिश्चित गर्न त्यसबेला चार सहिदहरुले बलिदानी पनि दिए । त्यसको जगमा २००७ सालमा प्रजातन्त्र प्राप्त भयो पनि । त्यही प्रजातन्त्र २०१७ सालमा फेरि खोसियो । खोजिएको अधिकारका पुनः प्राप्ति गर्नका लागि पटक–पटक आन्दोलन भए । जनताका छोराछोरीले रगत बगाए । असफलताबाट क्रमशः सफलतातिर उन्मुख हुँदै २०४६ सालको जनआन्दोलनले प्रजातन्त्र पुनः प्राप्ति गर्न सफल पनि भयो । देशमा प्रजातन्त्र आएपछि जनताको छोरा मट्याङ्ग्राहरु बोल्न पाउने भए, लेख्न पाउने भए, विनाहातहतियार आफ्नो विचार राख्न पाउने पनि भए । तर, त्यत्तिले मात्र पुगेन । यो देशमा राज गरिरहेको राजतन्त्र नै फाल्ने र गणतन्त्र ल्याउने भन्दै २०५२ फागुन १ गते माओवादीका नामबाट सशस्त्र द्वन्द्व सुरु भयो । राज्यपक्ष र सशस्त्र द्वन्द्वरत पक्षबीच पटक–पटक भिडन्त भई नै रहे । क्रमशः यो द्वन्द्वले चरम रुप लिँदै गयो । गाउँमा राज्यपक्षले माओवादीपक्षलाई आतंककारीको बिल्ला लगाउँदै ठोक्न थाल्यो । अनि भूमिगतरुपमा रहेको माओवादीले प्रहरी सेनाका परिवारलाई समेत खेद्न थाल्यो । कतिपय गाउँमा बस्नेहरुलाई सुराकीका नाम हत्या हिंसा गर्ने काम सक्रिय रह्यो । दुवै पक्षको भिडन्तमा एउटा पनि विदेशी मारिएनन् । दुवै पक्षका नेपाली दाजुभाइ दिदीबहिनी नै मारिए । करिब १० वर्ष चलेको यो घटनाले गाउँबस्ती रित्तो बन्न पुग्यो । गाउँमा मान्छे बस्न नसक्ने भए । सक्नेहरु काठमाडौं छिरे, कम सक्नेहरु सदरमुकाम छिरे केही नै गर्न नसक्नेहरु गाउँमै कुनबेला मरिने हो भन्ने त्रासमा नै गाउँमा रहे । जो अहिलेसम्म पनि गाउँमा नै छन् । त्यही बेला तात्कालीन राजाले दलहरुमाथि प्रतिबन्ध लगाउँदै जननिर्वाचित संसद् भंग गरी शासनसत्ता आफ्नै हातमा लिएर कु गरे । मौकाको फाइदा उठाउँदै देशमा चलेको सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्ने विदेशी शक्तिहरु यो वा त्यो नाममा नेपाल छिरे । अनमिन भन्नेले त अझ द्वन्द्व चर्काएर आफू यही बसिरहने सोच पनि बनायो । तर राजनीतिक दलहरुले त्यसलाई हटाउन सफल भए । दलहरुले २०६२ ÷६३ सालमा भूमिगत रहेको माओवादी समेतको अदृश्य संलग्नतामा जनआन्दोलन भयो । त्यही आन्दोलनको बलमा देशमा लोकतन्त्र स्थापन भयो । लोकतन्त्र स्थापन भएसँगै राजाले आफैले सम्हालेको शासन सत्ता जनताको नाममा भन्दै संसद्लाई पुर्नस्थापित गरे । अर्थात कु फिर्ता गरे । राजाले संसद् पुर्नस्थापना गरेपश्चात द्वन्द्वरत पक्ष र राज्य पक्ष दुवैको सहमतिमा शान्ति सम्झौता मार्फत रणभूमि बनिरहेको देश शान्त हुन थाल्यो । देशमा लोकतन्त्र स्थापना भयो । राजासँग भएका कतिपय अधिकार पुर्नस्थापित संसद्ले कटौती ग¥यो । त्यही बलमा देशमा संविधानसभा मार्फत निर्वाचन गरी राजतन्त्रको अन्त्य समेत गरे । जनताले जनताका लागि बनाइएको नेपालको नयाँ संविधान २०७२ जारी भयो । संविधान जारी भएपश्चात् पनि केही दलले विरोध गरे । संविधान जलाए अनि त्यही संविधान जलाउनेहरु अहिले सत्तामा रमाइरहे । कुरो रह्यो– संविधान जारी भएपश्चात् जनताले धेरै अधिकार त पाए । तर, महसुस गर्न पाएनन् । देशमा गणतन्त्र आयो केही व्यक्तिका लागि मात्र आयो । संविधानको भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत दफा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ भने दफा १७ मा स्वतन्त्रताको हक उल्लेख गरिएको छ । जहाँ कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भन्ने उल्लेख मात्र गरिएन । विचार र अभिव्यक्तिको स्वातन्त्रा, विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, संघ संस्था खोल्ने स्वतन्त्रता, नेपालको कुने पनि भागका आवतजावत र बसोबास गर्ने स्वतन्त्रता लगायतका अधिकारलाई सुनिश्चित गरेको छ । तर, अहिले हामी फेरि २००७ सालभन्दा अघितिरै फर्किएका त छैनौं ? भन्ने प्रश्न चिह्न उब्जिएको छ । बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रयास भईरहेको छ । शान्तिपूर्वक भेला हुने आफ्नो, विचार र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गराउने प्रयास भईरहेको देखिन्छ । लाग्छ गणतन्त्र त्यही दुई–चार दलहरुलाई मात्र आएको हो । उनीहरुले मात्र ल्याइदिएका हुन् । सत्तामा बस्ने वा शक्तिशाली पार्टीहरुले जे गरे पनि हुन्छ भन्नेजस्तै भएको छ । बोल्न पाउने अधिकारलाई कुण्ठित गरिँदै छ भन्ने प्रमाणका रुपमा प्रधानमन्त्रीविरुद्ध नारा लगाएको भन्दै तीन जना युवाहरु सोलुखुम्वुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्वल खड्कालाई जेल चलान गरिनुले बोल्न पाउने अधिकारलाई तानाशाह पवृत्ति लाद्ने प्रयास गरिएको भान मट्याङ्ग्रालाई परेको छ । राजतन्त्रमा बोल्न पाएनौं भन्दै आन्दोलन गरेकाहरु अहिले गणतन्त्रमा बोल्न पाउँदिनस् भन्दै मुख थुन्न पाइँदैन । ‘बाघको छालामा स्यालको रजाइँ’ जस्तै भएको छ मुलुकमा । सत्ताको वरिपरि हुनेले जे पनि गर्न पाउने अनि सत्ता र दलभन्दा बाहिरकाले केही पनि गर्न नपाउने भन्ने छ ? स्वतन्त्र नागरिक दलभन्दा बाहिरका वा नागरिकले आफ्नो विचार अभिव्यक्त गर्न पाउँदै भने यो गणतन्त्र हुनै सक्दैन । नकारात्मक कार्यको विरुद्ध र जनताका पक्षमा बोल्न नपाउने त ‘गाँढतन्त्र’ हुन्छ । हिजो सक्रिय राजतन्त्र छँदा पनि राजतन्त्रको विरुद्ध नारा लगाएर आन्दोलन गरिएकै हो नि होइन र ? यदि हो भने अहिले यो गणतन्त्रका नाममा मौलाएको गाँढतन्त्रलाई अन्त्य गरेर वास्तविकरुपमा जनताले चाहेको, अधिकार सम्पन्न गणतन्त्रको अनुभूति गर्न पाउनुपर्दछ । बोल्ने मुखलाई छोपेर हो तँ बोल्न पाउँदिनस् । मेरो विरोध गर्न पाउँदिनस् । मेरो सत्ताको विरोध गर्न पाउँदिनस्, मेरो दलले गरेको कामको विरोध गर्न पाउँदिनस् भन्ने हो भने त्यो तानाशाह हुन्छ । लोकतन्त्रमा तानाशाह प्रवृत्ति स्वीकार्य हुने छैन । तँ बोल्न पाउँदिनस् भन्ने हो भने पटक–पटक बोली फुटिरहनेछ । फरक–फरक शैलीमा आउनेछ, बोल्नेछ । राष्ट्र, जनता र स्वाभिमानका पक्षमा बोली रोकिने छैन, बोलि नै रहनेछ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP