Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मन्त्रिपरिषद् विस्तारमा झमेला
मन्त्रिपरिषद् विस्तारमा झमेला
आइतबार, चैत १२, २०७९
prachanda
Hardik health
– बढी र आकर्षक मन्त्रालयमा दलहरूको दाबीले प्रधानमन्त्री झमेलामा – सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तारको संकेत – मन्त्रालय बाँडफाँटबारे प्रस्ताव तयार गर्दै प्रधानमन्त्री – एमालेले पाएजति मन्त्रालयमा कांग्रेसको दाबी काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे पनि उनी झमेलामा परेका छन् । गठबन्धनमा धेरै दल भएको र दलहरूले बढी मन्त्रालयमा दाबी गर्दा दाहाल झमेलामा परेका हुन् । यदि, झमेला सामना गर्न नपरेको भए उनले भनेजस्तै यतिबेला मन्त्रिपरिषद् विस्तार भइसकेको हुन्थ्यो र एउटा लयमा कार्यसम्पादन गर्न सरकार अग्रसर हुन्थ्यो । तर, त्यस्तो भएको छैन । प्रधानमन्त्री दाहालले ६ चैतमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा भनेका थिए, ‘अबको तीन÷चार दिनमा सरकारले पूर्णता पाउँछ ।’ विश्वासको मत लिएपछि दाहालले गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस, उनको दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्षस्थ नेताहरूसँग मन्त्रालय बाँडफाँटबारे छलफल गरे । त्यसपछि लगातार अनौपचारिक संवादमा गठबन्धनका नेताहरू छन् । यति हुँदाहुँदै पनि मन्त्रालय बाँडफाँट गर्न दलका नेताहरू सफल भएका छैनन् । गठबन्धनको ठूलो दल कांग्रेसले आठवटा मन्त्रालय दाबी गरेको छ । यो संख्यामा तलमाथि नहुने अडान पनि उक्त दलको छ । शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका अन्य दलहरूले भन्नचाहिँ सातवटा मन्त्रालयमा चित्त बुझाउन भनिएको तर आठवटा मन्त्रालयबाट दायाँबायाँ गर्न नसकिने भनिएको बताए । उनको भनाइ उद्धृत गर्दै एक जना पदाधिकारीले प्रभावसँग भने, ‘गठबन्धनभित्रबाट सातवटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ तर हामीले आठवटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं ।’ यसअघि एमालेसहितको गठबन्धन सरकार हुँदा एमालेले आठ मन्त्रालय लिएको थियो । सोही संख्यामा कांग्रेसले मन्त्रालय लिन चाहेको हो । तर, गठबन्धनमा पहिलेभन्दा धेरै दल छन् । साना दलहरूको पनि धेरै मन्त्रालयमा दाबी छ । १० सिट रहेको एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालयमा दाबी गरेको छ । जसपाको पनि तीन मन्त्रालयमा दाबी छ । जनमतले दुई मन्त्रालयसँगै एक राज्यमन्त्री, लोसपा र नाउपा दुई÷दुई मन्त्री र प्रभू साहले पनि एउटा मन्त्रालय मागेका छन् । जनमोर्चा सांसद चित्रबहादुर केसी पनि सरकारमा जान चाहेका छन् । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि गृह मन्त्रालय र पहिलेकै संख्यामा मन्त्रालय पाए सरकारमा जाने पक्षमा छ । १५ माघमै उक्त दलका सभापति रवि लामिछानेले सरकारमा फेरि सहभागी हुन तयार रहेको बताएका थिए । तर, उनको दललाई सरकारमा सहभागी गराउने सम्भावना कम रहेको कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए । ‘गठबन्धनमा जति दल छन् । सरकारमा पनि यिनै दलहरू सहभागी हुने हुन्,’ आङ्देम्बेले भने । गठबन्धन दलहरू मात्रै सरकारमा सहभागी हुनु स्वाभाविक हो । तर, मन्त्रालयको संख्याले सरकार गठन गर्न गठबन्धन अल्झनमा परेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार सबै दलका नेताहरूसँग एकसरो कुरा गरेर फेरि संयुक्त छलफल गर्ने प्रधानमन्त्रीको योजना छ । प्रधानमन्त्रीले छलफल गर्ने कहिले ? यसबारे भने उनले यकिन गरेनन् । उनका अनुसार छलफल छिट्टै हुनेछ । मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री दाहालले १६ वटा मन्त्रालयको नेतृत्व गर्नुपरेको छ । मन्त्रालयको कार्यसम्पादमा समस्या पैदा भएको छ । यद्यपि, मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक हप्ता लाग्नसक्ने कांग्रेस सहमहामन्त्री आङ्देम्बेले बताए । ‘धेरै पार्टी छन् । कुरा गर्नुप¥यो । मिल्नुप¥यो । भर्खर त सम्वाद हुँदै छ । मन्त्रिपरिषद् विस्तार गर्न अझै साता दिन जति लाग्ला,’ आङ्देम्बेले भने, ‘हाम्रै दल कांग्रेसमा पनि कुरा मिलिसकेको छैन ।’ प्रधानमन्त्री झमेलामा परेको गठबन्धनका अन्य दलहरूले महŒवपूर्ण मन्त्रालयमा नजर लगाउनाले पनि हो । कांग्रेसले अर्थ, गृहसहितका मन्त्रालयमा दाबी गर्न थालेको छ । अन्य दलहरूले प्रत्यक्षरूपमा जनतासँग जोडिने र बजेट बढी भएका मन्त्रालयमा अडान राख्न थालेका छन् । एकातिर मन्त्रालयको संख्या र अर्कातिर भने महŒवपूर्ण मन्त्रालय ताकाताकले प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तार गर्न झमेलाको सामना गर्न बाध्य भएका हुन् । तर, सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन र जनतालाई अनुभूत हुनेगरी काम गर्न मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने आवाज उठेको छ । माओवादी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी सचिव देवेन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार कुनै पनि हालतमा ढिला गर्न नहुने र छिटोभन्दा छिटो विस्तार गर्नुपर्ने धेरै नेताहरूको जोड भएको बताए । उनका अनुसार प्रधानमन्त्री दाहाल पनि तयार छन् । उनले मन्त्रालय बाँडफाँटको प्रस्ताव आजसम्ममा गरिसक्ने र भोलि (सोमबार)सम्ममा मन्त्रिपरिषद् नै विस्तार गर्नेगरी प्रधानमन्त्री अघि बढेको पनि जानकारी दिए । ‘प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरूले अलग–अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनूस् भन्नुभएको थियो, उहाँले शनिबार गरेको रिपोर्टअनुसार सबै दलसँग छलफल गर्नुभएको छ,’ पौडेलले भने, ‘अब आइतबारसम्म प्रस्ताव तयार गर्नुहुन्छ र सोमबारसम्ममा गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ ।’ दाहाल नेतृत्वको सरकारबाट १३ फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिँदै अलग भएको थियो । १७ फागुनमा भने एमाले पनि अलग भयो । यी दुई दलभन्दा अघि १३ माघमै रास्वपा सरकारदेखि बाहिरिएको थियो । यी तीन दल सरकारदेखि बाहिरिएपछि १६ मन्त्रालय प्रधानमन्त्री दाहाल स्वयंले सम्हालिरहेका छन् । हाल सरकारमा दाहालको दल माओवादी र जनमत पार्टी मात्रै छन् ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP