Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपराष्ट्रपति एक, प्रतिस्पर्धामा तीन
उपराष्ट्रपति एक, प्रतिस्पर्धामा तीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ३, २०७९
vp2079
काठमाडौं– देशको दोस्रो सर्वोच्च पद उपराष्ट्रपतिको निर्वाचन आज हुँदै छ । उपराष्ट्रपति हुन चार जनाको उम्मेदवारी परे पनि प्रतिस्पर्धामा तीन जनामात्रै छन् । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । गठबन्धनकै दल जसपाबाट उम्मेदवारी दिएकी प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै यादवलाई समर्थन गरेकी छन् । सत्ता गठबन्धन नेपाली कांग्रेस – १६,०१५ नेकपा माओवादी केन्द्र – ७,६४९ नेकपा एकीकृत समाजवादी – २,५५७ जनता समाजवादी पार्टी – २,०६६ जनमत पार्टी – १२४२ लोकतान्त्रिक समाजवादी पार्टी – ९७१ नागरिक उन्मुक्ति पार्टी – ८१३ राष्ट्रिय जनमोर्चा – २०६ नेपाल संघीय समाजवादी पार्टी– ४८ गठबन्धनको जम्मा मतभार -३१,५६७

नेकपा एमाले – १५,३१२ राष्ट्रिय प्रजातन्त्र पार्टी– २,४५० (तटस्थ) राष्ट्रिय स्वतन्त्र पार्टी– १,५८० (निर्णय हुन बाँकी) नेपाल मजदुर किसान पार्टी – २२३ हाम्रो नेपाली पार्टी – ९६ स्वतन्त्र सांसद– १०५०

मतदाता राष्ट्रियसभा – ५९ प्रतिनिधिसभा – २७१ प्रदेशसभा – ५५० कूल मतदाता – ८८० रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित, रवि लामिछाने पदमुक्त, सहनाज रहमानको निधन र टेकबहादुर गुरुङ निलम्बित यादवलाई उनको दल जसपासँगै प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायतको समर्थन छ । झालाई भने उनको दल जनमत र गठबन्धनकै दुई साना घटकहरू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ ।
कूल मतभार - ५२,४७० निर्वाचित हुन आवश्यक मतभार- २६,२३५
गठबन्धन दलका नेताहरूले एक जना मात्रै उम्मेदवार बनाउन कोसिस त गरे तर सम्भव भएन । नभएकै कारण दुई उम्मेदवारसहित गठबन्धन निर्वाचनमा गएको हो । गठबन्धनमा १० दल छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीेले यादव कि झालाई समर्थन गर्ने भन्ने खुलेको छैन । र, दुई जना उम्मेदवार गठबन्धनकै हुँदा राष्ट्रपति निर्वाचनमा जसरी जित निकाल्न सहज छैन । २५ फागुनमा गठबन्धनका एकल उम्मेदवार रामचन्द्र पौडेलले एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए । तर, गठबन्धनमा यादव र झा उम्मेदवार हुँदा भने पहिलो चरणबाटै उपराष्ट्रपति निर्वाचित हुने अवस्था आए पनि मतभार केही कम पाउने देखिएको छ । किनभने झालाई उनको दलसँगै अन्य दुई दल लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । यी तीन दलको मतभार तीन हजार २६ छ । यसो हुनाले यादवले राष्ट्रपतिमा पौडेलले जति मत पाउने सम्भावना नभएको कांग्रेसका एक जना पदाधिकारीले बताए । उनले भने, ‘दुई उम्मेदवार हुँदा स्वतः मतभार बाँडिन्छ । यो स्वाभाविक हो । कोसिसचाहिँ सर्वसम्मत एक उम्मेदवार बनाउने थियो, भएन ।’ यादव र झासँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने शाक्यलाई भने उनको दल एमालेको मात्रै समर्थन छ । यसअघि राष्ट्रपति निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभिन्न दललाई पत्राचार गर्दै मत मागे पनि मत आएन । सोहीकारण यसपटक अध्यक्ष ओली र उम्मेदवार शाक्यले खुलेर मत मागेनन् । यसो हुँदा शाक्यलाई उनकै दलबाट मात्रै मत आउने देखिएको छ । प्रतिनिधिसभाको पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । संवैधानिक राष्ट्रपतिको ठाउँमा राजा चाहिन्छ भन्दै आएको दल हुनाले उक्त दलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन दुवै अघोषित ढंगले बहिष्कार गरेको हो ।प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने निर्णय गर्न आज बिहान ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । यसअघि यो दलले राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो । नेपाल मजदुर किसान पार्टी पनि राप्रपाजसरी तटस्थ बस्ने भएको छ । हाम्रो नेपाली पार्टीले भने के गर्छ भन्ने प्रस्ट हुन सकेको छैन ।यसरी केही दलको अस्ष्टताबीच निर्वाचन आयोगले भने उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको जनाएको छ । आयोगले विज्ञप्ति जारी गर्दै आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने जानकारी दिएको छ । आयोगले आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ । निर्वाचनमा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका २७१ जनाले मतदान गर्न पाउने छन् । २७५ सदस्यीय प्रतिनिधिसभा भए पनि कांग्रेस सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भए । कांग्रेसकै सांसद टेकबहादुर गुरुङ निलम्बित छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पदमुक्त हुँदा जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भयो । जसले गर्दा उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने सांसदको संख्या चार जना घटेर २७१ मा झरेको हो । यसमध्ये पनि कांग्रेस सांसद डा. चन्द्र भण्डारी भारतमा उपचाररत छन् । उनी मतदानमा आउनसक्ने अवस्था नरहेको कांग्रेसका एक नेताले बताए ।संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा ५९ जना सांसद छन् । देशभरका प्रदेश संसद्हरूका ५५० जना गरी कूल ८८० जना निर्वाचकमण्डल अर्थात् मतदाता छन् । संघीय संसद्को दुवै सदनका ३३० जना निर्वाचकमण्डलको मतभार २६ हजार ७० हुन्छ । प्रदेश संसद्का ५५० जना निर्वाचकमण्डलको २६ हजार ४०० हुन्छ । कूल मतभार ५२ हजार ४७० रहेको छ । यही मतभारमध्ये पहिलो चरणमै कम्तीमा २६ हजार २३५ मतभार प्राप्त उम्मेदवार उपराष्ट्रपति पदमा निर्वाचित हुने छन् । रामसहायप्रसाद यादव – मधेस जनताको अधिकारसँगै पहिचानको आन्दोलनमा योगदान – राजनीतिमा आउनुभन्दा पहिले विज्ञान र गणित शिक्षक – गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीबाट राजनीति सुरू – संघीयताविनाको अन्तरिम संविधान जलाएका – मधेस आन्दोलनको शीर्षस्थ एक नेता – पहिलो संविधानसभामा समानुपातिक सभासद, प्रतिनिधिसभा निर्वाचन २०७४ मा बारा–२ बाट निर्वाचित – शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री – ४ मंसिरमा भएको निर्वाचनमा बारा–२ बाट निर्वाचित – जसपा संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य – नेपाली कम्युनिस्ट आन्दोलनको वरिष्ठ महिला नेतृ – पहिलो महिला मुख्यमन्त्री – एमाले उपाध्यक्ष – २०३५ सालमा घर छाडेर कम्युनिस्ट आन्दोलनमा पूर्णकालिन – २०५६ को प्रतिनिसभा निर्वाचनमा निर्वाचित – दोस्रो संविधानसभा निर्वाचन २०७० मा निर्वाचित – दुईपटक संघीय सरकारको मन्त्री – राजनीतिमा संघर्षशील महिला नेतृ ममता झा – पूर्वकानुन व्यवसायी – साझा प्रकाशनकी पूर्वअध्यक्ष – जनमतबाट समानुपातिक सांसद
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न आइतबार, साउन ११, २०८२
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा 
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा  शुक्रबार, साउन ९, २०८२
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल शुक्रबार, साउन ९, २०८२
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके शुक्रबार, साउन ९, २०८२
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन ! बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP