Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, साउन ८, २०८२

काठमाडौं– सरकारले तराई क्षेत्रको सुख्खा मौसमलाई सम्बोधन गर्ने तयारी गरेको छ । नेपाली सेनाको समेत परिचालन गरेर नयाँ पूर्वाधार निर्माण गर्ने सरकारले जनाएको छ । 

प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्को बैठक बसेर मधेसलाई ‘प्राकृतिक विपत्तिग्रस्त क्षेत्र’ घोषणा गरिएको बताए । ओलीले भने, ‘यहाँ आउनुभन्दा अघि क्याबिनेट बसेर मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र भनेर निर्णय गरेर आएको छु । अब त्यहाँ कुनै सामग्री आवश्यक पुर्याउने भने आपतकालीन ढंगले बजेटको व्यवस्था गर्न सकिन्छ । जति चाहिने डीप बोरिङ हामीसँग छैन, त्यो किन्दा टेन्डरको प्रक्रियाबाट गयो भने लामो समय लाग्छ । अब हामी अल्पकालमा के गर्न सकिन्छ र दीर्घकालमा के गर्न सकिन्छ भनेर निर्णय गर्छौँ ।’

तराई क्षेत्र नेपालको खाद्य भण्डार हो । तर, साउनको पहिलो साता बित्दासम्म मधेस प्रदेशका आठ जिल्ला र कोशी प्रदेशको तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा पर्याप्त पानी परेको छैन । यस्तो अवस्थामा सरकारले विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको प्रधानमन्त्री ओलीले बताएका हुन् । उनका अनुसार घोषणापछि मधेस प्रदेशमा उक्त संकट सम्बोधनका लागि सरकारले तुरुन्तै बजेटको व्यवस्थापन गर्न सक्ने छ । ती बजेटले पानी संकट सम्बोधन गर्न आवश्यक संरचना निर्माण गरिने छ । 

Hardik health

...हामी अल्पकालमा के गर्न सकिन्छ र दीर्घकालमा के गर्न सकिन्छ भनेर निर्णय गर्छौँ ।
केपी शर्मा ओली
प्रधानमन्त्री

‘नदीहरूबाट पानी ल्याउने कुराहरूदेखि लिएर गण्डक नहर सञ्चालन गर्नेदेखि लिएर चुरे क्षेत्रमा पोखरीहरू निर्माण गर्नेदेखि अनेक दीर्घकालीन उपायहरू अवलम्बन गर्ने र हाललाई ९५ प्रतिशतलाई सरकारले पानी ट्यांकीमार्फत् वितरण गरिरहेको छ,’ उनले भने, ‘बाँकी पाँच प्रतिशतलाई पुग्न सकेको छैन, त्यो पनि पुर्याउने छु ।’
साउन २ गतेसम्मको तथ्यांकलाई आधार मान्दा मधेस प्रदेशमा ४६ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । जबकि, यही अवधिमा अघिल्ला वर्षहरूमा ८० प्रतिशतसम्म धान रोपाइँ हुन्थ्यो । प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीका अनुसार यसपटक लामो समय सुख्खा रहेपछि धान रोपाइँ झण्डै आधाले कमी आएको छ । रोपाइँमै कमी आएपछि त्यसको असर उत्पादनमा पर्ने उनको भनाइ छ ।

मधेसको बारा र पर्सामा सर्वाधिक ७५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा कम सप्तरी र महोत्तरीमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै रोपाइँ छ ।  पानी नपरेपछि मधेस प्रदेश सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेसको तात्कालिक स्थितिलाई मधेसका अधिकारीहरूले भयावह भनेका छन् । 

उता कोशी प्रदेशका तीन जिल्ला मोरङ, सुनसरी र झापामा भने केही दिन यता पानी परेको छ । ४ साउनसम्मको आकडाले सबैभन्दा बढी झापा र सुनसरीमा समान ६८ र मोरङमा भने ५० प्रतिशत मात्रै रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयकी बाली विकास अधिकृत भवानी बस्नेतले बताए ।  उनका अनुसार अघिल्लो वर्ष यही समयमा झापामा ८३ प्रतिशत रोपाइ भएको थियो । मोरङमा ९२ प्रतिशत र सुनसरीमा ८३ प्रतिशत भएको थियो । तर, पछिल्ला दिनमा पानी पर्न थालेपछि यी जिल्लाहरूमा धान रोपाइँमा बृद्धि भएको बस्नेतले बताए । 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:१६
#विपत्तिग्रस्त मधेस
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP