Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, साउन ८, २०८२

काठमाडौं– सरकारले तराई क्षेत्रको सुख्खा मौसमलाई सम्बोधन गर्ने तयारी गरेको छ । नेपाली सेनाको समेत परिचालन गरेर नयाँ पूर्वाधार निर्माण गर्ने सरकारले जनाएको छ । 

प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्को बैठक बसेर मधेसलाई ‘प्राकृतिक विपत्तिग्रस्त क्षेत्र’ घोषणा गरिएको बताए । ओलीले भने, ‘यहाँ आउनुभन्दा अघि क्याबिनेट बसेर मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र भनेर निर्णय गरेर आएको छु । अब त्यहाँ कुनै सामग्री आवश्यक पुर्याउने भने आपतकालीन ढंगले बजेटको व्यवस्था गर्न सकिन्छ । जति चाहिने डीप बोरिङ हामीसँग छैन, त्यो किन्दा टेन्डरको प्रक्रियाबाट गयो भने लामो समय लाग्छ । अब हामी अल्पकालमा के गर्न सकिन्छ र दीर्घकालमा के गर्न सकिन्छ भनेर निर्णय गर्छौँ ।’

तराई क्षेत्र नेपालको खाद्य भण्डार हो । तर, साउनको पहिलो साता बित्दासम्म मधेस प्रदेशका आठ जिल्ला र कोशी प्रदेशको तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा पर्याप्त पानी परेको छैन । यस्तो अवस्थामा सरकारले विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको प्रधानमन्त्री ओलीले बताएका हुन् । उनका अनुसार घोषणापछि मधेस प्रदेशमा उक्त संकट सम्बोधनका लागि सरकारले तुरुन्तै बजेटको व्यवस्थापन गर्न सक्ने छ । ती बजेटले पानी संकट सम्बोधन गर्न आवश्यक संरचना निर्माण गरिने छ । 

Hardik health

...हामी अल्पकालमा के गर्न सकिन्छ र दीर्घकालमा के गर्न सकिन्छ भनेर निर्णय गर्छौँ ।
केपी शर्मा ओली
प्रधानमन्त्री

‘नदीहरूबाट पानी ल्याउने कुराहरूदेखि लिएर गण्डक नहर सञ्चालन गर्नेदेखि लिएर चुरे क्षेत्रमा पोखरीहरू निर्माण गर्नेदेखि अनेक दीर्घकालीन उपायहरू अवलम्बन गर्ने र हाललाई ९५ प्रतिशतलाई सरकारले पानी ट्यांकीमार्फत् वितरण गरिरहेको छ,’ उनले भने, ‘बाँकी पाँच प्रतिशतलाई पुग्न सकेको छैन, त्यो पनि पुर्याउने छु ।’
साउन २ गतेसम्मको तथ्यांकलाई आधार मान्दा मधेस प्रदेशमा ४६ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । जबकि, यही अवधिमा अघिल्ला वर्षहरूमा ८० प्रतिशतसम्म धान रोपाइँ हुन्थ्यो । प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीका अनुसार यसपटक लामो समय सुख्खा रहेपछि धान रोपाइँ झण्डै आधाले कमी आएको छ । रोपाइँमै कमी आएपछि त्यसको असर उत्पादनमा पर्ने उनको भनाइ छ ।

मधेसको बारा र पर्सामा सर्वाधिक ७५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा कम सप्तरी र महोत्तरीमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै रोपाइँ छ ।  पानी नपरेपछि मधेस प्रदेश सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेसको तात्कालिक स्थितिलाई मधेसका अधिकारीहरूले भयावह भनेका छन् । 

उता कोशी प्रदेशका तीन जिल्ला मोरङ, सुनसरी र झापामा भने केही दिन यता पानी परेको छ । ४ साउनसम्मको आकडाले सबैभन्दा बढी झापा र सुनसरीमा समान ६८ र मोरङमा भने ५० प्रतिशत मात्रै रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयकी बाली विकास अधिकृत भवानी बस्नेतले बताए ।  उनका अनुसार अघिल्लो वर्ष यही समयमा झापामा ८३ प्रतिशत रोपाइ भएको थियो । मोरङमा ९२ प्रतिशत र सुनसरीमा ८३ प्रतिशत भएको थियो । तर, पछिल्ला दिनमा पानी पर्न थालेपछि यी जिल्लाहरूमा धान रोपाइँमा बृद्धि भएको बस्नेतले बताए । 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:१६
#विपत्तिग्रस्त मधेस
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP