Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • स्रोत व्यवस्थापनमा चुनौती
स्रोत व्यवस्थापनमा चुनौती
बिहीबार, चैत २, २०७९
editorial
Hardik health
यतिबेला सरकारलाई स्रोत व्यवस्थापनमा निकै सास्ती भइरहेको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारलाई सकस परेको हो । अहिले सरकार कर्मचारीलाई तलब खुवाउनसमेत नसक्ने अवस्थामा पुगेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारको तलब आगामी तीन महिना ‘होल्ड’ गर्ने तयारीमा सरकार रहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून भएको तथ्यांक छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशतमात्रै आन्तरिक राजस्व उठेको हो । दोस्रो चौमासिकसम्ममा विभागले तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, यो अवधिको लक्ष्यको तुलनामा ७९.७८ प्रतिशत अर्थात् दुई खर्ब ८१ अर्ब ९९ करोड ३० लाख रुपैयाँ मात्रै उठेको हो । यस वर्ष उठेको राजस्व गत आव सोही अवधिको भन्दा न्यून हुन पुगेको छ । गत आवको फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिमा उठेको राजस्व एक प्रतिशत बिन्दुले कम भएको हो । विभागले गत आवको आठ महिनामा दुई खर्ब ८५ अर्ब १२ करोड दुई लाख रुपैयाँ बराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा करबाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ । फागुन मसान्तसम्म एक खर्ब ५८ अर्ब २५ करोड चार लाख रुपैयाँ बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले एक खर्ब १७ अर्ब सात करोड १९ लाख रुपैयाँ मात्रै असुली गरेको छ । यो अवधिको आयकर लक्ष्यको ७३.९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर संकलन करिब १६ प्रतिशत बिन्दुले कम हो । मूल्य अभिवृद्धि कर (भ्याट) संकलन पनि लक्ष्यभन्दा निकै न्यून छ । त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर संकलन तीन प्रतिशत बिन्दुले घटेको तथ्यांक छ । अन्तःशुल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यस वर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन । गत वर्ष फागुनसम्मको तुलनामा यस वर्षको सोही अवधिमा अन्तःशुल्क चार प्रतिशत बिन्दुले बढेको छ । दोस्रो चौमासिक अवधिमा घरबहाल कर ७८.८१ प्रतिशत संकलन भएको छ । त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७.११ प्रतिशत मात्रै देखिन्छ । विभागले फागुन मसान्तसम्ममा चार अर्ब ८५ करोड रुपैयाँ स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा चार अर्ब ७१ करोड रुपैयाँ बराबर मात्रै संकलन भएको देखिएको हो । यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको सात महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा आर्थिक सूचकहरु सुधार हुँदै गएको देखाइएको छ । जसले अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने आशा जगाएको थियो । तर, सरकारको आम्दानीको पाटो अर्थात् राजस्व असुलीको यस्तो दयनीय अवस्थाले अर्थतन्त्र उठाउन थप चुनौती हुने देखाएको छ । अब सरकारले यसलाई कसरी सम्हाल्दै लैजान्छ त्यो भने हेर्न बाँकी नै छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP