Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • समुद्रपारि पसिना बगाउने ‘अनागरिक’ म
समुद्रपारि पसिना बगाउने ‘अनागरिक’ म
मंगलबार, फागुन ३०, २०७९
matangra
Hardik health
थाहा छैन म कसका लागि यो समुद्रपारि पसिना बगाइरहेछु । मट्याङ्ग्राको मथिङ्गलमा यस्तै–यस्तै कुरा खेल्न थालेको छ आजकल । आज पनि मट्याङ्ग्रो, बैरी कान्छासँग विलाप गर्दै पो रैछ । ‘भनन कान्छा दाइ, म कसका लागि रगत पसिना बगाइरहेको छु ।’तर, कान्छादाइ एक शब्द पनि निकाल्ने सोचमा छैनन् । कान्छादाइले लगाएको भित्री गञ्जी निथ्रुक्कै भिजिसकेको छ । खुलेको तालुबाट बालुवाको बस्तीको तातो पसिनाको नदी चाउरिएको निधानबाट बगिरहेको छ । मैलो भइसकेको रातो टिसर्टको फेद समाएर तालु र निधारको पसिना पुछ्दै कान्छा लामो सास फेर्छन् । अलि पर एक हुल उँट र भेँडा मट्याङ्ग्रा भएतर्फ आउँदै छ । कान्छा भन्छ, ‘उ ऽ पर हेर के आउँदै छ ?’ नजिस्कनु न कान्छादाइ ती हाम्रै उँट र भेँडा हुन् । अब चरिसकेर यतै आउँदै छन् । कान्छा खिस्स हाँस्छ र भन्छ, ‘पख हामी पनि त्यही भेँडा र उँटजस्तै चर्न आएका छौं, चरिसकेर हामी पनि फर्कौंला !’ मट्याङ्ग्राले कुरा नबुझेरै हो कि बुझेर हो कान्छालाई भन्छ, ‘अब त भेँडासँगै हामी पनि फर्कने त हो त्यत्ति पनि भन्नुपर्छ र ! एकोहोरो पारामा बैरी कान्छा भन्छ, ‘हो त, म अनि हामी पनि त्यही भेँडा हौं जो प्रजातन्त्र भन्दै जिन्दावाद र मुर्दावादको नारा लगाएर हिँड्यौ । लोकतन्त्र भन्दै निरंकुशताको विरुद्ध पनि संषर्ष ग¥यौं । त्यसो भएर पनि अब त वास्तवमै एउटा राजा फाल्न पाए ठीक हुन्थ्यो भनेर राजतन्त्रका विरुद्ध र गणतन्त्र प्राप्तिका लागि जंगलदेखि सहरसम्म पुग्यौं । आँखाभरि आँशु टिलपिल टिलपिल पार्दै बैरी कान्छो भन्छ, ‘कसका लागि रगत पसिना बगाइरहेका छन् त्यो पनि मलाई सोध्नुपर्छ र ?’बाबुआमाले जन्माइदिएको देशमा धेरै परिवर्तन भइसक्यो रे ! डेरा सर्नेहरुको स्वागत र बिदाइ भइसक्यो रे ! अब त खै थाहा छैन मट्याङ्ग्रा, म यही अवस्था बाबुआमाको देशमा सहजरुपमा पुग्न सक्छु कि सक्दिनँ, मोहम्मदले बनाएको काठको वाकसमा सुतेरै पो पुग्छु कि ! निकै निराश र भावुक अनुहारमा पसिनाले चिटचिट भइरहेको कान्छादाइको कुरा सुनेर मट्याङ्ग्रा स्तब्ध बन्छ । ऊ मनमनै सोच्छ, ‘थुइक्क, मैले किन सोधेको होला है ! कति पीडा र कष्ट पाएर हामी यहाँ आएका थियौं त्यो मलाई पनि त थाहा थियो ।’घुँडामा हातको कुम अड्याएर पुर्पुरोमा हात लगाएर बसेका कान्छादाइको घुँडामा घचघच्याउँदै मट्याङ्ग्रो भन्छ, ‘दाइ के हामीले ल्याएको परिवर्तन यसकै लागि थियो ? हाम्रा बाले दुःख पाए, हामीले दुख पायौं अब हाम्रा पुस्ताले दुःख पाउनु नपरोस् भनेर हामीले संघर्ष गरेको खेर गयो त दाइ ?’ मट्याङ्ग्राको कुरा सुनेर कान्छादाइ भन्छन्, ‘संघर्ष खेर गएको होइन । संघर्षले धेरैलाई राजा बनाइदिएको छ । खेर त तिमी–हामी गएका हौं । देशले युवा पुस्तालाई रोजगारी दिन नसक्दा यो मरुभूमिमा उँट र भेँडा चराइरहेका छौं । हामी काठको वाकस कुरिरहेका छौं । हामीले यही रगत पसिना बगाएर पठाएकै रेमिट्यान्सले त्यत्रा धेरै नेता पालिरहेका छौं । कहिले रगत सकिन्छ अनि हामी फेरि अनागरिक भएर बाबुआमाले जन्माएको देशका काठको बाकसभित्र बेरिएर जानेछौं ।’ दाइ किन बाउआमाको देशमात्र भनिरहनुभएको छ ? हाम्रो देश, मेरो देश किन भन्नुभएको छैन ? क्रोधको हाँसोमा बैरी कान्छादाइ उत्तर दिन्छन्, ‘कसरी हाम्रो देश ? कसरी मेरो देश ? मेरो देश भइदिएको भए त यतिखेर म उतै खेती गरिरहेको हुन थिएँ होला । कतै न कतै उत्पादन गरिरहेका हुने थिएँ होला । आज यसरी यो घामको धुपमा यसरी तिमी र म बस्नुपर्ने थिएन होला भाइ मट्याङ्ग्रा । त्यही भएर त्यो मेरो देश बन्नै सकेन । मैले त मेरो देश बन्छ भनेर संघर्ष गरेको थिएँ । पढाइलेखाइ सारा विश्राम लिएर परिवर्तनको रेखा कोर्छु भनेर हिँडेको थिएँ । तर, लामो सास फेर्दै कान्छादाइ भन्छन्, ‘तिमी र म जस्ता युवा देशको परिवर्तनका लागि होइन केही व्यक्तिको परिवर्तनका लागि उ त्यो उँट र भेँडाजस्तै भएका रहेछौं । सायद म मात्र होइन मेरो भावी पुस्ताले पनि यही नै व्यहोर्ने छ । देश परिवर्तन गर्छु भन्ने आफैं परिवर्तन भइदिएका छन् । तिमी–हामी दुःखी थियौं, छौं र रहिरहने छौं । बैरी कान्छादाइको कुरा सुनेर मट्याङ्ग्रो न्याउरो अनुहार बनाउँछ र भन्छ, ‘हो दाइ प्राकृतिकरुपमा त्यत्ति सुन्दर देश, सवै कुराले परिपूर्ण देश छाडेर आज यो मरुभूमिमा पसिना बगाइरहेका छौं । साँच्चै नै भन्ने हो भने हामी समुद्रपारि पसिना बगाउने ‘अनागरिक’ नै हौं । हामी अनागरिक जहिलेसम्म पसिना बगाउन सक्छौं त्यत्तिञ्जेल मात्र बाचौंला नभएर पानी पनि खान नपाएर मरौंला ।’ कान्छादाइ भन्छन्, ‘तिम्रा हामी परिवारको सुख र खुसीका लागि हामी यसरी कष्टकर जीवन बिताइरहेका छौं ।’ के थाहा उनीहरुलाई हामीले यो मरुभूमिका यसरी कष्ट गरिरहेका छौं भन्ने कुरा । हामीले छानेका, हामीले बनाएका अनि देश बनाउन पठाएकाहरु त तिमी हामीले पठाएको रेमिट्यान्सको हिसावकितावमा नै व्यस्त छन् । रातारात अबर्पति बन्न सफल भएका छन् । मट्याङ्ग्रा घोत्लिन्छ । कुरो पनि ठिकै हो राजनीति भनेको समाजसेवा थियो, अहिले त व्यापार भएको छ । त्यही व्यापारका कारण देश परिवर्तन गर्छु भन्नेहरुले नै आफैं परिवर्तन भइदिएका छन् । दैनिक दशौं हजार युवाहरु कामको खोजीमा विदेशिन बाध्य भएका छन् । बैरी कान्छादाइले भनेजस्तै, त्यो देश त बा आमाको देश हो । जसले जन्माइदिए, हुर्काइदिए, भोकै बसेर पढाइदिए अनि जब बलवान् छोराछोरी हुर्के बढे देशलाई खाँचो थियो तर नेताहरुलाई खाँचो नपरेकै कारण घुस ख्वाएर पासपोर्ट बनाएर विदेश पठाइदिए । गाउँ होस् या सहर त्यहाँ त बा, आमा मात्र पो बसिरहेका छन् । अनि बा आमालाई शासन गर्नेहरु अनागरिकहरुले पठाइदिएको रेमिट्यान्समा पो रमाइरहेका छन् । अब त्यो दिन पनि धेरै नआउँला ! जब कतार, दुबई, मलेसियालगायतका भेँडीगोठमा पुगेका युवाहरु फर्केलान् त्यसपछि र आफूलाई साँच्चै नै भेँडा नै बनाएकाहरुमाथि नर्कट बजाउन सुरु गरे भने सायद म त अनागरिक नै हुनेछु । समुद्रपारि पसिना बगाउने एउटा अनागरिक !
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP